गीत
सम्झना
भरतमणि भट्टराई
राम्कोटको चिसो हावा शिक्षारुपी बगैचा‚ शिक्षा दिने थलो ।
सभ्यताको मूलमार्ग जीवनरुपी बगैचा‚ हुन्छ सब्को भलो ॥
उज्वलभूमि ज्ञानज्योति फैलाएको गाउँमा‚ हामी रमेथ्यौं ।
सबै जातका फूलहरु फक्रिएको ठाउँमा‚ संगै जुटेथ्यौं ॥
१०
कति बने देशका कर्मी कति बने सेवक‚ पार्छ स्वच्छ मन ।
फिजाइरेछ ज्ञानको दियो राम्रो बानी विवेक‚ जीवनरुपी धन ॥
दिन गयो रात गयो बिदाइले पछ्यायो‚ मनै भर्याङ्ग भो ।
बिछोडका खबरले मनमा आँधी चलायो‚ दिलै झस्याङ्ग भो ॥
२०
प्रगतिका पाइलाहरु शिखरमा पुर्याउदै‚ सुख अबिरल ।
उपयोगी कुरा लिनु नराम्रालाई बिर्से है‚ सम्झ निरन्तर ॥
मिलनपछि बिछोठ हुन्छ प्रकृतिको नियम‚ राम्रो गर्नु चाल ।
दुखगरे सुख मिल्छ सत्यताको नियम‚ मनमा राखे ख्याल ॥
३०
हामी बिचको मित्रताले सधै नजिक बनाओस्‚ आऊ बारम्बार ।
उच्च ज्ञान आर्जनले जीवन सुखी बनाओस् ‚ बन जिम्बेबार ॥
बिदाइका फुल टिका सफलताको चिनारी‚ मित्रभाव बढोस् ।
खोल ढोका विकासको उच्च शिक्षा सकारी ‚ ह्रृदयमा गढोस् ॥
४०
दिन हामी के सक्छौं र शब्दरुपी उपहार‚ स्वीकार गरी दिनुस् ।
दिगो बनोस् हाम्रो प्रेम खुशी रहोस् मुहार‚ ठूलो मान लिनोस् ॥
बाटाघाटा हाटबजार देख्दा सधैं बोल्न् छौं‚ आत्मैदेखि मानि ।
उच्च शिक्षा हाँसिल गरी देशकै सेवा गर्ने छौं‚ बन्दै भाग्यमानी ॥
५०
सधैं भरि राम्रो बनोस् सुस्वस्थ्यको कामना ‚ अशिष लागिरहोस् ।
प्रगतिका पथ खुलोस् असल रहोस् भावना‚ जोश जागिरहोस् ॥
सुकर्म र सेवाभावले चिरञ्जीवी बनाओस्‚ देशको सपुत बन्नु ।
सेवा धर्म सुकीर्तिले अमरत्वदिलाओस् ‚ समाजसेवी बन्नु ॥
६०
पोखरा–१०‚ मिलनटोल‚ कास्की ।
No comments:
Post a Comment