नाटक - bharatmani bhattarai

नयाँ सामग्री



नाटक

नाटक

बल्ल होश् खुल्यो

भरतमणि भट्टराई

पात्रहरु

          जितेन्द्र ठकुरी जड्याहा

          लक्ष्मी जितेन्द्रकी श्रीमती

          बीनाछोरी

          धर्मे र नरे छिमेकीहरु

           हर्केकामगर्ने मान्छे

            बीरु सानी छोरी

 

पहिलो भाग

(बाबुको सम्पतिमा मात्तिएको जितेन्द्र ठकुरी सधैं रक्सी पिउने तास खेल्ने जस्ता नराम्रा कुलतमा फसेको हुन्छ । सधैं झैं गाउँका साथीहरुलाई रक्सी खुवाएर आएको जिते हिड्नै नसकेर उसैका जड्याहा साथीहरुले घरको नजिक ल्याएर भाग्दछन् । श्रीमती जितेलाई कुर्दाकुर्दै आजित भएर सबैलाई खाना खुवाएर सुति सकेकी हुन्छे । रातिको १० बजे सबै सुतिसकेको अवस्थामा जोडले कराउदै ऊ ढोका ढक्डकाउन पुग्छ ।)

जिते ए लक्ष्मी लक्ष्मी कहाँकी अलचछिनी श्रीमानलाई अपमान गरी खाना खाएर सुतेकी मापाकी ? ढोका           खोल् ? ढोका खोल् भनेको सुनिनस् ? (ढोका जोडले हिर्काउछ । हान्दा हान्दैमा रक्सीले अस्थिर भएको जिते ढोका नजिकै पल्टन्छ । लक्ष्मी हतारिदै ओछ्यानबाट उठेर  ढोका खोल्छे ।)

लक्ष्मी– ( आत्तिदै) लौ न नी के भयो ? सधैं किन यसरी रक्सी खाएर अउनेहोला ? हरे शिब हेर सबै हिलैहिलो । कठै मुखमा पनि केले काटे छ र रगत आएको हो ? ( रुदै मुख पुछिदिन्छे ।)

आज सप्तमीको दिन । आजकै दिन ठूली छोरी हराएकी १० वर्ष अघि ।अत्तोपत्तो छैन । सानी छोरीलाई कपडा नभएर नाङ्गै छ । घरमा चुलो नबलेको हिजैदेखि हो । तपाइँलाई मेरो पेवाको मंगलसुत्र लिएर आएको पैसाबाट घरखर्ची सामान र छोरीहरुलाई ओडापरी ल्याउन पठाएको । छोरीहरुलाई एउटा रोटीको पिठोबाट टार्ने काम मात्र भयो । बिचरा हर्के पनि भोकै छ अलिकति मेलामा दिइएको मकैको भरमा सुत्यो ।  हिजो बिहान मकैको च्याख्ला पकाएको हजुरकै साथीहरुलाई खुवाउदा मलाई पुगेन । हिजो बेलुका सुन्तलीले पधेर जाँदा एक मुठी भट्ट दिएर खाएको अहिले तपाइँको बाटो हेर्दा हेर्दै आँखा लाएछन् । हे भगवान मैले के पाप गरेकी थिएँ र मलाई यो हण्डर दियौं प्रभु यो एकमुठी साश किन गएन ?

जीते – दिनभरि हसुरेर बसेकी छ भाते । मलाई दिनपर्छ भनेर नौंटंकी रचेकी छ  ह्र त ? ( लक्ष्मीलाई लात्ताले हान्दै ) लौ खा भात खाइस् पेटभरि ? घर बसेर लङ्काका कुरा ।  जिते ढल्नपुग्छ । (बाहिर कराएको सुनेर हर्के उठेर आउँछ । लडेको जितेलाई हर्के र लक्ष्मीले मिलेर पिंढीमा राखिएको खाटमा सुताउछन् ।)

