सरिता (उपन्यास) - bharatmani bhattarai

नयाँ सामग्री



सरिता (उपन्यास)

 उपन्यास अंश

                                               सरिता

                                                                                                             - भरतमणि भट्टराई

अध्याय–एक

प्राकृतिक वातावरण, हरियाली र स्वच्छ हावा खेलिरहने मनोमोहक स्थानमा धनवीर खड्का आफ्ना परिवारसहित धादिङ जिल्लाको खानीखोलामा दुईतले ढुङ्गाले छाएको घर बनाएर आनन्दपूर्वक बसेका छन् । आर्थिक स्थिति कमजोर भएपनि उनको मन भने ज्यादै फराकिलो छ । उनी आफ्नो परिवारलाई नै ठूलो सम्पति ठान्ने गर्दछन् । उनका एउटा छोरो कपिल र छोरी सरिता दुईआँखाका नानीका रुपमा रहेका छन् । धनवीरको मूल उद्धेश्य कपिल र सरितालाई पढाएर आफ्नो खुट्टामा बाच्न सक्ने बनाउनु । श्रीमती लक्ष्मी साच्चै की लक्ष्मी नै पाएका थिए उनले । लक्ष्मी बिहानै उठेर श्रीमानलाई ढोगेर सरसफाइतिर लाग्दथिन् । धनवीर नउठ्दै बिस्तारामा चिया जान्थ्यो । चिया खाएर मात्र उनी नुहाइधुवाइका साथै नित्यकर्म पाठपूजा गरेर छोराछोरीलाई पढाउनका निम्ति उठाउन कोठामा जाने गर्दथे । आज पनि सधैं झैं छोरछोरीलाई उठाउन जान्छन् । 

कोठामा जाँदा कपिल सुतिरहेको रहेछ । सरिता भने बाथरुम गएकी रहिछे । धनवीरले चर्को गरी सुतिरहेको कपिल छोरालाई उठाउछन्,“ए कपिल ! कपिल ! हैन कतिबेरसम्म सुतिरहेको ? उठ उठ ? हिजो नै चाडै उठेर पढ्न बस्छु भनेको होइन ? ” ओड्ने फ्याकी दिन्छन् उनले । कपिल हाइ गरेर आँखा मिच्दै बाबाका डरले नबोलिकन कपडा लगाउछ र बाथरुमतिर लाग्छ । उनी छोरीलाई पनि कराउछन् । “ सरिता ! कता गई ? पढ्न पर्ने रहेनछ क्याहो यिनीहरुलाई । ए सरिता ! ” पूजा कोठाबाट निस्कदै सरिता बाबाले बोलाएतिर आउछे र भन्छे,“मलाई बोलाउनु भएको बुबा ? किन र ! ” धनवीर छोरीलाई सम्झाउदै भन्छन्,“पढन भनेर कराएको । भनेको मान्दैनौ तिमीहरु । त्यो भाइको अल्छी बल्ल उठेको छ । तिमी त अबठूली भइसक्यौ छोरी । फागुनले आठ लागेर आयौं । भाइ त दुईवर्ष कान्छो छ ।  तिमीले त्यसलाई फकाएर पढाउन पर्दैन भनेको ? तिमी पनि पढ्ने भनेपछि त्यति ध्यान दिन्नौ है नानी ? किन हो यस्तो ,कहिले बुद्धि पलाउने होला खै ?”  बाबाले भनेको सुनेपछि सरिता झोला लिई गुन्द्रीमा बसेर पढ्न थाल्छे । 

धनवीरले कपिललाई पर्खिरहेका हुन्छन् तर धेरै बेर नआएपछि उनी आँगनमा निस्के । कपिल मुख धोएर आई आमासंग पिरलिरहेको रहेछ । धनवीरले फकाउन तिर लागे र भने, “बाबु ! के दिइन ममीले तिमीलाई ? भन त ! म दिन्छु ।” ऊ आँखाभरि आँसु लिएर सुक्क सुक्क गरिरहन्छ । आमाले उसलाई चिउरा र दूध खान दिन्छिन् । धनवीरले फकाएर नास्ता ख्वाएपछि पढ्न लैजान्छन् बार्तलीमा । दुबैलाई पढ्न सहयोग गर्छन् धनवीर सधैं झैं । उनको यो नित्यकर्म जस्तै बनेको छ भन्दा पनि हुन्छ  छोराछोरीलाई पढ्न सहयोग गर्ने । कपिल पनि किताब लिएर दिदीको नजिकै बसेर पढ्न बस्छ । उच्चारण गनै नजानेको ठाएँमा धनवीरले उच्चारण गनै सघाउछन् ।  दिनहुँ यसैगरी धनवीरका दिनहरु बित्दै गएका छन् । 

(प्रकाशोन्मुख उपन्यास सरिताको अंश)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here