लघुकथा
बोलीको गोली
भरतमणि भट्टराई
किरण सानैदेखि चलाख भएकाले मुखियाले छोरी कुसुमलाई बिहे गराइदिए । कुसुमकी सासू पण्डित्नी दाइजो नपाएको झोकमा कुसुमलाई देखि सक्दैनथी । तर किरण र कुसुमको सम्बन्ध ज्यादै घनिष्ट र आत्मीय बनेको थियो । पण्डित्नीले पढेलेखेको छोराको बिहे कुसुमलाई लखेटेर अर्कै धनाढ्यकी छोरीसंग गरिदिने बिचारले कुसुमलाई हेला गरेकी थिई ।
हरेक दिन कुसुमलाई गली गर्ने र लछारपछार गर्ने गरेकी पण्डित्नीले एकदिन एकाविहानै घर लिप्न थालेकी कुसुमलाई पोत्न नजानेकी भन्दै कुट्न थाली । त्यतिबेला किरण घरै भएकाले आमालाई सम्झाउदै नराम्रो ब्यबहार नगर्न अनुरोध गर्यो । त्यसपछि पण्डित्नी रिसले आगो भई । छोराबुहारीले घरमा बस्न नदिएको कपोकल्पित कुरा गरेर बेइजत गरी । त्यसदिन किरणले कुसुमलाई घर छाडेर अनेत्रै गएर बस्ने प्रस्ताब राख्दा कुसुमले नमानेपछि भोलीपल्ट विहानै मर्नका लागि नदीतिर गयो । शुभचिन्तकहरूले पछिपछि गएर समात्त खोज्दै गर्दा झुक्याएर नदीमा पसेर किरण बेपत्ता भयो ।
सबै मिलेर लाश खोजे तर नपाएपछि काजक्रिया गरे । कुसुमको पनि अर्कै केटा संग बिहे गराई दिए । करिब १५ वर्षपछि किरण जोगीको भेषमा कुसुमको घरमा भिक्षा माग्न गयो । भिक्षा दिनलाग्दा दुबैका आँखा जुध्दा कुसुमलाई किरणको शंका लाग्यो र उसले सोधपुछ गरी । नभन्दै उही किरण भएको थाहपाएपछि दुबै हेराहेर गरी रोहे । कुसुमका छोराछोरीहरू ठूलै भैसकेकाले मिलन हुने सम्भावना नभएपछि किरण जन्मस्थल र जननीलाई भेट्न गयो । आफ्नै घरमा आमासंग भिक्षा माग्दैगर्दा छोरालाई चिन्न पुगी पण्डित्नीले । झम्टेर अँगालोमा बेरिए दुबैजना । सबै छीमेकी पनि दङ्ग परे । साउनमासाको उर्लेको भेलमा बेपत्ता भएको किरण कसरी बँच्योहोला ? सबै अचम्ममा परे पनि ऊ जिवितै भएकोमा सबैले खुशी मनाए । उसलाई लटा मुण्डन गरी पुन जन्माउने काम भयो ।
किरणको भाइले दाजुलाई अँश दिनुपर्छ भनेर यो मेरो दाजु होइन‚ यस्तो जोगीलाई मेरो घरमा म बस्न दिन्न । भोलि यो घरमा म आउदा देखेँभने नराम्रो हुनेछ भनेर ऊ बाहिरियो । त्यसदिनको राति नै किरण घरबाट निस्केर हिडेको कसैले थाह पाएनन् । ऊ कहाँ गयो कसैलाई पत्तै भएन । त्यस बहिरगमनले कुसुमलाई बढी चिन्तामग्न बनायो । एकवर्षपछि भाइ क्यान्सरले थलिएर बित्यो । कहिलेकाहीँको बोली जीवनको प्राण लिने गोली बनदोरहेछ भन्ने कुराको ज्वलन्त प्रमाण यिनै घटनाहरूले सबै माझ देखाइदियो ।
पोखरा– १०‚ मिलनटोल ‚ कास्की ।
दिनाङ्कः १० असोज २०७८
This seemingly small detail can transform your subsequent gaming expertise. This is due to of|as a result of} 온라인카지노 of} many factors, which we will tell you about under. Firstly, some software program providers provide their gamblers with particular bonus provides that may let you begin half in} on-line slots.
ReplyDelete