कोल्टे पेर्न नसकेको मान्छे ----------------उपन्यास
![]() |
भरतमणि भट्टराई |
कति कठिन बाँच्नका लागि । खान र सन्तानलाई खुवाउनका लागि पनि कति समस्या भोग्न पर्ने परिस्थिति आउने रहेथ्यो त्यसबेला । घना जङ्गल त्यसमाथि बाघ हात्ती र अन्य जनावरहरूको त्रासदिपूर्ण भयभित अवस्था । पश्चिमतिर नारायणी नदी बगेको मन्द आवाज सुनिने । एक्लै हुँदा त डरैडरले मुर्छा परिने हो कि झैं लाग्ने जो कोही पनि आत्तिनु अस्वभाविक हुदैनथ्यो । चारैतिर बिभिन्न चराहरुको चिरबिर आवाजले मनलाई त्रासद बनाइरहेको हुन्थ्यो । दिनभरि अनेक कामहरूमा तल्लिन भएर होला समय गएको थाहै नहुने र जब साँझ पर्छ त्यसपछि रात अर्काको हुने भएकाले सुरक्षित रहनका लागि उपायको खोजी गरेका होलान । जङ्गल फाँडेर आआफ्ना प्लट कायम गरी जीवन निर्वाहका लागि उपयोग गरिएको थियो । मोहनपुर शिवघाट सालघारी बसन्तपुर मंगलपुर लगाएतका स्थानहरूमा मान्छेका बस्तीहरू थिए । सबैले आआफ्ना कित्ताहरू काठका मुडाहरू गाडेर खोर्याएकाले झटपट जङ्गली जनावर पस्न सक्दो रह्नथ्यो । तरै पनि ठूला हात्ती र गैडाका लागि भने त्यसले मात्र थेक्दैनथ्यो । ससाना स्याउले घर भए पनि ठूल्ठूला थामहरू राखेर बनाइएका मचाङहरूले सुरक्षाको प्रत्याभूति हुनेगर्दथ्यो । सबैका मचाङ् बनाएकै हुन्थे र पनि मत्ता आएपछि सकस नै हुन्थ्यव ज्यान जोगाउन ।
मोहनपुरको उपयुक्त भूमि करिव चार बिगाह क्षेत्रफल ओगटेर अर्चलेले बुढाले बस्ती बनाएका थिए । दुईहल गोरू दुइदर्जन गाईभैसी हरुवा चरुवा गरी ब्यवस्थित बसोवास थियो र पनि कहिलेकाही जङ्गली हात्तीका कारण रात कटाउनका लागि निकै समस्या झेल्नु परेको थियो । अरू ससाना र कम हैसियत भएकाहरूको त कहिले के हुने हो थाहै हुदैनथ्यो । मान्छे मारेको कुरा त्यति धेरै टाढाको हुदैनथ्यो । कसैका छोराछोरी कसैका आबु त कसैका कामममा गएकी आमालाई मारिदिन्थ्यो जनावरले । तर अर्चलेको बसाइ र मानिसहरूको बाहुल्यता अनि अधिक सतर्कता भएकाले नराम्रा दुर्घटना भने भएका थिएन । हरुवा चरुवा र काम गर्नेहरु प्रायः थारूहरू नै हुने गर्थे । उनीहरूको बस्ति ज्यादै बाक्लो र त्यष सम्युक्त बसाइ भएकाले मानिसहरूको चाप बढी हनाले साना घरमा रहदा पनि कम डर हुने गर्थ्यो । हमेशा जनावरहरू गाउँमा छिर्न सक्दैनथ्यो । अर्चलेकी बुढी दोजिया भएकाले औधि जतन गरेका थिए बुढाले । खानका लागि त्यहीको उत्पादन गाईभैसी प्रसस्त भएकाले दूध दही घिउ सबैकुराको सहजता नै थियो । काम गर्नेहरूलाई पनि खानको लागि दुःख नकाट्न भन्थे बुढाले । सबै कामदारहरु खुशी थिए बुढाको ब्यवहारदेखि । आज के काम गर्ने ? भोलि कहाँ काम गर्न जाने बाली कुन समयमा के लगाउने त्यसको बिउ कति र कहाँ राख्ने जस्ता कुराहरूको जिम्मा कामगर्नेहशरुलाई पहिले नै भनिएकाले सामान्य निर्देशनमा सबे काम हुने गर्थ्यो ।
धान रोप्ने मेसोमा मानिसहरु लागेका थिए । खाना बनाउनका लागि साहिली बज्यू भित्रबाहिर गरिरहेकी थिइन् । घरको सरसफाइमाम जुटेकी कान्छीले मचाङमा आराम गरिरहेका बाजेलाई आत्तिदै तलैबाट बोलाइन्‚‟बाजे ! ए बाजे !…………………
किन कान्छी ? के भो कस्लाई ?
बज्यैलाई सञ्चो भएन के ।
के भयो भन्दै उनी आएर श्रीमतीलाई हेरे । कुरा उनले सबै बुझैपछि साहिली बज्यू र जान्ने महिलाहरुलाई खवर गर्न लगाए । कतै अस्पतालहरू पनि थिएनन् । सर्से थारूले पानी फुकेर खान दियो । महिलाहरूले पेट चलाएर बिरामीलाई आराम दिलाए । बेथाले धेरैबेर सतायो । निकै समयपछि च्या च्या गरेको आवाज बाहिर पीरमा भौतारिएका बाजेको कानमा पनि पर्यो । त्यहाँ वरिपरि रहेकाहरुले कानेखुशी गरिरहेका थिए । छोरा कि छोरी भनेर । त्यसै समयमा बाजेले सोधे‚‛के भयो ए साहिली भन त के जन्म्यो ?’ अलि हतारिएका थिए बुढा ।
सुत्केरीको जतनमा लागेका हुनाले उनको कुरा नसुने पनि कान्छी बाहिर आएकी र बाजेले आँखा जुधाएका र केही सुन्नका लागि हतारिएको जस्तो लागपछि उसले भनी‚ ‛ छोरीको बाबा बन्नु भो बाजे ।’ मुसुमुसु हास्दै ऊ आफ्नै काममा गई ।
भित्र बसेका महिलाहरु सुत्केरिको सेवा गरिरहेका थिए ।
ऐया ऐयाको आवाज बाहिरसम्म पनि आइरहेको थियो । सुत्केरिलाई प्रशवको पीडा कमि भएता पनि दुखाइ कम भएको थिएन । रगत बढी गएकोले पनि निकै कमजोरी भएको स्थिति देखिन्थ्यो ।
एउटी अधबैशे महिलाले पानी मन्तरेर ल्याई साहिलीलाई दिई । साहिलेले पानी दिदै भनी‚ ‛ल यो पानी खानु त छीट्टै साल झर्छ । साल नझरेर पनि दुखाइ कम नभएको हो । कसैलाई अलि ध्रै समय लाग्छ साल झर्न तर पानी खाएपछि त तुरुन्ते हुन्छ । मेरो बेलामा पनि भोलिपल्ट भएको अझ । त्यति डराइहाल्न त पर्दैन । सुसारेहरूले सुत्केरीलाई सक्दो स्याहार गरिरहेका थिए । कन्सा र मैना बच्चालाई धुने र सरसफाइ गर्ने काममा लागे । साहिली र केही जानेकाहरू भित्र नै सुत्केरीको स्याहार गरिरहेका थिए ।
बाहिर अर्चले खुशीले सबैसँग रमाइरहेका थिए । त्यसैबेला धनेशाले भन्यो‚ ‛ आज त यो घरमा लक्ष्मी आएको दिन । यहाँभन्दा खुशीको बेला कहिले हो आउने ? लौ अब मिठो परिकार के खाने हो बाजे ? मुख छोपेर आँखाको परेली मार्दै हासिरह्यो धनेशा ।
कलुवाले पनि उसैको कुरालाई समर्थन गर्दे भन्यो‛ ‛ठूलै खशी काट्नुपर्छ है बाजे यस्तो खुशीयालीमा ।’
बाजेले अन्तेलाई बोलाए ।
अन्ते बाजेका अगाडि उभियो र भन्यो‚ ‛के गर्नु पर्यो मैले ?’
‛खोरबाट रातो पाठो ल्याएर काट र पकाउन लगाउनु छवि र कालुलाई पनि सगै लिएर काम गर्नु है ?’
अडर पाएपछि सबैजना खुशी भै काममा जुटे । एकै छिनमा सबै कुरा तयार भयो । छिउ राखेको बास्मतिको भात र मासु तयार गरे उनीहरूले । उता सुत्केरीको साल पनि झरेर आराम भएको कुराले बाजे झनै खुशी भैरहेका थिए ।
‛खाओ खाओ सबैले बाडेर खाओ’
सबै नाचगानमा लागे । गीत थारुहरूका । मादल बजाएर केहीबेर मनोरञ्जन गरेपछि खाना खाए सबैले । घरमा अत्यन्त खुशीयाली छायो । सुत्केरीलाई पनि झोल खान दिए । खाइ नसकेको खानेकुरा सबैले बाँडेर आआफ्ना घरमा केटाकेटीहरूका लागि लगे ।
न्वारन
घरमा पण्डित आएका छन् । गहुत र कुश लिएर आएका पण्डितले न्वारनका लागि मण्डप तयार गरे । सबै तयारीपछि अर्चले बाजेलाई छोरीको नाम राख्ने कुरामा सोधे‚
‛नाम के राख्ने बिचार गरिएको छ ? राशीको नाम त शबाट राख्नुपर्ने हो के राखौं ?’
त्यसोभए भगवान शिवको आरधना गरेर धेरै समयपछि यो खुशीको क्षण पाउन सकिएकोले यसको नाम पनि शिव नै राख्दा कसोहोला ?’
‛हुन्छ तपाईको बिचार जे भनेर बोलाउदा पनि हुन्छ ।’ पण्डित बाजेलाई हेरेर हासिरहेका थिए ।
न्वारनमा सबै गाउलेहरूलाई निम्ता गरिएको थियो । मानिसहरू जमेर काम गरिरहेका थिए । एकातिर खाने र अर्कोतिर सरसफाइको काम पनि भैरहेको थियो । पाहुनापाछाहरु नजिकका पनि आएका थिए । सबैले बाजेलाई बधाइ दिदै भान्सातिर लागेका थिए । बाजेले खुशी हुदै भनिरहेका थिए‚‛ल है सबैले जेजस्तो बनेको छ त्यसैलाई राम्रो मानि जे छ पाकेको खुशी मनले खाएर जानुहोला । हतारले संयोजन गरिएको र समान जुटाउन कठिन भएको कारणबाट भनेजस्तो बनाउन नसकिएकोमा गार्होपिरो नमानिदिनु होला ।’ उनी सबैसँग हात जोडिरहेका थिए ।
सबे खाना खाएर बाजेसँग बिदाबादी हुँदै आआफ्ना गन्तब्यतिर लागे । सरसफाइमा लागेकाहरूले सबै काम सकेर मालसमान ठेगान लगाए । घरमा काम गर्नेहरू पनि काम सकेपछि आफ्ना दैनिकीतिर लागे । बाजेको धेरै वर्षसम्म सन्तानको मुख हेर्न नपाएको बिरसिलव स्थिति लक्ष्मी आगमनसँगै हटेर गयो । बजैका लागि आवश्यकीय बस्तुहरूको ब्यवस्थापन गर्न र स्याहार एवम् जतनपतनका लागि पनि महिलाहरूलाई राखेका थिए । त्यपछिका दिनहरू बडा आनन्दले बत्दै गए बाजे तथा बजैका ।
सुत्केरीका लागि माइत
खानपिन तथा बढी जतनले होला आमा र बच्चाको स्थिति निकै राम्रो हुँदै आयो । चाडवाड पनि आइरहेका थिए । दशैं आउन पनि केही दिन बाँकी थिए । बाजेको त्यो महत्वपूर्ण फूल जोगाउनु नै ठूलो कुरा थियो उनलाई । मधेशमा बढी जाडो हुने र गर्मीमा पनि बढी नै गर्मी । त्यसमा पनि अनेकौं डरले त्रसित भै जीवन धान्नु पर्ने कारुणिकता । फेरि सुत्केरी बस्नका लागि पनि माइत पठाउदा राम्रै हुने । आफ्नो फूलको पनि जतन हुने भएपछि बाजेले पहाड लग्ने बिचार गरे र भने बजैलाई‚‛हैन अब यो नानीलाई लिएर पहाडतिर जाने हो कि श्यामा ? यहाँ अनेक किसिमका झमेलाहरू आइरहने र ती कठिनाइसँग लडेर व जुधेर बस्ता सोच्दै नसोचेको दुष्परिणाम भोग्न पर्ने हो कि ? के सोचेकी छस् यसबारेमा ? गभ्भीर र भयभित मुद्रामा बाजे एकोहोरिरहे ।’
बजै केही बोलिनन् । उनी एकोहोरो टोलाएर बसिरहिन् । किन किन उनलाई नरमाइलो लागेर आयो । आफू यहाँ नअटेर अन्तै पठाउन लागेको हो कि झैं लाग्यो श्यामालाई । फेरि माइतमाम परिवार ठूलो थियव । खेतिपाति गर्ने जमिनको पनि कमि । भात खानलाई पनि कठिन भएको ठाउँमा गएर कसरी यस बच्चीका लागि उपयुक्त होला । फेरि माइत जान पाउनरे कुरा ज्यादै राम्रो पनि त हो तर गर्ने के ? अरूबेला माइत जान पाउनु जे जस्तो भए पनि अपार आनन्ददायी नै मान्नुपर्छ । सबै कुरा छाडेर पनि माइत जान मन पर्छ नै जसलाई पनि । तर मेरो यो अवस्थामा के गर्ने र के जवाफ दिने भनने कुरा नै उनका मनमा खुल्नै सकेन । एकाएक उनका आँखा रसाएर आए । उनी आखा पुच्न थालिन् । कतै जीवनले राम्री कोल्टे फेर्न पनि कठिन हुने त होइन । उनलाई निकै असजिलो महशुश हुनगयो ।
बुढीको आँखामा आसु चुहिएका र उसले निरन्तर मन दुखाइरहेको देख्दा बाजेलाई अजम्मै लागेर आयो । किन यस्तो पीर गरेकी होली । त्यहाँ आमा पनि हुनुहुन्छ । अनि माइतमा जाँदा कुनैकुराको असजिलो पनि त हुदैन । किन यतिबिधि पीर लिएकी होली । उनले संझाउदै भने‚‛माइत जान पाउदा पनि यति धेरै पिरलो किन ? अरू माइत जान नपाएर रून्छन् तर तँ त माइत जान पाउदा पनि मन धमिलो पारेर गहभरि आसु लिने ? यो त अचम्मै पो भयो । म के देखिरहेको छु मलाई नै थाह हुन छोड्यो । किन पीर गरेकी भन् त ?’ बाजे निकै संवेदनशील एवम् भावुक बनेर प्रस्तुत भए ।
सबै कुरा सुनिसकेपछि श्यामाले भनिन्‚‛माइत जाने कुरा नराम्रो अनि माइत नजाने भनेको त कहाँ हो र ! माइत पनि त्यति भनेजस्तो सहज परिस्थिति नआउने पनि हो कि ठानेकि मात्र हुँ । आमा पनि हुनुहुन्छ । माया गर्नेहरूको पनि कमि छैन । साथीसंगति पनि त्यतिकै छन् । हावपानी र सुरक्षाका दृशष्टिले पनि पहाड पाइनसक्नु नै छ भन्दा फरक परोहोइन । खानेकुरा पनि यहाँको भन्दा पहाडतिरकै बेश होला । तर मैले सोचेको कुरा अलि फरक छ ।’ उनी यतिबेला गम्भिर भैरहेकी थिइन् । भविष्यको चिन्ताले सताइरहेको थियो उनलाई ।
‛ए बुझैं मैले तैँले सोचेको कुरा । खानाका लागि आर्थिक अभावका कारण समस्या आउछ भनेर हैन ? अनि दुहुनो नभएर छोरीलाई कसरी हुर्काउने भन्ने सोचेर मनको भूतले सताएको पनि हो कि जस्तो लाग्यो मलाई । के सोचेकी त नत्र । सत्य कुरा यही हो कि ?’
