आकासमा कालो बादल मडारिरहेछ ।
चराचुरुंगीहरु गुणतिर जान लागिरहेछन् ।
गाई भैंसी,भेडा,बाख्रा बासको खोजीमा लम्की रहेछन् ।
जुनकिरी तथा झ्याउकिरीले सन्ध्या जगाई रहेछन् ।
आकाश चुहिन थालो,मिल्कनेले सबैको होश उडायो ।
अकस्मात चट्याङ्को बज्रपात भयो ।
होश खुलेपछि रोदनको स्वर आकासमा गुञ्जियो ।
तलारे ठूले र उसकी माइली छोरी,ओछ्यानमै सकिएछन् ।
कौशीघरका सबै बेहोश भएछन् ।
इन्तु न चिन्तु हुनेहरुलाई उद्धारका लागि हस्पिटल लगिएछ ।
पाल्तु पशुहरु कैयौं हताहत भएछन् ।
डरलाग्दो यो प्रकृतिको प्रकोप,
कतिबेला के हुने हो, कसैलाई थाहै छैन ।
प्रकृतिमा आउने बिपत्ती,
प्राणीका लागि हुने गर्दछ दुर्गति ।
बच्नका लागि कस्तो त्रासदी चुनौती ।
अनिश्चितताको बादल भित्र अडेको यो ,
दर्दनाकयुक्त बिपत्ति ।
कहिले बाडी,कहिले पहिरो,
आंधि, असिना, आतकं रोगको ओहिरो ।
कारोनाले बनायो ठूलो धनजनको क्षति,
कैयौं खसे लाशमथि लाश मान्छेको बिचल्ली
बाजले परेवालाई टपक्क टिपेझंै,
कांचकोसिसामा ठक्करले चिरा पारेझैं,
ल्बडप्रेसरले दिमागमा झ्वाट्ट हानेर प्राण पखेरु उडेझैं,
बज्रपात भइरहन्छ निरन्तर ।
बिपत्तिका घटना आइरहन्छन् यहाँ ।
त्यो त भयो प्राकृतिक बिपत्ति,
तर आज
मानिस नै डरलाग्दो चट्याङ् बनेको छ ।
घुस,कमिसन,शोषण,दमन, अनेकौं बिसंगतिका रुपहरु
प््रााकृतिक प्रकोप भन्दा भयानक उग्र भै फैलिरहेछ ।
कोरोना महामारी हटाउन छाडेर, कुर्चीका खेलहरु भैरहेछ ।
विकासको बजेट बिनास गरिएपछि,
सर्बसाधारणको पसिना शोसिएपछि,
बिकृत मनस्थिति नबदलिएपछि,
चोरी,डकैति र बलत्कार बढेपछि,
कसरी आउला स्वच्छता ? कहा लुकेको छ स्वतन्त्रता ?
खै कहाँ छ सार्वभौमिकता ?अनि राष्ट्रियता ?
कहाँ गए समाजबादको बिगुल फुक्ने नेताहरु ?
कता फ्याकिएका छन् सफेद कानुनका ठेलीहरु ?
भत्काऊ कुकर्मको महल,
जनताको छातिमा चट्याङ् पर्न नदिउँ ।
जलाइदिउँ आदर्शका ठेलीहरु,
आतताइका फुस्सा आस्वाशनहरु
परिस्कृत र शान्त समाज निर्माण गर्न,
भ्रष्टाचारी ब्यवस्थाको अन्त्य गर्न,
विवेकशील नागरिक एकजुट होऔं ।
औजार उपकरण लिएर उठौं , डटौं ।
त्यो दिन आओस् जसले सबै मानवको
कल्याण गरोस् ।
समानता, स्वतन्त्रता र सार्वभौमिकताको
पूर्ण रुपमा रक्षा गरोस्
यही हामी सबैको
मूल मन्त्र बनोस्, मूल मन्त्र बनोस् ।
भरतमणि भट्टराई
श्री रामकोट माद्यमिक विद्यालय
रुपाः ७ , कास्की ।
No comments:
Post a Comment