नातो लघुकथा - bharatmani bhattarai

नयाँ सामग्री



नातो लघुकथा



 
                                                                                                                                       

                नातो

                                  ३० बैशाख २०८१

सुवेश र सुएक्षा सानै उमेरदेखि अति मिल्ने भएकाले पछिल्लो समयमा आएर दाम्यत्य जीवनमा परिणत हुन पुग्यो । जातीय हिसावमा फरक भए पनि सुएक्षाको परिवारले सुवेशलाई ईश्वर नै सम्झन्थे । सुवेशको आध्यात्मिक त्यसमा पनि ब्राम्हण परिवार पहिलनै छोरालाई त्यस किसिमको संबन्ध नगर्न चेताबनीसमेत दिइसकेका थिए तर सुवेशले मानेन । दुबै बजारको टिनको घरमा डेरा लिएर बसे । सुवेश घर बनाउने काममा रेलिङ बनाउने र बेलुका मोटर वर्कसपमा काम गर्थ्यो । सुएक्षा तरकारी बेच्ने गर्थी । दुबैले अति मेहिनेतकासाथ काम गरेकाले जीवन चलाउन सहज भएको थियो । पछि वर्कसप आफैले सुएक्षाका नाममा किनेर प्रसस्त पैसा कमायो । सुएक्षाका माइतीहरुसमेत उनीहरुसँगै आएर बस्न थाले । पहिले दुःख गरेकी सुएक्षा अब मोजमस्तिमा रमाउन पुगी । उसको भाइलाई पनि वर्कसपको जिम्वारी दिलाइदिई । सबै घरको ब्यवस्थापन सुएक्षाका माइतीहरुले गर्ने भए । यसमा सुवेश पनि खुशी नै थियो ।

इष्टमित्र पनि अति धेरै सबैजसो सुएशासँग संवन्धित मामा, सानिमासासु, सालासाली कतिकति । पाँच दिदीबहिनी र तीन दाजुभाइ उसका र बाबाका पनि ६ फुपू र दुई दाजुहरु अनि तिनका छोइएका नातेदार सबै सुवेश घनिष्ट नाता बनेका थिए । बेलाबखत खानाखानका निम्ति र चाडपर्वमा पनि बोलावट हुन्थ्यो । आफ्नातिरबाट तिरस्कृत भएपनि नाताको कमि थिएन उसलाई । उदाहरणीय थियो ऊ मानौं एकहदमा सर्वमान्य बनेको थियो ।

सबै कुरा पुगेपनि सुवेशका सन्तान भएनन् । यसले उसलाई चिन्ता बनाए पनि धन र इष्टमित्र सबै आफ्ना भएका र हस्पिटलबाट असहाय छोरी ल्याइएकाले चित्त बुझाउने बाटो भएको थियो । गरीव असहायहरूलाई सहयोग गर्नुको साथै समस्यामा परेकाहरुलाई समस्यामुक्त गराउन लागि पर्ने कमलो दीलको थियो सुवेश । तर सुवेक्षा उसको काम गराई र ब्यवहार मन पराउन छाडिसकेकी थिई । उसको अर्कोसँग सम्वन्ध बसिसकेको थियो । कामाइएको केही हिनाबिना भएको थाह लागेपछि सुवेशले अनेक किसिमले संझायो तर पनि उसले टेरिन । आखिर सुएक्षा त्यही ब्यक्तिसँग गई जसलाई आफ्ना नाममा भएको सम्पति सुम्पेकी थिई । त्यसको भोलिपल्टै सुवेशलाई दशा सुरू भयो । भनिएका बाआमा र सबै इष्टमित्रहरु त्यसै दिनदेखि टुङ्गिए जतिबेला श्रीमतीले आफूलाई छाडी । कस्तो अचम्मको नातो हो त्यो ? धपधप बलेकोबेला अपार थियो जतिबेला श्रीमती आफ्नी थिई, जब श्रीमतीले साथ छाडी तब त्यो नातो नभएर बैरीहरूको ताँतो हुनपुग्यो । अन्ततः छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी भई कोही न कोही पाखुरो पोइ उखान उसकोमा लागू भयो ।

 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here