दानबीर
भरतमणि भट्टराई
शिवपुरी गाउँमा केशव नामका किसान थिए । उनका दुईभाइ छोरा मध्ये जेठो छोराको नाम उदिप थियो । उदिप सानैदेखि मिजासिलो, सहयोगी र मेहनेति थिए । केशव किसान भएकाले एकातिर कामको खाँचो र अर्कोतिर जेठा छोराको बिबाह गर्ने रहर हुँदा १८ बर्षको उमेरमा कुष्माकी उषासंग दाम्पत्य जीवनको गाँठो बाँधिन पुग्यो । उषा बढी पुल्पुल्याइएकी, माइतीको रवाफ दिने खालकी अलि मात्तिएको स्वभाबकी थिईन् । घरमा प्याचपुच्च सबैलाई घोचपेच गर्ने र माइतीको बखान नगरी उसलाई खाल पनि रुच्दैनथ्यो । उनको नमिल्दो ब्यबहारले घरमा बेमेल भएपछि ऊ केही समय माइतमा गई बसिन् । उदिप राम्रो शरीर, मिजासिलो र तिष्ण भएकाले भारतीय सेनामा जागिरे भए ।
एक बर्षपछि बाआमाबाट बिमुख भए उदिप । बिदामा आएर पत्नी उषालाई ससुराली लिन गए । उनले उषालाई भने,“जाउँ हिड,घर । घर लधालिंग भएको छ । मेरो बिदा थोरै छ, त्यति बेलासम्म सबै ब्यबस्था मिलाएर जागिरमा जानुप्रर्छ । ” पतिको कुरा सकिन नपाउदै उषाले भनिहालिन्,“म घर एक्लै बस्न सक्दिन, फेरि घर कस्ले पो लग्छ र ? म त संगै जाने हो भने जाने हो नत्र यही बस्छु । कसैको घर समाल्नु छैन मलाई ।” आखिर जिद्धि गरेपछि उनको केही लागेन र भने,“लौ त हिड, संगै लैजान्छु । ४महिना राखेर उषालाई घरमा ल्याउछ । समयको अन्तरालसंगै एक छोरा र एक छोरी जन्मन्छन् उनीहरुका । त्यस बिचमा उषाले गाउँका सबै मानिसहरुलाई चिडाई सकेकी थिईन् । सबैसंग सापटी मागेर धेरै ऋण लगाइ सकेकी थिईन् । ५÷७ बर्षसम्ममा घरका सबै सामान लथालिंग पारिसकेकी उषाले पठाएको नगद र गरगहना समेत उडाई सकेकी थिईन् । उनले लिएको ऋणको हिसाब गर्ने हो भने घरबारी बेच्दा पनि नसकिने े भएको थियो । केटाहरुसंगको बसउठमा पनि कमि छैन , खाने कुरामा त्यस्तै बिचित्रता । कति टिकोस् संपति पनि । उदिपको सर्वस्व सकिन् उषाले । निरन्तर बिलासिताका दिनहरुमा रम्दै गईन् उनी ।
उदिप बिदामा घरमा आए । घरमा आउदा उषा माइत गैसकेकी थिईन् । छिमेकीबाट सबै कुरा थाह पाएपछि उनी लिन गए उषालाई । तर उषा अन्तैहिडिसकेकी रहिछन् । छोराछोरीको हेरचाह तथा आफ्नो ब्यबहारिकतालाई प्रथमिकतामा राखी उषालाई खोजी गरेर घरमा ल्याए, आइन्दा यस्तो नगर्ने सर्तमा । सबै घर खेत बेचेर ऋण तिरे र सानो झुपडी बनाएर राखे परिवारलाई । श्रीमतीको आचरण राम्रो नभएपछि सुबेदारको पेन्सनमा आए उदिप । पेन्सनबाट आएको पैसाबाट सानो खेत, भैसी र बाख्राहरु किने । सबै गाउलेहरुको समस्यामा सहयोगी , न्यायप्रैमी, सरल स्वभाबको हुनाले सबेको आँखाको नानी बनेका थिए उदिप । पैसाको कमि भएपनि इज्जत कमाएको थियो उसले । छरछिमेक, तथा आफन्त बिरामी पर्दा असाध्य सहयोग गर्थे उनले । तर उषाले पतिलाई त्यति सहयोग गर्दैनथिन् ।
