गुरुचेला (कविता) - bharatmani bhattarai

नयाँ सामग्री



गुरुचेला (कविता)

                   गुरुचेला

                                          २०७८/०१/११

पैराणिक युगका गुरु,

चेलाका निम्ति देवता,कुरा खस्न नपाउदै काम भइजान्थ्यो,

ऋाफू जलेरै भएपनि सेवामा हाजिर हुन्थे चेलाहरु ।

“गुरु ब्रह्मा गुरु विष्णु गुरु देवः महेश्वरः गुरु साक्षात परम् ब्रह्मा तस्मै श्री गुरुवेः नमः”

कस्तो अचम्मको आदर तथा सम्मान थियो गुरुमाथि

अर्जुनले भन्दा एकलब्भेका गुरुप्रतिको श्रदा ,बुढी औंलो चढाएर पनि सम्मान गरेकै थिए ।

सत्य,त्रेता,द्धापर सबै युगका गुरु ,

नैतिकता, आचरण,स्वाबलम्बन,कर्म पद्धति ,अध्ययन

लगनशीलता कस्तो बिचित्रता 

त्यस्तै

गुरु मैनबत्ती बनेरै शिक्षा दिइरहेछन्, कसै बिचमा पनि भेद छैन् र भएन कहिल्यै,

समभाव, अर्ति,सद्बुद्धी,सत्प्रेम कति मिठासपूर्ण भावना ,यद्पि बगिरहेको छ ।

निरन्तर जलीरहेछन् गुरुहरु,खोलिरहेछन् ज्ञानका पोकाहरु,

विश्वका सर्वत्र पहिचान र बिबिध ज्ञानका भण्डारहरु

दिदादिदै अस्थिपञ्जर फुत्की सक्छ बिचराको ।

दिदैमा जीवनले बिदा लिनेक्रम यसरी नै जादै गर्दा,

कति समय कटी सक्यो ? अलिबेर घोरिनै पर्छ । 

तर 

तर चेलामा त्यस्तो पहिलेको मित्रभाव पटक्कै पाउन सकिदैन ।

अझै हाम्रा परिवेशमा त चेला चर्का भएका छन् । 

गुरुको मानका त के कुरा, सोत्नै नसकिने अपमान, पत्याउनै नसकिने अकर्म एवं अभद्र ब्यवहार

कतैकतै बज्रमुक्का पनि सहनु पर्ने आजका गुरु 

साच्चैका दयनीय बनेका छन् ।

घोचपेच तथा हेय,अपमान त्यस्तै,

अचम्मको खलनायक बन्नुपरेको छ यहाँ ।

अहिले संचालित स्कूल तथा शिक्षालयहरुमा 

गुरुको सम्मान हुन सकेन किन ?

सायद सरकारी तवरबाट हेपिएर पनि दुर्दशा भएको पो हो कि गुरुको ?

तेस्रो दर्जाको स्थान दिइएको गरु बिचरा कसरी शीर माथि उठाउन् ।

एकातिर बासको अर्कोतिर पारिवारिक बोझ,

समाज तिनैमा अडेको छ ।

नेताले पगरी गुतिसके, ठूल्ठूला महल कब्जा गरिसके, धनदौलत कुम्ल्याई सके ।

उनै गुरुको काँध अहिलेसम्म गनाइरहेछ । 

बिचरा बोटे नै त हो ऊ ।

कति तरी सके , कति बनी सके र फली सके 

आफूलाई मात्र नभएर कैयौं पुस्तालाई बनाइसके

सुखसयल र मोज गरिसके, हाँसे र नाचे पनि ।

ठूलो नदीको ढुगों जस्तो , गुरु तिरको तिरैमा घाट कुरिरहेछ ।

सहयोगको त के कुरा,सद्भाव पाउन पनि अति कठिन,

म्ृात्यु शैयामा एकमुठ्ठी स्वाश जानै लाग्मा पनि

द्ययाभाव पाउन भैरहेछ अति कठिन ।

तर कोही चेला उदाहरणीय हुदा रहेछन् ।

हजारौंमा एक होला सायद

आमन्त्रण मलाई पनि थियो,

सम्मान पनि गर्दारहेछन् । 

७५ बर्षको गुरु चेलो डाक्टर बनेका रे,

ग्ुाुरुका हस्तलिपि गीती कोशेली प्रकाशन गरी 

ग्ुारुका समिपमा समर्पण गरेका रहेछन् ।

आफ्नो संपूर्ण प्रगतिको धरोहर, 

ईश्वरीय आराधलाका केन्द्र गूरुलाई बनाएका रहेछन् ।

अतिथि संम्मान त्यस्तै, विशाल जन समूह, 

पmूलमाला र अबिरले सजिएका ती बृद्ध

डाक्टर तथा इञ्जीनियरका गुरु पो रहेछन् ।

कस्तो अपार आनन्द,कत्रो भाबुक अन्तरह्रृदयको स्वच्छ संबन्छ

ग्ुारु त मञ्चमा बसी हाँसी रहेछन् ।

म अचम्ममा परें, यो पुरानै युग त होइन ? 

म झल्यास्स भएँ,साच्चै म पनि त अतिथि नै हु, के सोचेको बित्थैमा ।

त्यो देखेर आत्मा हाँस्यो,के सबैमा यस्तो भावना रहला ?

अबका पिढींले यस्तो संस्कारलाई आत्मसाथ गर्ला ?

सबै चेला राम्रा भैदिउन् सबैमा शुभकामना

सबै गुरुहरु सदासर्वदा सम्मानित बनुन्,

राज्यबाट प्रथम दर्जामा अवतरण गराइयुन गुरुहरु,

ससर्वत्र फैली जाओस् शुभ भावना । 

 

                                               भरतमणि भट्टराई

                                               श्री रामकोट मा.वि.

                                                रुपा ः ७ , कास्की ।


1 comment:

  1. Dancing Drums®, one of many hottest games on on line casino flooring, is now obtainable in an exciting stepper version! Dancing Drums Reels is the debut title on the gorgeous new TwinStar® 5RM cabinet, which boasts 5 dazzling reels with full RGB LED 토토사이트 backlights, LED reel dividers, and bezel lighting. If a Fu Bat image seems on reels, players could also be} randomly awarded the function where players decide from 12 golden fortunate Coins to match three Fu Baby symbols that awards the corresponding jackpot. In the early days of slot machines, the entire games used mechanical reels. But now, most slot machines show reels on video screens, and so they usually take and dispense payment through bills, vouchers, and tickets quite than cash or tokens.

    ReplyDelete

Post Top Ad

Responsive Ads Here