हर्के – के गर्नु बज्यै त्यस्तो चञ्चलाश्री थियो ‚ यिनै आँखाले देख्दादेख्दै सकियो ।अहिले एकछाक खानलाई पनि यस्तो समस्या ? सपना हो कि झैं भएको छ मलाई । जेसुकै भए पनि मर्न सकिदोरहेनछ । पीर नलिनुस् हजूर म भोलि छिमेकी कहाँ सिमेण्टको काममा गएर आएको पैसाले मोटो चामल र रातो दाल ल्याएर पेट आउने गरी खाउला । जसरी पनि दिन बिताएर काललाई पर्खनै पर्ने रहेछ । रोएर मात्र समस्याको समाधान हुने रहेनछ । सबैको यो दशैं तर हाम्रो दशा रहेछ ‚ केगर्ने हजुर वीना नानी पनि हराउनु भो ? उहाँ भैदिएको भए यस किसिमको स्थिति आउनेथिएन । म त भगवानद्धारा ढगिएकै थिएँ तर हजुर पनि उस्तै भुमरीमा पर्नु भो । जाऊ भने पनि धेरै वर्षदेखि यही घरलाई आफ्नो ठानेर सेवा गरी बसें । फेरि सबैआफ्नै जस्तो लाग्छ । नानीहरुको औधी माया लागेर आउँछ । के गर्ने खै बज्यै ?( सुक्क सुक्क गरेर रुन थाल्छ )

लक्ष्मी – हर्के दाइ रात पनि निक्कै गइसकेछ । एक पेरहर नसुते भोलि उठ्न नसकेर ढलिनेहोला । दैवले एउटा बाटो लगाउलान पक्कै । अब तपाइँ पनि सुतन जानुहोस् । म पनि यही सुत्छु । (हर्के सुत्न जान्छ । लक्ष्मीले जितेलाई कपडा ओडाएर आफू पनि गुन्द्रीमा पल्टनेछे ।)

 

दोस्रो भाग

बिहान कुखुरो कराएपछि लक्ष्मी उठी । हर्के पनि उठेर गाईभैंसीलाई घास दिई घरको काममा जोतियो । आज अष्टमी । सबैकोमा खसी काट्नका लागि तयारी गरी रमाइलो गरिन लागेकोछ । तर यो घर आफैमा बिरामी भए जस्तो छ । जताततै ऋणैऋणले चुर्लुम्म डुबेको छ यो घर । सापटी वा ऋण मागेन कही बाँकी छैन । कसैले पनि एकमाना चामलसमेत पत्याउदैनन् उनीहरुलाई । एकाबिहानै जीरे साहु जीतेको उपचारमा गतवर्ष घरजग्गा धितो राखी लिएको ऋण उठाउन टुप्लुक्क अइपुग्छ । घरका सबै जना उराठ मानेर पिंढीमा बसिराखेका हुन्छन् । जीरेले अचम्म मान्दै जितेलाई बोलाउछ ।

जीरे – ए जिते ? छैन क्याहो यो जिते मोरो ? भेट्न आउने पनि हैन । नकचराहरु । लाने बेलामा अनेक हुँदानहुँदा कुरा गरेर लगे । आज ब्याजका त के कुरा ‚ सामा नै गुम्ने हो कि झै लाग्न थाल्यो । हैन‚ कता गयो हे त्यरो लोग्ने ? लाने बेलामा त तँ पनि साँची बसेकी थिइस् खै त आज ?

लक्ष्मी – नमस्कार साहुजी । उहाँ भित्र सुत्नु भएको छ । हजुरको रुपैया तिरौंला नि सावाब्याज गरेर । एउटा भैंसीको पाडो बाकी छ अब अहिले तेही लैजानोस् । छोरीहरु एकपटक ठूला होलान र तिर्लान नि हजुर ।(जिते भित्रबाट बाहिर आउछ उठेर ।)

जीरे –  लौ भैंसी सैसी जान्दिन म । भाका नागेको पनि चार महिना भैसकेको छ । आजका दिनभरिमा भुक्तान गरिस् भने यो घरमा बस्नु तत्रभने तुरुन्त घर खाली गर्नु । ( जीरे एकोहोरो कराउने क्रममा लक्ष्मी प्रेसर र दमकी रोगी हुनाले बचन सहन नसकी ढल्न गएकीले हत्तपत्त जिते उठाउन गयो ।)

