२०६४/०७/०५
बिद्या कमाउनु सधै कटिबद्ध भई
आधार हो जीवनको अरु छैन केही ।
पढ्यो जति जति कुरा उति बढ्छ ज्ञान
दियो भने अझ बढी शुभ अर्तिमान ।
(१)
आज्ञा लिदै सुजनको सत कर्म गर्नु
शिक्षार्थि जीवन कडा मिहनती बन्नु
सञ्चार सुन्नु जनले धिरवान बन्दै
साँचो खुटाइ चल्नु शुभमार्ग रोज्दै ।
(२)
अल्छी कदापि नगरी जीवनै बनाऊ
बिद्या लिदै जगतमा खुशीसाथ् रमाऊ ।
आमासरी छ गुनिलो रसपान गरे
बिद्धान् बनाइ यसले सुखदिन्छ भरे ।
(३)
तृष्णा नराखि घरमा धनवान बन्नु
सन्तोषि भै दिनदिनै उपकारि बन्नु ।
संगत् सदा सुजनको सिक सीप पूरा
नमै कमाउनु सधै बनि नित्य शुरा ।
(४)
लाटो कदापि नबनी सहिसत्य बोल
मर्नै परे पनि भरै स्वभिमान् नबेच ।
सेवा दिलाइ दिनहुँ सतकर्म साथ
सामाजिकै बनि सधै लिइधर्म गाथा ।
(५)
मृत्यु बनोस् धरतिमा भइचाल् समान
संसार्भरी फिजिरहोस् यश कीर्तिमान ।
अम्मर रहोस् जगतमा जनसेवि कर्म
सेवा गरी इलमले लिइ उच्च धर्म ।
(६)
भरतमणि भट्टराई
श्री रामकोट माध्यमिक विद्यालय
रुपाः..७ , कास्की ।
No comments:
Post a Comment