उनी मनको कुरा भनिदिएकोले मुस्कुराइन । उनी खुशी भएको थाह पाएपछि अर्चले बाजेले भने‚‛चिन्ता लिनु पर्ने कुनै कारण नै छैन । राम्रो धान हुने जग्गा बन्दगी लिदिउँला । दूधका लागि लैनो भैंसी किनेर गोठमा बाँधिदिउँला । सबैले खान पनि पाउँछन् । वडापरि सबैका लागि म नै ब्यवस्था मिलाइदिने भएपछि के को चिन्ता मान्छस् । समाधान त समस्या परेपछि त आउने हो । नपरिञ्जेल त केही गर्न पनि त पर्दैन नि ।’ बाजेले आफ्ना मनका सबै कुराहरू एकोहोरो सके ।
दशैं पनि गयो । त्यसपछि अकस्मात श्यामा बिरामी परिन् । आँठैले नराम्ररी समात्यो । झाक्री लगाइयो । पूजा तथा लागेभाकेको सबै मान गरियव तर सञ्चो भएन । बुढाले काखमा राखेर सोधिरहेका थिए‚‛के भयो यस्तो ? के मलाई दुःमा पारेर एक्लै आफै मात्र जान लागेको ? अनि यो तिम्रो नासो जसले जीवन कोल्टे फेर्ने कसरी सक्षम रहला भन्ने कुरा कता लुकेको छ ? अनिश्चयमा नै लुकेको कुरा मैले बुझ्न सकेकै छैन । उनी एकोहोरो हेर्न थालिन । मुखले केही भन्न खोजेजस्तो गरिन् । छोरी खोजेकी हुन कि ? ठानेर हत्तपत्त बुढाले छोरी उनको नजिक राखिदिए । मुस्किलले छोरीको हा पक्रेर बुढाको हातमा थमाइदिइन र ठूलो स्वाश फेरिन् । परक्क मुन्टो बटारेकि के थिइन् प्राण पखेरुले छोडी हाल्यो । बुढा बेजोडले रुन थाले । वरिपरिका सबबै मानिसहरू भेला भए । लाशको दाह संकार गरियव ।
दुःखको काम सकिएपछि मानिस खोजेर छोरीलाई पहाड लगे बाजेले । हुर्काउने र हेरबिचार गर्ने जिम्मा उसैकी हजुर आमालाई दिएर सबै कुराको बन्दोबस्त गरी बुढा तराइ झरे ।
सानै उमेरदेखि ज्यादै रसिली गहा बर्ढकी ज्यादै कसिलो र फुर्तिलो शरीर भएकी शीव साच्चैकी रमाइली थिइन् । देखेपछि जो कोही पनि आकर्षित भै एकपटक लिएर जाने गर्थ्यो । सबैले माया गर्ने भएकोले उनको बाल्यकाल मावलमा नै बित्यो । उनी मेलापात गर्न सक्ने भैसकेकी थिइन । उनको बिवाह गर्ने उमेर पनि भैसकेको थियो । त्यही बेला बाबा तराइबाट पहाड आए । हजुर आमाले बिहेको कुरा उठाइन् । केही समय उनका लागि केटा खोज्नका लागि उनी बिभिन्न स्थनहरूमा कुदे । त्यतिबेला छोररीको बिहे गर्न सजिलो तर केटाका लागि केटी पाउन अति मुस्किल थियव । केहीले त केटी नपाएर पैसामा किनिएका पनि यदाकदा सुन्नमा आउँथे । जे होस् उनले केटो गरिव भए पनि सक्षम भएदेखि हुने भन्ने मनसाय थियो उनकव । नभन्दै पल्लो गाउँको ठूलो परिवारमा हुर्केको कान्छो छोरालाई दिने निधो गरे र बिहे पनि गरिदिए उसैसँग । यतिबेला उनको उमेर चौध वर्षको थियो । बिहेमा लागेको सबै खर्च र छोरीलाई चाहिने सबै कुराको ब्यवस्था गरी उनी तराइतिर नै लागे । तिनै टुहुरी टोरी नै थिइन् कोल्टे फेर्न नसकेकाकी ममतामयी आमा ।
नव शिशुको आागमन
कहाँको जन्म कहाँको हुर्काइ र कहाँको कर्मघर बुझी सक्नु थिएन । जीवनमा कस्ता किसिमका अल्झनहरूले बेरेर कतिबेला कुन अवस्थामा पुर्याउछ कस्लाई पो के थाह । दुई पहाडको बिचमा रहेको सानो घुमाउने फुसको घर त्यसमा आश्रित ठूलै संयुक्त परिवारको जमघट । अझै उनको आगमनले परिवारकव आकारमाम बढोत्तरी । सबै जातीहरूको मिस्कट समाज । मेलापातमा एकरुपता । गामबेशी ज्यादै लामो करिव एकईणंटाको ओरालो जाने र भारी लिएर ठाडो उकालो शीरमा नै ठैस लाग्ने हो कि जस्तो उकालो गोरेटो । सबै सधैं जसो बिहान चार बजे उठेर जाने र बेशीबाट चाहिने समान बोकेर ल्याउने चलन नित्य नै हुन्थ्यो । गाउँमा मेलापात नगरि खान नपुग्ने त्यसमाथि पनि शीवको परिवार ठूलो भएकोले ठैक तथा अदियाँ कमाएर पनि गुजारा चलाउन पर्थ्यो ।
केही समयपछि परिवारमा खिचलो देखापर्यो । त्यसले सबै बेग्लै बस्ने परिस्थिति आयो । उनीहरूले एकमुरी आउने जमिन आफ्नो भागमा पाए । गाउँको घर बेशीको खेतीपाती फेरि भैसी पनि पालिएकाले त्यसको पनि बोझ भएपछि कठीन हुनै कुरै रह्यो । जमिन थोरै भएकोले बाबाले दिएको पैसाले दशमुरी आउने बन्दकीको खेत कमाएका थिए । यसले खानका निम्ति कुने समस्या नै थिउन । बरू नपुग्नेहरूलाई सहयोगी हुन्थे उनीहरू । विहान तीन चार बजे देखि काममा रिगेको बेलुका नौदश बजेसम्म उतै बित्थ्यो । खान त कहिले पाकेको त कहिले काँचो अनि तरकारी प्रायः गुन्द्रुक भटंट गाभा तान्द्रे कर्कलव मसेउरा खसेउरो बोडी मस्याङ लगाएत बारीका सागपात नै हुन्थे । विहान धेरैजसव ढिडो नै हन्थ्यो । दिनभरि काममा जुट्दा पनि केही नखाई बेलुका घर फर्केर मात्र खाना बनाएर खाने गरिन्थ्यो । जीवन अति नै दुःखदायी अवस्थाबाट गुज्जिरहेकै बेला ती जोडीको सन्तान पाउने आशामा मन डूलिरहन्थ्यव तर भएको थिएन ।
बिहे भएको चार बर्षपछि पेटमा गर्भ रह्यो चर त्यसले पूर्णता पाउन भने सकेन । आशा गरिएको फल उपभोग गर्न नपाई अनयासै गुमेपछि मनमा खिन्नता देखिनु स्वभाविकै थियव । त्यसको लगत्ते रहेको गर्भले समय पूरा भएपछि परिवारमा खुशीयाली दियो । त्यव नै कोल्टे फेर्न नसकेको मान्छे थियो । उसको नाम सहज राखिउको थियो ।
बाल्य शिक्षा
करिव १००० मीटरको उचाइमा रहेको त्यो गाउँ शहरदेखि पनि ३२ किलोमिटर टढा रहेको थियो । किनेर खाने कुरा केही थिएन । फेरि पैसा पनि हुदैनथ्यो त्यतिबेला । गाउँमा ससाना पसल जहाँ चिया पसलहरू हुने गर्थे । दूध बेच्ने र घरयासी समस्या टार्ने भएकाले पशुहरूको किनबेच हुने गर्थ्यो । प्राय फुर्सदिला मानिस तथा ब्यापारीहरु विहान सबेरै चिया पसलमा जाने र सबबैको हुलिया लिने गर्दथे । काममा बेस्त हुनेहरु पनि मेसो मिलाएर भए पनि एक पटक चियाकफका लागि मसिन रुचाउथे । नजिकै गाउँको बिचमा ठूलो चउर थियो त्यो बिचमा पाँचसम्म पढ्ने स्कूल थियो त्यही नै गाउलेका सबैजसो केटाकेटीहरु पढ्न आउने गर्थे । कोही कोहीले बच्चा नपढाएरै पनि काममा नै लगाउने गरेका छिटफुट हुन्थ्यो । घरमा जातीयतामा भिन्नता देखा परेपनि स्कूलमा भने त्यस्तव हुदैनथ्यव । सबैलाई समान ब्यवहार नै देखाइथ्यो । शिक्षकहरूले पनि मनमा जे भए पनि देखावटीमा फरक व्यवहार गर्दैनथे ।
सहज आफ्ना काकासँग स्कूल जान्थ्यव कालो पाटी घाँटीमा बाधेर । पाटीमा धुलो राख्ने र सानव काठको छेस्काले वा हातका औंलाले कोर्ने गरि लेख्न सिकाउथे शिक्षकहरूले । एक दन शिक्षकले सबैलाई भने‚‛सबैले आआफ्नो पाटी लेख्नका लागि तयार गर ।’
‛सहजले किन नझिकेको पाटी ? छिटो घाँटीबाट भूँमा राख ।’
उसले पाटी झिक्यो र अगाडि राख्यो ।
‛अब के गर्ने सर ?’ जान्नेहरुले सोधे ।
‛ल हेर कालोपाटीमा । म के लेख्छु तिमीहरू त्यही बनाउने है ?’
‛हुन्छ सर ।’
सबैको स्वरमा सहजले पनि भाषा मिलायो । सरले ठाडा चाबटा धर्का कोर्नुभयो र सबैलाई भन्नुभयो‚ ‛मेरो जस्तै बनाउने । ल कस्ले राम्रो बनाउँछ पहिले । कुन हुन्छ फस्ट आजको ?’
उषा र निषाले पहिले बुझाए । अनि धारा र उदिपले पछि । तर राम्रो चाही सलिनाको पछि देखाए पनि । सरले सबैलाई धन्यवाद दिनुभयो ।
त्यसपछि अर्को गीत गाएर मनोरञ्जन गर्ने कक्षाका लागि खग सर आउनु भयो ।
पहिले सरले गाउने र पछि सबैले गाउने भयो गीत यस्तो थियो
बस बस रे बसुन्धरा बैनी
घिउ खाने डाडु
डाडु खाने पतरी
खेली खेली बसी जाउन
उठ उठ रे उठन्धरा बैनी
पञ्च रत्ने बाजा
झिनुवाको खाजा
खेली खेली उठी जाउन ।
………………………………………………………
यसरी नै दिनहुँ केही न केही नयाँ कुरा सिक्न पाउदा सहजलाई खुशी लाग्दथ्यो । सधैं खाना खाएर काकाको पिढीमा गएर कुर्थ्यो । अनि काकाले खाना खाएपछि उनीसँगै स्कूल जाने र आउने गर्थ्यो ।
शिशु कक्षामा बल्लबल्ल जान थालेको सहज केही समयपछि टाइफाइटले थलियो । त्यतिबेला शहरमा आउनका लागि सजिला बाटाहरू पनि थिएन । यातायात त हुने कुरै भएन । गाउँघरको झारफुकले नभएपछि उसका बाबाले मान्छे खोजेर डोकोमा बोक्न लगाए । बोली बन्द भैसकेको सहज हुने वा नहुने दोधारमा नै थियो । त्यहाँबाट शहर लैजान मुस्किलले एक दिनमा पुग्न सकिन्थ्यो त्यो पनि बलियाहरूका लागि । उनीहरू हतार हतारका साथ हिडेकाले साँझमा हस्पिटल पुगे । हस्पिटलले विहानका लागि बोलायो । तर सहजको स्थिति ज्यादै नाजुक भएकोले बाबाको बिलौना एक काम गर्ने चौकिदारले देखिरहेको थियो र उसैको सिफारिशमा हस्पिटलले भर्ना लियो । त्यो हस्पिटल भरखरै खुलेको मिम हस्पिटल जसमा संपूर्ण परिचालन बिदेशीहरूबाट नै हुन्थ्यो । त्यहाँ भर्ना गराएपछि बाबालाई ठूलो राहत मिल्यो । अब त बाच्ने आशामा उनी बेडको नजिक टूलमा सहजको स्वसप्रस्वासलाई एक तमासले हेरिरहेका थिए ।
आँखाभरि आसु लिएको देखएर अर्को बेडको कुरूवाले भन्यो‚‛पीर नलिनुस् दाइ अब । यहाँ आएपछि सञ्चो हुन्छ । बढी पीर लिएर बाबुलाई आराम हुने हैन । जे हुन्छ त्यसलाईलाई बहन गर्नै पर्छ । यहाँका डाक्टरहरू सबै कुहिरे उपचारमा सिपालु छन् । मेरी छोरीलाई कालको मुखबाट बचाए । आज छोरी राम्रो भैसकेकी छ । सायद भोलि हामी घर जान पाइन्छ होला । यी अरू बेडमा सुतेका बिरामीलाई हेर्नुहोस् त । कोही कति सिरिएस छन् । ऊ त्यो अगाडिको खाली बैडमा भएको बिरामी उपचार गर्दागर्दै हिजो राति नै गयो । जे हुन्छ सहनै पर्छ । डाक्टरले सक्दो गर्छन् । यिनै हुन हाम्रा भगवान । जे हुन्छ भगवान भरोशा ।
सहजलाई ग्लुकोज चढाएर रगत र पिसाब जचाए । गाउँघरमा भनिएको आँठै डाक्टरी भाषामा टाइफाइड रहेछ । रोग पत्ता लागेपछि बिस्तारै दिनदिनै सुधारको स्थितिमा सहजको अवस्था देखियो । करिव एक महिनाको बसाइपछि सहजलाई डीस्चाज गरिदियो हस्पिटलले । तर अहिले पनि उसको बोलि स्पष्ट खुलेको थिएन । बल्लबल्ल स्वासले शब्द उच्चारण गर्न खोज्थ्यो तर आउन सक्दैनथ्यो । गाउँका केही मानिसहरूले छारे रोग लागेकोले छुनका लागि डराउने गर्थे । यो देख्दा आमालाई पेट पोल्दथ्यो तर जवाफ फर्काउन सक्ने सामर्थ्यता नभएकाले सहनुको बिकल्प थिएन ।
किसानलाई कामको चटारो जहिले पनि उतिकै । अलिअलि सञ्चो भएपछि कामा जानैपर्ने । सहज घरमा नै सुतिरहने र एकोहोरो बोल्न खोजिरहने गर्थ्यो । छिमेकीको सहायताले विहान आमाले बनाइराखेका खानेकुराहरू खाने र दुई जना भाइहरूलाई पनि खुवाउथ्यो । बिस्तारै उसको बोलिमा पनि सुधार आयो ।अलि ढिलो गरी शब्दहरू उच्चारण गर्ने गर्न थाल्यो उसले । तर बिरामीकै कारण उसको स्कूल जानेक्रमभने एक वर्षका लागि पर सर्यो ।
एकवर्षपछि ऊ पहिलेकै अवस्थामा पुग्यो । फेरि स्कूल गयो । ऊ मिहिनेति भएकाले राम्रो मान्थे गुरुहरु । साथीहरूसँग पनि सहजै मिल्नसक्ने असल बानी थियो उसको । त्यतिबेलासम्म उसका दुई भाइ र एक बहिनी भैसकेका थिए । सबै थोरै समयको अन्तरमा जन्मेकाले भण्ट्याङभुण्टुङ उत्रै जस्ता देखिन्थे । एउटा भाइ त स्कूल जान थालिसकेको थियो उसँगै । आमाबा काममा विहानै जाने र बनाइ राखेको खाना आफू पनि खाने र ती ससाना भाइबैनीलाई पनि खुवाउने उसैको जिम्मामा छाडिन्थ्यो र बेलुका पनि अबेर आउने भएकाले ठिक्क पारि छाडेको खाना पकाउने र पँधेरोबाट पानी ग्यालिनमा ओसार्ने काटिराखेको घाँस भैसीलाई दिने बाख्राका माउपाठा थुन्ने जस्ता कामहरू दिनहुँ जस्तै हुने गर्थे । खाजा बिहानै आमाले मकै भुटुर राखिदिउको हुन्थ्यो तर साना केटाकेटीलाई भने दूध र भात हुन्थ्यो । त्यसलाई कहिले तताएर त कहिले आगो बाल्न नसकेर वा अगुल्टोमा आगो नै नभएर चिसै खुवाउथ्यो ।
सहज तीनमा पढ्दै थियो । असार लागेकाले सक्नेहरू रोपाइँका लागि गए । स्कूल वष्रे बिदा भएकाले उसको काम मकै कुर्ने पनि थपिएको थियो । भाइ बहिनीहरूलाई रेखदेख र अरू दिनमा झैं घरका कामहरू पनि थिदैथिए । समयलाई पूर्णरूपमा पालना नगरिएमा कुनै कुरा छुट्थ्यो र बेलुका थर्काइ खानुपर्थ्यो । खाना खाएर बारीको डीलमा भाइबैनीलाई लिएर टिन ठोक्दै थियो त्यति नै बेला छिमेकी साथीहरू आए खेल्नका लागि । मैयाले भनी‚‛सहज ! आइज केही समय लुकामारी खेलौं । लाखु नआएका बेला हामीसँगै हाम्रोमा जाउँ ।’
‛अहँ । हुदैन । मेरो त भाइबेनी हेर्नपर्छ । फेरि घस दिने पानी दिने गर्नुपर्छ भेसी र बाख्रालाई । पानी पँधेराबाट ल्याउनु कति गाह्रो छ आफूलाई । भो जान्न म त । तिमीहरू नै खेल ।’ सहजले इन्कार गर्यो ।
‛बाख्रा र भैसीलाई घास राख्ने र पानी ल्याउने काममा सबैले सघाउने । त्यसपछि त खेल्न मान्छन नि केटा ।’ अलि ठूली भएकीले कामको आशा देखाई देबीले ।
तीनै जना मिलेर पानी ल्याए साना ग्यालिनमा । देबीले सानो आफ्नै घरको गाग्रीमा ल्याइदिई । बाख्रा र भैंसीलाई पानी दिई र गोवर पनि प्याँकिदिई उसैले एकै छिनमा । सहज खुशी भयो र खेल्नका लागि राजी भयो ।
भाइबैनीलाई घरैमा छाडैर केहीबेरका लागि साथीहरूसँग लुकामारी खेल्न गयो ।
‛ल सहज डुम पहिलो पटकका लागि हामी लुक्न जाने । हुन्छ सहज ?’ देवीले सोधी ।
‛हुन्छ चर धेरै टाढा जान पाइदै नि !’ सहजले कुरा दर्यायो ।
मैया र देबी लुक्न गए । सहजले आँखा चिम्लेर गन्यो‚ ‛१२३४५……………………………२०’ भयो ।
‛भयो ।’ नेपथ्यबाट जवाफ आयो ।
उसले खोज्दै गयो । निकैबेर खोजेपछि मैयालाई देख्यो र डुम बनायो । फेरि केही समयपछि देबीलाई पनि देख्न सफल भयो । यसरी ध्रैरै पटकसम्म खेल खेलिरहे । समय गएको पत्तै भएन । सायद खेल खेलेको तीन घण्टाभन्दा बढी नै भएको थियो होला । खेल्दा खेल्दै लुक्न जाने क्रममा सहजको बारीको कान्लामा पुगी देबी । बारीमा सर्याङ्सुरुङको आवाजले ऊ डराई । उसले मैया र सहजलाई पनि बोलाई । तीनै जना बारीको नजिक आए । आउदा बारी भरी लाखु छापिएका । सबै एउटा गराको मकै सखाबै पारिसकेका थिए । सबैले चिच्याएर कुकुर बोलाए । लाखु प्रत्यकले एउटा हातमा र एउटा मुखमा गरी दुईदुईवटा मकैका घोगा लिएर कोही श्रखमा त कोही बाँसको झंयाङमा लुके । मकैको सत्यानासै भएको थियो । सहज रुन थाल्यो देबी र मैयाले सबै लाखुले खाएर फालेका भुत्त्लाहरू बटुलेर घरमा लगिदिए । आँगनमा चार टोका भुत्ला मात्र भए । सहजले रुदै भन्यो,‛आज मलाई बाआमाले मार्छन् । म के गर्ने ?’
