२०७८/०१/२०
तुर्लुङ गाउँका युवकहरु विदेशीने क्रम बिगत बर्षदेखि नै चलिरहेको थियो । त्यस गाउँका सान्नानी, लुरी र पल्लो गाउँका दले अनि चुमानेको योजना र प्रलाभनबाट लोभिएर पैसा कमाउने लोभमा उसैसंग मिलेर सुटुक्क पारिवारिक सल्लाह बिना एकाबिहानै झोलामा चाहिने सामान राखेर सुइकिन्छन् । त्यस्तै १७/१८ बर्षका दुई तरुनी र २८/३० बर्षका तन्देरीहरु रमाइलो गर्दै जान्छन् । बसको भाडा चुमानेले तिररेको हुन्छ । बेलुका भारतको नौतुनामा बास हुन्छ । चुमानेको सुर केटी बेचेर पैसा कमाउने हुन्छ र बिगत समयमा पनि कैयौं युवती बेचिसकेको हुन्छ भने दले सान्नानीलाई आफ्नो बनाई घरजम गर्ने उद्धेश्यले उनीहरुसंग पछि लागेको हुन्छ । लुरी र सान्नानी जागिर गरी पैसा कमाउने र जीवन राम्रो बनाउने भनेर लाहुर हिडेका हुन्छन् । बास बस्ने क्रममा चुमानेले दुईवटा कोठा लिन्छ र एउटामा लुरी र सान्नानी , अर्कोमा आफू दुई जना बस्ने ब्यवस्था मिलाउछ ।
खाना खानेक्रममा सान्नानीले चुमानेलाई भन्छे,“दाइ ! मसंग पैसा छैन । विदेशमा काम पाइन्छ होला नि ? काम पाएपछि तपाईलाई मेरो लागेको खर्च दिउँला हुदैन । बरु काम पो कस्तो पाइने हो ? दुख पाएर घरै फर्कन पर्ने भयो भने मार्छन् बाले । फेरि छिमेकीको पनि त गाल कसरी पो जोगाउने हो हामीले ?”
यो सुनेर लुरी तर्सन्छे र भन्छे,“आफ्नो त अब घर फर्कन पाइएला जस्तो छैन । दाइ ज्यादै मुर्ख छ, अनि आमा पनि ....खै बिचल्ली हुने पो हो कि ? यै चुमानेले गर्दा त हो नि ! ”दुबै डराउँछन् । दुबैका कुरा सुनिसकेपछि चुमानेले आश्वाशस दिदै भन्छ, “किन पीर गरेको तिमीहरुले । म छदैछु नि ! देश खाई शेष भएको । कहाँ काम पाइन्छ ? कसरी पैसा कमाउने ? कसरी जीवन राम्रो बनाउने ? कोसंग कस्तो ब्यबहार देखाउने आदि इत्यादि सबैसंग म परिचित छु है ! ढुक्क भए हुन्छ तिमीहरु म भएपछि । पैसाको चिन्ता गर्नु पर्दैन । जति खर्च लागेपनि म तिरिहाल्छु । बरु मागी मागी जे खान मन छ त्यही खाओ है सान्नानी ? लुरी ! घर भन्दा यही मिठो छ हगि ? मासु माग है ? ” बेहरालाई मासु थप्न लगाउँछ । उसले पहिले सान्नानी र त्यपछि अरु सबैलाई क्रमैसंग थपिदिन्छ मासु ।सबैले हाँसीखुशीका साथ खाना खाई सुत्न जान्छन् । दलेले चुमानेको चाल ठिक नभएको थाह पाउछ । उसको यो खेलबाट आफूलाई माया गर्ने सान्नानी र अरु चलीहरु पनि फस्ने भए । यसको योजना चक्नाचुर बनाउनुपर्छ भन्ने सोच राखेको हुन्छ ।
चुमाने निदाएको चाल पाएपछि दले केटीहरुको ढोकामा चियो बस्छ । केही समयपछि सान्नानी पिसाब फेर्न निस्कन्छे । त्यही बेला दलेले सान्नानीलाई जबर्जस्ति समाउछ र चुमाने खराब नियति भएको ,उसले धोका दिन, भारतीय शहरमा लगेर बेचिदिने र सबैलाई नरकमा पारिदिने गर्छ । यदि यसको पछि लाग्यौ भने दुखको भूमरीमा पछ्यौ । त्यसैले उसंग जान हुदै हुदैन बरु मतिमीलाई सुख दिएर राख्नेछु । ल्पिज नकरा है सान्नानी ! भन्दै उसलाई कराउनबाट रोक्दछ । सान्नानी झस्कन्छे र कराउनबाट रोकिन्छे ।
