नेपालको शिक्षा
भरतमणि भट्टराईशिक्षा मानवका निम्ति अपरिहार्य वस्तु हो ।पूर्वीय दर्शन अनुसार ब्यक्तिले कुनै कुराको जानकारी लिन्छ वा नविन कुरा सिक्छ भने त्यसलाई शिक्षा मानिएको छ । यस अन्तरगत सिक्ने र सिकाउने विषयहरु रहन्छन् । अनौपचारिक शिक्षाको विकास पूर्व मानिस ढुंगे युगमा रहदा पनि खान रलगाउनका निम्त अनौपचारिक शिक्षा प्राप्त गर्ने चलन थियो । शिकारका निम्ति धारिला हतियार बनाउने, रोप्ने बाण, वा गुलेली बनाउने, कांचो खानालाई पोलेर खाने, आ–आफ्नो झुण्डमा बस्ने, सुरक्षाका उपाएको खोजि गर्ने, कामको बाडफाड गर्ने,अविभावकहरुले निर्देशन लिने र त्यही निर्देशनलाई पालना गर्ने, बच्चाहरुको सुरक्षा गरी हुर्काउने जस्ता विविध कार्यहरु सिकाइने गरिन्थ्यो । जान्नेले सबैलाई सिकाउने गर्दथे र मानिसुहरुको नीवन चलि।हेको हुन्थ्यो । जान्ने र पाका मानिसहरु आजका मान्यवर प्रस्तुत कर्ताहरु, शिक्षक, भन ेबमोजिम काम जिविकोपार्जन गर्न ेशिक्षा विज्ञ बनेका थिए । त्यतिवेला सीप मूलक शिक्षा अनौपचारिक रुपमा थियो भन्दा फरक नहोला । समय वित्दै जांदा विश्व परिवेशले कोल्टे फेर्नु स्वभाविक नै थियो । त्यसै अनुरुप लिपिका पनि विकास भयो । मानिसहरु लेखपढ गर्ने कार्यमा जेटे । निश्चित पाढ्यक्रमका आधारमा शिक्षण गर्ने परिपाटी बस्दै जादा शिक्षा आजको परिवेशमा आइपुगेको छ ।
नेपालको सन्दर्भमा शिक्षाका विकास पूर्वी दर्शन अनुसार संस्कृत साहित्यबाट भएको देखिन्छ । जे होस नेपालको शिक्षा गरुकूल शिक्षा पद्धतिबाट विकसित भएको हो । औपचारिक शिक्षाको थालनी उन्नाइशौं शताब्दिको प्रारम्भसगै भएको भाषिक इतिहासले देखाउछ । यसलाई दृष्टिगत गर्दा झण्डै तीन शतक समय गुज्रिरहेको शिक्षाको इतिहासमा उल्लेख्य परिवर्तन आउन सकेको छैन । २००४ को अक्षरांक शिक्षा, २००९ को राष्ट्रिय शिक्षा योजना, २०१८ को सर्वांगिण राष्ट्रिय शिक्षा परिषद, २०२८को राष्ट्रिय शिक्षा पद्धतिको योजना लगाएत २०३७, २०५५, २०६३ मा गरिएका शिक्षा संवन्धी विभिन्न फेरबदलले समेत नेपालमा शैक्षिक परिपाटीमा सुधार आउन सकेन । सिक्ने र सिकाउने काम केवल शैद्धातिक मात्र हुन पुग्यो । ब्यवहारिकता हराउदै थयो । नागरिकहरु क्ेहीहदसम्म शिक्षित बनेका देखिन्छन् । तर ब्यवहारिक जीवनमा पढेका र नपढेका विच फरक पाउन सकिदैन । पढाइ केवल सारहीन बनेको छ ।
नेपालमा सामुदायिक र निजि स्तरका विद्यालयहरु शिक्षा दिनका निम्ति स्थापना भएका छन् । निजि विद्यालयहरु स्तरीय बन्नका निम्ति दबाव पूर्ण घोकन्त ेअंगे्रजीलाई अनुसरण गरेका छन् । विद्यार्थीलाई बन्दी खोरमा राखेर एकोहारोे टागा रुपि घोडा बनाई अंग्रेजी घोक्न बाध्य बनाइएको छ । माद्यमिक शिक्षा पार गरिसकेपछि अवसर नपाउदा उनीहरु समाजमा मिल्न नसक्ने र नेपाली संकारसग घुलमिल हुन सकि रहेका छैनन् । यसबाट सो जनशक्ति बाबुबाजेले गर्ने काम पनि गर्न नसक्ने, कुनै सीपयुक्त काममापनि दक्षता नहुने भएकाले अधिकाम्श जनशक्ति बदमासी गर्न तर्फ अग्रसर हुने गरेको देखिन्छ । केही जनशक्ति वैदेशिक कामदारका रुपमा जान बाध्य भएका छन् । निजि विद्यालयको सिको सामुदायिक विद्यालयले पनि गरिरहेका छन् । देशको आवश्यकता, विश्व परिवेश आदिलाई ख्याल गरी सीपमूलक ब्यवहारिक शिक्षा लागूगर्नु पर्ने अहिलेको आवश्यकता हो । तर देशमा चलिरहेका ेशैदान्तिक कोरा शिक्षा प्रचलनमा रहेको छ । त्यसले देश र जनताका निम्ति राम्रो जनशक्ति दिन सकिरहेको छैन ।