एकदिन उदिप ज्योरो तथा शरीरभरि खटिरा आएकाले जचाउन अस्पताल गए । तर औषधीले कुनै काम गरेन । उनी ओछ्यान परे । छिमेकी दिदीलले हाक्टरकोमा पु¥याइन् र सोधिन्,“डाक्टर साहेप ? के भएको हो उदिपलाई । सबै घाउ भएर पाकेको छ ? थलिएको पनि धेरैदिन भैसक्यो ? सञ्चो होला खै ?” डाक्टरको जबाफ थियो,“बिरामीलाई कुष्टरोग लागेको छ । आत्तिनु पर्दैन, सञ्चो हुन्छ । अब बिरामीलाई कुष्टरोगको उपचार हुने अस्पतालमा लग्नुहोला ।” जब रोगको किटान भएथ्यो,तब सबैले छाडिदिए उदिपलाई । पत्नी पनि हिडिन त्यहाँबाट । उनी अलपत्र परे ।अस्पतालले निष्काशन गरिदियो । उनी हिडडुल गर्न नसक्ने अबस्थामा भएकाले सहाराको खोजीमा बाटोका किनारमा रहेको प्रतिक्षालयमा बसिरहे ।
त्यही समयमा एकजना सज्जनसंग भेट भयो । सज्जनले सोधे,“के भएको हो तपाईलाई ? देख्दा मान्छे राम्रो जस्तो लाग्छ, किन हस्पिटल नगई यहाँ ? तपाईका आफन्त छैनन् ? ंंं.........” उदिपले छोटो जवाफ दिए, “मेरा कोही छैनन् हजुर ! मलाई सहयोग गर्नुस् ।” उदिप एकोहोरो रोहीरहे । सज्जनले उदिपको सबै कुरा बुझे र उनलाई पहिले काम गरेको सैनिक क्याम्पमा लगिदिए । त्यहाँ उनको राम्रो उपचार हुदै गयो । करिब दुईबर्षपछि उनी स्वस्थ्य बने । उनलाई घर, श्रीमती, छोराछोरी सबैको याद आयो र उनी घर गए । तर कसैले वास्ता गरेनन् । आफूलाई सबैले घृणा गरेको बुझे उनले । माइत गएकी श्रीमती भेट्न साँझमा पुग्दा श्रीमतीले रिसले आगो हुदै भनिन्,“कोरीलाई छुन पनि हुदैन । किन मोरेको यहाँ । तुरुन्त आफ्नो बाटो तताई हाल, नत्रभने निको चाल हुने छैन ।के नाकले यहाँ आएको ?के ल्याएको छ त्यरो र यहाँ आउछस् । मार्छु बरु यही दाउराले ।” चिरपट लिएर ज्यादै कराएपछि लज्जित भै फर्कनु प¥यो उनलाई । सबैबाट तिरस्कार भएपछि शहरको एउटा परोपकार संस्थामा आबद्ध भई काम गरे । संस्थामा रहदा धेरै दुःखपाएका मानिसहरुको सेबागर्ने मौका पाएका थिए उनले । करिब १५ बर्ष यही काममा जुटी रहे ।
दुःख पाएका, असहाय, गरिब, बिरामी, बृद्ध, सडक बेसहरा बालबालिका सबैको उद्धार गर्ने उद्धेश्य अनुरुप उनी सेबामा निरन्तर खटिरहन्थे । एकदिन बाटोमा हिड्नेक्रममा एकजना अधबंैशे महिला सडकको किलारमा बेहोश भई लडिरहेको दखे उनले । झट्ट आफ्नो पहिलेको याद आयो उनलाई । उनले बिरामीको अबस्था गम्भिर भएको थाह पाए र ट्याक्सीमा राखी हस्पिटल पु¥याए । संस्थालाई समेत सुचना गरे । उनलाई हेरचाहका निम्ति सस्थाले खटायो । बेहोश महिलालाई उपचारका लागि आसियुमा राखियो । पटक पटक उनी महिलाको निरीक्षणमा जाने क्रममा उनले महिला आफ्नै । श्रीमती भएको थाह पाए । निरन्तर उपचार गर्दै जादा होशमा आइन् महिला ।
