बेला समात्न नसक्दा (लघुकथा) - bharatmani bhattarai

नयाँ सामग्री



बेला समात्न नसक्दा (लघुकथा)

                                       


               

                                                            बेला समात्न नसक्दा

भरतमणि भट्टराई

सुबीर सम्पन्नशाली भैकन पनि अति दुख गर्न खोज्ने मनिस भएकाले सबै कुरा हुँदाहुँदै पनि गाई पाल्ने र पसल चलाउने गर्दथे । खरो स्वभावका उनी खेत रोप्ने र अन्य आयआर्जनका साथै अधिकृतको जागिर पनि समालेका थिए । विहान चार बजे उठेका सुबीरलाई मात्र हैन पत्नी सरलालाई घरैको कामले फुर्सद हुँदैनथ्यो । दुबैको उदाहरणीय जोडो थियो सुबीर र सरलाको । ब्यक्तिगत ब्यस्थताका कारण सामाजिक कार्यमा उनले त्यति समय दिन भ्याउदैनथे । बाहिरफेर अलि अस्वभाविक देखिएता पनि पेटमा उनको पाप थिएन । कसैको त्यतिधेरै आश गर्दैनथेता पनि कसैसंग मिल्न सक्ने स्थिति बन्न सकेन के कारणले हो कुन्नि । असाध्य स्वबलम्बी र परिश्रमी थिए उनी । परिस्थिति अनुसार उनीभित्र सहयोगात्मक भावना पनि थियो । राम्रा कार्यमा सधैं समर्थन जनाउथे । 

सरलालाई बढी चिसोमा खेल्न पर्ने भएकाले पहिलेदेखि नै निमोनिया थियो । दमको रोगले बृद्ध बाबाको निधनमा क्रियामा बस्दा अत्याधिक मानिसको जमघट भएको र कोभिड सरेपछि सुबीरले सामान्य ठानेर साधारण औषधी खाएर  घरैमा बसेकाले सरलालाई निमोनियाले च्याप्यो । अझै सामान्य बिमार ठानेर नजिकैको अस्पतालमा उपचार गराउन पुग्दा औषधी नमिलेकाले सरलाको फोक्सो ड्यामेज भैसकेको थियो । सरलालाई खप्न नसक्ने भैसकेपछि हेलिकप्टरमा राखेर सुबिधाजनक हस्पिटलमा उपचार गराउन पुगे  सुबीर । 

सरलाको फोक्सोले काम गर्न छाडेकाले भेण्टिलेटरमा उपचार गरिएको थियो । सुबीरको स्थिति पनि पीरले ज्यादै कमजोर भैरहेको थियो । सरलाको स्वास्थ्य ज्यादै नाजुक भएर बोलचाल र अन्य शारीरिक चलावट शुन्य भएपछि सुबीरले बल्ल थाह पाए बेलालाई समात्न नसक्दाको परिणाम तर समयले नेटो काटिसकेको थियो । सरलालाई सम्झेर नरुने कोही थिएनन् । धनको पनि धेरै क्षति भयो तर सरलालाई धनले बचाउन सकेनन् सुबीरले । सबैतिरबाट सहयोग र सद्भाव  साथै ममता पाएपनि सबै माटोमा नै बिलायो । उनका छोराछोरी र आफन्तहरु भएतापनि उनलाई मनमा सधै सरलाको यादले सताइरहदा शारीरिक तथा  मानसिक अशान्ति बढ्दै गयो । सुबीर बिगतका स्मरणहरुलाई सम्झेर बेलालाई समात्न नसकरेकोमा पश्चातापमा पर्दै आफ्नो जीवन अन्धकारमा मडारिएता पनि अरुलाई बेलालाई चिनेर दैनिकी परिचालन गर्न हरदम सल्लाह दिईरहन्थे । 


पोखरा–१०‚ मिलनटोल‚ कास्की ।

दिनाङ्क   २०७८।०६।०३ 


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here