ती भध्यकी ठूली देवी नै थिई । उसैलेले कुरा मिलाएर भनी‚‛अब पीर नगर सहज । जे भयो भैहाल्यो । यी भुत्लाहरू सबै भसीलाई दिने । अरू घास खाट्नै परेन । वेलुका अवेर आएका बाआमाले थाहै पाउदैनन् । यदि थाह भैहाल्यो भने पनि केही छैन म साथी दिन आउँला र म तँलाई मेरै घरमा राखुला । आज मेरी आमा मात्र हुनुहुन्छ घरमा । मैले लगेपछि केही भन्नुहुदैन तँलाई । खाना पनि उही खाउँला । हुदैन सहज ?’
सहज अति नै भयभित हुदै रोही रह्यो । यसका भाइबैनीहरू खानेबेला टरेकाले भूँइमा रुदै रोही बसेका र सानोले दिसा गरेर शरीरभरि दलेर रुदारुदै थाकेर निदाइरहेको थियो । मैयाले मुस्किलले पुछदिई तर सबै दिसा निख्रिएन । देबीले सहज रोएकोले उसको काममा सघाउन लागी ।
‛खै कहाँ छ यिनीहरूलाई भात ?’
‛ऊ त्यो हाँडीले छोपेर राखेको छ । झिकिदेऊ र सानो भाइलाई खुवाइ देऊ । म बारीमा लाखु फेरि आएकी ? हेरेर आउछु है ?’ सहज बारीतिर गयो ।
देबीले हाडी झिक्दा खुट् चिप्लेर लडी । सबै खान भैंभरि पोखियो र हाडी पनि फुट्यो । सहजले थाह नपाओस् भनेर सबै टुक्राहरू बारीको कुनामा लगेर फाली । पोखिएको भा टिपटाप पारेर सानोलाई खुवाई चिसै । थालमा राखिछोडेका मकैका डाइना अरूलाई दिई । सहजले केही भुत्ला फेरि लिएर आयो । भुत्ला बढी भएकाले थाह हुने र राती सुत्ने नपाउने डरले बाँकि रहेका सबै मैयालाई लैजान भन्यो सहजले तर मैयाको घरमा गाली गर्ने डरले लान सकिन । त्यो पनि देबीले नै आफ्नै घरमा लिएर गई ।
भाइबैनीहरूलाई छाडेर सहज बारीको डीलमा नै कुरी रह्यो । तर केही समयपछि अघाएका लाखुहरू त्यहाँबाट अनेत्रै लागे । घरमा आउदा बहिनी पिँडीबाट लडेर आँगनमा मुर्छा परिरहेकी । उता भाइहरू पिँडीमा निदाइरहेका मकै त्यसै भैमा पोखिएको । हतपत बैनीलाई उठायो । नरोउ बैनी नरोऊ । ज्यादै चिच्याएकीले ऊ पनि रोयो ।
‛आमा हो ए आमा म अब घरमा बस्दिन है ? सबै मकै लाखुले खायो । गाली नगर है ? अब मकै हेर् नलगाउ है आमा । बालाई नभनिदेऊ है आमा ।’ बिलौना गरी रोहिरहेको बेला छिमेककी पल्लो छेउकी बुढीआमा पधेँर त्यही घरको बाटो आइन् र देखिन् त्यो बिजोग ।
‛किन रोएको सहज ? हेर बैनीलाई पनि यस्तो रुवाएको । लौ हेर त यसले हगेर यो बिधि । शरीर कही कतै खाली छैन सबै दिसाले टालिएकी । हैतेरिका । ल भित्र गएर लोहोटा ले त ? पहिले ल्याइराखेको पानी उसले ल्याएको लोटामा खन्याएर उसलाई भनिन् पानी हाल त यहाँ ? कठै यी बच्चाको यस्तो बिजोग बनाएर दुबै मेलामा किन जानु परेको होला । कठै हेर त दिसा पनि खाइछ यसले । मुखभरि पनि त दिसा नै छ । यता हाल त पानी ? मोरो पानी हाल्न पनि जान्दैन ।’ बुढी एकोहोरो कराउदै बच्चालाई नुहाइदिइन् र कोर्कामा सुताउन लिएर गइन् । ‛ल हेर त यहाँ पनि दिसा नै छ । के गरु नि म त । यी बसद्टेहरूले त मलाई अचम्मृमा पारे हे ? बच्चालाई केहीबेर भुँइमा राखेर कोर्कामा लागेको दिसा सफा बनाई अर्को थाङ्नो फैरिदिइन ।
‛ल हल्ला ननिदाएसम्म हल्लाइराख ।’
लौ भाइहरूको पनि त बिजोग छ त ? कठै ! त्यसै निदाएका भुइँमा । गुन्द्रीमा पनि सुताउन सकिनस् ? तट्ट त सिल्ली नै रैछस् । यति जतन गर्न पनि नसक्ने भएपछि म त सक्दिन है भन्नुपर्छ कि पर्दैन ? फेरि आमा बाबु पनि काम भनेपछि भुतुक्कै हुने । केटाकेटी मरुन् कि बाँचुन् । केही मतलब नै छैन । इच्क्षाले पाएको भएपो हुन्थ्यो आफ् से आफ भएका सन्तान त्यसमाथि पनि वर्षौटे । अनि बिजोग नभएर कस्को हुने ?’बुढी गन्धनाउदै सबै मिलाई दिन लागिन् । सहज वाक्क परेर हेरिरह्यो ।
सबै कुरा सिकाएर बुढीआमा पँधेरतिर लागिन् । सहजले बैनीलाईकोर्कामा हल्लाई रह्यो । धेरैबेर हल्लाएपछि घुक्क घुक्क गरिरहेकी बैनी निदाई । बल्ल उसलाई अरू काम गर्नका लागि बाटो खुल्यो । विहान आमाले ढिँडो मात्र खाएर छोराहरुका लागि भातको एउटा ठल्लो कराहीमा राखिदिएको सहजलाई भनेकी थिइन् । उसले त्यो भातमा बासी मोही राखेर भाइहरूलाई उठाएर ख्वायो तर आफूलाईभने पुगेन ।
त्यतिबेला साँझ परिसकेको थियो । साझमा अगेनोमा चामल र पानी मिलाएर राखेको तर आगो फुक्नपर्ने थियो भात बनाउनका लागि । उसले अँगेनोमा आगो पहिले नै मरिसकेकाले त्यो पनि गर्न सकेन । बाख्रा थुन्न गयो तर सानो एउटा पाठो थिएन । उसले चारैतिर हेर्यो कतै भेटिएन । कतिबेला स्यालले लगेछ कि कुन्नि पत्तै भएन उसलाई । फेरि उसका मनमा छेपारो नाच्न थाल्यो । अब बाच्ने दिन आजमात्र हो कि क्या हो ? कति कुराले मलाई सताएको ? अहँ अब त म भोलिदेखि घर त पटक्कै बस्दिन । बरू स्कूल जान पाए त यस्तो आपत पर्ने थिएन । त्यहाँ त गुरूहरूले भनेको आझा माने त भै गयो । यत्रो काम पनि त आउदैनथ्यो । हैन बा पनि नसक्ने भएपछि बाख्रा पनि किन राख्नु परेकोहोला । बेचिदिए त भैजान्थ्यो । यो आपत किन दिएका होलान् मलाई ?’
‛देबीको एउटा मात्र भाइ छ । फेरि उसका बाख्रा पनि छैनन् । आमा पनि कहिले काही मात्र मेलामा जाने । धेरैजसो घरमै हुन्छिन् । घर पनि कति सफा छ । बेलामा खान पाउछे उसले । कसैले गाली गर्ने कुरै आउदैन उसलाई । हाम्रो त के हो यस्तो ? छ्या मेरा बाआमा पनि !’ तर्कबितर्क गरिरहन्थ्यो सहज ।
मैयाका पनि हजुर आमा छिन् । घरमा केही गर्नु पर्दैन उसलाई । बा पढेलेखेका कमाएर ल्याउछन् । पैसा पनि कति दिन्छन् उसलाई । आफ्ना त अर्कोले खाएको पुलुपुलु हेर्ने मात्र हो । पाइने कैल्यै हैन । कञ्जुस् कैंका । गाली गर्न मात्र जानेका । माया गर्न पनि हैनन् । अब म त मैयाकै घरमा बस्न पाए पनि यत्रो काम पनि गर्न पर्ने थिएन र लाखुले मकै खाएको हेर्न पनि पर्ने थिएन । हे भगवान बरू मलाई खेतीपाती नगर्ने त्यसमा पनि लाखुले मकै नखानेको घरमा बसाइदेऊ । यतिका दुख गरेर पनि भोकै किन बस्न परेको मलाई ? मसँग पढ्नेहरू कसैको पनि त यस्तो छैन भने मलाई किन यस्तो ? कोल्टे पेर्न पनि नसकिने भो । जतिबेला पनि शास्ति थपिदो पो छ त ! अब बाआमा भनेर पनि भएन । जेसुकै होस् म देबीको अथवा मैयाको घर बस्छु । खान दिदैनन् होला ? उसले अनेक सोचाइमा ढुडुली रह्यो ।
रात परिसकेको थियो । उसले भाइलाई थाङंनो ओडाइदियो र बैनीलाई पनि आमाको गुन्यु णडाइदिई आफू पिँढीको छैउमा कुकुर्कियो । त्यो दिन बढी मेलो भएकाले निकै अवेर गरी उसका बाआमा घर आए । आमाले घासको भारी द्वाङ्ग गर्दा उसले थाह पाइसकेको थियो । बाले स्याखु रकोदाली कुनामा फाले । अब उसको सातो गयो । बारीका मकै पनि छैनन् । पाठो पनि स्यालले लग्यो । भात पनि पकाउन सकिएन । हाडी पनि देबीले फुटालिदिई । भाइबैनीको बिजोगका बारेमा पल्लो घरकी बुढीआमाले कुरा लगाइदिने हुन कि ? कतिसम्म गल्ति भएका हुन् आज । लौ मार्ने भए । म अब स्वास दवाएर सुत्छु । बोलाए पनि पटक्कै उठ्दिन । बोट्याए पनि कोल्टे नै फेर्दिन । अनि कसरी सजाय भोग्नु पर्ला र !’ ऊ कठोरतापूर्वक सुत्यो ।
आमाले खुइइअ सुस्केर हालेर बोलाइन् ‛सहज ! ए सहज ! यो केटो सुतेछ कि क्या हो ?’ आमाले ढोका खोलिन् अँगेनोमा बत्ती बाल्न गइन् तर आगो नै थिएन ।
‛हैन खाना पकाएन छ कि के हो ? आगो त छैन अँगेनामा ।’ उनी आगो लिनका लागि छिमेकी कहाँ गइन् । आगो ल्याएर उज्यालो बनाइन् । छोरीलाई उठार दूध चुसारउदै छोराहरूलाई निहालिन् । भाइहरू कुनामा र दाजु छेउमा सुतिरहेका देखेर सहजलाई बोलाइन् सहज ! ओइ उठ्न हामी आयौं । भात पनि पकाएनछ । भाइबैनीलाई ख्वायो कि ख्वाएन । उठ्न बाबु । ए सहज !’ घच्घच्याउदै आमाले उठाउन खोजिन् तर ऊ कसै गरे पनि उठेन । सबै कुरा सुनिरहेको सहजले आज नउठ्ने र खाना पनि नखाने बिचारले सुतिरह्यो ।
बाले गौवा लिएर भैंसी गोठमा गए । भैंसी भुत्त्ला खाएर अघाएको चारैतिर भुत्ला छरिएका हालेको घास नखाइकनै दूध दियो । भैंसी दुही सकेपछि उसले ती भुत्ला देखेर ससङ्कित भए ।
‛लौ आज लाखु आएछन कि क्या हो । सत्यानासै पारेछ जस्तो छ । आज हेर्न पनि सकेनछ सहजले । कता भुल्योहोला । मौका छोपेर सकेछ मकै । बरबाद पर्यो भाच्नेबेला हुन लागेका त्यति राम्रा मकै सत्यानासै भयो क्यारे ।’ पिढीको डीलमा बाल्टी अड्याउदै उनले सहजलाई बोलाए‚‛सहज ! आज लाखुले मकै खाएछ क्या हो ? कता गएको थिइस् घरु छाडेर ? सबैतिर भुत्लाहरू छरिएका छन् । भैंसी पनि ठस्ठसी कनेको छ‚ भुत्ला खाएरै होला । अझ बारीमा कति छन् । के गर्ने ? केटाकेटीको भरमा छाड्नुको परिणाम यस्तै हुन्छ । यो पनि काम लाग्दो केटो भएन ।’ बा फत्फताउन लागेपछि ऊ झन नचलिकन भित्तोतिर फर्केर सुतिरह्यो ।
अझ पाठो पनि नभएको थाह लागेपछि त ठूलै सजायको भागि हुनु पर्ने डरले ऊ बढी आत्तिरहेको थियो । त्यतिकैमा आमाले खाना पकाइन् । दूध पनि तताइन् । भट्ट र गुन्द्रुक पकाएको बास्ना सहजको नाकसम्म पनि पुग्यो । उसलाई भोकले ज्यादै करापेको थियो ता पनि त्रासको तापले तड्पिएको बिचराको होश नै सही ठाउँमा थिएन् ।
‛सानु ! उठ । ल आमा आयन् उठ । ल माम खान्छ छोराले । ल मेरो कान्छो पुन्टरी ! आऊ ल बुबुमाम खाऊ ।’ दुबैजना निन्द्राले लठठिएका थिए र पनि आमाले दुबैलाई झुलेकै अवस्थामा केही खाना ख्वाएर सुताइन् । सहजलाई कसै गरे पनि उठाउन सकेनन् दुबैले ।
‛कि बिरामी छ र हो यो ? यस्तो लठ्ठीएर सुत्दैनथ्यो कहिल्यै ।’
‛छाम छाम टाउकोमा ज्वरो त आएको छैन त्यसलाई ?’