सान्नानीले दलेसंग भन्छे, “पक्का हामीलाई बेच्ने गरी ल्यएको हो त दले ? मेरो त बरबाद हुनेभयो । अब के गर्ने ? लौन मर्नु न बाच्नु , के गर्नेहोला दले ? लौन बचा मलाई ? लुरीलाई के गर्ने ? .............? ” दलेले सान्नानीको मुख थुन्दै भन्यो, “चुप लाग चुप । फेरि अरुले थाह पाउँछन् र कुरा लथालिंग हुन्छ । अब सुत्न जानुपर्छ । बरु भोलि उज्यालो नहुदै निस्कनुपर्छ है चुमानेले । कसैले थाह नपाउने गरी है सान्नानी ? फेरि निदएर फसाद होला ननिदाउनु है ? लौ आवाज आए जस्तो छ, जाऊँ । लुरीलाई पनि भन्न नहुने भयो , के गर्ने ? पछि लुरीलाई पनि छुटाउनु पर्छ, गईहालौं ।”
भmट्पट गरी आआफ्ना कोठामा जान्छन् । दले कोठामा जाँदा चुमाने बिउझिएकोले सोध्छ, “कहाँ गएको ? धेरैबेर आइनस् । के भयो , सञ्चो भएन कि कसो ?”
च्ुामानेले थाह पायो कि भन्ने संकाबाट डराएको दले आत्तिदै जवाफ दिन्छ, “केही भएको छैन मलाई, ट्वाइलेट गएको केही ढिला भयो ।” दुबैले सिरक मिलाएर सुत्न तयार हुन्छन् । “ल ल अब सुतौं । भोलि सबेरै जानुपर्छ । अझै दिनभरि रेलमा हिड्नुपर्छ । त्यसपछि त काममा लागिहालिन्छ । तँलाई पनि मेनेजरसंग भनेर सुपरभाइजरमा काम मिलाइदिउँला । दश बजिसकेछ, सुतौं । दुबै सुत्छन् ।
दलेले चुमाने निदाए ननिदाएको ख्याल गरिरहन्छ । मनमा धेरै कुराहरु खेली रहन्छन् । अब यो चुमानेको जाललाई पर्दाफास नगरी हुदैन । गाउँका साहिली, चमेली, भुण्टी र पल्लो गाउँका बेली, दमन्ती लगाएतका चेलीहरु बेचिएका छन् । सबैको उद्धार गर्नुपर्छ । बरु पैसा छैन । के कसरी चल्नेहोला ? कुरा खेलाउदा खेलाउदैमा चार बजेछ । दले उठेर चुमानेको चाल बुझुयो । ऊ निदाई भित्तातिर फर्केको थियो । दले बिरालोको चाल गरी बिस्तारै ढोका खोलेर सान्नानी भएको कोठातिर जाँदा सान्नानी लुगाको पोको बोकेर बाहिर उभिरहेकी रहिछ । सान्नानीलाई देखेर दलेले स्वाँशले भन्छ, “कस्सो आइछस् , लुरीले त थाह पाइन होला ?” कता जाने हो ? गइहालौं ।फेरि थाह पाउछन् उनीहरुले ? लुरी सुतिरहिछ ।” दुबै सडकमा निस्कन्छन् । अब भैरहवा निस्कनुपर्छ । उनीहरु बस चढ्छन् । दलेले बसको पैसा मिलाउँछ र भन्छ, “मसंग धेरै पैसा छैन सान्नानी ! चुमानेको पिछ्या गर्नु पर्छ हामीले । के गर्ने ? लौन सान्नानी भन ती सबै चेलीहरुको उद्धार गरी नाम कमाउनुपर्छ । हामीलाई गाउँका सबैले सम्मान गर्नेछन् । फर्केर घर जान पनि त भएन, साच्चै के उपाय रच्नेहोला ? लौ न भन् सान्नानी ?”
