मास्टर (कविता) - bharatmani bhattarai

नयाँ सामग्री



मास्टर (कविता)


                   मास्टर

                                                          - भरतमणि भट्टराई


हजुरबाले दशैंमा आशिर्बाद दिदा 

हजुर आमाले पढ्न जाँदा

बाआमाले क्याम्पस जाँदा

सबैजना भन्ने गर्थे

धेरै पढेस् मास्टर भएस् । 


इष्टमित्र पाहुना , मान्यजन

समाजका ठूला बडाहरु

उच्च स्वरले भन्ने गर्थे

ठूलो भएस् मास्टर भएस् । 


आज ती दिनहरु सम्झिरहन्छु

अँ साच्चै आशिर्बाद पो लागेछ कि के हो ?

ठूलो पनि भए, मास्टर पनि भए

के अचम्म हाम्रा पूर्वजहरु

भविष्यबाणी ड्याम्मै मिलाउने रहेछन् । 


के गर्ने बिडम्बना ,

त्यतिबेला सबैलाई संझाउन सकेको भए

नेता भएस् भन्न सिकाउथें होला । 

भँसारको कर्मचारी , इञ्जिनियर वा अन्य कुनै । 

पहिलेको आशिर्बाद लाग्यो अहिले

घडीको सुइसगै जिन्दगी चल्छ जहिले । 

तनखा केबल तँ नखा हुदोरहेछ । 

परिवार पाल्नलाई धौ धौ पर्ने रहेछ । 

कस्सो चmुपडी बाउले ठड्याइदिएछन् र पो । 

नत्र श्रीमती पनि लुतेलाई देखेर भाग्ने रहिछन् । 


बा भन्नुहुन्छ,बाटाघरे शिबेले बजारमा घर बनायो ।

बाआमा सबैलाई सुख कटायो । 

बाल्बच्चा इञ्जीनियर, डक्टर बनायो । 

नन्द, राम अनि घनश्यामका पनि त्यस्तै । 


बिडम्बना 

मास्टर भएर होला

मेरा सन्तान दुबै कतारको टिकट लिइसके । 

बाबाको भोटो र टोपी, आमाको गुन्यु र चोली

छोरा छोरीलाई खाना र नाना , पत्नीको मागको

बोली खस्न नपाउदै झसङ्ग हुन्छु । 

तीसको कमाईले पचासको खर्च,

बाचुञ्जेल जेनतेन मिलाउनै पर्छ । 

छैन कुनै अरु आउने बाटो 

“पोले माथिको फकुण्ठा”े कसरी बस्ला खाटो । 


पल्लो घर कर्मचारीकोमा

 मासु सहित मसिनो पाक्छ । 

आफ्नो घरमा सस्तो खोजी

धेरै दिनलाई फारो हुनेगरी,

दिन चर्या केबल चलाउनका निम्ति,

ढिंडो रोटो समाउन

सानो छोरो भान्छा ताक्छ । 


शिक्षा दिई बनेछन् डाक्टर,

प्राविधिक, बिज्ञ, नर्स र इञ्जीनियर । 

ने्ता र मन्त्री अनि राष्ट्रपति । 

आज हेर ती मास्टरको गति । 


बाटोमा हिड्दा सोझो नै चिनिन्छ । 

बोल्दा र चल्दा बिशिष्ट लाग्ने,

निर्णय दिने र समाज निर्माणका काममा,

पहिलो दर्जाको पहरी गुतिन्छ । 

जसरी माझी डूङ्गा तार्छ,

त्यसैगरी मास्टर हरेक वर्ष

सीपयुक्त कालिगढ बनाई छाड्छ । 


विकासका कर्णबीर तयार गर्दै

आफ्नो पसिना सिंञ्चने गर्छ । 

प््रागति गर्छन् सबै नागरिक बढ्छ देशको शान । 

ैकठै बिचरा मास्टर पिरैपिरले मर्छ । 


यात्रीहरुलाई तार्दा तार्दै

पेटभरी खान र एकसरो लाउन ढुक्कले नपाई

अनगिन्ति रोगको भारी बोकी

निरिह यातना भोगी जस्तो

राखेर पीडा मन भित्र दपाई

सुस्केरा हाली बाचीरहेछ,हेर्ने कोही सहारा नहुदा

बिचरा मास्टर,

दयनीय जीवन भोगीरहेछ । दयनीय जीवन भोगीरहन्छ ।।


                                भरतमणि भट्टराई

                         श्री रामकोट माद्यमिक विद्यालय

                                 रुपाः ७, कास्की ।  


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here