हर्के – लौन बाजे बज्यैलाई के भयो ? झाँक्री बोलाउन पर्‍यो । जाउहोस् न छिट्टो लिएर आउनुहोस् जान्नेलाई ? सबै जन आत्तिन्छन् । ( सानीछोरी पिँढीमा बसेर रुन थाल्छे । त्यहीसमयमा जेठी छोरी बीना शहरको ठूला साहु कहाँ नोकर बसी फुर्सदको समयमा पढी नर्स भएर बाबाआमालाई भेट्न र दशैंको टिका थाप्नका लागि  टुपुक्क आइपेग्छे ।)

बीना – आमा (सबै जना रोहेको देखेर )  के भयो ? किन रोहेकी बहिनी ? अनि बाबा किन आखामा अँसु ? बहिनी उसको काखमा टाँसिन पुग्छे र बास्तबिकता रुदै बताउँछे । ऊ अफनो झोलाबाट उरसर नाप्ने उपकरण झिकी नाप्छे र आमालाई होसमा ल्याउछे ।

हर्के – भगवानले तपाइँलाई आज घरमा पठाएछन् । आमाले आज २ दिन भो केही खा पाउनु भएको छैन् । खानेकुरा नभएर हामी सबै हिजो बेलुकादेखि केही खाएका छैनौं । घरको अस्तित्व मालिक हजुरका कारण निभ्नै लागेको छ । फेरि जीरे ऋण उठाउन आउने बेला भो । लिएको पैसा तिर्न नसक्दा आज नबुझाए ढोका लगाउने भनेर गएको छ । के गर्ने हो मैया ? ( त्यसै समयमा जीरे पञ्च भलादमी लिएर घर खाली गराउन आउछ । दशैंको टिका लगाएर खाइपिइमा मात्तिएका ब्यक्तिहरु आँगनमा जम्मा हुन्छन् । जीरेले हकार्दै ऋण बुझाउन नसकेपछि घर खाली गर्नका लागि आफ्ना मानिसहरुलाई लगाउँछ । सबैले तमासा हेरी मात्र रहन्छन् । कोही केही बोल्न सक्दैनन् । )

बीना –  सबैलाई नमस्कार गर्दै भन्छे – हैन के को जुलुस हो यो ? मैले कुरा बुझ्न सकिन नि । के हो खाली गर्न पर्ने  ? म त अचम्ममा परे त ।

जीरे – तेरो बाउ मर्न लाग्दा लगेको ऋण बिर्सेर  के को लाज पचाएको ? कि तिर्नै पदर्न र हो कि क्या हो ? यो भइँखुट्टे को हो बिनासित्तै कराउने बिचमा आएर । ल अब घर खाली गराइ निकालिदिनुस सबैलाई । म चापी लगाएर जान्छु ।

बीना – पर्खनुहोस् यतिका मानिसमा मानवता छैन र आज दशैंका दिन घर खाली गरेर बिजोग पारिदिने ? दुख एक पटक सबैलाई परछ नै । देखमा सहयोग गर्नुको सट्टा रुवाएको हेर्न कसरी मन मानेको ? अब रह्यो पैसाको कुरा । ( जीरेतिर फर्केर ) कति पैसा दिनुपर्ने हो बाबाले ?  लौ लिनोस् तपाइँको पैसा । आफूले ल्याएको सुड्केशबाट पैसाको मुठ्ठो जीरेको काखमा फ्याकी दिन्छे । तपाइँहरु मानव हो या दानव ? गास बास र कपास त मानवको नैसर्गिक अधिकार हैन र ? यतिका मान्छेको विवेक कता गयो ? हरे शिव यो कस्तो समाज हो ? हुनेखाने को मात्रै हो कि यो निसाफ ? गरिबले गरिखान पाउने अधिकार कस्ले खोस्न सक्छ ? लौ त हेरौं कसरी निकाल्दा रहेछन् हामीलाई ? ( बीना जङ्गिदै बोलिरहन्छे । उसका कुराले केही तर्सेर भाग्छन् भने केही बीनाको महानता देखेर पश्चाताप गरिरहन्छन् । जीरे काखाको सुड्केश भूइमा राखेर डराउदै उनीहरुको अवस्था एकोहोरो हेरिरहन्छ र के गरु कसोगरु जस्तो भएर आत्तिएर डराए जस्तो देखिन्छ । )