सीप मूलक शिक्षा आजको आवश्यकता हो । त्यसका निम्ति आल बनिरहेको विद्यालयगत पाठ्यक्रमलाईपूर्णतया परिवर्तन गरिनु पर्दछ । विद्यार्थीले क ेकति सिक्छ, त्यसलाई आफ्नो ब्वहारमा देखाउन सक्ने पाठ्यक्रम तयार गर्नु अनिबार्य हुन्छ । त्यस कार्यका निम्ति देशको आवश्यकता ,नागकिको चाहना र विश्व परिवेशलाई पहिचान गरी क्षेत्र निर्धारण गर्नु पर्दछ । क्षेत्रीय आवश्यकता अनुसारका पाठ्यक्रम निर्माण गरी लागू गर्ने र प्रत्यक तह पार गरिसकेपछि कुनै न कुनै सीप आर्जनगरिसकेको हुनुपर्दछ । यदि विद्यार्थी पढ्न छोड्छ भन ेआफूले सिकेको सिप प्रयोग गरी आफ्नो सीपमा बाच्ने हुनुपर्दछ । वर्तमान अवस्थामा रहेका उच्च शिक्षालयहरुको शिक्षामा पनि आमूल परिवर्तन गरी सीप मूलक शिक्षालयका रुपमा परिवर्तन गरिनु पर्दछ । कृषि,पर्यटन,उद्योग,वन,विद्युत, कम्युटर,इञ्जीनियर,मेकानिकल लगाएतका क्षेत्र निश्चित गरी लागू गर्नु आजको आवश्यकता हो । अध्ययन सकिएपछि दक्षजनशक्ति उत्पादन गरीदेशका सबै क्षेत्रमा लगाउनु पर्दछ । जवसम्म ब्यवसायिक सीप मूलक शिक्षा लागू गरिदैन तवसम्म देशको विकास सम्भव देखिदैन । वर्तमान समयमा प्राविधिक तथा ब्यवसायिक तालिम परिषदले सञ्चालन गरिरहेको शिक्षा ब्यवहारिक हुंदाहुदै पनि राम्रोसंग परिचालन हुन सकेको छैन । यसलाई अझै परिमार्जित गर्दै समय सापेक्षबनाउदै लग्नु पर्दछ ।
शिक्षालाई जीवनोपयोगी बनाउन शिक्षण पद्धतिमा ब्यापक परिवर्तन जरुरी छ । कोरा शैदान्तिक शिक्षाबाट हुर्केका शिक्षकहरुलाई समय सापेक्ष बनाउन अनिवार्यता गराइनुका साथै केही समय बाकी रहेका सीप हासिल गर्न हसमर्थ हुने शिक्षकहरुलाई ससम्मान थप सहुलियत प्रधान गरी निबृतिभरणमा बस्न लगाउनु पर्छ । रिक्त स्थनमा सिपयुक्त जनशक्ति नियुक्त गरिनु पर्दछ । सक्षम जनशक्तिलाई पनि आवश्यकता अनुसार तालिम तथा सिक्ने अवसर दिई दक्ष बनाउदै लग्नु पर्दछ । शिक्षकको उमेरको हद ५५ वर्ष कायम गरिनु पर्दछ । प्रौढ जनशक्ति शिक्षण क्षेत्रमा उपयुक्त हुदैन । यस्तो जनशक्ति अलि गरुगों र आशातित काम लिन असक्ने किसिमको हुन्छ ।
शिक्षणमा २० प्रतिशत शैदान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा संचालन गरी सोही अनुसारको मूल्यांकन पद्धतिको विकास गरिनु पर्दछ । यसरीकक्षा सञ्चालन गर्दा औजार,उपकरण र सामग्रीको अनिवार्य ब्यवस्था गरिनु पर्दछ । जुन सस्था वा शिक्षकले आफ्ना पहचका सामग्रीहरु प््रायोग गर्दैन,त्यसलाई नैसियत र अत्यमा खारेजी गरिनु पर्दछ । यसका अतिक्ति प्रविधिको प्रयोग, ल्याबको पूर्ण ब्यवस्था, उपयुक्त वावरणको ब्यवस्था,विषयबस्तुको पर्याप्तता हुनु जरुरी छ । शिक्षक तथा प्रधानाध्यापकको छनोट लोकसेवा आयोगबाट गरिनु पर्छ । शिक्षकलाई पर्याप्त सुविधा दिने तर काममा बढी समय दिन लगाउने गर्नु पर्ने हुन्छ । यसका साथै पुरस्कार र दण्डको ब्यवस्था कडाइका साथ लागू गरिनु पर्छ । तव मात्र देशको शिक्षा राम्रो हुन गई आशातित जनशक्ति उत्पादन गर्ने किसिमको हुन जान्छ । ब्यरोजगारको दर न्युन हुन गई आर्थिक बृद्धिदर बढ्न जान्छ । देशको अधिकाशं जनसक्ति आफ्नै सीपमा बाच्न समर्थ हुन्छन् । तब मात्र देश विकसित अवस्थामा पुग्न सक्छ । यसतर्फ नेपाल सरकारको बेलैमा ध्यान पुगोस् यही हाम्रो शुभेक्षा ।
भरतमणि भट्टराई
दाङसीमराङ्
रुपा ७, कास्की ।
२६ भाद्र २०७७
No comments:
Post a Comment