छुद्रता
आफ्नो हात माथि बनाउन नरुचाउनेहरू पाउनका लागि
हात माथि गर्न डराउँछन् तर अनयास आफ्नो मूठ्ठीमा सानो वस्तु मिल्योभने ज्यान गए
पनि अर्कालाई दिन सक्दैनन् चाहे त्यो वस्तु अर्काकै किन नहोस् । सही कुरालाई
प्रमाण जुटाउँदा पनि विश्वाशको अभाव खड्कन गई असैह्य तापयुक्त ज्वालाको राफ
सहनुपर्छ । शरीर मृत्युको दोसाँधबाट पार गराई आपतकालीन अवतरण गराइदिँदाको मूल्यको
कुनै कदर गरिदैन । सहयोगीको त्याग र समर्पणको कुनै अर्थ नै राखिदैन । घटनास्लदेखि
हस्पिटलसम्म र दिनहुँको सेवा र उपचारका क्रममा गरिएको दौडधुप त्यस्तै स्याहारसुसार
र कैयौँ दिनका सास्ति एवम् तनावलाई रत्तिभर ख्यालै गरिदैन । तर कसैले त्यही
शन्दर्भमा गरिएका चारओटा नोटको हिसाव गरेर सञ्चो भएपछि फसौट मागिन्छ । एकैछिन सट्टा
सुसारे राखेर अपर्झट काममा सरिक हुनुपर्दा भएको डिस्चार्जबाट कुलेलम बजाउन पल्केका
ब्वासारुपी दरिद्रहरूलाई कसरी चिन्न सकिन्छ र ! समय सधैँ एकैनास रहदैन । दिनपछिरात र रातपछि दिन आइनै
रहन्छ । तर दरिद्रताले ग्रसित भएपछि मान्छे षड्न र दुर्गन्धित भै नाक नै ङ्याच्च
बनाएर कहिल्यै नचाहिने गरी निधारसम्म तान्न अग्रता खोज्दै जादोरहेछ । नपरुञ्जेल
पत्तो नपाए पनि दहमा डुब्न बाध्य भए पछि बल्ल असली छुद्रतालाई निचोर्न सकिदो रहेछ
।
“जुन थालमा खायो त्यही थालमा फोहोर्याउने” मति
बिग्रेकाहरुले गति लिन सक्दैनन् । आफ्ना लागि ज्यान दिन पछि नपरेका पवित्र
आत्माप्रति सदाशयतासम्म पनि राख्न नसक्ने बिलाहारी तक्षकहरू कि भक्षक भई परात्मा
चिन्न नसकेर रमाएका होलान भन्ने कुरालाई सम्झदा अचम्म लाग्दछ । सहनु पनि त सीमा
हुन्छ । भरिएपछि पोखिनु पर्ने यथार्थतालाई मान्छेहरू किन नबुझेर असत्यको बाटो
गएहोलान भन्ने कुराले सताउने गर्छ तापनि कही कतै सुधारको स्थिति पाउन कसै सकिदैन । आफ्नोमा सानो खति भएकोमा मुर्छा खाएको मान्छे
अर्काकोमा बज्रपात भएको बेलामा किन्चित दुःखको भाव देखाउनुको साटो उमङ्गको छालमा
रमाएको देखिन्छ । घटना उही तर परिबेश फरकहँदा मान्छेका व्यवहारहरूमा समानता पाउन
सकिदैन । जन्मदै नकारात्मकता लिएर त आएको होइन तर किन यस्तो छुद्रता रहन गयो उसको
मानसिकतामा छक्क कसरी नपर्नु । यो र यस्ता आचरणको अग्रसरता भएबाट नै मानवीय
चरित्रमा दाग लागी सभ्य भै सही धरातलमा उभिन कठिन भएको हो ।
लोभको भाडो कहिल्यै भरिन सक्दो रहेनछ । आफूसँग
प्रसस्तै भएको सामान पनि सित्तैमा पाउदा सक्दो बोक्ने प्रबृति समाजमा छ्यालब्याल
देखिन्छ । जुन वस्तु वा सामान आफ्नो जीवनका लागि उपयोगी छैन र पनि थुपारेर ढाँड
बनाएर फोहर पालिराख्ने प्रायः सबैजसोकोमा देखिन्छ । घरमा अल्झन भएको तर अरूका लागि
उपयोगी भए पनि दिन सक्दैन मान्छे । कोही कसैले नदेखेमा सबै आफ्नो बनाउनका लागि
मरिहत्ते गर्दछ । छोरी बुहारी तथा चेलीहरूमा समानताको भाव राख्न नसकी पशुत्वभन्दा
पनि तल्लो पङ्तिमा गिर्न डराउँदैन । उपकारको सट्टा खोजी अर्कालाई गोगनले झैँ डस्नपुग्छ
। बोलाइ र गराइका बीच आकाश र जमिनको भिन्नता स्पष्ट देखिन्छ व्यवहारमा । जुन चिजले
आफूलाई असर पुर्याउँछ तर त्यो चिज सित्तैमा मिलेको छ यदिभने घाँटीसम्म आउने गरी
कोच्न पछि पर्दैन । आफ्नोमा कोही आउँदा १०४ डिग्रीको ज्वरोले टाउको दुखेर १०
किलोको भुत्ते धङ्नोले नभ्याउने हुन्छ तर अर्काकोमा आफू पाहुना हुनपर्दा खावा खीर
तथा मिष्ठान्नको अपेक्षा गरी भएभरको नालीबेलीमा गफ सिँगारिन्छ । अर्काको प्रगतिमा
ओडाहले भुतुक्क हुने र आफ्नो बिगुल बज्दा अर्कोलाई थाहसम्म पनि नदिने छुद्रताले
डेरा जमाउन छाड्दैन मान्छेलाई । यस किसिमको अनर्थ परिबेश र काइते छदमभेषी रनकले
गर्दा व्यक्तिको आचरण बिग्न गई समाजले सही मार्ग पैल्याउन नसकेको हो । समाज सुन्दर
नभएसम्म क्षेत्र र समग्र देश राम्रो बन्न सक्दैन । अतः सबैले नक्कली व्यवहारलाई
त्यागी सक्कली सत्कर्ममा लागेर छुद्रता नराखी स्वावलम्वी बन्दै सेवात्मक भावले
सकारात्मक शैलीमा अवतरण हुनु जरूरी छ र समग्रतामा उन्नतिको पथमा निरन्तर जुट्न
मनैदेखि लाग्नु पर्दछ । अन्यथा विकास असम्भब हुन्छभन्दा फरक पर्दैन ।
१८ फागुन २०८२ मिलनटोल पोखरा ।

No comments:
Post a Comment