लघुकथा
असहयोगी मानव
- भरतमणि भट्टराई
समाजमा महामारीका रुपमा कोरोना फैलन गयो । पल्लो घरको तिलकले आफ्नी श्रीमतीलाई भन्यो,“ल है ! आजदेखि पूर्वतिरको ढोका र झ्याल पटक्कै नखोल्नु ! छिमेकी सत्यलाई कोरोना लागेर लडेको छ । आवतजावत आजदेखि बन्द । फोनसमेत नउठाउनु ।”
बिचरा सत्यका घरमा उसहित चारजना नै ओछ्यान परेका छन् । कोही आउदैन त्यस घरमा । सधै बाटो हिड्नेहरु पनि कोरोनाका डरले त्यस घरको बाटो हिड्न छाडेका थिए मानिसहरु । सहयोगको त कुरै छाडौं तिलक घरभित्र नै गाएभ भयो ।
सत्यको बिचल्ली जनप्रतिनिधिहरुले थाहपाएपछि सिकिस्त भएका सत्य र उसकी श्रीमतीलाई हस्पिटल लगेर उपचार गरियो । बाकी छोरा र छोरीको समाजले बनाएको होम आइसोलेशनमा राखेर उपचार भयो । केही समयपछि उनीहरु सञ्चो भएर घरमा नै आए ।
त्यसको केहीदिनपछि तिलक र उसकी श्रीमतीलाई पनि रोगले समात्यो । अर्काले हेला गर्छन् कि ? ठानेर एक हप्त्ता कसैलाई पनि थाह दिएन तिलकले । सत्य के कामले हो कुन्नि ? उसको घरमा जादा त ऊ बोल्नै नसक्ने भएको देख्दा आश्चर्यमा परेर उसले एम्बुलेन्स बोलाएर हस्पिटल लिएर गयो दुबैलाई ।
विशेष साबधानी अपनाएर तिनीहरुको सेवा गर्दागर्दै तिलकको मृत्यु हुन पग्यो । उसकी श्रीमती एक महिनापछि सञ्चो भएर सत्यलृ घर ल्याइदियो । तिलककी श्रीमतीले रुदै आफूहरुले गरेको असहयोग प्रति क्षमा याचना गर्दै आउदा दिनहरुमा त्यसो नगर्ने र बिगतमा पनि श्रीमानको लहैलहैमा लाग्नाले आज यो गति भएको स्वीकार गरी । मानव भएर मानवप्रति घृणा र अपहेलना गर्दा पछि आफैलाई हानी हुने कुरा तिलकको ब्यवहारबाट सबैले जानेर सहयोगात्मक भावनाको बिकास भएको त्यस समाजमा देखिन गयो ।
पोखरा—१०, मिलनटोल, कास्की ।
Play Real Money Slot Games at Mapyro Casinos
ReplyDeleteUse the free bonus 광주 출장안마 rounds to win real money. We've got slot machines, video poker, 안동 출장샵 live dealer games, scratch cards, 원주 출장샵 video poker, 아산 출장안마 and even video poker to keep you entertained 김포 출장안마