साधनको यात्रा
भरतमणि भट्टराई
रुबिन
स्कूलको प्रिन्सिपल भएर पनि आवतजावतका निम्ति बस वा कसैको लिफ्ट प्रयोग गर्नु
पर्दथ्यो । कामहरु अनयास परिरहने भएकाले सदरमुकाम लगायतका स्थानमा काम विशेषले
हिडिरहनु पर्ने भएकाले मोटरसाइकल सिक्नपर्ने उसको आवश्यकता नै भएको थियो ।
आवश्यकताले नै समस्याको खोजी गर्ने भएकाले उसले सामान्य तरिकाले स्कुटर चलाउन
सक्ने भयो । पहिले सजिला पिच बाटोमा चलाउदै जाने गरेको रुबिन पछिल्ला दिनहरुमा २८
किलोमिटर दैनिक स्कूल र घर आवतजावत गर्नसक्ने भयो । यसले उसलाई पहिले गरेको दुःखको
यादले सुरुका दिन नसिकेकोमा पश्चाताप लागेको थियो । घरका कामहरुमा पनि स्कुटरबाट
सघाउने काम बेला अनुसार उपयोग भएकोमा परिवारका सदस्यहरु पनि सन्तोष मानेका थिए ।
तर पनि उसकी श्रीमती करुणा भने कतै केही भैहाल्छ कि भनेर स्कुटर चलाउनका निम्ति
अनुमति दिदैनथी । बरु अरुको मोटरवाइकमा तेल राखेर हिड्न सल्लाह दिने तर रुबिनलाई
चलाएर हिड्न सकेसम्म दिदैनथी । यो कुरा रुबिनलाई मन परेको थिएन ।
रुबिन
स्कुटर चलाउनमा करिव जानेको नै थियो । तीनचार महिनापछि दसैं आयो । दसैंमा सबै
मावली तथा ससुराली जाने चलन भएबमोजिम उसलाई पनि जान मन लागर आयो । श्रीमतीको
सल्लाह अनुसार ऊ दसैंको टिकाको दिनमा ससुरालीतिर हिडंयो तर करुणालाई आफ्नै माइत
जान खोज्दा कसरी जान नदिने ?
टाढाको बाटो समस्या आउने हो कि भन्ने पीरले पोलिरहेको थियो । फेरि सबै ठाउँमा जाने आउने गरेकोले जाने कुरामा उसको बिमति
थिएन । ऊ सबैलाई टिका लगाएर ससुरालीतिर लाग्यो । स्कुटर स्टार्ट गरेपछि उसले
स्कुटरमा पेट्रोल कम भएको थाह भएपनि बाटोमा हाल्ने सोचकासाथ गन्तब्यमा अघि बढ्यो ।
बाटोमा रहेका सबै पम्पहरु दशैंका कारणले बन्द भएकाले उसले पेट्रोल राख्न पाएन ।
त्यसपछि उसले मितब्ययी बन्नका लागि ओरालोमा न्युट्रलमा चलाउन सुरु गर्यो ।
कहिल्यै नचलाएको बाटो त्यसमा पनि भत्केर उखडआखड भै खल्टाखुल्टीको अवस्थामा
स्कुटरको बेगलाई ब्रेकले नियन्त्रण गर्न नसकेर स्कुटर सडकको खोचमा पल्टियो । ऊ
स्कुटरमुनि परेर पछारिन पुग्यो । हातको जोर्नी तथा शरीरका अन्य ठाउँमा चोट लागेको
भएपनि ऊ साँझ ससुराली पुग्यो ।
रातभरि
पीडाबोधले सताइएको रुबिन बिहान सबेरै सबैसंग बिदा लिएर घरतिर लाग्यो तर स्कुटरमा
पेट्रोल हिजै सकिएकोले कसरी घर पुग्ने भन्ने कुराले सताइरहेको थियो । हातले हेण्डल
समाउन समेत भएको थिएन । वास्तविकता भनौंभने घरमा बसिखानु नहुने भएकाले सकिनसकी
ओरालोमा न्यूट्रलमा चलाई लडंदै बाटोमा पेट्रोल भरेर घरसम्म बल्लबल्ल आइपुग्यो ।
त्यसको असर करिव धेरै समयसम्म रहिरह्यो । स्कुटरको अबस्था र श्रीमानको शरीरको
स्थिति देखेर श्रीमतीले कराएपनि रुबिनले ढाँटेर कुरालाई अनेत्रै मोडिदियो । त्यसदिनदेखि
साधनबाट यात्राङ्क हुनुभन्दा अगाडि तेल तथा अन्य कुराको जाँच नगरी रुबिन
हिड्दैनथ्यो । कतै जानलाग्दा सोही घटनाको यादले उसलाई स्मरण गराउने गरेकाले
बुढौलीमा पनि चेतनाको सही पाठ सिक्न पुगेकोमा आफूलाई जीवन सजिएको अनुभूति गर्दथ्यो
।
दिनांकः
३० आश्विन २०७८
Hole diameters lesser high precision machining than the thickness of sheet metallic may result in lengthy burnish, high punch loading, and excessive burr. Therefore, gap diameters ought to be higher than the sheet metal’s thickness. Hot Rolled Steel – A sort of metal produced when a series of roll processes create metal. You can simply form such steels into massive items due to of} their flexibility. Here are some helpful resources on sheet metallic fabrication, as well as|in addition to} different resources associated manufacturing need to|if you wish to} delve deeper. The finishing of sheet metallic may be one of the essential steps in guaranteeing that the product not solely works, however works {for as lengthy as|for so lengthy as} possible.
ReplyDelete