जित्नका लगि जीवन
सबै जीवहरूका दैनिकी समयको परिबहनसँगै
गुज्रिरकेकै हुन्छ । भूर्ण नवआगन्तुक जवान र बयष्क जोसुकैको पनि जीवन पद्दतिको
गतिशीलता चल्ने गर्दछ । पालुवा चढेपश्चात झर्ने निमन्त्रणाको निधो बिधिले नै
सुनिश्चित गरिदिएको छ । रोग तथा आकस्मिक घटनाले केहीको बीचमा नै बिलय हुने भए पनि
औषतमा सबै अवस्थाको चरणबध्दता पार गरेर नै अस्ताउनुपर्ने जीव प्रणालीले देखाइसकेको
छ । सबै विषयको रिस्ता खुलस्त भएता पनि केहीको जीवन परिबेशमा सहजता र केहीकोमा
असहजता आउने गर्दछ । हुन त त्यसमा उसको कर्म क्षेत्रमा गरेको दिशाबोध र गन्तब्यको
रोजाइजस्ता विषयले पनि शुष्म असर पारेको हुन सक्छ । चुनौती र निराकरणका लागि गरिने
प्रयत्नबाट सहजता र असहजताका क्षेणहरूलाई सामना गर्नुपर्ने हुन्छ तर केहीका लागि
सत्मार्गको खोजी गर्दै जाँदा र चुनौतीहरूलाई अवसरका रुपमा लिने क्रममा अग्रता दिदै
गर्दा जीवन परिभ्रमणको अल्प समयावधिमा सन्तोषको स्वाश फेर्न अति नै कठिन परिरहेको
हुन्छ । असजिला तथा अत्यन्त बिदारक अवस्था एकपछि अर्को लाम लागेर आउने गर्दछन् ।
केही नमिठो र बिरसिलो बनाउनमा उसैको बिपरित दिशाबोधले गराए पनि अरू सबै किन
संयोगका रुपमा आएहोलान ? अलि बिचारणीय विषय बनेको देखिन्छ ।
आयआर्जन तथा धनी बन्ने सवालमा उसको पैत्रिक
जिन्सी वा अन्य आयले असर पार्छ । तर सामान्य परिबेश वा अझैभन्दा सडकबाट उदाएकोले
पनि अल्प समयमा नै कल्पनाभन्दा बाहिरको कुलीनताको पगरी गुतिरहेको देखिन्छ । त्यसको
बिपरित जन्मदै कुबेर पछि हरहर भई रोडको बास भएको पनि देखिन्छ कसैको । केही मध्यम
बर्गको परिबेशबाट परिवर्तन नै नदेखिई बिलयको सामना गर्दछन् । न्यून स्थिति भोगी
काहाली लाग्दो भूमरीमा गुजुल्टिन बाध्य भएकाहरु अधिकांश दयनीय परिबेशको दलदलमा फसी
बिलय हुन बिबश देखिन्छन् । कही भूर्ण अवस्थादेखि मृत्युको सँघारमा आइपुग्दासमेत सांसारिकताको
थथार्थकाबारेमा अन्धो नै रही जीवनको वास्तविकतालाई चिन्न नै नसकी निभ्न पुग्छन् ।
एउटै गर्भमा विकसित भएका जोडीहरू उही विज समान वातावरण र उही ताकतले पोषितमा पनि जीवन परिबेश पृथक
रहन्छ । आखिर त्यसकिसिमको अन्तरमा प्रभाव बाह्य तथा आन्तरिक दुबै हुन सक्छन् ।
सफलताको बाटो समात्न खोज्दा र सकारात्मकताका साथ जीवन कलालाई साधना गरी सही शैलीमा
अवतरण हुन खोज्दा असफल नै भोग्न पर्ने अच्चमको लीला देख्नुपर्छ र भोगिरहेको तीतो
सत्य पनि हो जस्तो लाग्छ । त्यसमा प्राकृतिक भनौं वा अकल्पनीय संयोगले पनि भूमिका
खेलेको होला सायद । तर कर्म क्षेत्रमा अबिचलित भै कर्तव्यको वागडोरलाई रोकिन दिनु
सरासर भूल हुनेछ । जे छ सामूमा त्यसलाई भरपूर साधना गरी फ्रतिफलमा रमाउन सिक्नु नै
जीवनको सार नै हो । अभाब र असमर्थतादेखि नडराई चुनौतीलाई अवसरमा लिदै जाँदा
निरन्तरको साधनाले आशा लाग्दो जीवन उदाउन पुग्छ ।
बौध्दिकता तार्किकता र कलात्मक परिचालनले समेत
स्थान जमाउन नसकी अमिल्दो र कुकर्ममा लागेर अति संवेदनशीलतामा रुमलिएको तन र
बिरक्तिएको मन ह्रृदय बिदारक नै हुन्छ । कठोर परिस्थितिसँग जुध्दै अपार जीवनाई
सुमग्नका साथ उत्तम धराबासी बन्न न्वारनदेखिको बल खर्चेर चुनौतीसँग भिड्न कदापि
तर्सन हुदैन । जीवन जित्नका लागि हो सुअवसर लिई हाँस्नका लागि हो सम्पन्नताको शीखर
चढ्नका लागि हो । क्षणिकको पाहुना भए पनि आशाहरूलाई पूरा गर्न तमाम समस्याहरूसँग
मुकाबिला गर्दै क्रमबध्दरूपमा अस्तित्व उचा गराउनु मानवको प्रमुख दायित्व हो ।
समस्याले समाधानको निम्ता दिन्छ र समाधानपछि पुन समस्याले स्थान पाई थुप्रै
समाधानका बिकल्पहरू आइरहन्छन् फलतः चुनौतीहरू अवसरमा परिणत हुन्छन् र जीवन समुन्नत
र आकर्षक हुन जान्छ । प्रकृतिले दिइएको सुनौलो उपहारलाई सही र सार्थक मार्गमा
लैजान हरप्रयतनमा लगाम कस्न बिर्सन हुदैन । मौकाले पाएको चौकालाई जीत्नका लागि
उपगोग गर्दै आशाहरू तथा चुनौतीहरूलाई अवसरका रूपमा लिई समाधानमा लाग्न सके
वास्तविक जीवन चरितार्थ हुन्छ र कर्मले स्थायित्व प्रदान गरी स्थुल बिलयपश्चा पनि
कर्मले अमरत्व पाई धरामा सजिन पुग्छ । अतः जीत्नका लागि प्राप्त ऐश्वर्यरूपी तन र
अवसरको पूर्ण उपगोगबाट तृप्ति पाउने मनलाई उच्च राख्न प्रयत्नमा लाग्नु सबैको मूल
मार्ग नै होभन्दा अत्युक्ति नहोला ।
१४ फाल्गुण २०८२
मिलन टोल फोखरा ।
No comments:
Post a Comment