उद्धघोष ( कविता ) - bharatmani bhattarai

नयाँ सामग्री



उद्धघोष ( कविता )

 


कविता

उद्घघोष

भरतमणि भट्टराई

ज्याजतिको साङ्लो फिजाउनेहरु

दुनियाका रगत र पसिनामा रमाउनेहरू

आफ्नै कमाइमा बाच्न छाडेर धाक र धम्कीमा पलेकाहरु

अर्काको राम्रो देख्न नचाहनेहरू

मठमन्दिरका गजुर र मुर्ति पलाएन गराउनेहरू

अड्डाको कारिन्दा बनी टेबुलमुनि हात पसार्नेहरू

भन्सार जो जहाँभएपनि अकुत कालो धन आर्जन गर्नेहरू

नेता बनी ब्यक्तिगत स्वार्थका जाल थापि फेता गुत्नेहरू

धर्म भाकेर झुत्रोलाई मलमल बनाई बेच्ने ब्यापारीहरू

लोग्नेमान्छे सुत्केरी बनेर हसुर्ने महाशयहरू

पोखरी खन्ने र पोखरी पुर्ने बाहना मिलाई अजिर्ण हुनेहरू

बदेशी मामाहरूलाई खुशी बनाई औंला बग्याएर महल बनाउनेहरू

पैसाले किनेर डाक्टर इञ्जिनीयर र उच्च पदमा आशिन हुनेहरू

देशका संपदा परिआए देशै बन्दगी राखेर खान पल्केका ब्वासाहरू

धनका निम्ति हत्या आतङ्क मच्चाइ जननी रूवाउनेहरू

सबै दुष्ट नरपिचासलाई कडालो समाऊ

खुडा खुकुरी खुर्पा जोसंऊ जे छ सोही चलाऊ

च्वाट्ट शीर छिनाई निस्केको रक्तधाराले बिकृति पखाल

मातृ ह्रुदय खित्का छाडी हास्नेछ युद्धको उद्घोष थाल

बाडीले बढार्नेछ फोहर कलोषित कुरीति

लाग्नेछ घाम सबैतिर झलमलै बस्नेछ सुरीति

कालो बादल हटी रातो सूर्यका समतमूलक किरणहरुले कोपिला फक्रनछ

शान्ति सद्भाव र प्रजातन्त्रले बहुरङ्गी फूलको बगैचा सप्रनेछ ।

 

दिनाङ्कः २०७८ ०८ २८

 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here