उनले डाक्टरसंग सोधे,“के भएको हो उहाँलाई डाक्टर साहेब ? उहाँको अबस्थाका बारुेमा बताइदिनोस् न हजुर ?” उनी भाबुक र चिन्तित मुद्रामा देखेर डाक्टरले सान्त्वना दिदै भने,“केही समय ढिलो भएको भए बचाउन सकिदैनथ्यो ,अब केही हुदैन, प्रेसर अधिक भई बेहोश भैएको अवस्था फेरि टि बी साथै निमोनिया पनि रहेछ ।”
उनी अलि आत्तिदै सोधिहाले,“हैन, सञ्चो त हुन्छ हजुर ? कि अनेत्र कतै लैजानपर्छ सर ? म जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु, लौन कसो गरौं ?” उनी बढी आत्तिएको देखेर डाक्टरले भने,“बिरामी होशमा छ, तपाई कुरा गर्न सक्नुहुन्छ । टि बी त निएमित औषधी खाएपछि सञ्चो भैहाल्छ । निमोनियाको औषधी चलिरहेको छ । ठिक भेज्ँनछ । आज साधारण बेडमा सारिन्छ । ५ दिनपछि घर लान सक्नुहुन्छ तपाईको बिरामीलाई । चिन्ता निुपर्ने कुरै छैन ।
यी सबै कुरा सुनिसकेकी महिला गहभरि आँसु बनाई रोहिरहेकी उनले देखे । उनका आँखा पनि रसाए । बेडमा सारेपछि महिला उनलाई जतिबेला हेर्छिन् तब रोही हाल्छिन् । साहेद अब्यक्त मनले आफ्नो मान्छे चिनेर पश्चाताप गरेको हुनुपर्छ ।
डिस्चार्च हुने कागज लिएर नर्सले भनिन्, “अब जान सक्नुहुन्छ घर । यो बिल अनुसारको रकम बुझाएर जानुहोला ल ? पुर्नजीवन प्राप्त गर्न सफल हुनुभएकोमा शुभकामना र बचाउन प्रयत्न गरी आफ्नो मान्छे पाउन सफल हुनुभएकोमा हजुरलाई पनि धन्यबाद ।”उनले मुस्कुराउदै भने,“ धन्यबाद मलाई होइन , हजुरहरुलाई मुरी मुरी धन्यबाद सिष्टर ।”नर्स आफ्नो काममा लागिन् । त्यसपछि उनी काउष्टरमा गई पैसा बुझाएर आउछन् । महिला बिछटेटै रुन्छिन् । रुवाईको तात्पर्य करिब उनलाई ज्ञात हुन्छ तर उनी निरुत्तर हुन्छन् । एक हातमा औषधीको पोको र अर्कौ हातमा बिरामीलाई समाई ट्रलीमा बाहिर निकाल्छन् र सोध्छन्, “कहाँ लगिदिऊ ? ट्याक्सी बोलाउ कि ?” उनी ट्याक्सी बोलाउन जान खोज्दा महिलाले रुदै भन्छिन्,“मलाई माफ गर्नुहोस् ,म पापीलाई एक पटक जीउने अवसर दिनुहोस्, म हजुरसंगै बस्छु । हजुर महान हुनुहुनुहुदो रहेछ, मैले श्रीखण्ड चिन्न सकिन । जहाँ राजा त्यही दरबार । म जस्तोसुकै त्याग गर्न तयार छु, मलाई तपाईको सेवागर्ने अवसरबाट बञ्चित नगरिदिनुहोस् भगवान् । मेरो पाप पखाल्ने मौका दिनुहोस् प्रभु ?” उनी एकोहोरो बर्षे झरी झैं अलापिरहिन् ।
उनले आफ्नो घर नभएको , बस्ने र खाने ठेगान नभएको जस्ता धेरै कुरा भन्दा पनि महिलाले उनलाई छाडिनन् । कुराकानिका क्रममा महिलालाई टि बी भएको थाह पाएपछि छोराहरुले घरबाट निकाली दिएका रहेछन् । खान र बस्नको ठेगान नहुदा उनको यस्तो अवस्था आएको उनले थाह पाए । त्सपछि उनको पछि दयाको मूल फुट्यो, उनले थापेको अँगालाृमा महिला पसिन् । दुबै जीवन भरि कहिल्यै नछुट्टिने बाचा गरी उही उपकारी संस्थामा सेवात्मक भावना राखी काम गर्ने प्रण गर्दै हर्षित मुद्रामा फर्किए ।
श्री रामकोट नमुना मा. वि.
रुपा–७, कास्की ।
No comments:
Post a Comment