‛हैन केही तातो त छ तर ज्वरो त हैन कि !’ आमाले निचोड निकालिन् ।
रात निकै गैसकेको थियो । सहजलाई उचालेर भित्र मजेरीमा सधैं झै सुताए । छेउमा बैनी लिएर आमा अनि आडमा भाइहरू । बाभने कुनातिर राखिएको खाटमा सुते । सहजको पेटले मागे पनि पीरले गर्दा बढी आत्तिएको थियो । तर पनि दिनभरिको धकान र कुदाइको चापले भुसुक्कै निदायो ।
भोलिपल्छ बिहानै आमा घरको धन्दामा लागिन् । बा गोठको । त्यही बेला सहज देवी कहाँ गयो पिल्पिल गर्दै । देवीकी आमाले मकै पोलेर दिनुभयो र देवी अनि आफूले पनि एउटा पड्को लिएर छडाउदै भन्नु भयो‚ ‛आज त कति छिट्टै आएको बाबु । आमा छैनन् घरमा ? अनि किन आएको कसैले गाली त गरेन् तिमीलाई ?’
कुरा सिद्दिन नपाउदै देवीले भनी‚ ‛उसलाई घरमा गाली गरेका होलान् आमा ।’
‛किन नि ।’
‛हिजो उसका सबै मकै लाखुले खाइदियो । फेरि बाख्राको पाठो पनि स्यालले लग्यो । त्यसैले आमा ।’ उसले माया गरेरै बताई वास्तविकता ।
ए ! ल अब भै गयो नडराऊ । केही हुदैन । म पनि भनि दिउँला । केही गर्दैनन् । आखिर आमाबालाई पनि त तिम्रो माया लाग्छ नि ! अहिले त खति भएकोबेला रिस उठेर केही भनेहोलान् । पछि केही हुदैन । सबै ठिक हुन्छ ।
उही बस्नका लागि गएको सहज केही भन्न नै सकेन । आँखाभरि आँसु लिएर मकै खान थाल्यो हिजोदेखि केही नखाएको त्यो मकै एकैछिनमा नै खाइसक्यो । देवीकी आमाले घरमा नै पाकेका केरा थिए एउटा सहजलाई र अर्को देवीलाई दिइन तर देवीले त्यो पनि सहजलाई नै दिई । दुबै केरा खाइ मात्र के सकेको थियो । उसकी आमा खोज्दै उही आइन् र भनिन् । ‛म जताततै खोजें यसलाई यो त केही नभनी यहाँ पो आएछ । किन आएको यहाँ ? हिड् घर जानुपर्दैन । आज पनि हिजैको मेलो सकिएको छैन । छीटो गरी जानु छ ।’
देवीकी आमाले थाह नपाए झैं गरी सोधिन्‚ ‛मकै बाँदरले खाएछ कि क्या हो हिजो ?’
‛अँ तनि दिदी ! सबै मकै सखाबै पारेछ । फेरि पाठो पनि केले लगेछ खोरमा नै रहेनछ । मकै भुट्ने हाडी पनि भुटाएछन् कसरी हो केटाकेटीले ।’
केटाकेटीका भरमा तिमी पनि यतिको काम गर्न लगाएर मेला जान्छेउ । यस्तै हो यिनीहरू कहिले खेल्छन् । त्ही भुल्छन् । अनि काम बिग्रेर जान्छ । यसको दोष हैन । त्यो हाम्रो पनि दोष हो ।बिचरा सहजलाई केही नभन बैनी ।
हामीले नै अड्कल पुर्याएनौं भने काम बिग्न जान्छ तर दोष यिनीहरूले पाउने मात्र हुन् । तर अभा हामीलाई नै हुन्छ । एउटाले घर नछोड ल । ल जाऊ ल जाऊ बाबु घर आमासित ।’ उनले सहजलाई ढाडस दिएर भनिन् ।
घरमा अझैं बस्नका लागि असहज भएजस्तो गरी जानका लागि इन्कार गरे पनि आमाले उसलाई घर लगिन् । पहिलेको जस्तो सबै जिम्मा नलगाए पनि राखिदिएको खाना भाइबैनीलाई खुवाउने र आँगनमा राखिएको घाँस भैसीलाई हालिदिने काम सिकाएर आमा हिजो नसकिएको मेलो सक्नका लागि गइन् । आज काम सकेर छिट्टै घर फर्कने भएकाले बेलुका गरिने कामहरू गर्न परेन । छउका मकै सबै लाखुले खाइसकेकाले विहानै सबै ढोड र मकै उसका बाबाले काटिसकेका थिए ।
ल राम्री हेरेस् यिनीहरूलाई । दिउँसो पानी दिनु भैसीलाई । बाख्लाई केही गर्नुपर्दैन । मैले घाँस टाट्नोमा बाधिदिएकी छु । मकै पोलेर राखिदिउकीछु । भोक लागेपछि खानु । म अहिले गएँ । आमा स्याखु च्यापेर आँसीर नाम्लो लिई लागिन मेलामा । उसले मकै कुर्न नपरेपछि आराम भएको महशुश गर्यो । भाइबैनीहरूलाई खेलाउदै ऊ घरैमा बस्यो । हिजोको जस्तो देवी र मैना पनि आएनन् उसकोमा र ऊ पनि गएन । दिन सजिलै बित्यो ।
अध्ययन र काम
किसानको काम कहिल्यै सकिने र फुर्सद हुने समय नै आउँदैन । फेरि साना ठूलासम्मका लागि काम हुन्छ । कहिले रोप्ने कहिले काट्ने कहिले दाइँ त कहिले हियँदेबाली छर्ने र थन्क्याउने । त्यसपछि पशु पालेपछि त्यसको तुनेलोले दैनिक सताउने कुरा त भन्नपरेन । यसका अतिरिक्त घरका अन्य नदेखिने कामहरूमा धेरै समय नजुधी सुख नै हुदैन । पाखो बारीमा कहिले मकै कहिले कोदो त कहिले तोरी साथै गहुँ त्यसमाथि सागसब्जी तथा आलुलगाएतका तरकारी उत्पादन पनि आफैले गर्ने भएपछि कामको लेखाजोखा गरेर पत्तो लाग्दैन । एउटा काम भए पो सजिलो हुन्छ तर हजारौं कुरा गरेर आत्म निर्भर हुन खोज्दा त्यसबाट सानादेखि ठूलासम्मका सबैले सास्ति भोग्न बाध्य नै हुन्छन् । यस्ता घरहरूका केटाकेटीहरू स्वतन्त्र हुनै सक्दैनन् र आशातित उपलब्धी हासिल गर्न सकिरहेका हुदैनन् ।
काम गरेर पनि उसको मानसपटल सिक्नमा नै लागेको थियो । ऊ दिनहुँ विद्यालयमा सिकाएका विषयवस्तुहरू समय निकालेर सकिहाल्थ्यो । घरमा आमा बाका लागि पढ्ने कुरा गौण थियो । मूलतः काम नै ठूलो मानिन्थ्यो । छिमेकका अरू बच्चाहरूभन्दा बढी प्गति देखाउन सक्षम थियो । काममा अधिकांश समय खटिए पनि सहजले पढ्ने कुरामा राम्रो प्रगति गरिरहेको थियो ।
सहज प्रथम व्दिप्तीय र तृतीयभध्ये कुनै न कुनै स्थान ओगट्न सफल भै पसरस्कृत हुन्थ्यो । ऊ आड कक्षामा पुगी सकेको थियो । अञ्चलस्तरीय बोर्ड परीक्षामा पनि दोस्रो भएको सहज घरमा पढ्न पाउदैनथ्यो । करिव एक कोष पर रहेको बेशी विहान वेलुका आउने जाने गर्नुपर्थ्यो । त्यसमा पनि खोजेर घाँस दाउरा गर्नुपर्ने बाध्यता नै थियो । गोठको धन्दा सकेर दूधको गौवा र दाउराको भारी वा घाँसको भारी बोकी पसलको बाटो घर फर्कदा शिक्षकहरुले देख्छन् भनेर घुमाउरो बाटो घर आउथ्यो । चार बजेपछि घर आएर दैनिक तोकिएका कामहरु गर्ने र शनिवार मेलो मल बोक्ने तथा खेत खन्ने काममा जानुपर्थ्यो । रामरमाइलो र घुमफिर भन्ने कुरा उसको नैसतमा लेखिएको नै थिएन भन्दा फरक पर्दैनथ्यो ।
अधिकांश वेलुका खाना खाएपछि आमाले धान कुट्ने गोदोतथा मकै पिस्ने गर्दा सघाउनु पर्थ्यो । आफूले कुट्ने र आमाले निफन्ने केलाउने काम सकेपछि बल्ल उसको पढ्ने समय आउथ्यो । पढ्दापढ्दै कतिबेला त्यतिकै निदाउथ्यो पत्तै हुदैनथ्यो । घडी कहाँ पाउने त्यतिबेला । तै पनि उसका लागि त्यो आकाशको फल नै थियो । विहान चार बजे फेरि आमाले उठाएर गोठ भैंसी दुहुनका लागि जानै पर्थ्यो । त्यति लामो बाटो दूध लिएर आठ बजे आउने र खाना खाएर गाँडमा ढिंडो लिएर एककोक्ष टाढाको स्कूल जान पर्थ्यो दैनिक । तर पनि समयमा नै पुग्थ्यो सहज । बाँकि रहेको होमवर्क स्कूलको खाली समयमा पनि गर्थ्यो । कोही विषयका होमवर्क त पढाउदापढाउदै सकेर बस्थ्यो जसले गर्दा तनाब कम हुन्थ्यो । अरू सबैको लागि कम समयले पुगे पनि म्यथका लागि समय पुग्दैनथ्यो । रातको अधिकांश समय त्यसैले खान्थ्यो । आफूलाई मन पर्ने विषयमा ध्यान दिन नपाउदा दुखी भए पनि परीक्षामा भने प्रथम नै हुन्थ्यो । झण्डै पूर्णांक नै ल्याउन खोज्थ्यो उसले । गुरूहरूले पनि असाध्यै माया गर्थे उसलाई । कहिलेकाही ऊ स्कूल जानबाट बञ्चित हुन्थ्यो चर दिएएको होवर्कभने उसले साथीसँग लिएर गरिसक्थ्यो । भोलि पढाउने पाठलाई आजै एकपटक हेर्ने र त्यसको जानकारी लिने गर्नाले सजिलै पढाएका विषयवस्तरहरू चिरस्थायी हुने गर्थे । स्कूलमा आफूले जानेकाकुराहरू अरूलाई पनि सिकाउने र कहिले त पठाउथ्यो पनि ।
आमालाई कामको बढी बोझ त्यसमा पनि छवटा सन्तानको जतनपतन तथा खानपिन गराउन निकै कठिन भएकोले सहजको विवाह गर्नका लागि केटी हेर्न थालेका थिए बाबाले । बाबाको खराव जुवाको लत कहिले घर आउने वा नआउने कुनै ठैगानै हुदैनथ्यो । पैसा कमाउनका लागि भारी बोकेर नुन तथा अन्य कुराहरूको ब्पार तथा भैंसी पालेर दूध बेचेर सहरबाठ कमाएर नल्याएका पनि हैनन् बाले तर जुवामा लागेपछि सन्तानले पाउने दुःखको कुनै सीमा बताउन सकिदो दैनथ्यो जुन भोग्नेलाई मात्र थाहा लाग्थ्यो । कहिले दुहुनो भैंसी नै त कहिले हलको गोरु नै जान्थ्यो जुवामा हामी त्यसरी भैंसी फुकाएर लग्दा सबै रुने गर्थ्यौं । चर कतबाट फेरि बस्तु जुटाइहाल्थे । एक मन त भैंसी नभए सुख हुने र केही समय भए पनि पढ्न पाइने आश हुन्थ्यो उसलाई । तर ससाना भाइबैनी दूधकै आधारमा बचेका र ढिंडोको वलन पनि हुने भएकोले खान सजिलो भएको र बेलाबेलामा मोही खान पाउदा थकाइ नै बिर्साइदिने भएकोले दुःखलाई नकार्न पर्ने बाध्यता नै थियो ।
दश कक्षाको टेष्ट चलिरहेको थियो । सधैं झैं कुटानी सकेर सबै सुतिसकेपछि उसले भोलि हुने परीक्षाको तयारीमा जुट्यो । सानो धिपधिपे पानस झुम्राको सलेदो तेल बचाउनका लागि कम बल्ने बनाइएको बत्तीमा पढी रह्यो । पढ्दापढंदै कतिबेला हो कुन्नि उसले थहा नै पाएन उसको टोपी नै सबै ठडेछ । केही भागको कपासमे डढ्दा मात्र गन्ध आएपछि उसले थाहा पायो । उसको पढाइ प्रतिको ध्यान कडा भएकाले पनि उसले पहिले त्यो घटना थाह पाएन । नजानेको कुरा सिक्नका लागि जाने ठाउँ कतै थिएन । एक दिन नजानेको कुरा सिक्नका लागि समय निकालेर गुरू कहाँ जाँदा गुरु नै घर नआएका र आएपछि पनि अर्को दिन सिकाइ दिउँला आज त स्कूल जान ढिला भस्क्यो भने टारिदिएकाले पहिलो कक्षा नै छुटेको थियो उसको ।
ट्युसन पढ्ने भन्ने उसकालागि सुपाच्य नै हुदैनथ्यो । साथीहरूसँग पढेका विषयवस्तु हेरेर अध्ययन गर्थ्यो । भित्र पढ्दापढ्दै गरेको एउटाले देख्यो र भन्यो‚‛हर त त्यो त फिरीमा सुनिरहेको झ्यालबाट । त्यसलाई यहाँ आउन दिन हुदैन ।’
अर्कोले प्याच्च भनिहाल्यो‚‛पैसा तिर्न नसक्ने पाजिले पनि सिक्न खोज्नु ? त्यो त धुर्तले मात्र गर्ने हो । त्यसलाई आउन दिन हुदैन ।’
सहजसँग मिल्ने दिक्षाले भनी‚‛त्यहाँ आएर के भो त ? तिमीहरूलाई दुःख दिएको छैन क्यारे । सबैसँग पैसा हुदैन रपैसा भए पनि समयले पनि साथ दिदैन । उसको घरमा कति काम हुन्छ ? त्यस्तो भए तिमीहरू स्कूल जाने त के कुरा घरबाट बाहिर पनि निस्कने थिएनौ । साथीले साथीलाई सहयोग नगर्ने हो भने के को मानव भएर हिड्ने । छ्या घिन मर्दाहरु । आखिर तिमीहरू जति पढे पनि केही लखर्पाटो लगाउने हैनौ क्यारे । परीक्षामा उही प्रथम हुन्छ म्याथमा जहिले नि । के को यस्तो फुर्ति उलालेको होला बिथ्थैमा ।’
दीक्षाका बाणयुक्त बचनले कोही बोल्न सकेनन् । त्यसपछि शिक्षक आएर पढाउन थाले । त्यो दिन सबै पढाएको सुनेर अरू कोठाबाट ननिस्किदै पहिले नै सहज चल्यो घरतिर । दिक्षाले खोजी गरी तर त्यहाँ सहज थिएन ।
समय मिल्यो यदि भने साथीहरू पढेको लुकेर झ्याल पछाडिबाट सुन्ने र जान्ने प्रयत्न गर्थ्यो तर त्यो पनि साथीहरूको डाहाले गर्दा सधैं सिक्न पाएन उसले । दिक्षा र समिरले भने उसलाई केही माया गर्थे र पढेको देखारउथे । त्यसलाई पनि उसले अध्ययनको आधार बनाउने गरेको थियो । नजानेका बेला उनीहरूले पनि सहजको सहयोग माग्थे र उसले सिकाइदिन्थ्यो ।
कक्षा दशको जिल्लास्तरीय टेष्ट चल्यो । शुक्रबार नेपाली दिएर बिद्यार्थीको आन्दोलनमा सनिवारका लागि गयो । शनिवार विहान नौ बजेदेखि सहरमा लाल्टिन बालेर जुलुस निकाल्ने कार्यक्रम थियो । त्यसमा उसलाई एउटा थोत्रो लाल्टिन भिर्न लगाइयो । सबै सरकार बिरुदुधका नाराहरू लगाउदै सडक नै पारदै हिडे । केही समय त मनोरञ्जन दियो त्यसले । केहीबेरमा नै पुलिसको भेन आयो र केहीलाई समातेर भ्यानमा हाल्यो । बाकि सबै कता भागे । बिचरो सोजो सहज बाटोको किनारामा उभिरह्यो । उताबाट पुलिस करायो‚‛ए त्यसलाई समात । हेर अझै पनि लालट्टिन लिएर उभिएको । कस्तो लाज पचेको कैति रैछ ।’
ल आइज खोरमा बस्न । एक झ्याप हान्यो गाला फुट्ने गरी । बिचर गाउँको सोझो कहिल्यै सहर नदेखेको । त्यस्तो कुटाइ पनि कहिल्यै खाएको थिएन । समातेर लान खोज्दा उसले भन्यो‚‛मैले गल्ति गरेको छैन । मलाई नलग्नुहोस् । फेरि मेरो भोलि जाँच छ । म त सहर हेरन मात्र आएको हुँ । म बिरोध गर्न आएको होइन ।’
