चर्केको ऐना
-भरतमणि भट्टराई

धरातल अलि भिरालो भएकाले खेतबारी ससाना गह्रा तथा टारी बढी भएपनि नदी तथा खोलाका किनारमा रहेका केही सम्म परेको भूभाग उत्पादनका निम्ति निक्कै राम्रो भएपनि थारै जमिन र त्योपनि सीमित मानिसहरुको कब्जामा रहेकाले सबैका लागि सुबिधा सम्पन्न हुन सकेको भने थिएन । उत्पादन कार्यमा दुई मैना खटेपनि बाँकी समय पशुपालन गरेर मानिसहरु दिन बिताइरहेका हुन्छन् । धान, कोदा, मकै जस्ता अन्न र गेडागुडीलगाएतका तरकारी उत्पादन गरी परिवार चलाउनु मानिसहरु अभ्यस्त भैसकेका छन् । खानपुग्नेभन्दा दैनिकी चलाउन मुस्किल पर्नेहरुको संख्या धेरै भएकोले दिनहँु काममा जोतिनु नित्य कर्म बनेको छ त्यस गाउँमा ।
पहरामाथि भिरको नजिकै छेउछाउमा बाँसका झ्याङ्हरु, घाँसका ठूला रुखहरुले घेरिएको भिरालो जमिनभित्र पुरानो घुमाउने फुसको घर रहेको छ । त्यस घरमा अनन्तका परिवार रहेका छन् । बाआमा दैनिक जसो खेतबारीमा काम गर्न जान्छन् । घरमा केटाकेटीहरु ज्ोठो लुरेको भरमा छाडेर जान्छन् प्राय सधै ।
(प्रकाशोन्मुख उपन्यास चर्केको ऐनाको अंश)
No comments:
Post a Comment