निचता—लघुकथा
२१
बैशाख २०८१
दिदीबहिनीहरुको
बनभोज कार्यक्रम थियो । बडो रमाइलोसँग नाचगान भैरहेको थियो । सबैजसो महिलाहरु
गीतमा रमिरहेका थिए । सहयोगका निम्ति केही पुरुपहरुलाई पनि आमन्त्रण गरिएकाले
पुरुषहरु पकाउने र भोजलाई ब्यवस्थित गराउन ब्यस्त देखिन्थे । भोजनका विविध
परिकारहरु यथेस्ठ भएकाले जसलाई जे मन पर्छ सोही खान मिल्ने अवस्था तयार पारिएको र
सबैले सक्दो मनोरञ्जन गरुन भन्नका लागि खेलका सामग्री समेत जुटाइएका थिए त्यहाँ ।
प्रतिस्परदाको भावना बिकास होस् भन्नाका लागि विभिन्न विधामा सहभागी हुनेहरुलाई
क्षमताका आधारमा छनौट गरी पुरस्कारको पनि ब्यवस्था मिलाइएको थियो ।
त्यसमध्येकी
एउटी महिला किचनमा कुकसँग नजिक भैरहेकी थिई । केही सहयोग गरिरहेको भानले कुकहरु
पनि उनलाई राम्रै दृष्टिले हेरिरहेका थिए उसलाई । तर ऊ देखेभन्दा फरक स्वभाव र
कुभावना भएकी महिला भएको जो कसैलाई थाह हुने कुरै भएन । मान्छे हेर्दा सफेद अनुहार
तर ब्यवहार पिचासको थियो । कुकको आँखा छलेर पकाउन तयार पारिराखेको मासु झोलामा
लुकाई । हुन त घरानीया नै हो महिला तर पनि स्वभाव नै अगतिलो भएपछि आखिर संकेत
देखाउदो रहेछ ।
भोज सकिने बित्तिकै त्यो महिला टाप कसी गन्तब्यतिर । दगुर्दा ठेस लागेर लड्न पुगी । सबैजनाको ध्यान त्यतै आकर्षित भयो र गए त्यतैतिर । बाटोको चारैतिर मासुका चौटा टरिएका झोला रगवले लट्पटिएको मान्छे उठेर मासु बटुलिरहेको दृष्यले देख्नेहरुको मन अमिलिएर आयो र भने खानदानीया भएर पनि कति सम्मको निचता । मनोरञ्जनात्मक वनभोज कार्यक्रमले अन्ततः निचताले खिन्नतामा पिल्सिन गयो ।
No comments:
Post a Comment