अहमताको परिणाम ( लघुकथा ) - bharatmani bhattarai

नयाँ सामग्री



अहमताको परिणाम ( लघुकथा )


 

लघुकथा

अहमताको परिणाम

भरतमणि भट्टराई

कुन्ता सानैमा आमा मरेर टुहुरी बनेता पनि मोहनको लालनपालनमा हुर्किएकी असल महिला थिइन् । मोहनले आफ्नी श्रीमती टि बि ले परलोक भएकोले छोरीलाई डक्टर पढाएका थिए । सुरुमा मोहनले कुन्तालाई बिबाहकोभन्दा पढाउने र आफ्नै खुट्टामा उभिनसक्ने सक्षम नागरिक बनाउनमा जोड गरे । सोही अनुरुप कुन्ताले पनि मेहनत गरेर बाबाको इच्छा तथा आफ्नो लक्ष्यलाई साकार पारिन् । मोहनलाई दमको रोगले सताउदा उनैले उपचार गरिन् तर बचाउन सकिनन् । बाबाको निधनपछि उनी सहारा बिहिन बन्न पुगेपछि जीवन परिचालनमा केही बेवधानहरु देखापरे । सबै कुराले संपन्न भएपनि अविभाक गुमाउन परेकोमा उनलाई आफ्नो जीवन नै खल्लो लागेको थियो । सुरुका दिनहरु अध्ययन र ब्यबहारिक परिस्थिति मिलाउदैमा बित्यो भने पछिका दिनहरु जागिरमा निरन्तरता दिदैमा गुज्रिएकाले उनको बिबाह हुन सकेको थिएन । उमेरले ३५ नाघिसकेको थियो तर मिल्दो जोडा पाउन नसक्दा उनी निराश थिइन् ।

रुपले संपन्न नभएपनि प्रतिभा तथा क्षमताले उनी भरिपूर्ण थिइन् । आफ्नो चाहना अनुरुपको केटा नपाएपछि उनले आफूभन्दा ७ वर्ष कान्छो ब्याच्लर सिभिल अध्ययनरत कुसनसंग बिबाह गरिन् । उनले कुसनलाई ब्याच्लर गराइन । जेहेन्दार कुसनले राम्रो श्रेणीमा उत्तीर्ण गर्‍यो । कुन्ताले आफ्नै मेडिकल राखेर बिरामी जाँच गर्ने भएकोले कुसनलाई मेडिकल संचालन गर्न आग्रह गरिन् । उसले मेडिकल अत्यन्त राम्रो गरी चलायो  तर कुसन आफ्नै क्षमता र सिपबाट जीवन परिचालन गर्न चाहेकाले सधैंका लागि यो कार्यलाई स्वीकार्न चाहेन । पाँच वर्षको बिचमा कुन्ताले एउटा छोरा जन्माएकी थिइन् । छोरालाई रेखदेखका लागि धाइ राखेकी थिइन् उनले । मेडिकलको जिम्मा कुसनलाई लगाएकी भएपनि कुसन एम ई गरेर आफ्नै पाखुरीमा जिउन चाहन्थ्यो । कुसनले डराउदै एकदिन कुन्तासंग भन्यो‚“कुन्ता जी ! म एम ई गर्न चाहन्छु । के मेरो चाहनालाई पूरा गर्नका लागि सहयोग मिल्न सक्ला ? प्लिज मेरो सपनालाई साकार बनाउन तिमीबाट सहयोग चाहन्छु । यदि सहयोग नहुने हो भने सपना सपनामै सीमित रहने भो । ऊ भन्दाभन्दै रोकियो ।

उसको कुरा सुनेर कुन्ता रिसले आगो भइन तापनि पढ्नका लागि इजाजत दिइनन् । उसले अनेक बिन्ति गर्‍यो पढ्नका लागि । तर कुन्ताले एकरति पनि सहयोगको भाव देखाइनन् । कुसनका कारण मेडिकलबाट राम्रो आम्दानी र सेवात्मक जस मिलेको थियो कुन्तालाई । कुसनले मेडिकल धानेर पनि अध्ययनलाई निरन्तरता दिने सर्त राखे तर कुन्ताले बरु आफ्नो बाटो सुरक्षित गर्नमा मेरो कुनै बाधा छैन । मान्छे स्वतन्त्र हुने भएकाले स्वविवेक प्रयोग गर्नु उसको अधिकार नै हो भनेर जवाफ दिएपछि कुसन आफ्नो झोला बोकेर आफ्नै गन्तव्यतिर लाग्यो । कुत्ताका आँखामा आँसु टिलपिलाएता पनि कुसनलाई रोक्ने आँट गरिनन् र तड्पिरहेको मन र सानो दूधे वालकलाई हेरेर भनिन्‚“तिम्रो माया भए कुसन यही घरमा फर्कला र हामी दुबैको सहयात्री बन्ला हैनभने प्रकृतिले लगाएको गन्तव्यलाई जसोतसो सकारौंला । उनी एकोहोरो रोहिरहन्छिन् ।

दिनाङ्कः १७ मङ्सिर २०७८

1 comment:

  1. But slots are noteworthy for greater than their extraordinary revenue performance. Southland is the first out there market} to add model new} Aristocrat Dollar Storm. Look for unique video games like this, Clover Link, and extra inside near the main entrance and Sports Bar. Step 1 - Touch the cardless entry icon on the slot show. Open 24 hours, the room has a dedicated team of 250 hand-picked casino team members to offer the utmost attentive service. Guests will discover that the service and privacy of this room 1xbet were created with them in thoughts at every contact level.

    ReplyDelete

Post Top Ad

Responsive Ads Here