त्यागी (उपन्यास) - bharatmani bhattarai

नयाँ सामग्री



त्यागी (उपन्यास)

 उपन्यास अंश

                                            त्यागी

                                                                               

                                                                                                          -भरतमणि भट्टराई

अध्याय—एक

बुटबलको सडक रातमा बालिएका सडक वरिपरिका बत्तीहरु झलमल्ल भै चम्किरहेका छन् । पुष माघको कठाङ्ग्रिएने जाडो बढदो अवस्थामा गएको थियो । भुस्याहा कुकुर पनि जाडोका कारण फोहरको थुप्रोमा फ्याकिएका थोत्रा बोराहरु भित्र गुटुमुटु गरी बसिरहेको थिए । सडक चामचुम सुन्य देखिएको थियो । नयाँ सडकको बायाँपट्टि रहेको पाटीमा गुट्मुटिएर एउटा पाँच÷सात बर्षजतिको बालक बोराभित्र लडेको थियो । रातभरि कुइकुइ गरेर रात बिताएको त्यो बालक सूर्यको झुल्कासंगै बोराभित्रबाट निस्क्यो । ब्यापारीहरुले सडकको किनारामा बासी, सडेगलेका खानाहरु पm्याकी छाडेका हुन्थे । त्यो बालकले टाढैबाट निहाली रहेको हुन्थ्यो र ब्यापारी आफ्नो बाटो लागेपछि बालक खुशी हुँदै फालिएको ल्पाष्टिकको पोको खोल्न जान्थ्यो । बासी पाउरोटीका टुक्रा, भात र केही सडेगलेका खाद्यान्नहरु त्यहीको ल्पाष्टिकमा बटुलेर सडकको चिसो भूइमा बसेर खान थाल्यो त्यसले । 

बालकले खाएको देखेर एउटा कालो लुते कुकुर पनि त्यही खानाको आशमा उसैसंग नजिक भएर बस्यो र खाइरहेको मुखतिर हेरेर ¥याल चुहायो । बालकले उसलाई पनि खाना दियो । दुबैले आँखा चिम्लेर मिठोसंग खाना खाए । बालकको आङमा च्यातिएको पछाडिको भाग नभएको लामो कमिज होला , लगाएको थियो उसले । त्यस्तो जाडोमा पनि नाकमा सिगान निकालेर थुरर काम्दै चिसो भँुइमा प्ल्यात्त परेका थियो बिचरा । घामको झुल्का पर्ने बित्तिकै ऊ अलि टाडो जस्तो देखिएको थियो । अब ऊ बटुवाहरुको आगमनतिर ध्यानगरी बसेको हो कि झैं भान हुन्थ्यो उसको ब्यबहार देख्दा ।  यताउती टाउको घुमाएको थियो केही पाउने आशमा । 

बाटोमा हिड्नेहरु ओहोरदोहोर गरिरहेका थिए्, ऊ हात फिजाइ रहेको थियो “एक रुपैया पाउँ” भनेर तर कसैले टुलुक्क हेर्दैनथे र कोहीले देखेर पनि वास्ता गर्दैनथे । ऊ पाउने आशमा हात फैलाई रहेको थियो र भनिरहेको थियो,“हजुर ! एक रुपया दिनुस् न ?” ऊ निरन्तर कराइरहेको थियो । एकजना दयावान महिला त्यहीबाटो हिड्नेक्रममा सोही ठाउमा आउदा उसले उसैगरी हात फिजाएर माग्यो,“आमा ! एक रुपया दिनुस ।्” उनले कामी रहेको त्यो बच्चालाई हेरिन् र ब्यागबाट पाँचको नोट झिकेर दिइन् । बालक औधी खुशी भयो र भन्यो, “आमा तपाइँ त भोलि पनि आउनुस् है ?”  महिलालाई ज्यादै माया जागेर आएको थियो तर उनले उसलाई कारुणिक मुद्रामा एकछिन हेरेको हे¥यै गरिन् । गहभरि आँसु लिएर उनी घरतिर लागिन् ।

यसैगरी दिनभरि उसले मागेर बितायो । त्यही पैसाले नपाउदा खानेकुरा किनेर खाने गर्दथ्यो । दिनमा त सबै साथी हुन्थे । मान्छे देखिरहन्थे । जब साझ पदथ्यो । त्यसपछि उसलाई जाडोले सताउथ्यो । उसलाई मुस्किल हुन्थ्यो चिसो समय बिताउन । धेरैजसो राति उही लेते कुकुर हुन्थ्यो उसको साथी  । तर कहिलेकाही त्यो पनि कता जान्थ्यो कुन्नि ? ऊ एक्लै थोत्रा फ्याकिएका बोरा ओडेर एउटै ठल्लो परेर सुत्थ्यो छेउको पाटीमा । कहिलेकाही आफै जस्तै मागेर खानेहरु भेट्थ्यो तर तिनीहरुले दिनभरि मागेर जम्मा गरेको पैसा सबै खोसेर लिइदिन्थे । त्यसैले आफूभन्दा ठूला त्यस्ता ब्यक्ति देख्दा ऊ डराएर रुने र भाग्ने गर्दथ्यो । 

एकदिन उसले दिनभरिमा सत्र रुपैया जम्मा गरेको थियो, अब  खाने कुरा किनेर खान्छु भनेर पाउरोटी पसलेकोमा जान लाग्दा एकजना आफै जस्तो दाइले सबै पैसा खोसेर लगिदियो । ऊ बेजोडले रोयो तर कसले सुनिदिने उसको पीडा । त्यस दिन उसले सडकमा फ्याकिएका खानाकरु पनि पाएन बिचरा । यसो फोहर राख्ने टिनमा केराका भुत्ला पायो उसले । त्यही पनि मजासंग खुशी हुँदै खायो र उही कुकुरसंग बोरा बेरिएर घुप्लुक्क सुत्यो । यसरी उसका दिन चर्याहरु चलिरहेका थिए । 

(प्रकाशोन्मुख उपन्यास त्यागीको अंश)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here