तीज (लघुकथा) - bharatmani bhattarai

नयाँ सामग्री



तीज (लघुकथा)

 

लघुकथा

 

तीज

भरतमणि भट्टराई

 

चेलीबेटीको आस्थाको धरोहरका रुपमा परिचित तथा चेलीले आफ्ना वर्षभरिका आन्तरिक बेदनाहरु पोखेर मनलाई केही हलुङ्गो बनाउन तीज पर्व सविनाका निम्ति असहज बन्यो । उनी गरिब भएका कारण उनी सबैतिरबाट हेपिएकी थिइन् । घरमा गाई पालेकी सविनाले माइत जाँदा कोशेली कुराउनी लिएर गइन तर अरु सबै दिदीबहिनीले धनी भएकाले कपडा तथा फलफूलहरु लिएर तडकभडकका साथ माइत आए । उनको कोशेली सबैका लागि तुच्छ हुनपुग्यो । उनी पुराना साधारण चप्पल,पुरानो धमिलो साडी, साधारण झोला र गहना बिहिन अवस्थामा आएकी थिइन भने अरु चेलीहरु आधुनिक पहिरनले सजिएका र तडकभडक पनि ज्यादै थियो । पाखे र दौतरी नसुहाउने भनेर सबिनालाई सबै दिदीबहिनीहरुले हेला गरे । माइतमा पनि उनलाई कसैले वास्ता गरेनन् । खानेकुरा खाने र रमाउने कुरामा समेत उनलाई पक्षपात गरियो ।

भोलिपल्ट नाच्नेदिनमा समेत उनलाई समाबेश गराएनन् । उनी बर्त त बसिन् तर सबैको अपमान सहेर । शहरिया दिदीबहिनीहरु खाने र रमाउने कुरामा ब्यस्त थिए । बेलुका दूधकेरा खाए सबैले तर उनलाई अपमान गरेर हातमा दुईटा साना केरा दिइन भाउजुले । उनका आँखाबाट रोक्दारोक्दै आँसु झरे तर देखाइनन् । त्यही दिइएको केरा पनि सानो भदाले लिन पुग्यो । यो देखेर सबै हाँसेर उनको उपहास गरे । उनी भोकै रात कटाइन् । बिहानै उठेर उनी आफ्नै घरतिर हिडिन । कसैले एकबचन बस भन्ने आँट समेत गरेनन् । त्यहीक्रममा अरुलाई टिका लगाएर दक्षिणा र कोशेलीसहित बिदाइ गरे माइतीले । यो भेद गरेको देखेर माइत अब कहिल्यै नफर्कने मनमा रह्यो ।

सबिनाले बजारबाट हिजो दूध बेचेको पैसा आफैसंग भएकाले रोटी किनेर लगिन र सबैलाई माइतबाट ल्याएको कोशेली भनेर बाँडिदिइन् । घरका सबैले उनका माइतीको तारिफ गरेर खाए रोटी । सबिनाका छोराछोरीहरु चलाख भएकाले दुबैले छात्रबृत्तिमा डक्टर पढ्न पाए । पढी सकेपछि शहरमा हस्पिटल खोलेर बाबाआमालाईसमेत ससम्मानसाथ बजारमा लगेर राखे ।

सबिनालाई हेला गर्नेमध्यकै दिदीलाई छतबाट लडेर हस्टल ल्याए । उसको अवस्था चिन्ताजनक थियो । हस्पिटलको खर्च बढी भएपछि उसको छोराले आमालाई छाडेर गए । उसको सबै खर्च सबिनाका छोराछोरीले सघाए । त्यो सबै थाह पाएकी सबिना उसलाई भेट्न आइन् र भनिन‚‟कस्तो छ दिदी तपाइँलाई ? माइतीको सहयोग र छोराको ममता पाउनु भएकैहोला ?”

दिदीले रुदै भनिन्‚‟माफी देऊ सबिना ! घमण्डका कारण तिमीलाई गरिएको बिगतको कुरालाई बिर्सिदेऊ । दुखेको घाउमा चुक नदल । उनी भन्दाभन्दै मुर्छा परिन् । नर्सले सबिनालाई बाहिर जान भन्दै बिरामीको हिफाजत गरिन् । सबिना बाहिर जाँदा उनकी भाउजु भेट्न आउदा सबिनाको खुट्टा समातेर रुदै माफी मागिन् र भनिन्‚‟तपाइँ महान हुनुहुदोरहेछ नानी ! दाजु पश्चातापले रोहिरहनु भएको छ । हामीहरुलाई माफी दिनुभए मरेपछि पनि स्वर्ग जान पाइने थियो नानी । हामी पापीलाई छुटकरा दिनुहोस् । उनलाई बिगतको घमण्डले पोलिरहेको थियो । सबिनाले अगामी दिनमा कसैलाई पनि गरिब भनेर हेला नगर्न अनुरोध गरिन् र दाजुलाई पनि उपचार गर्न आउन भनिन् । यस कार्यले तीजलगायतका चाडपर्व मनाउदा तडकभडक नगरी सबैलाई समानता र सद्भाव देखाउदै सह्रृदयी प्रेमभावकासाथ मनाउन सबैलाई सन्देश दिलायो ।

 

 

भरतमणि भट्टराई

पोखरा १० मिलनटोल कास्की ।

 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here