मान्छेको असली रुप —लघुकथा
—१९ बैशाख २०८१
गाउँमा अनौठो मेला लाग्ने पूर्व जानकारी भएअनुरुप सबै मानिसहरु त्यहाँ जानका
लागि बडो शानका साथ हिडिरहेका थिए । बिर्खेको कमजोर स्थितिका कारण मेला जान र
जहानलाई पठाउन सक्ने हैसियत बनाउन सकिरहेको थिएन किन कि ऊ काममा नगए गर्जो
टर्दैनथ्यो । सबै मेलामा सुकिलिएर बाटोमा देखेपछि पम्फालाई जान उसको मनले अडर दियो
‟काम हैन
मनोरञ्जनतिर लाग् पछि जे होला” । फेरि उसको मन परेको मान्छे पनि त मेला आउने र निम्ता पनि
दिइसकेकै थियो । खुट्टा भए जुत्ता कतिकति । उसैले अघिल्लो दिन दिएको नयाँ पहिरनका
साथ लागि पम्फा मेलातिर रमाउन ।
खाना खाएर काममा जानका निम्ति हतारिएर आएको बिर्खे घरमा आउदा झोलुङ
गाबाट खसेर भुइँमा खसी बच्चा रोहिरहेको देख्यो र हतारिदै बच्चालाई समेल्यो ।
सबैतिर पम्फाको खोजी गर्यो तर पत्तो लागेन । बच्चालाई काखी च्यापेर अँगेनतिर
दृष्टि लगायो तर खाना थिएन । काममा जानका लागि समयले ताकेता दिइसकेकाले जानु बाहेक
अर्को कुनै बिकल्प नै थिएन उसँग । फेरि आज कामको पारिश्रमिक पाउने दिन यदि गएन भने
अर्को एक मैना पारिश्रमिक लिन नपाउने । बच्चालाई पिठ्युँमा बोकेर बिर्खे बाममा गयो
। काममा रहेकै बेला बच्चा च्याठ्ठिएर रोयो सायद भोकले होला । बच्चाको आवाज सुनेर
बिर्खे हतारिदै आउदा ढुंगामा ठेस लागेर लड्न पुग्यो र खुट्टामा चोट लाग्यो ।
बाबुछोराको हालत देखेर नगिचै काममा रहेकी महिलाले बच्चालाई समालिन र दुध चुसाइन ।
बच्चाले ठूलो श्वा फैर्दै दुधचुस्यो । महिलाले त्यसै बखत सोधिन् “यसकी आमा छैन ?”
बेलुका काम सकेर बच्चालाई च्यापेर दुबै हातमा खजाना
झुण्ड्याउदै घरतिर फर्क्यो बिर्खे । बाटोमा मेला सकेर आउनेहरु आआफ्ना जोडीका साथ
रमाउदै आइरहेका देखिन्थे । केही युवाहरु युवतीका साथ अँगालोमा जेलिदै लठारिएका
देखिन्थे । साँघुरो बाटो भएको र बच्चा जोगाउन पर्ने भएकाले बिर्खे अलि छेउ लागेर
हिडिरहेको थियो त्यति नै बेला एक जोडीले उसलाई धक्का दिदा ऊ बाटोको किनारामा
धसारियो । बच्चा निदाएकाले झस्कियो तर चोट लाग्न छ कि कसो हो रोहेन । खजानाका
फोकाहरु बाटोमा छरिए । टिपनटापनगरी उठेर हेर्छ त पम्फाले तमासाको भुस्तिघ्रेलाई
लिएर तमासा देखाइरहेकी निक्कै पर । एक्कासी बोलायो उसले ‟पम्फा ए पम्फा ?” छिटोछिटो पयरहरुलाई
गन्तब्यतिर लम्काउदा समेत उसले पम्फालाई भेटाउन सकेन । ऊ निराश हुदै बच्चा लिएर
घरतिर लबग्यो । बाटोमा बच्चा रोहेको बेला ऊ भन्दै थियो ‟के गर्छस् त बाबै मान्छेको असली रुप यस्तै भएपछि ।”
No comments:
Post a Comment