लेखेर के हुन्छ र ?
भरतमणि भट्टराई
दूखीको दिल दुख्छ भित्र कसरी नित्यै सुकाई तन ।
पेलिन्छन् जिवनै भरी बिपतका आँसू बगाई कन ।।
हेपिन्छन् सबतीरबाट अति नै खाना र बस्ता अति ।
पmाटेको कपडा लगाइ तनमा गर्छन् परीश्रम् पनि ।।
(१)
छोर्छोरी तिनका कठै बिपतका रोही अलापी कनै ।
माग्छन् खान र लाउन बिरहले स्थिर् छैन उन्को मनै ।।
रीत्यो पेट रखालि आँङ तिनको मैला र धैला किन ?
तड्पीदै पिरली कसोरि तिनले काटी रहेछन् दिन ।।
(२)
अर्काको घरमा सदा दुखजिलो नाम्लो र डोको सधै ।
साहूले मुजुरीठगेर नदिदा को भन्छ तिन्लाइ् कठै ।।
नेपाली जनका ति दर्दै कसरी बिर्सेर को भल्छ र ।
आँङै फुल्छ जिरिंग अति नै लेखेर के हुन्छ र ।।
(३)
चड्पर्बै तिनका सबै सपनिका आँटो र पीठो सदा ।
भेक्भोकै बिचरा कतिदिनहरु लेकै र बेशी कता ।।
पढ्दा हुन् नवपालुवा दिनदिनै देखेर के हुन्छ र ?
प््राजातन्त्र कतै रहेनछ हरे लेखेर के हुन्छ र ।।
(४)
नेताजी तिनका गइ झुपडिमा मागी मतै सब् पुरा ।
हुन्छन् मन्त्रि बसी महलमा बिर्से पेराना कुरा ।।
आफू मात्र नभै सबै सुलसुले खान्छन् पचाउछन् तर ।
दार्मिन्छन् श्रमले नपुगि बिचरा लेखेर के हुन्छ र ।।
(५)
No comments:
Post a Comment