२०७७/१२/२६
कालुको एउटा मात्र छोरो अर्जुन निक्कै चलाख र तिष्ण बुद्धिको भएकाले विध्यालयका सबै बिध्यार्थीहरुले बढी रुचाउथे । शिक्षकहरु प्नि उसको प्रतिभा देखेर उसको हरदम तारिफ गर्न पछि पर्दैनथे । कालु ज्यादै गरिब भएकाले छोरालाई सामुदायिक विध्यालयमा अति दुःखकासाथ पढाएका थिए । जेहोस् दुःख गरेर पढाए पनि छोराको आनिबानि तथा लगनशीलता देखेर कालु असाध्यै खुशी थियो । कहिलेकाही छुट्टीको दिन अर्जुन बालुवा चाल्न सहयोग गर्दथ्यो । जेनतेन कालुको जीवन चलिरहेको थियो ।
अर्जुन १० कक्षामा पुगेको थियो। उसलाई आफैसंग पढ्ने सरुले दिलैदेखि मन पराउँछे । अर्जुन गणितमा अलि कमजोर थियो तर सरु अलि सिपालु थिई । एकअर्का बिच सहयोगात्मक भावना दिनानुदिन बढिरहेको थियो । त्यही बेला एकदिन अर्जुनले सरुलाई भन्यो,“सरु ! अब त म स्कुल जान्नहोला । बाको काम पनि कमि भएको छ,फेरि कमाएको पैसाले खान लगाउन ठिक्क हुन्छ, केले पढ्ने सरु ?” अर्जुनले ज्यादै पीर मानेको देखेर सरुले संझउदै भनी,“कहाँ स्कूल छाड्ने कुरा गरेको ? म तिम्रो खर्चमा सहयोग गर्छु के ?” रुञ्चे स्वरमा सरुले जवाफ फर्काई । अर्जुनले मनमनै सोच्यो र भन्यो,“कसरी संभब हुन्छ खै सरु ? फेरि तिम्रो र मेरो जात पनि त मिल्दैन ? तिमी ठकुरी बाबुकी एक्ली संपन्नहाली परिवारकी छोरी, कहाँ म गरीब सुनुवारको छोरो । नाता न संबन्धको कसरी सहयोग होला र ? अनि एक पटकको सहयोगले म जस्तो गरीबलाई पुग्ने होइन क्यारे ।” सरुले अर्जुनको कुरालाई बडा गाम्भिर्यताकासाथ सुनिरही । धेरैबेर दुबै चुप रहे । निकैबेर पछि सरुले भनी,“जेनतेन एस ई ई दिऊँ, त्इसपछि सोचौला है अर्जुन ?” अजुन केही बोलेन । सरुले आफूसंग लगाई राखेको सुनको सिक्री फुकालेर अर्जुनको हातमा थमाइदिदै भनी,“यो कसैले थाह नपाउने गरि बेचेर ल्याऊ र सबै पढेने खर्च पु¥याऊ ल ? म घर पछि थाह पाए भने हरायो भनिदिन्छु ?” अर्जुले लिन मानेन । तर सरुले ज्यादै गरेपछि अर्जुनले लिदै भन्छ,“मैले यत्रो सामान कसरी बेच्नेनी ? कहाबाट भोरेर ल्याएको भनेर उल्टै सजाय पाइने त होइन ?” त्यसोभए ल्याऊ म मेरो साथीकी दिदीको सहयोगबाट तिमीलाई पैसा दिन्छु ।” सरुले सिक्र लिएर जान्छे र भोलिपल्ट बेलुका पैसा लिएर एकान्तमा अर्जुनलाई पैसा दिदै भन्छे,“कुरा कसैलाई नभन्नु ल ? अब यसले आबश्यक परेको ठाउँमा मात्र खचै गरेर पढ्नुपर्छ है ? ल अब म गएँ, भोलिको जाँचको तयारी गर्नु परेन ? छितो गरेर आऊ स्कूल । एैले गएँ है अर्जुन ?” सरु घर जान्छे । अर्जुन अचम्ममा पर्दछ । उसले आफ्नो बाबालाई पैसा राख्न दिदै भन्छ, यो पैसा मलाई पढ्दा आबश्यक पर्नेबेलामा दिनुहोला बाबा, पैसा कहाँबाट आयो ? कसरी ? के ? कुनै प्रश्न नसोच्नु र कसैलाई पनि नभन्नुहोला बाबा ।” यति भनेर ऊ स्कूल जान्छ । परीक्षामा अर्जन प्रथम भयो । सरु चैथा भई । आखिर एस ई ई पनि आयो, दुबै मिहिनेत गरेर पढे र राम्रो श्रेणीमा पास भए, अर्जुन त स्कूल उत्कृष्ट भएकाले धेरै पुरस्कार पनि पायो । दुबै रमाए ।
सरुले भनी,“अर्जुन ! अब हामी दुबै साइन्स पढ्नुपर्छ । फर्म लगाउन जाउँ भोलि हुन्छ ? अर्किट धेरै राम्रो छ रे ! कि इञ्जीनियरिङ पढ्ने हो शहरमा ?” अर्जुन केही पनि बोलेन । भोलि भेट्ने सर्तमा सरु घरतिर लागी ।
सरुलाई उसको बुबाले नर्सिङ पढाउनका लागि काठमाण्डौ लगे । बिचरा अर्जुन के गर्ने, के नगर्ने ? स्थितिमा पुग्यो । एकदुईदिन बाबालाई सघाउन ज्यामी गर्न पनि गयो । त्यहीबेला उसका बाबाले भने,“बाबु ! अब त नपढे पनि हुदैन र ? कसरी पढ्न सकिएला र खै ? छन त तिमीले राख्न दिएको पैसा त राखेको छु केही थपेर । त्यतिले पुग्दैन होला ? कसो गर्ने होला ?” यस्तै यस्तै दुबिधाजनक प्रश्नहरु एसलाई बाबाले भनी रहे तर ऊ निरुत्तर बन्यो । उनीहरु घर गए ।भोलिपल्ट काममा जाने सुरमा थिए दुबैजना । उसलाई पढाउने शिक्षक घरमा आएर भने,“तिमी कहा पढ्ने बिचार गरेका छौ अर्जन ?” ऊ घोसेमुन्टो लागेर नबोलिकन बसीरह्यो । “खै पढाउन त सकिन्छ र
No comments:
Post a Comment