अर्को पुलिसले अर्को चड्कन लगाएर उसका कुरै नसुनी भ्यानभित्र फ्याँक्यो । रात भरि चिसो सिमेण्टमा भोकै रहनु पर्ने त्यो पनि बेलाबेलाको बुटको गोदाइ खाएर । भोलिपल्ट दिउसो एक बजेतिर केही नगर्ने सर्तनामा गराई छोड्यो पुलिसले । सगै निस्केको एक जनाले बाटोमा एकमुठी चिउरा दिएको थियो । त्यही खाएर बाटो काटंयो । शरीर पुरै सुनिएको थियो निला ठामहरु स्पष्टे देखिएका भए पनि खोच्यउदै राती दश बजे घर पुग्यो । आमालाई बोलाएर राखिदिएको भात खायो । आमाको गाली अझै बाबाको दनक पनि सहन पर्ने हो कि भन्ने आशंकाले ऊ तुरुन्तै गएर सुत्यो । अरुदिनका परीक्षा पनि दियो तर छूटेको आइतवारको परीक्षा लिइदिन निवेदन गर्यो । हेड सर ! मेरो इक्ज्याम लिइदिनोस् न । म बिरामी भएर आउन सकिन ।’ ऊ रोयो ।
हेड सर मुसुमुसु हासे र भने‚‛नियमले नमिल्ने हो तर पनि राम्रो विद्यार्थी के गर्ने खै बिचार गर्नु पर्ला सबै सरहरूसँग सल्लाह गरेर । भोलि दश बजे नै स्कूल आउनु ।’
सहजको होस् अलि पलाएर आयो । ओइ ! पररीक्षा त दिन पाइन्छ कि क्या हो ? हेड सर त आशाबादी खेखिए त । हैन मैले ठाँटै पनि उनले त केही भनेनन् त । सबै कुरा थाह रैछ कि क्या हो ? ऊ अनेकौं तर्कहरू गर्दै घर फर्कियो । घरमा आउदा पहिले नै साथीहरूले सहज त जाच दिन नगएकाले फेल हुने भो भनेर सुनाइदिएकाले बाबाआमा रिसले आगो भएका थिए । जाने बित्तिकै उसले उनीहरूको खप्की खायो पेटभरि । अन्तमा बाले भने‚‛जे भयो राम्रै भयो । अब एकोहोरो काम गर्छ यसले । एउटा भैंसी थपिदिनु पर्ला । मेलापातका लागि पनि सजिलो भयो । परिवार चलाउन कति कठिन थियो अब सहजले सहजै बनाइदियो । अनेक कराहरु गरेर फतारिए बा । आमा केही नबोलेर मौन स्वीकृति जनाइरहिन ।
भोलिपल्ट ऊ खाना खाएर अराइएको काम छोडेर स्कूल गयो । ट्ठ्कूलको गेटमा नै हेड सर देखिए ।
‛नमस्कार सर !’ ऊ थर्थर्ती कमेको थियो । उसले राम्री सरको अनुहारमा हेर्न पनि सकेको थिएन । एकैछिनमा उनी बोले ‛नमस्कार नमस्कार बाबु !’ आयौ तिमी । ल जाऊल दश कक्षामा गएर बस । म प्रश्नपत्र लिएर कसैलाई पठाई दिन्छु । राम्री दिनु ल इक्ज्याम ।’
हेड सरको कुराले उसको गुमेको होस् फेरि फर्केर आयो । ऊ थचक्क बस्यो । चारैतिर हेर्यो सबै रुख तथा जमिन हल्लेको देख्यो । बिस्तारै केहीबेर पछि उसले बल्ल आँखा देख्यो । हेरिरहेका सरले अचम्म मान्दै सोधे के गरेको सहज तिमीले ? किन एक्कासी भूँइमा बसेको ? ल जाऊ भने पछि तुरुन्तै जानु पर्छ र ! गै हाल छिटो ।
ऊ खुशी हुँदै दगुर्यो कक्षातिर । केहीबेर कक्षामा नै बसिरह्यो । केही सोच्न पनि सकेन । केही समयपछि उसलाई आत्मबल पलाएर आयो र उसले आफैलाई प्रश्न गर्यो‚‛जाचै दिन नपाएको भए के हुन्थ्यो ? कसो दिन पाइयो । साच्चै हेड सर यस्तो पो हुनुपर्छ । अचम्मै दयाका खानि । नजानेर तके भो । पास जसरी पनि हुन्छु । यस पटक पुरस्कृत नभैएला । केही छैन । बाबालभने अनुसारको अहिले नै गोठालो हुनु त पर्दै न नि ! यति पास भएपछि त घर मोरे पनि बस्दिन । एउटा जागिरमा झुडिन्छु । कतै पढाउने काम पाए त राम्रै पनि हुन्थ्यो । बिभिन्न तर्कहरु गर्दागर्दैमा लेखाका कर्मचारीले प्शनपत्र र कपि लिएर मलाई दिए र भने‚‛ ल समयमा नै बुझाउनु पर्छ । समय सकिएपछि एक मिनेट पनि दिदिन । अब तिम्रो समय सुरु हुन्छ । म यही कुर्चीमा बस्छु । दायाबाया त पक्कै गर्दैनौ । त्यो त मलाई पनि थाह नै छ । ल लेख है ?’
‛प्रश्न पत्र खोलेर हेरें । सबै सजिलै । अचम्मैका प्रश्न सबै जानेकै आएछन् । ल अब लेख्छु ।’ पेपर मोडेर सहज लेख्न सुरु गर्यो । बिचमा कपि माग्यो एकैचोटि तीनबटा पेपर । तोकिएको समयमा नै उत्तरपुस्तिका बुझाएर खुशीले गदगद हुदै घरतिर लाग्यो ।
पन्धदिनपछि रिजल्ट भयो । सबै हेर्नका लागि स्कूल गए । तर सहज बेशीमा काम गर्न जान परेकाले जान पाएन । उसलाई मन नपराउनेहरू भनिरहेका थिए‚‛अहिले त सहजको परीक्षा राम्रो भएको थिएन । सायद बिग्रोहोला । नभए पनि पसरस्कृत त हुदैन ऊ । यस पटक त अरु नै हुने भए अग्र पङ्तिमा ।’
यस्तैयस्तै कोही के भनिरहेका थिए भने कोही अर्कै । अनेक तर्क बितर्क गरी सबै भित्तामा टाँसिएको बसलेटिन हेर्न थाले । दिक्षाले सबैलाई देखाई र भनी‚‛देख्यौ ? सुन कहिल्यै पित्तल हुदैन । राम्रो मान्छे जहिले पनि राम्रै हुन्छ । पहिलोमा बिबेक आए पनि दोस्रोमा त सहज नै छ त । अचम्म मेहनति छ है सहज । त्यस्तो परिस्थितिमा पनि दोस्रो हुन सफल भयो । मान्न पर्छ है उसको परिश्रमलाई ।’
रिजल्ट हेरेर आएकाहरू पसलको बाटो कुराहरू गर्दै गएका थिए । कोही पास र कोही फेलका कुराहरु एक आपसमा मन्थन गरी हाँसेर हिडिरहेका थिए । पसलमा बसेका सहजका बाबाले सोधे‚‛ हाम्रो सहजको रिजल्ट त बिग्यो होला यो पटक त हैन बिबेक ? के भयो ? देखायो होला रिजल्टले ?’
दोस्रा भयो सहज । के के फेल हुने । अझ नियमित नै दिन पाएको भए त पहिलो नै हुने थियो ऊ । बिचैमा उछिनेर कान्छीले बताई । पसलमा बसेकाहरूले सहजको तारिफ गरेदै भने‚ ‛सबैभन्दा असल छोरो हुनु भनेको सहज जस्तो पो हुनु । यस मानेमा कान्छा दाइ बहुतै भाग्यमानी मान्नु पर्छ । यसले तपाइँको नाम राखेर छाड्छ ।’
हाम्रो त दुईदुई महिना ट्युसन अनि काम केही छूने हैन तै पनि फेल भएछ । के गर्नु ? कोही अवसर नपाउदा पनि सोचेभन्दा राम्रो हुने कोही अवसर बढि भएर पनि प्रतिफल दिन नसक्ने । के भएको होला ? कसै गरे पनि राम्रो बनाउन सकिएन छोरालाई‚’अपिलका बाबाले पीर मान्दै भनिरहेका थिए ।
रिजल्ट भएपछि सबै पठ्नका लागि शहरतिर लागे जहाँ एस एल सी को सेण्टर पर्थ्यो । त्यही नजिकै डेरा खोजेर बस्ने र ट्युसन पढेर राम्रोसँग पास गर्ने सबैको उद्धेश्य हुन्थ्यो र त्यसैको लागि सबै टेष्ट पास भएकाहरू फाइनल एस एल सी को तयारीका निम्ति कुम्लोकाम्लो बोकी लागे । उनीहरु गएको पन्ध्र दिनपछि घरका कामहरू सकेर सहजले जाने बिचार गर्यो जहाँ कि अब परीक्षा आउन करिव बीस दिन बाँकि छदा । उसले बाबासँग सोध्यो‚‛म अब त परीक्षाका लागि सहर जानुपर्छ कि बाबा ? डेरा पनि चाहियो । के गर्ने जादा हुदैन ?’
सहरम दिदीको घर छ । त्यही गएर बस्ता हुन्छ । चाहिने चामल र तरकारी घरैको लाने । फेरि भिनाजु पनि कर्मचारी छन् ठूला । ट्युसन पनि उनैले हेरिदिएपछि पैसा पनि लागेन । उही गएर निर्वाह गरी जाच दिएर आइज । ल भोलि बिहान गए हुन्छ । यहा पनि तँ नभएपछि आमालाई सघाउने कोही हुदैनन् । भाइले अलिअलि त सघाउला तर तँ नै भए जस्तो अलि हुदैन । चाहे जे सुकै होस् जानै पर्ने भएपछि भोलि जा ।’
‛कति चामल चाहिएला ? कति समय बस्न पर्ने हो त्यहाँ ?’ चाहिने चामल र तरकारीका लागि आमाले सोधिन् ।
‛लौ भन त कति दिन पछि सुरू हुन्छ जाच ? अनि कति दिन जाच चल्छ ? त्यसको आधारमा लैजानुपर्छ चामल र तरकारी । तरकारी त कमै लगे पनि हुन्छल । उनीहरूकै काटेर दिए पनि भै हाल्ने भो । कति दिन रे ?’ बाबाले लेग्रो ताने ।
‛परीक्षा पर्सीबाट गन्दा सत्रदिन र आठ दिन जाच हुने दिन गरी जम्मा पच्चिस दिन बस्नुपर्छ ।’‚ उसले नढाटिकन गमेर बतायो ।
‛त्यति जाबो दिनका लागि केही नलगेर केवल किता मात्र बोकेर गए पनि हुने हो तर पनि तीनपाथी चामल लगे पुग्छ । तरकारी एकमाना दाल र एकमाना भट्ट हालिदे बुढी यसको झोलामा’ बाबाले आमालाई हकारेर भने ।
विहान मिर्मिरे नहुदै आमाले खाना ख्वाएर झोलामा पोका पुनतुरा राखी पठाइन । वनको बाटो छिस्रिक्क फट्याङ्ग्रो उफ्रदा पनि सातो जान्थ्यो तर पनि पढ्न जान पाएकोले सहज गयो मनमा डर लुकाएर भए पनि ।
आफन्तकोमा बस्दाको कारुणिकता
विहान त्यति छिटो हिडेको निरन्तर हिडिरहदा पनि साँझ पर्दा पुग्यो ऊ दिदी कहाँ । भिनाजु बस्नै आएको भन्ने थाह पाएपछि त्यति खुलेर बोल्न नचाएको उनको मुद्राले देखाइ रहेकव थियो । बजारीया बनिसकेकी दिदीले पनि सामान खोलेपछि देखिएको अनुहारले राम्रो संकेत देखाइ रहेको थिएन ।
‛ल खाना खान आइज । भोकाएको होलास् । बाटोमा केही खाइ कि खाइनस् ?’ उसले नबोलेरै पचायो किन कि चाहिने पैसा बाहेक अरू पैसा थिएन उसँग । के पाएर पो खाओस् ।
दिदीले भात दिइन् र भनिन् ‛मागेर खा है ? फेरी भोकै होलास् नि । लाज मान्न हुदैन ।’
ऊ नबोलिकनै सपासप खाएर उठ्यो । मुख धोएर आफ्ना किताव तथा कापीहरु सुत्ने ठाउँमा लग्यो । अझै धुवा नसकिएकाले आँखा अझै पोल्न छाडिसकेको थिएन । तर पनि बिस्तारामा बसेर पढ्न थाल्यो । केहीबेर पढेपछि थकानले हैरन परेको सहज कतिबेला निदाएछ उसैलाई पत्तै भएन । एकैचोटि विहान पो बिउँझियो ।
हातमुख धोएर पढ्न बस्यो । ‛अरू सबैले पढाइमा प्रगति गरे होलान् म बल्ल आएको त्यसमा पनि हाल त यस्तो छ । कसरी पास भैएला खै ?’ उसले आफैले आफेलाई सोध्यो ।
पढ्न के सुरू गरेको थियो भिनाजुको कर्कसो आवाज कानमा बज्र्यो‚‛ हैन खान जान्नेले फाल्न पनि त जान्नुपर्छ । कस्ले फोहर गरेछ चर्पी ? यस्तो पनि कसरी गर्न सकेको होला । अब चसफा गर्ने मान्छे भर्ती गर्न पर्ने भो । के भो यस्तो ?’ दिदीले केही नबवल्न भनेको सानो आवाजले मेरो मन ठेगानमा रहेन ।
‛मैले त ट्याइलेटमा पिसाब मात्र गरेको थिए । थाकेको भएर हो कि किन हो दिशा भएकै थिएन । पिसाब परेर पानी राखेकै हो । अनि कसरी मैले फोहर गरे हुँला । खै पहिलो दिनमा नै यस्तो भएपछि बस्न सकिएला जस्तो छैन ।’ ज्यादै पीर लाग्यो उसलाई ।
एवम् रितले कहिले के दोष त कहिले के दोषको बहाना दिनदिनै थपिन थाल्यो । कहिले पानी बढी पोखीएछ कस्ले हो ? कहिले बिनासित्तैमा अर्काको टहल गर्नु पर्ने के हो यस्तो ? कैलेको ऋण तिर्नु रैछ र हो ? अने बहाना आइरहे । यसै गरी बार्ह दिन बिते । पढाइ दिनरे कुरा त परै जाओस् । सन्तोषले बाच्न पनि मुस्किल भयो ।
‛कोही आफन्तकोमा पढ्न वा अन्य काम गर्न भनेर नबसोस् र कुनै अविभावकले पनि त्यसरी आफन्त कहाँ पढाएर उसैको भरमा राख्ने चेष्टासम्म पनि नगरोस् । अझ सिकाउने कुरा त परै जावोस् । बिना सित्तैमा गरिएको आशले बगरको बास बनाउँछ भन्ने उखान त्यसै बनेको होइन रैछ । हुन त दिदी आफ्नै आमाले पाएकी नभएकोले पनि बढी तिरस्कृत हुन परेको होला । पहिले हाम्रो घर जाँदा भाइलाई सहर पढ्न पठाउदा मेरैमा बस्ने गरी पठाउनुहोला । केही ल्याउने पनि पर्दैन । बस्न र खानका लागि केही आपत्ति छैन भनेकी दिदी आज किन त्यसरी बटारिन परेको होला । अनि त्यो भिनाजु भनाउदोलाई पनि त्यति साह्रै सिँगारेर सिनेमाको नक्कली पात्रको रुपमा किन उभ्याउनु परेको होला । मन नपरे जा भने त म जे गर्थे गर्थे । एउटा उपायको खोजी अवश्य नै हुन्थ्यो । मान्छे कतिसम्मको स्वार्थी हुन्छ भने पाउदासम्म कति जाति पाइनसक्नुको हुँने तर आफूले सहयोग गर्नुपर्दा त्यति असजिलो मानेर रडाको मच्चाउने । अचम्मै छ बा दिदीको ब्यबहार पनि ।’ पहिलेकी दिदी र आजकी दिदीका बारेमा कुराहरू खेली रहे उसका मनभित्र ।
भोलिपल्ट साथीहरुको अवस्था बुझ्न बजार गयो सहज । जादा बाटोमा दिक्षालाई भेट्यो र बोलायो दीक्षा ! दीक्षा !! हैन सुनिनौ कि केहो ? तर अगाडि हिडीरहेकी हुनाले उसले सहजको बोलि सुनिन । केहीबेर दौडेर उसलाई भेटायो ।
‛अबि ! तिमी यहाँ कसरी ? कहाँ बसेका छौ ? अनि कसरी देख्यौ तिमीले मलाई ? म तँ टंयुसन जान हतार भएर हिडेकी । अनि तिमी त ?’ हतारिएर सोधी उसले ।
सहजका आँखाबाट एक्कसी बर्षा सुरू भयो । ऊ केही नबोलेर एकोहोरो घुक्क घुक्क गरिरह्यो । दीक्षाले सहजको हात समातेर बाटो किनारमा लगी र भनी‚‛किन रोएको । रुन पनि हुन्छ । यो अर्काको ठाउँ हो । यहाँ हामीलाई माया गर्ने को पो हुन्छन् र ! दिदी फुपू र अन्य आफन्त पनि छैनन् यहाँ ।’
भन्दाभन्दै ऊ झस्क्यो ।
‛किन डराएको ? कसैले केही गर्यो अथवा केही हरायो ?’