एकछिन त सान्नानी अक्क न बक्क भई । केहीबेर सोचेपछि म जस्तै चेलीको उपकारमा लागियो भने काम गर्न त जहिले गरे पनि त हुन्छ नि ? यस काममा मैले दलेलाई सहयोग गर्नै पर्छ । तर पैसा त मसंग पनि त छैन । उसले सोच्दै गई ।मसंग गहना त छ त । भोलि जे त होला । खाइमासे वा हुाए ,चोरे त सहन पथ्र्यो ,यो त उद्धारपूर्ण काम । उसले आफ्ना कानमा रहेका रिङ र गलाको सिक्री बेच्न तयार हुन्छे ।उसले दलेलाई भन्छे, “जसरी पनि हामीले लुरी लगाएत सबैको उद्धार गर्नै पर्छ दले । त्यसका लागि पैसाको मेसो म मिलाउँछु । छिटो गरौं । छुट्लान तिनीहरु, गइहालौं ? दले अल्मलिन्छ र सोध्छ,“त्यसै पैसा कहाँबाट आउँछ ? के भनेकी सान्नानी ?” दुबै मुखामुख गरिरहन्छन् केहीबेर । सान्नानीले गलाको सिक्री र कानका रिङ खोलेर दलेलाई दिदै भन्छे, “सुन पसलमा गएर बेचिहालौं यी गहना । पछि जे गरौंला । छिट्टो गरौं दले ? ”
दले र सान्नानी दुबै पसलमा गई सुन बेच्छन् र चुमानेको पिछ्यातर्फ लाग्छन् । पहिले बसेको होटलमा लुकेर गई सोधखोज गर्दा चुमानेले आफूहरुलाई खोजीरहेको र बेलुका त्यही होटलमा बस्ने थाह भयो उनीहरुलाई । दलेले सान्नानीलाई भन्यो,“ नजिकैको होटलमा बसेर पिछ्या गरौं । चुमाने जता जान्छ, त्यतै जानुपर्छ हामी , सुनिस् सान्नानी !” सान्नानीले सहजै स्वीकृति जनाई । दुबै जना कोठा लिएर बसे । हरबखत चुमानेको चालचलनका बारेमा चियो गरिरहे उनीहरुले ।
अर्को दिन चुमानेले लुरीलाई लिएर मुम्बैको रेल चढायो । दले र सान्नानी पनि रेलको अर्को डिब्बामा चढे । मुम्बै पुगेपछि उनीहरु छिपे । चुमानेले ठूलो होटलभित्र लग्यो लुरीलाई । त्यसपछि सान्नानी र दलेले होटलको सबै पहिचान लिए । दलेले सान्नानीलाई सोध्यो, “सबै कुरा थाह भयो, कसरी चल्ने हो सान्नानी ।” सान्नानीले आफ्नो साइनाले भिनाज्यु पर्ने मुम्बैमा जागिरे भएको सम्झी । उसंग ठेगानार नंबर पनि थियो । उसले दलेलाई भनी, “यहाँ मेरो भिनाज्यु पर्ने जागिर गर्नुहुन्छ । उहाँको हुलिया पनि छ, सहयोग लिएर काम सफल बनाउन लागौं, हुदैन दले ?”
