आमाको मुखहेर्ने दिन
—२६ वैशाख २०८१
संसारमा
जीवहरुको पुस्तान्तरण गराई सबै जीवहरूको अस्तित्व स्थापित गराउनमा जननीको भूमिका
नै सर्वमान्य हुन्छ अर्थात आमा बिनाको सन्तान सम्भब नै हुदैन । हरेक प्राणीहरूकी
जननी स्नेही ममतामयी प्राणदाता अझै भनौ देवता नै हुन भन्दा फरक नपर्ला । आप्नो
कोखमा राखेर खुनको डल्लोलाई सक्षम र सवल स्थितिमा अवतरण गराई आकर्षक जीवन दिन
सक्षम माता सक्षात भगवानकी पर्तिरुप अझै स्पष्ट भन्दा आमा सर्वमान्य साक्षात भगवान
नै हुन् । बाबाआमा बिनाको संसारको कुनै सार हुदैन । त्यसमा पनि मानव चेतनशील
प्राणी भएकाले वास्तविकता पहिल्याएर पबित्र मार्गमा चल्न सक्ने र देवत्वको सार
छुट्याउन सक्ने विवेकशील प्राणीका रुपमा रहनुपर्छ । आफू को हुँ र कसरी संसार चलेको
छ ? बिगत समयदेखि आजसम्म आइपुग्दा सन्ततिको पुस्तान्तरण र मानवीय जीवनको
अस्तित्वको स्थापितिकरण कसरी सम्वभ भैरहेकोछ भन्ने जिज्ञाशाहरु मेटाउन खोज्दा जननीको
स्मरण अवश्य हुन्छ । तिनै सन्तानकी माता ममताकी खानी सर्वश्रेष्ठदेवी आमालाई संमरण
गर्ने दिनका रुपमा मातातिर्थ औंसीलाई लिने प्रचलन छ । धर्मशास्त्रले पनि मातालाई
देवीका रुपमा लिइएको छ । आमाको सन्ततिप्रतिको लगान र स्नेहको मूल्य नै हुदैन ।
त्यस्ति सन्तानबत्सल‚ सृष्टिकर्ता‚ ममतामयी आमालाई सधैं शाष्टाङ्गदण्डवतका साथ
उच्चारण गरिरहौं मातृदेवो भवः ।
बैशाख कृष्ण
औंसीका दिन सुकाइएको अन्नमा किराले नोक्सान गर्न नसकेझैं यस दिन आमालाई खुशी पार्न
सके सन्तान र आमा बिचको सम्वन्धमा कुनै दरार नआउने कुरा शास्त्रमा उल्लेखित छ ।
देवलोक‚ पितृलोक र धर्तीलोक सबै स्थानमा आमाको स्थान
अति महत्वका साथ लिने गरिएकाले आमालाई पुज्नु मानव समुदायकै मूल कर्तब्य ठहर्दछ ।
अतः आमा हुनेहरुले आमालाई मनपर्ने कुराहरु दिएर खुशी बनाऊँ र नहुनेहरुले गरीव तथा
असहाय दुखीहरुलाई सहयोग गरेर आफ्नी जननीको स्मरण गरौं । ‛जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ श्लोकलाई मनन् गरौं । यसैमा साक्षात रहेकी आमा
र अनन्तमा रहेकी पुज्यनीय माता खुशी हुनेछिन् र आशिर्वाद मिल्नेछ ।
संस्कृतका यी महत्वपूर्ण
श्लोकहरूले आमाको महिमालाई अझ स्पष्ट पारिदिएका छन् ।
‟कुपुत्रोजायते
क्वचिदपि कुमाता नभवति ।” ‟यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।”
त्यसैले आमालाई
खुशी र सुखी बनाएर जीवनलाई आकर्षक बनाऊँ तबमात्र मातातिर्थ औंसीको औचित्य र मर्म
स्यष्ट हुन जान्छ । बाचुञ्जेल आमालाई अनेक प्रकारका दुखको भूमरीमा बाच्न बिवश
पार्ने र आफ्नो स्वार्थका पछि दौडने आमाको निधनपछि मन्दिरमा लड्डु चढाएर पुन्य
कदापि मिल्दैन । देखावटी र बनावटी कीर्ते मानव बन्न छाडेर सचरित्रवान‚ कर्तब्यनिष्ट‚ बफादार नागरिकको पङ्तिमा सयर गरौं । यसैमा
सबैको कल्याण हुनेछ । विहान उठ्ने बित्तिकै मातृदेवो भवः‚ पितृदेवो भवः र आचार्य देवो भवः उच्चारणका साथ
आफ्ना कर्महरुलाई अग्रता दिऊँ‚ अवश्यमेव फलदायी हुनेछ । मातृदेवो भवः सबै आमाहरुको जय होस् शुभकामना यस पावन
अवसरमा ।
No comments:
Post a Comment