‛केही भएको छैन ।’
‛अनि किन त ! तिमी त असाध्यै दुःखमा पनि खप्ने मान्छे । आज यति पीर गरेर यो अवस्थामा किन ?’
‛कुरा धेरै र कारुणिक छन् । अहिले भनेर सकिदैन । भोलि भनुला फुर्सदमा । तिमी पढ्न जान लागेकी रहिछौ । जाऊ तर म तिमीलाई कतिबेला भेट्न सक्छु ?’ आँसु पुच्दै उसले नम्रतापूर्वक सोध्यो ।
‛एक घण्टापछि सकिन्छ । अनि अर्को पनि ट्युसन छ म्याथको तर म्याथ त तिमीले बरू राम्ररी सिकाइदिने थियौ । सरको शैली मैले त बुझ्नै सकिरहेकी छै न । करिब नजिकै बस्न पाएको भए पनि हुने थियो । कि आज तिमी म कहाँ नै बस्छौ त ?’ तिमीसँग कसरी बस्ने त ? बस्ने ठाउँ नै छैन होला नि फेरि । कस्कोमा बसेकी तिमी ?’ उसले आफ्नैमा बसेकी होली ठानेर डराउदै सोध्यो ।
‛दाजुको कोठा हो । अहिले दाजु दश दिनका लागि काठमाण्डौ जानु भएकोछ । अहिले दाजुकी छोरी बहिनी र म मात्र छौं । एउटा कोठा खाली नै छ । बस्नलाई कुनै समस्या नै छैन । मान्छौ मेरोमा जानलाई ?’ उसले नपत्याउदो पारामा सोधी ।
आत्तिएको सहजले भन्यो‚‛हुन्छ त आजलाई बस्न देऊ न त !’
‛भै हाल्छ नि ! लौ ढीला भो पढ्न जानलाई । हिंड तिमी पनि मसँगै पढ्न । हुदैन ?’
ऊ अकमकायो र केहीबेरपछि भन्यो‚‛मैले पैसा नतिरेकोले मलाई सरले बस्न दिनुहुन्छ त ?’
‛केही हुदैन । म कुरा मिलाइहाल्छु सरसँग मेरो राम्रो चिनजान छ ।’
‛पढ्नेहरू कस्ता छन् । हाम्रा केही चढेका कक्षाका मित्रहरू जस्तै भए त किन जानु । फेरि तिमीलाई मेरो कारणबाट अपगाल किन लिन बाध्य बनाउने । म यही बाहिर कुरी रहन्छु । तिमी पढेर सक । अनि …………………।
‛के को अनि । मेरो त अर्को पनि ट्युसन क्लास छ नि त । जाउँ हिड । साथीहरू कक्षाका जस्ता छैनन् । फेरि हाम्रो स्कूलको त म मात्र हुँ त्यहाँ । कहिले काही अरूहरूले पनि आआफ्ना साथीहरूलाई लिएर आउने गर्छन् । तर कसैले केही कुरा उठाउदैन क्यारे । अझ एउटीले त पा छ दिन ल्याई होला साथी । बल्ल हिजोबाट आउन छाड्यो । तिमी निर्धक्क भएर मसँगै बसेर पढ । लौ यो कपी पनि र यो डटपेन ।’
उसले शंकोच मान्दै कपी र कलम लिएर उसैको पछिपछि कक्षामा जान्छ । कक्षामा सर पहिले नै गैसकेकाले दुबै अनुमति लिएर पसे । सबै आइसकेका र अरू बेञ्चमा बसेका थिए । दुबै अघिल्लो बेञ्चमा गएर बसे ।
पहिले अलि धक माने पनि पछि उसलाई राम्रै लाग्यो । उसलाई कोहीकसैले पनि नकारात्मकता देखाएनन् । दुबैले पहिलो क्लास सँगै पढे । सहजले पहिले नै त्यो विषयबस्तु थियो तर जानिसकेको भए पनि केही नयाँ र दोहोर्याउन पाएकाले अत्यन्त खुशी भयो । बिचबिचमा सहजको जिज्ञासु स्वभावले गरिएका प्रश्नले सरलाई सजक बनाएको र साथीहरूलाई पनि सिक्न सजिलो भएकाले सबैले सहजलाई नजिकबाट हेरे । बाहिर निस्किएपछि सबैले उसको परिचय लिन खोजे । ती मध्ये एउटाले भन्यो‚‛तयाइँको नाम के हो ?
‛म सहज । म पनि तपाइँहरू जस्तै एस एल सी दिने यस वर्ष ।’ सहजले बतायो ।
‛ऊ मेरो ज्यादै मिल्ने साथी । अनि हाम्रो कक्षाको राम्रो बिद्यार्थी पनि । उसलाई म्याथ लगायत सबै विषयमा राम्रो ज्ञान छ । टेष्टमा दोस्रो भएको पढ्न नपाएर । सधैं त फस्ट नै हुन्थ्यो सहज ।’ दीक्षाले कुरा थपी ।
त्यो ग्रुपमा पढ्नेमध्ये सरला निकै दयालु थिई । उसले दीक्षाको कुरालाई लिएर सोची रहेकी थिई । किन पढ्न नपाएको होला उसले ? मनमा खुल्दुली बढ्यो र सोधी दीक्षासँग‚‛किन पढ्न नपाएको ? के उसकोमा पैसा नभएर हो ? कि अन्य कारण कुनै ?’
‛केही होइन । पढ्न मन नलागेर ।’ टार्न खोज्यो सहजले ।
दीक्षा निकै चलाख थिई । उसले सहजको बास्तबिकता देखाउदै भनी‚‛हैनहैन । उसको कुरामा सत्यता छैन । उसलाई अहिलेसम्म पनि पढ्न पठाएकै छैनन् । उसको घरुमा काम मात्र हुन्छ । बाआमा भएर पनि पढाइ प्रति कुनै चासो नै राख्दैनन् र लगानी नगरिदिदा यस किसिमको स्थिति आएको । फेरि ऊ आफन्तकोमा बसेको । कहाँबाट हुने । ट्युसन त सायद आज देख्न सम्म पाएको होला । त्यै पनि मैले कर गरेर ल्याएकी । यस्तो दिमागी मान्छेलाई हामीले झैं पढ्न पाउने हो भने कस्तो उपलब्धी आउने थियोहोला । उसँग अहिले गोजीमा खाजा खाने सम्म पनि पैसा छैन । अरू धेरै कुरा नगरौं । फेरि कोही पनि निभेको आगोलाई फुक्न चाहदो रहेनछ । बलेको आगो नै ताप्दो रहेछ । आफू खान पाएपछि अर्को जतिदिन भोकै रहेर त के भो र । मान्छे कति स्वार्थी अनि जमाना पनि त्यस्तै । सहयोगीहरू पाउन निकै कठिन छ यो जमानामा ।’ दीक्षा निकै निराश देखिएकी थिई ।
सबैले सहजलाई मायाले हेरिरहेका थिए । सहजले आफ्ना यथार्थकुरा नभनिदिएका भए हुने ठानेको थियो । तर पछि सबैको सहानुभूति पाएपछि भने ऊ दीक्षासँग अति नै खुशी भयो ।
सरलाले फेरि भनी‚‛तपाइँ अब हामी सगै पढ्ने भोलिदेखि । अब जम्मा दश दिन मात्र बाँकि छ पढ्न । दुबै ट्युसनमा तपाइँलाई हामी सँगै लान्छौं । तपाइँले नाइ नभन्नु ल ! अनि सथीहरूले पनि त केही भन्नुहुन्न । नभए यही सोध्दा हुन्छ सबैलाई । यसरी नपढीकन बस्न पर्दा यो बेला कति चित्त दुख्यो होला । खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ । अरूलाई के थाह ।’
सबैले सहजलाई भने‚‛हुन्छ हुन्छ पढ्नसधैं आउनु । केही सरले भन्नुभयोभने हामी मिलाएर चित्त बुझाउला सरको ।’
सबै जना अर्को क्लासमा गए । सहज पनि सबैसँग गयो कक्षामा । केहीबेरमा सर आउनुभयो । नयाँ विद्यार्थी देखेर सरले सोध्नु भयो‚‛तिमी पनि परीक्षा दिने हो र ? अनि कहाँ पढ्थ्यौ ?
पैसा नभएर नपछेको सर । मेरो साथी सहज । उसलाई केही नभनिदिनु है सर ? सबैले माया गरेर बोलाएका यहाँ ?’ उसले कुरा मिलाई ।
सरले भन्नुभयो । भै हाल्छ । अब कति दिन छ र । आऊ । सधैं आऊ । तिमीले केही दिनु नै पर्दैन । जाबो दुईचार दिन न हो ।
सहज अत्यन्त हर्षित भयो । उसका आँखाबाट आँसु खसे । ऊ रोएको देखेर दीक्षा पनि आँखाभरि आँसु लिन पुगी । कक्षा नै कस्तोकस्तो भयो । सरले सबैलाई रमाइलो कहानीबाट सुरू गरी सबैको ध्यन आआफूतिर खिच्नु भयो र पाठ सुरू भयो । सबैले त्यस दिनको पाठ पढै । तर त्यस दिनको सहजको कारुणिकताले भने सबैलाई अमिलो बनाइदियो । सबै कुरा दीक्षाले बताइ दिएकी थिई । सबै छक्क परिरहेका थिए । यस्तो पनि हुदो रहेछ ।
सहजलाई दीक्षाकोमा जाँदा बस्नको समस्य पर्ने डरले सताएको थियो । उनीहरू गए कोठामा । जाँदा बाटोमा तरकारी र एक पाउ मासु पनि लगी । कोठामा सानी चारमा पढ्ने बहिनी बाहेक कोही नभएको र कोठा पनि चारवटा भएकाले कुनै असजिलो मानेन उसले । फेरि दाजु भाउजु भएको भए के भन्छन् भन्ने डर पनि हुन्थ्यो तर त्यहाँ कोही नभएपछि ऊ रमायो । खाना खाएर बहिनीलाई सिकाइदियो सहजले । बहिनी पनि सहजसँग छिटै नजिकिई । उसका होमवर्कहरू सबै लेख्न लगायो । अनि ती दुई पढेका विषयमा छलफल गरे । दीक्षा पनि खुशी भई । सहजलाई पनि कहिल्यै नपायको आनन्दमा रम्न पाउदा आनन्द आयो ।
अर्को दिन विहान सबेरै दिदीकोमा किताबहरु र आफ्ना केही समानहरू लिन गयो । त्यस दिन दिदी घर थिइनन् । भिनाजुले जान लागेको देखेर खुशी हुदै भने‚‛कता जान लागेको ? अब त जाँच पनि आउन लाग्यो । यही बसेर नपढेर । तैले त सबै गुण्टा कसिसकिछस् त !’
केही नवोलेपछि फेरि उनले भने‚‛जहँ सजिलो हुन्छ आफूलाई त्यही बस्दा राम्रो हुन्छ । के साथीकोमा बस्न जान लागेको हो कि ? अलि नरम देखिए भिनाजु ।
सबै समानको पोको बोक्दै सहज हिड्न लाग्यो र भन्यो‚‛ल भिनाजु अहिलेसम्म हजुरकोमा बसेर केही न केही बिगार्ने काम मबाट मात्र भयो । अब आजबाट हजुरकोमा सबै कुरा सप्रेर जान्छ । यसैमा म खुशी छु । दिदीलाई पनि भाइ बजार गयो भनिदिनुहोला ।
बसेको भए राम्रै हुन्थ्यो । हिड्ने बिचार गरिहालेछौ । के भनौ त । जाने भए जाऊ त ।
‛नमस्कार भिनाजु !’
सहजलाई त्यो घर छाड्न पाउदा जेलबाट फुत्केको मान्छे जस्तो भएको थियो । उसले एकपटक फर्केर उतै हेर्यो र ठूलो स्वास फेर्यो‚‛अब कैल्यै फर्केर आउन्न । बरू दोबाटोको पाटीमा बसुला‚ तिम्रोमा आउदिन । कतिसम्म बोझ भएको रहेछु म । खानेबेला भएको भए पनि खाना खाएर जा भन्न नसक्ने ? कति दुष्ट स्वभाव । उता घरबाटभने समस्या परे भिनाजुलाई भनेपछि टरिहाल्छ । के चाहियो तलाइँ भन्ने ? त्यस्ता पनि आफ्ना कहिल्यै हुन सक्छन् । कोही पनि प्रगतिका लागि आफ्नोमा जादै नजाओस् ।’ उसका आँखा रसाए अगाडिका ब्यवहारहरु संझेर । त्यसपछि सरासर दीक्षाकोमा नै गयो सहज ।
जाँदा दीक्षाको कोठामा ढोका लागेको थियो । उसले ढोका ढक्ढक्यायो । केहीबेरमा बहिनीले ढोका खोली ।
‛ए ! दाइ पो । ल आउनुहोस् ।’
‛अनि दिदी खै त ?’
‛नुहाउन बाथरुममा ।’
‛खाना त खानु भएको छैन होला नि ! खाना त बनाइसक्नु भएको छ हजुरलाई पनि दिदीले ।’
‛खाएको छैन । अब दिदी आएपछि बाउँला है बैनी ?’
‛हुन्छ दाइ ।’
‛कति मिठास अनि कति आत्मियता । मेरो निम्ति यस किसिमको सौहार्दता । अनि माया पन उतिकै । कहाँको कर र बाध्यताले गरिएको निकृष्टतापूर्ण ब्यबहार र कहाँको मायाले सिँचिएको भावनात्मक कोमलता । आकास र जमिनको अन्तर । मान्छेले सित्तैमा पाउदा डुडुल्नो नै निल्ने र आफ्नो गुमाउनु पर्दा ज्वरो नै एकसय चार डिग्रीको आउने । अचम्मको छ यो हाम्रो संसार ।’
ऊ मनमा कुरा खेलाउदै गर्दा दीक्षा नुहाएर आई । ‛कतिबेला आयो सहज तिमी ?’