त्यसो भए हामीले खोजे जस्तै भयो । तुरुन्तै खबर गरिहालौं उहाँलाई । लौ ले त नंबर, फोन गरौं ?” साननानीले थैलीबाट एउटा कागजमा भएको नंबर दलेलाई दिन्छे । दलेले फोन काउण्टरमा गएर संपर्क गर्छ र भिनाज्युले दिइएको निर्देशन अनुसार उनीहरु भिनाज्यु कहाँ जान्छन् । सबै कुरा भिनाज्युलाई सुनाएपछि सान्नानीले अनुरोध गर्छे,“भिनाज्यु ! त्यस पापीलाई दण्ड र बेचिएका चेलीहरुलाई छुट्कारा दिलाउन सहयोग गरिदिनुहोस् । हामी मात्र यो काम गर्न नसक्ने भयौं । कसोृ गर्ने होला ? लौ न भिनाज्यु ?” रुञ्चे स्वरमा सान्नानी भन्दै थिई । दुबैको अनुहार डराएको, आत्तिएको, भाव बिहल झैं देखिन्थ्यो । यो देखेर भिनाज्युले धैर्य गर्न आग्रह गर्दै भने,“आत्तिएर मात्र हुदैन । बिस्तारै योजनाबद्ध रुपबाट काम गरेमा मात्र सफल भइन्छ । पहिले प्रमाण लिनुपर्छ, प्रमाण बिना काम सम्पन्न गर्न सकिदैन । लौ चेलीहरुको पहिचान , बेच्ने मानिसको ब्यक्तिगत पहिचान र होटलको मालिकको पहिचान खुल्ने बिबरण साथै चेली बेचबिखन गरेको सपुत प्रमाण जुटाउनुपर्छ । त्यसै तर्फ लागौं तुरुन्तै ।” भिनाज्यु भन्दै हुनुहुन्थ्यो ।
सबै प्रमाणहरु जुटाएरपछि भिनाज्युले प्रहरीलाई उजुरीका साथै पत्रकारलाई सहयोग गर्न माग गर्नुभयो । त्यसको १५ दिनपछि पत्रकारको सहयोगमा प्रहरीले होटल कब्जा गरी चेलीहरुलाई छुटाउने काम गरिदियो । भारतीय प्रहरीले नेपाल प्रहरुीलाई चुमानेलाई उसको कसुर सहित समात्न प्रमाणसहित आदेश पठायो । त्यसपछि नेपाल प्रहरीले पनि चुमानेलाई उसको घरमा नै गएर अपहरण गरी जेल पठायो । बेश्यालयबाट छुटेका मध्ये एक जना चेली तिनै भिनाज्युकी बहिनी पनि रहिछन् । भिनाज्युले यस्तो साहसिक काम गरेकोमा धन्यबाद दिए । पत्रकार र मानवाधिकारवादी समाजले दले र सान्नानीलाई भब्य सम्मान गरे । भारतीय प्रहरीले लुरी लगाएत सबै चेलीहरुलाई लिएर नेपाल प्रहरीलाई बरझायो । दले र सान्नानी खुशी हुदै नेपाल फर्के । गाउँमा उनीहरुले गरेको साहसिक कार्यको सर्वत्र प्रचार गरिएको रहेछ । संपूर्ण संघसस्था, जनप्रतिनिधि एवम् नागरिक समाजद्धारा आयोजित बिशाल सभामा दले र सान्नानीलाई भब्य सम्मान गरियो । यो सम्मानबाट सबैले दले र सान्नानी जस्तै साहशी बन्ने अवसर आइरहोस्, सधै सेवात्मक भावना राख्न सके समाजमाा नाम कमाउन सकिने रहेछ भन्ने शन्देश फिजिन पुग्यो । त्यसपछि ती दुबै जोडी जीवनभरि समाज सेवामा लाग्ने प्रण गर्दै त्यही समाजमा मिलेर बसे ।
भरतमणि भट्टराई
मिलनटोल , पोखरा १०
No comments:
Post a Comment