आफ्नो मान्छे ( कविता ) - bharatmani bhattarai

नयाँ सामग्री



आफ्नो मान्छे ( कविता )

 


कविता

आफ्नो मान्छे

भरतमणि भट्टराई

धर्तीमा अधिक मानवहरू छन् ,को आफ्नो हो चिन्न सक्दिन

बच्चादेखि बृद्धसम्मका कैयौं जनहरू छन्, को हितकारी हो भन्न सक्दिन

साधारण लेखपढ गर्न जानकै हो तर आफ्नो को हो छान्न सकिन

जीवनले कैयौं आरोह अवरोह पार गर्‍यो तर आफ्नो को हो छान्न सकिन

एउटै कोखबाट आएको बन्धुको सुख चाहें तर आफ्नो भएन

मातृत्व समान उपभोग गरी हुर्केका चेलीको सन्तोषको कामना गरें तर नजिक रहेन

मान्छे अर्काका लागि बाँचेको छ तर कोही आफ्नो हुन सकेन

दिनहरू गुज्रदै जाँदा पाखुरी बाहेक अरू ,आफ्नो हुन सकेन

ज्याला मजदुरी अति कठोर कर्मको सामना गरेकै हो ,कोही आफ्नो बन्न सकेन

आफ्ना चाहनालाई पन्छाएर अरुको सन्तोषलाई सकार्दा पनि, कोही आफ्नो भएन

आफै भोकै रहेर अरूको आनन्दलाई स्वागत गर्दा पनि, आफ्नाको ध्यान गएन

मान्छे कति स्वार्थी छ सुखमा खाइलाग्छ, अलिकति दुखहुँदा जाइलाग्छ

चाडवाड रामरमाइलो सबै पैसाको सरिताका, भेल रहेछन् ।

दिदा सबै आफ्ना तर दिन नसकेदा परचक्री मानवका, खेल भएछन

सयौं दिन गुन तर एकदिन अनुकूल नहुंदा, भयो पराइ

दान दिंदा नलिई निधार खुम्च्याउदा, हिड्नुपर्ने डराइ

जीवन थाकी सक्यो तर आफ्नो मान्छे कहिल्यै ल्याउन सकिन

मानवताको हात पैलाएर आफ्नो मान्छे खोजें तर पाउन सकिन ।

वर्षौ ज्ञानगुनका भारी दिदादिदै अस्थिपञ्जर मात्र बाकी रह्यो

चेलाचेलीले संसार ढाकीसके आफ्नो गति लाटोकोसेरो भयो ।

 

दिनाङ्कः २० मङ्सिर २०७८

 

 

 

 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here