भावनामा हराएको सहज झस्याङ्ग भयो र उसले तररून्तै जवाफ दियो‚‛भरखरै आएको । तिमी बाथरुम गएको थाह पाए र बैनीसँग बसेर कुरा गरिरहेको ।’
उसले कपाल सुकाई । कपडा अर्को फेरी । त्यपछि तीनै जना किचनमा गई खाना खाए ।
सहजले बाकि रहेका केही दिनमा धेरै नै अध्ययनमा राहत पाएको अनुभूति गर्यो । उसले सबै साथीहरुको प्रगति पनि थाह पायो । सबै विषयका परीक्षाहरू पनि दियो उसले । तर अँग्रेजी अलि सोचेभन्दा फरक प्रश्नहरू आएकाले र उसको शारीरिक अवस्था पनि त्यस दिन त्यति ठिक नभएकाले भरोशा लाग्ने भएन । अरू सन्तोषप्रद नै लाग्यो उसलाई । दीक्षाको पनि म्याथ र साइन्स बिग्रेको कुरा बताएकी थिई । सबै परीक्षा सकेको भोलिपल्ट सबै बजार घुम्ने तयारीमा थिए । दीक्षाले पनि एकदिन घुम्ने र दाजु आएपछि घर जाने बताई । तर सहजलाई आफ्नै घरको झमेलोले घरै जानुपर्ने ठानेको थियो । फेरि आफूसँग पैसा पनि थिएन ।
‛कति दुःख दिने दीक्षालाई पनि । कति दिन पर्ने हो हाना खाएको ? केही ल्याएको पनि त छैन । घर गएपछि मागेर पनि दिनुपर्ला उसलाई । बरु बाटोमा चाहिने दुईचा रुपया पनि उसैसँग माग्नु पर्ला । अर्को मलाइ पत्याउने को पो छ र यहाँ । भाइबैनीलाई एउटा बिस्कुट र आमाको लागि एउटा पाउरोटी त लानै पर्यो । भोलि बिहानै भन्नुपर्छ दिक्षालाई ।’ बेलुका सुत्नेबेलामा सहजले निकै कुरा खेलाइरह्यो । धेरैबेर निन्द्रा आएन । कतिबेला हो कुन्नि भुसुक्कै भएछ ।
भोलिपल्ट सबेरै उठेर किताब र समानको पोको बनाएर बोरामा हाल्यो । हातमुख धोएर पानी पनि खायो । अझै दीक्षा र बैनी उठेका थिएनन् । गाउँ जानका लागि पनि दिनभरि लाग्ने भएकाले ऊ हतारिएको थियो । अब उठाउनुपर्छ । नत्र ढिला हुन्छ जानलाई । ए दीक्षा !ए बैनी ! उठ्ने बेला भएन र अब ? उज्याल्यो भयो ।
केहीबेर उनीहरूको पर्खाइमा रह्यो तर आदेशउदेश नभएपछि उनीहरूको ढोका नै ठोक्यो उसले । ‛दीक्षा उठ न प्लिज । अब त म घर जानुपर्छ भन्या ।’
दीक्षा भित्रबाट कराई‚‛के भो सहज तिमीलाई ? किन कराएको यति चाढै ? परीक्षा सकिएको पनि बिर्स्यौ कि के हो तिमीले ? सुत अझै केहीबेर । अब म उठ्छु केहीबेरमा ।’
सहज बैठकको शोफामा बसेर सोचिरहेको थियो । मान्छे अनेक थरिका हुन्छन् । कोही सन्तानको प्रगतिमा पनि रमाउन सक्दैनन् र कोही सबै कुरा छँडेर फेसाकै पछि कुदिरहेका हुन्छन् । विहानदेखि वेलुकीसम्म पैसाका निम्ति मरिहत्ते हाल्छन् । झुट बोल्ने छल्ने डाहले भुतुक्कै हुने सहयोग आशाको खेतिका लागि मात्र सीमित राख्ने लोभले अन्तमा फन्दा पर्ने कुरा थाह नपाउने संवन्ध केवल पैसामा मात्र तुलना गरिने यो मान्छेको कस्तो स्वाभाव होला । मर्छ् भन्ने त थाह होला तर स्वर्थले सिँगारिएर अति नै गर्न कति सकेको । आखिर अस्थायी नै हो जीवन । खाने सबैले त्ही नै हो । हुन त दीक्षा जस्ता पनि हुन्छन् नि कोही त । त्हीबेला ढकोका खुल्यो र दीक्षा बाहिर आई । किन उठेर बसेको अहिल्यै । निद आएन कि क्या हो ? हात मुख ध्योयौ ?
‛अँ पहिले नै हो । म त आज घर जाने भनेर यति चाडै उठेको दीक्षा । अब म जान्छु । हेर न बाटो धेरै छ तिमीलाई थाह नै छ । अहिले हिड्योभने वेलुकाको दश बज्न सक्छ घरपुग्दा । म त तिमीलाई कुरेर बसेको । खै बैनी उठेकी छैनन् कि ? उनीसँग पनि म जान्छु भन्न पर्यो ।’
‛लौन के भएको यो मान्छे । आज त सबै साथीहरू भएर घुम्ने र वेलुकीको शो फ्लिम हेर्ने हिजोकै योजना हो त । त्यो पनि नयाँ चलेको फ्लिम हो रे । राम्रो भएको बताउँछन् सबै । जे होस् हेर्नुपर्छ । यतिबेला फुर्सदको बेला नै हो त । जाने कुरै नगर । बरू भोलि विहान जाउँला । म सबेरै उठेर तिमीलाई खाना बनाएर ख्वाई पठाउँला । ल हेर तसबै पोको पारी थैलामा पनि राखिसकेको अघिनै । यस्तो पनि हुन्छ ? चाहिने बेलामा आफ्नो मान्छे नचाहिदा पराइ मान्छे त गर्नु हुदैनहोला नि ! कि कसो सहज ?
सहज केही बोलेन । अरू कुराले भन्दा उसको पछिल्लो कुराले उसको मनमा कुरा मन्थन भए ।
‛कति सम्म जानेकी । यो त साच्चै विवेकी पनि छ । कस्तो भन्न सकेकी होली । यो त कडा पनि हुन जानेकी छे । हेर त त्यो भिनाजु भनाउदो जानेबेलामा जान्छु भन्दाको जवाफ र यो दीक्षाको जान्छु भन्दाको परिबेश कति फरक । किन यस्तो भएको होद्या । फेरि यो दीक्षा मेरी कुनै नातेदार पनि त होइन । सँगै पढेको साथी मात्र न हो । यतिको सहयोग गरेर अहिलेको अवस्थामा ल्याउनु उसैको हात थियो त । अब सकिएको थियो । फेरि घुम्ने र रमाउने कुरा पनि । त्यो पनि एकाघरमा भएको जस्तो गरी भनेकी । कति निष्कलङ्क छ उसको आत्मा अनि कति पवित्र छ उसको मप्रतिको भावना । म उसलाई कहिल्यै पनि बिर्सने छैन । हे भगवान ! यदि तिमी छौ नै यदिभने सबै मान्छेलाई सत्मार्गमा हिड्न र सहयोगात्मक भावना देखाउन लगाइदेऊ र मलाई पनि अरुको सेवामा लाग्न बाटो खुला गरिदेऊ जसबाट मजस्तै दुःख पाएकाहरू गन्तब्यमा सहजै परिक्रमा गर्न सकून ।’
सहजले समानको थैलो कोठाको पल्लो कुनामा लगेर राख्यो । दीक्षाले चिया बनाएर ल्याई । बैनी पनि उठेर सहजको नजिकै बसिन् । तीनै जनाले चिया र पाउरोटी खाए । उसले पाउरोटी खाँदा आफ्नी आमालाई संझेको थियो किन कि आमाले पाउरोटी अत्यन्त मन पराउथिन् । उसको सबैभन्दा प्रिय भनेकै उसकी आमा नै थिइन् । दीक्षाले दिनमा घुम्न जाने कुराहरू भनिरहेकी थिई तर सहजको मन त्यहाँ नभएको उसले सजिलै अनुहार हेरेर थाह पाई र भनी‛‚ ‛कुन दुनियामा छौ तिमी ? म के भनिरहेकी छु अनि तिमी त किन टोलाएको ? अचम्मको मान्छे ।’
‛ए अँ कहाँ जाने भनेकी रे ? हैन म तिम्रो कुरामा पूरै सहमति राख्छर । भएन अब । यो भन्दा बढी तिमीलाई के चाहियो भन ।’ऊ मुसुमुसु हास्यो ।
दुबै मिलेर खाना बनाए । आलु र काउलीको तरकारी र टिमुर राखेर बनाइएको गोलभेडाको चट्नी अनि मुला र गाजरका पिसहरू पनि बनाए । सबैले पाकेपछि खाना खाए । दीक्षा कपडा लगाउन गई । तर उसका लागि अर्को कपडा लगाउन पर्ने नै थिएन । किन कि उसँग त्यो बाहे अर्को कपडा थिदै थिएन । तै पनि गएको दशैंमा बाले ल्याइदिएको । अब अर्को फेरनका लागि अर्को दशैं कुर्नु पर्छ । तै पनि पातलो र गोरो भएकोले उसलाई त्यही लगाइरहेकै पहिरनले राम्रै देखिएको थियो ।
दीक्षा सिँगारिएर आई । बैनीलाई पनि पुतली जामा जुत्तामोजाले सजाइदिएकीले राम्री भएकी थिई । त्यहीबेला बैनीले दिदीलाई सोधी‚‛दाइले किन अर्को राम्रो कपडा नलगाउनु भएको ? छैन अर्को लुगा ? हाम्रो बुबाको छ नि । त्यही दिउँ न लगाउन । फेरि भरे फुकालेर राखे त भै हाल्छ नि ।’
एकछिन कोही पनि बोलेनन् । केहीबेरपछि दीक्षाले जानका लागि इशारा गरी । सबै बाहिर निस्के । उसले बाहिरी कोठामा ताला लगाई र सबै हिडे घुम्नका लागि ।
बस चढेर साथीहरू कहाँ गए । साथीहरूसहित सबै शहरका सबै हेर्न लायक स्थानहरु हेरी वेलुकीको शो सिनेमा पनि हेरे । सबै खर्च दीक्षाले नै गरेकी थिई । वेलुका सबैसँग बिदा भएर उनीहरू कोठामा नै फर्के । बाहिरबाट नै खाना खाएर आएकाले कोटामा खाना बनाएनन् । अलि समय पनि गुज्रिसकेकाले तीनै जना सुते लुपुक्कै ।
विहान छीट्टै उठ्यो सहज । हातमुख धोयो । अब जानुपर्छ भनेर सिट्टिङ्मा आएर दीक्षालाई बोलाउन के लागेको थियो ऊ त्यही अगाडि हासिरहेकी थिई ।
‛उठी सक्यौ ? कि आज पनि बस्ने हो कि ?’ उसले रमाइलो पारामा भनी ।
‛आज त जानुपर्छ । हिजो तिमीले भनेर नाइ भन्न नसकेर मात्र हो । ल अब म जान्छु । तिमीहरु बस । अनि तिमी कहिले आउने गाउँको घर ?’ आशावादी भाव देखायो सहजले ।
‛दाइ आएपछि । सायद दुईचार दिनपछि होला । ल खाजा र चिया पनि पहिले नै बनाएकी छु ।’ खाएर जाऊ ल । ऊ लिन जान्छे ।
भुटेको चिउरा र नम्किन अनि चिया ल्याएर टेबुलमा राखिदिई र दुई दिदी कहिनीलाई पनि चिया ल्याई र भनी‚‛ल खाऊ । बाटोमा भोक लाग्छ । हुन त गाउँ जाने मान्छेहरु पनि भेटिएलान् एउटा न एउटा त । नआत्तिकन जाऊ है सहज ।’
कस्तो ममता होला । किन मलाई यति मान गर्न पर्थ्यो । आफ्नै घरकी आमा जस्तो ब्यवहार कसरी देखाउन सकेकी ? मैले यसको गुन कसरी तिर्न सकुला खै ? तर म कहिल्यै बिर्सन सक्दिन दीक्षालाई । ऊ मेरो साथी मात्र नभएर मेरो अत्याधिक माया गर्ने सहयोगी मान्छे पनि हो ।
‛किन टोलाएको अझै सकेकै छैनौ कि के हो चिया ? चिउरा पनि त बाकि नै छ । खाऊ सबै ।’
उसले झटपट चिउरा र निम्किन चियासँग खान्छ । खाइसकेपछि उसले पहिलो दिन बाँधिराखेको समानको थैलो लिएर हिड्न खोज्छ ।
‛ए ल जान खोजेको । ल तिमीसँग बाटोमा खाजा खाने पैसा पनि छैन । लेऊ यो’
उसले केही रुपया हातमा राखिदिई । लिन मन नभएर के गरोस् उसँग पैसा दिएन । आखिर जान त पैसा नै चाहिन्छ । ऊ नबोली पैसा लियो । जानेबेलामा बहिनीलाई अंकमन गर्यो तर दीक्षासँग अंकमाल गर्न मन हुँदाहुँदै पनि सकेन र दुबै हात जोड्यो र भन्यो ‛अब जान्छु है ?’
‛हुन्छ हुन्छ । गाउँमा आएपछि भेटौला ।’
सहज मनमा अनेक कुरा खेलाउदै घरतिर लाग्यो ।
बिहेको चक्कर
परीक्षा दिएर आएपछि सहजको काम उही पशुपालन र घरयासी काम नै हुने गर्थ्यो । विहान चार बजेदेखि उठेर बेशी जाने र बेशी खेतमा बाँधिएका भैंसी दुहुने दूध पसलमा लग्ने र विहानको खाना बनाइ खाने अनि दिउँसो भैंसी चराएर वेलुका धन्दा सकी दूध लिएर घर फर्कने उसको दैनिकी बनेको थियो ।
परीक्षा सकेर आएको करिव तीन महिनापछि एकदिन खाना खाइसकेर फाँटमा भैसी चराउदै थियो । उसका बाबा र अर्को एकजना सगै आएका थिए त्ही । बाबाले भने ल अब तँ उहाँसँग जाने आज । भैंसीको काम म गर्छु । मैले अलि कुरा बुझिन । फेरि कपडा पनि अर्कैका मागेर ल्याएका । भक्कु पाउरोटी चप्पल पनि ल्याइदिएका । ऊ अनौठो पाराले हेरिरहेको थियो ।
कपडा लगा त । अनि यो चप्पल पनि । उसका खुट्टा खाली नै थिए । धुलो र हिलो पनि लगेको अलि फोहरै थियो खुट्टा । कुर्कुच्चा पनि चिरिएका थिए ।
हुन्छ पछि बाटोमा धोए हुन्छ खुट्टा अहिले लगाऊ त ? बिचैमा अर्को मानिसले प्वाक्क भने ।
मैले मेरा शरीरमा भएका फाटेका लुगा फुकालेर नया लुगा लगाए । जाघेको बदलामा पाइण्ट । अलि मिलेको थिएन ता पनि लगाउन पाएकोमा एक मन त खुशी पनि लाग्यो । फेरि डेरेसको बाहेक अरू पाइण्ट लगाएको पनि थिएन उसले त्योभन्दा पहिले । बाबाको कहिलेदेखिको हो कुन्नि ढाकाको टोपी अजि ठूलो भएर कानसम्म आउदा पनि लगाउँदा खुशी नै थियो सहज ।
केहीबेर हिडेपछि खोला आयो । खोलामा हात खुट्टा धुन लगाए ती मान्ले । घाँटी टाउको र हातखुट्टा सबै मिचिमिची धोयो । महेलका लुडाहरू राम्रैसँग पखालिए तर ज्यानमा भने पानी हालेन उसले । किन कि कपडा खोल्न पर्ने । अलि मिलेन पनि । हातैले पुछपाछ गरेपछि भुइँमा राखेको टोपी शीरमा र ढुंगामाथि राखेका चप्पल खुट्टामा उनेर तिनै मानिसको पछि लाग्यो ऊ । कहाँ जान लागेको हो भन्ने कुरा अहिलेसम्म पनि थाहै छैन बिचरालाई । करिव आधा घण्टाको हिडाइपछि चफारीको सितलमा बसे दुबै । त्यही बेला उनले भने‚‛तिम्रो बिहेको लागि केटी हेर्न जान लागेको । सबैसँग सल्लाह भै सकेको छ । अब केवल तिमीले हेर्न मात्र बाहि छ । केटी तिमीलाई सुहाउने खालकी र कामकाजका लागि पनि चलाख अति ।’ उनी भन्दै गए ।
उनका कुराले सहज छागाबाट झरेझैं भयो । किन यसरी अनयास यो नाटकमा समाबेश गराए । किन यसरी नसोचेको ठाउँमा लगिरहेछन् ? भन्ने कुरा बल्ल पो खुल्यो । एक मन त बिहे नगर्ने भन्ने पनि लागेको थियो तर घरमा काम बढी आमालाई र स्वयम् उसैलाई पनि कामले निचोरेको हुँनाले एक किसिमको बाध्यता नै थियो उसलाई । अनि उसले दीक्षालाई पनि नसम्झेको होइन तर सबैको अगाडि भन्न सक्ने आँट नै थिएन उसको । तर उसको मन कटक्कै खाइरहेको थियो । मान्न त मान्ने पनि थिएनन् होला उसको घरका मान्छेहरू । उनीहरू सम्पन्नशाली । सबै पढेलेखेका । सहरमा पनि घर । म कहाँको केही नभएको झूत्रो र कहाँकी महलकी रानी कुरा त मिल्दैनथ्यो तरै पनि मेरो घरमा बिहेको कुरा चलिरहेछ भन्न पाएको भए हुन्थ्यो । तर कसरी भन्नु नि । अकस्मात मेघ गर्जेर चट्यङ परेजस्तो । एक्कासी कुरा भएपछि कसरी भन्नु उसलाई । यो खेल अचम्मको भो जसमा अरू नै खेलाडिहरू जित्न सफल भए । ऊ तै थुप मै चुप गरी बस्नु बाहेक केही थिएन बिकल्प । फेरि बिरोध गर्ने सामर्थ पनि त थिएन सहजको । ठ्ठ लुरुलुरु उसैको पछि लाग्यो ।
आधादिन भैसकेपछि एउटा पसल आयो । जेष्ठ महिनाको प्रचण्ड गर्मी । फेरि पानी नपरेर सबै मकै तथा अन्य बाली सबै सुकिसकेका थिए । झारपातसमेत मोरिसकेको थियो । तिर्ख र भोक दुबैले डेरा नराम्ररी जमाइरहेका थिए पेटमा । भन्न मात्र सकेको थिएन सहजले । पसिना पुच्दै उसले भन्यो‚‛तिर्खाले सतायो । पानी मागेर खान पाइदैन यहाँ ?’
