देखेर के हुन्छ र (गजल) - bharatmani bhattarai

नयाँ सामग्री



देखेर के हुन्छ र (गजल)

        देखेर के हुन्छ र । –(गजल)

                                                            भरतमणि भट्टराई

                                                                  

बिकासका नाममा देशको ढुकुटी सकेर के हुन्छ र ?

खाऊ पचाऊ मोज गर महोदय देखेर के हुन्छ र ?

अख्तियार, महालेखा,  केबल देखाउने दाँत मात्र हुन् ,

जनता भोकभोकै मरेका छन् कठै देखेर के हुन्छ र । 


पैसाका निम्ति काण्डै काण्ड भनेर के हुन्छ र ?

सर्जकहरु थला परेका छन् कस्लाई के थाह ?

अकालमै ज्यान गुमाउनु परेको छ भोगेर के हुन्छ र ?

विकासका नाममा देशको ढुकुटी सकेर के हुन्छ र ?


जनताको रगतको होली खेलर पो के हुन्छ र  ?

मामातिर सात र फुपूतिर नौ पुस्तालाई पुग्नेगरी थुपार ,

राक्षसीब्वाँसाले रित्याई सके देश जानेर के हुन्छ र ?

विकासका नाममा देशको ढुकुटी सकेर के हुन्छ र ?







No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here