बीना – लैजानोस् चाहिए जति ? तपाइँलाई पैसा भए पुग्ने रहेछ । मरेपछि पक्कै लैजाने हैन होला । ल जे गर्न पर्ने हो त्यही गर्ने । लौ हर्के दाइ आमालाई उपचारका लागि खाटमा लैजानुहोस् । स्लाइन चढाउनु पर्छ । म आबक्कयकीय उपकरण मिलाउँछु । स्लाइन चढाएर बीना बाहिर आउछे र जीरेलाई सुड्केशबाट तिर्नपर्ने सबै रुपैया दिन्छे । पैसा पाएपछि खुशी हुदै आफ्नो बाटो तताउछ । नजिकै बाटोमा आत्तिदै जाँदा जीरे चिप्लेर लड्नपुग्छ । गाउँलेहरुले कराएर गुहार माग्छन् । बेहोश् भएको जीरेलाई बीनाले प्राथमिक उपचार गरिदिन्छे र होश्मा ल्याउछे । उसलाई निक्कै आराम भएर आउछ । बीनाले उपचारपछि बिस्तारै घर जान भन्छे ।

जीरे–  ( बिदा हुने बेलामा ) माफ गरिदेऊ नानी ईश्र्वरलाई चिन्न सकेनछू । आज तिमी नभैदिएको भए म मर्ने थिएँ नानी लौ नानी तिम्रो पैसाको पोको । अब म तिम्रोमा कहिल्यै पैसा माग्नका लागि आने छैन । जिते भाइ छोरीले लगाएको गुन म भुल्ने छैन र अब मैले लिनपर्ने ऋण सबै माफी दिएँ । आउदा दिनमा सबै गाउँलेहरुले बीना नानीबाट ठूलो राहतको महशुश गर्नेछन् । यिनी हामी सबैकी अमूल्य सम्पति हुन् । ल भाइ तँ धेरै भाग्यमानी रहेछस् । ऊ अँखाभरि आँसु लिएर पश्चातापमारुमलिदै बिस्तारै आफ्नो घरतिर जान तयार हुन्छ । बीनाले हर्केलाई घरसम्म पुर्‍याइदिन अनुरोध गर्छे र भन्छे

बीना – साहुबा तपाइँका आँखा बल्ल खुले । पैसा सबै चिज होइन । सच्चा सेवा र पबित्र सोच नै समाजका लागि लाभप्रद् औयधी हुन । ढिलै भएपनि हजुरमा आएको परिबर्तन प्रति आभार ब्यक्त गर्दछु र हजुरले देखाउनु भएको हामीप्रतिको सदासयताप्रति हजुरलाई धन्यवाद छ । हजुरको शिग्घ्र स्वस्थ्य लाभको शुभकामना साहुबा । सेवा नै भर्म हो ‚ मानवताको परिचय पनि यसैको पर्यावाची हो । मानिसले बाँचुञ्जेल जनताका सरोकार राख्ने विद्यालय तथा स्वास्थ्य केन्द्रको स्थापनाका लागि सबैले तन‚ मन र धन दिएर सहयोग गरौं यही मेरो सबैमा अनुरोध छ । ल साहुबालाई बोकेर घरसम्म लैजान हर्के दाइसंग एकजना पनि जानुहोस् । जीरेलाई दुईजनाले पालो गरेर लैजानन्छन् ।

सबै गाउँलेहरु बीनालाई धन्यवाद दिई आआफ्ना घरतिर लाग्छन् । जितले पनि आउदा दिनमा कहिल्यै पनि खराब आचरण नगर्ने प्रतिबद्धता जाहेर गर्दछ । बीनाले पनि सधैं गाउँलेको जीवनभरी सेवा गरेर बस्ने बिचार राख्दछे ।

 

 

पोखरा – १०‚ मिलनटोल‚ कास्की ।

 

 




No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here