वैगुनीलाई गुनले झुकाउछ (लघुकथा) - bharatmani bhattarai

नयाँ सामग्री



वैगुनीलाई गुनले झुकाउछ (लघुकथा)

                   बैगुनीलाई गुनले झुकाउछ         (लघुकथा)

                                                                                          

                                                                                    २०७८।०१।१७


तीलेले जेठी पत्नी मरेपछि कान्छी शीलालाई भित्र्यायो । उसले लगातार बर्षौंटे २ छोरा र २छोरी पाइन् । जेठीतिरको हरि अत्यन्त सुवाशिलो भएपनि कान्छीआमा उसलाई देखिसहन्नथिन् ।ज्यादै हेला भएपछि ऊ अनाथालयमा पुग्यो । त्यहाँ उसको पढाइ राम्रो भैकाले संचालकले राम्रो स्कूलमा भर्ना गरिदिए । निशुल्क पढ्न र अन्य सुबिधा पाएको हरि ईञ्जीनीयरमा नाम निकाली बजारमा घरजमगरी बस्यो । पत्नी सरिताले पतिसंग सोधिन्,“हाम्रा बा आमा कहाँ हुनुहुन्छ ? घरमा किन आउनु हुन्न ? ल्याउनु पर्छ , खोजी गरौं न हजुर ?”

मिर्मीको उत्तरतिरको सानो गाउँमा उसका परिवारजन बस्दथे । पत्नीको कुराले हरिलाई घरको संझना गरायो र बा आमा एवं भाइबहिनीलाई भेट्नका लागि गयो । घरमा जाँदा बाबा मरिसकेका सानी आमा मुटुको रोगले थला परेकी, भाइहरु अर्काको घरमा कमारो बसेका, बहिनी सानैमा  दलालद्धारा बेचिएका रहेछन् । हरिले सानीआमालाई ओछ्यानमा गई ढोगिदिन्छ । र सोध्छ,“आमा कस्तो छ हजुरलाई ? बाबा खोई ?,अनि भाइबहिनी ? .................?” ओछ्यान परेकी आमा हरिलाई देखेर लाचार हुन्छे । भोल्न मन लागे पनि बोल्न सक्दिन । उसले तुरुन्तै हस्पिटल लगी उपचार ग¥यो । सञ्चो भएपछि आमालाई घरैमा लगेर सेवा ग¥यो । सरिता  बैकमा जागिरे भएपनि आमाको रेखदेख गर्थिन् ।

आज शीला सञ्चो भएको पनि छाँच महिना बितिसकेको छ । उसलाई अब हरिसंग माफी मागेर जान मन हुन्छ । तर कहाँ जाने ? छोराहरु कहाँ छन् ? पत्तो छैन । ऊ ज्यादै अपठेरोमा परिन् । शीलाले एकदिन सरितासंग भनिन्,“बुहारी! मेरो लागि ठूलो गुन लगायौ,तिमीहरु ईश्वर ररहेछौ, म तिमीहरुलाई सधै आत्मा नै राख्नेछु ,अब मआज जान्छु है ? मलाई बिदा देऊ ?” आँखाभरि आँसु लिएर कपडाको पोको च्यापी उभिई शिला । हरि त्यतिबेला टुप्लुक्क आउँछ । आमाका अबस्था देखेर पोको खोसी आमालाई भन्छ,“आमा ! योघर तपाईका र हामी सबै हजुरकै हौं, हामी सदाका लागि यही बस्ने हो बरु भाईहरुलाई पनि ल्याउनुपर्छ आमा !” शीला पश्चातापकासाथ माफी माग्दै के थिइन, हरिले बोल्नैदिएन । भाइहरुसहित मिलाएर हरिले सभ्यताको परिचय दिन्छ  । शीलाको घमण्ड गुनले तोडिदै सधैं हरिका अगाडि शीर झुकिरहनछ । 


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here