मोवाइल (लघुकथा) - bharatmani bhattarai

नयाँ सामग्री



मोवाइल (लघुकथा)

 लघुकथा

                                      मोवाइल

                                                                                                   --भरतमणि भट्टराई

समर पोखराको सेती नदीमा बालुवा चालेर जीवन चलाउने श्रमिक हो । उसकी श्रीमती धुम्ली एउटा छोरीलाई लिएर खाना बनाउने र कोठा सफा गर्ने काम गर्दथी । सञ्चारका लागि दुईजनाका बिचमा एउटा मोवाइल किनेको थियो समरले । ऊ काममा जाने भएकाले मोवाइल धुम्लीले चलाउथी । ऊ विहानै उठी खाना पकाउथ्यो र आफूलाई सानो देब्चीमा खाना लैजान्थ्यो । धुम्ली पकाएर राखिएको खाना पनि नतताइकन खान्थी । वेलुकामा समर अबेर आउने हुँदा खाना धुम्लीले पकाउथी । तर मोवाइल हेर्ने एकोहोरो बानीका कारण खाना राम्रो खान पाउदैनथ्यो । कहिले खाना पकाउन नै बिर्सन्थी । बिचरा समर काममा जोतिनु पर्दाको थकान भए पनि काँचोकचिलो खाना खाने गर्दथ्यो । कहिले त कामबाट फर्केपछि खाना नपकाएको थाहपाएपछि आफै खाना बनाएर धुम्लीलाई खान बोलाउदा उल्टै रिसाउने गर्दथी । 

कहीलेकाही आफन्तको फोन आउदासमेत झर्केर फोन काटिदिन्छे । जतिबेला पनि उसलाई फूर्सद हुदैन । टिकटक बनाउने‚ सिरियल हेर्ने‚ फेसबुकमा एक्लै बोलिरहने‚ च्याटमा झुम्मिरहने उसको दैनिकी बनेको थियो । कसैलाई फोन नगरिनहुने भएपछि समिरले फोन माग्दा बचनका बाणहरुको बर्षा हुने भएकाले कमै फोन गर्ने गर्दथ्यो समिर । एकमन त यो मोवाइलको खुर्पेटोलाई थिचेर फ्याँकिदिउँ झै लाग्छ उसलाई । फेरि सम्झन्छ‚ खाजा नखाएर जम्मा गरेको पैसाले मुस्किलले ल्याएको त्यो अपार सम्पति कसरी फाल्नु । नफाल्ने हो भने श्रीमती नै बिग्रेर अर्कैले लैजाने हो कि भन्ने डरले समिरलाई औधि सतायो । 

भोलिपल्ट जनैपूर्णिमाको दिन थियो । सबैकोमा मिठो मसिनो खाने भएपछि समिरले पनि त्यस दिनका लागि खजाना ल्याएर खाना बनाउन भनेको थियो धुम्लीलाई । ऊ विहान पनि काममा गएको थियो । त्यो दिन विशेष चाड भएकाले ऊ छिट्टै कोठामा आयो । आउदा श्रीमतीसंग अरकै लुडोले आफ्नै ओछ्यान बिगारिरखेको देखेपछि समिरको रिस उर्लेर आयो । खाटमुनि बाट खुर्पा झिकेर हान्न खोज्दा नाठो झटपट उम्केर भाग्छ । धुम्ली कपडाको पोको बोकेर बाहिरिन्छे । नौं मिहनाकी छोरी खान नपाएर रोही रहेकी थिई । चाडका लागि जगेर्ना गरिएको सबै चिज खाइसकेका रहेछन् । दिउँसो भैसक्दा पनि बच्चीले चाउलोसम्म पनि खान पाएकी छैन । 

समिरले छिमेकीकोमा गएर दूध किनेर ल्यायो र छोरीलाई खुवायो । बच्ची आत्तिएर बादरको बच्चा च्यापिए झैं उसलाई छोडिन । ऊ अचम्मित भयो । साथीहरुलाई फोन गर्नका लागि फोन खोज्यो तर फोन धुम्लीले लगिसकेकी थिई । उसले बरिपिका सबैलाई आफ्नो ब्यथा सुनायो । तर पीरको भारी आफैले बोक्न पर्ने भएपछि कतै उजुर गरेन उसले । एकदुईदिन ऊ काममा गएन । त्यसपछि छोरी बोकेर काममा जाने गर्‌यो समिर । एकदिन कामबाट फर्कदा कोठाको ढोकामा धुम्ली बसिरहेको देखेर समिरले बाटो तताइसकेकी किन फेरि यहाँ रु नाठोले खान दिएन रु मोवाइलले पनि खान दिन पर्ने हो रु गइहाल यहाँबाट रु उसले के हप्काउदै थियो ‚ धुम्लीले खुट्टा समातेर ढोग्दै “म अब कदापि गल्ति गर्नेछैन । एक पटकलाई मौका दिनुहोस् यो पापिनीलाई ।” असाध्य बिलौना गरेपछि समिरले छोरी र आफ्नो समस्यले गर्दा उससलाई माफी दियो तर एउटा सर्तमा । सर्त थियो‚“मोवाइल चलाउन बन्द गर्नुपर्ने र मोवाइल समिर आफै लिने ।”

त्यस दिनदेखि धुम्लीले मोवाइल चलाइन र आफ्नो दिनचर्या सुधारेर लगी । दुबैको जीवन सुखदायी बन्नपुग्यो ।

पोखरा–१०‚ मिलनटोल‚ कास्की ।

२०७८।०५।०५


 


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here