‛पाइन्छ । किन नपाउनु । ल बसौं त एकछिन ।यही सितलोमा । चोतारीमा बस्तै गर । म पानी लिएर आउछु ।’
उनी पानी लिन गए । सहजले कानै छोपिन लागेको टोपी झीकेर चौतारीको छपनीमा राख्यो । पसिनाले लपक्क भिजेको थियो । पसिना पछ्यो । चप्पल पनि भिजेकोले फुकालेर राख्यो । सुइअ लामो सुस्केरा हाल्यो ।
फेरि सोच्यो‚ ‛हैन यो के भैराखेको हो ? आफ्नो बिहे त्यो पनि थाहै नदिई । अनि कसरी जीवनमा सुखद स्थिति आउला खै ? आखिर सबैको त्यस्तै त होला । फेरि म बल्ल सत्रमा लागेको अनि केछि त झन सानी पाँचमा पढ्ने रे । उसलाई पनि त कसहिराको काग नै त होला । सायद मलाई जस्तै अन्धधुन्ध नै हुन सक्छ । यदि भए पनि त्यो बिचरा सानो उमेरमा बिहेको के अर्थ नै होला र । आफूलाई त साचो बास्तबिकता थाह भएको छैनभने उसलाई झन कसरी होस् ।’
उनले पानी अँखोरा एक हातमा र अर्को हातमा एउटा बिस्कुट लिएर आए । पहिले मलाई पानी खान दिए र भने‚‛ल पानी खाएर यो बिस्कुट पनि खाऊ । भोक लागेको होला । कि चिया पनि मगाउँ । ?’
‛भो यस्तो गर्मीमा । त्यै पनि म चिया नै खादिन र घरमा पनि चिया खाने चलन नै छैन ।’ उसले ठाडै इन्कार गर्यो । दुबैले बिस्कुट र पानी खाए ।
केहीबेर बसेपछि उनले भने‚‛बल्ल आधा भयो बाटो । दिड्नु अझै धेरै नै छ । अब जाम् हुदैन ?’
दुबैजना बाटो लागे । घाम अति नै थियो । बल्लबल्ल साझमा दुबैजना भनिएको घर पुगे । घरका सबै जनाले उनलाई नजिकबाट चिनेकाले अभिवादन गरे । राम्रो सत्कार पनि । हात धोएर बार्दलीमा बस्दै कुराको ओहिरो बर्षन थाल्यो । उसलाई कुनै कुराको मतलब थिएन किन कि भोकले माटै खाउँ झै भएको थियो । भित्र खाना बन्दै गरेको आभाष आउथ्यो तर बोलाउने कुरै थिएनन् । अझै पकाउने र अरू सबै गफ मजाले सुनिरहेका थिए । त्यो पट्यार लाग्दो अवधी असाध्यै बोर लाग्ने भयो उसका लागि । ऊ भोकले बोल्न र चल्न समे सकेको थिएन । विहान आठ बजे खाएको त्यपछि एउटा सानो खाजा बिस्कुटको भरमा अहिले रातको दश बजिसकेको । बल्ल कुरा टुङ्ग्याएर आमा भित्र गइन । फेरि आश पलायो । उसका आँखा ढोकातिर नै थिए । यति साह्रो भोक लाखुले मकै खाई भोकै सुत्दा पनि लागेको थिएन । सायद जीवनकै यो अविष्मरणीय क्षेण बन्यो यो । केहीबेरमा खाना खानका लागि अँखोरा ल्याइन् सायद उनै थिइन होला बिहेको लागि भनिएको केटी । जे सुकै भए पनि खानु नै थियव पहिले । रामेररी पनि हात नधोई पस्यो सहज भित्र । रिङ्गै पिर्का ओछ्याइएका । आमाले भात तरकारी अचारका कतिहुन् कति कचौराहरु पनि बनाइ रहेकी ।
सहजलाई बिचमा निर्देशन पायो‚‛ल यहाँ बस्नुहोस् ?’ केटीका बाबाले बोले ।
सबैभन्दा पहिले उसैको अगाडि खाना आयो । बिचमा थाल वरिपरि कचौराहरू घिएसमेत राखिएको । सबैलाई दिएर आमा उठिरहेकि थिइन ।
पहिले दिइएको खाना उसले निकै छिटो खाइसक्यो । फेरि थपिदिइन् आमाले । फेरि पनि सक्यो । आमाले पुनः थप्न खोजिन् तर उसले भन्यो‚‛भयो पुग्यो मलाई ।’उसले हातले छोप्यो थाल । तर उसको भोक अझै मरेको थिएन ।
लमीचाहीले भने‚‛लाज नमानी खानुपर्छ है हुनेवाला ससुराली घरमा । लजाउँदा भोकै पनि पर्न सकिन्छ । थपथप बाबु खाना फेरि ।’
आमाले थप्न खोजिन् तर उसलाघ झनै लाज लागेर आयो के भन्ने हुन् अरूले । उसले डराउदै एक्कासी भन्यो खान्न अघाएँ । ऊ जर्याकजुरुक उठ्यो । सँगै उठेको भए शोभायमान हुन्थ्यो भन्ने कुरा उसले सोच्नै भ्याएन । ऊ थुनेको चरो झै एक्कासी बाहिरियो । बाहिर पानीको अँखोरा रराखिएकोले हातमुख सफा गर्यो र उही स्थानमा गएर बस्यो । भित्र के के भनेका हुन् केही बुझेन उसले ।
पेटमा चाहरा परेपछि उसले सोच्यो‚‛अब सुत्न पाए त भोलि बिहान त घर हिड्ने काम गर्नुपर्छ । बिहेसिहेको काममा म अल्झिन्न । जे गर्छन् बाबा र ठूलाबाबाले गर्छन् । म हेर्ने कुरा हेरूला तर के पो हेर्ने खै । आफैलाई पनि डर लाग्छ अनि के हेर्ने । ल जे सुकै होट्ठ् म सुत्छु ।’सबै खाएर उही आए । अनि गफ फेरि चल्न थाल्यो । उसले केही भन्न सकेन तर ठूलो हाइ काड्यो । केटीका बाबाले कुरा बुझै‚‛लौ बाबुलाई निन्द्राले करापेजस्तो छ । उहाँलाई ओछ्यान देखाइदेउँ त छोरा ?’
सानोभाइले सानो कोठा देखायो । बाहिर बिहेका बारेमा अनेकौ कुराहरु चलिरहेका थिए । तर्कबितर्कहरु भैरहेका थिए । तर थाकेको सहज पल्टने बित्तिकै भुसुक्कै निदायो ।
भोलिपल्ट विहान निकैबेरसम्म सुतिरह्यो । सायद हिजैको थकाइले होला । अबेर उठेर हातमुख धोयो उसले । उठ्नेबसत्तिकै उसलाई चिया आयो ।
उसले भन्यो‚‛म चिया पिउँदिन ।’
‛अरू दिन नपिए पनि आज त खाऊ’ बाबु लमीले भने ।
’अहँ म त कहिल्यै पनि खादिन चिया त । बरू पानी पिउछु ।’
भित्रबाट आमाले पानी ल्याएर दिइन् गिलासमा । उसले पानी पियो । केहीबेरमा उसलाई एक गिलास दूध लिएर तिने केटी जुन बिहेका लागि भनिएकी थिइन् उनैले भित्रबाठ ल्याएर दिइन् । उसलाई हेर्न मन त लागेको थियो तर कताकता मनले मानेन उसको । केही डराएको भान देखायो । नजिकै बसेका लमीले भने‚‛कस्तो लाग्यो केटी ? त्यही हो नानी । कति राम्री । कति फरसिली पनि । काम गर्न फेरि चौपट्टै सिपालु । सबै यो घरको काम यिनैले गर्छिन् । पढ्न पनि भ्याएकै छन् । अचम्मका छन् यो घरका नानीहरू । झन यो त भन्नै नपर्ने खालकी । जस्तो भने त्यस्तै । जोसुकैसँग पनि मिल्नसक्ने । मीठो स्वभाव छ यिनको ।’
उसले फेरि सोध्यो‚‛हुन्छ बाबु !यतिकी केटी चाहिन्छ तिम्रो घरमा । फेरि काम पनि त चर्को छ । त्यसैले बिहे आँट्दा पनि हुन्छ कि कसो ?’
उनको कुराले सहज तर्सियो र तुरुन्तै जवाफ दियो‚‛कहाँ मैले आँट गर्ने भन्नुभएको ? यो त हुनै सक्दैन । फेरि म सानो मान्छे । मुख छँदाछँदै नाकले पानी खान मिल्छ ? कस्तो कुरा गर्नुभएको हो हजुरले ? यो कदावि हुनै सक्दैन । मेरो कत्ति पनि मञ्जुर छेन । म त अहिल्यै घर जाने हो । तपाइई जानोस् वा नजानोस् । बाटो मैले देखेकै छु एक्लै भए पनि त गइहाल्न सक्छु ।’ ऊ बढी नै आत्तियो ।
सहजको कुराले लमी अली डराए जस्तो देखिए । उनले फेरि सम्झाउँदै भने‚‛बाबाले त सबै कुरा मलाई नै जिम्मा दिनुभएको हो । केवल बाबुलाई केटी देखमउनुहोस् । यदि उसलाई मन पर्योभने टिका लगाएर आउदा पनि केही आपत्ति आउदैन । सबै काम तपाइँलाई नै दिएको छू । सानोमा त मैले पनि नानी देखेकै हो । तर अहिले नदेखेको मात्र हो । त्यतिबेला नानीहरू अत्यन्त फरासशिला र राम्रा पनि थिए । खानदानका नानीहरू अवश्य राम्रै छन् । काम सकेर आउनुहोला भनेर हिड्नेबेलामा पनि भन्नु भएको थियो । तिमीले पनि त देख्यौ नि । हिड्ने बेलामा एकान्त लगेर कुरा गरेको । पीर गर्नु पर्दैपर्दैन । यसमा तिमी ढूक्क हुँदा हुन्छ । समस्या केही आउने भए म कुरै गर्ने थिइन । फेरि नहुने कुरामा त बाबाले पनि त पठारउनु हुने थिएन नि । तिम्रो बाबा लाटो हुनुहुन्छ र । कति चलाख मान्छे । आफू नआएर मलाई यत्रो जिम्मा लगाएर आफ्नो काम फत्ते गर्न चाहने बाठो पो हुनुहुनंछ त तिम्रो बाबा ।’ उनले सहजलाई बढी नै फुर्क्याउनपटटी लागे ।
सहज बढी हड्बडाएको देखेर घरदेखि केही परको गाउँतिर लगेर घुमाए । जतिबेला पनि उही बिहेको कुरा गरेर अल्मल्याइरहेकोमा सहजलाई पटक्कै चित्त बुझेको थिएन । गाउँमा चारैतिर चिनापरिचय लिइसकेका लमीले सबै भेटिएका जतिसँग सञ्चोबिसञ्चो र दुखसुखका कुरा गरी रमाएका थिए । करिव दश बजेतिर घर खाना खानका लागि बोलावट भयो र दुबैजना आए घर ।
बाहिर सफा अँखोरामा पानी राखिएको थियो । दुबैजना खान खान गए । घरमुलीबा पनि पसेसँगै । हिजोकै शैलीमा खाना आमाले पस्किसकेकी थिइन् । हिजोभन्दा आज सहज अलि लाज मानिरहेको थिएन । ऊ त्यहाँको वातावरण र परिबेशसँग परिचित भैसकेको थियो । सबैले झैं उसले पनि खाना थपेरै खायो त्यस बिहान । खाना छीट्टै खाए पनि त्यस दिन सबैसँगै उठ्यो र बाहिरियो ।
सबैभन्दा उसलाई कुन बहाना निकालेर बिहेको कुरालाई नकारी घर जाने दाउ खोजी रहेको थियो । बरु बिहे होस् न त । यसमा यसको कुनै बिबाद नै थिएन । उसको मूल भनाइ भनेको आट गर्नका लागि अविभावक चाहिन्छ भन्नु रहेको थियो । सन्दर्भ पनि उसले उठाएको ठिकै हो ता पनि लमीको ढिपीका कारण उसले भने जस्तो हुन सकेको थिएन । यसमा ऊ अत्यन्त चिन्तित नै थियो । हरेक क्षैण उसले त्यही कुरा सोचिरहेको थियो र दोहोर्याई रहेको थियो । उसलाई केटी राम्रो नराम्रो हुने नहुने कुराको कुनै सरोकार नै थिएन । उसले भविश्यकाबारेमा सोच्न सक्ने बेला नै भएको थिएन । तर उसको त्यो इच्छा पूरा हुन लमीले दिइरहेका थिएनन् ।
खाना खाएपछि उसले फेरि घर जाने कुरा जनायो‚‛है न घर नजाने ? तँपाइँ जानुहुन्नभने म जान्छु नि त । अनि बाबालाई पठाइदिन्छु । त्यसपछि तपाइँहरू सगै आउनुहोला । मलाई जान दिनु न त ।’
‛ल ल जाउँला नत घर । त्यो त आफ्नै घर हो । यहाँ त हामी कत्रो काम लिएर आएका । चानचुने कुरा हो त यो ? तिमीलाई मैले बुझाउनै सकिन कि के हो ? केही हुदैन । आज बस्ने हो र भोलि दुबै जना जाने । केही छैन घरमा गए पनि त्यही घरकै लुतेधन्दा । उही भैसी चराउने दुहुने हेर्ने नै त हो नि । नआत्तिऊ । कहिले काही त घुमेर मनोरञ्जन पनि गर्नुपर्छ । जाउँ बरु तल्लो गाउँतिर ।’ केटीका बाबासहित तीनैजना हिडे तलतिर ।
केहीबेर तल झरेपछि केही दोकानहरु आए । त्यहाँ पनि गफ गरेर मानिसहरू बसिबियालो गरिरहेका थिए । केटीका बाबाले सबैलाई इष्टमित्र भएको जानकारी दिए । निकैबेर भलाकुसारीपछि बाबाले भने‚‛जाऊ अब । खाजा खानेबेला पनि भयो । तपाइईहरू केहीबेर यही रहनुहोस् म पसलबाट केही समान किनेर ल्याउछु ।’ उनी हिडे अर्को पसलतिर ।
बाबा आएपछि उनैका पछिपछ लमी कुरा गर्दै अघि बढे । सहज अमिलो मुख बनाए मन लागि नलागि उनीहरूकै पछि लाग्यो ।
घरमा रोटी बसाएको बाहिरबाटै नाकले सूचना दियो । ‛कस्तो अचम्म खाना जे भने त्यही भए पनि रमाउन भने किन नसकेकेको म ? गल्ति त केही गरेको छैन मैले । अनि यतिविधि किन डराएको ? खान त पर्छ । जेहोला होला । के गरू त मैले त भनेकै हो तर उसैले जानै दिदैन त म के गरू । भनुभने कस्लाई भनु । जाउँभने पनि एक्लै नमिठो बनाएर के जाने ? त्यसमा पनि त्यतिको समय सँगै बसेर खाइएकै छ । खान त खा पछि जे त होला ।’ गम्दागम्दै रोटी र करेलाको अचार थालभरि आयो । सबैले आआफ्ना थालहरू समेले । सहजले पनि दुईवटा रोटी खायो । रोटी ज्यादै राम्रा भएकाले थालमा राखिएका केही रोटी खान सकेन ।
सहज बिहे आट्नका लागि बाबा नै चाहिने अडान गरेकोले लमीले अर्को दिन पनि त्यही बसाले । अब भोलि बिहान खाना खाएर घर जाने मञ्जुर लमीले पनि गरे । आएको तीन दिन भैसकेको थियो । हग्नेलाईभन्दा देख्नेलाई लाज भनेझै अरूको पनि डर लागिरहेको थियो सहजलाई । जसले जेसुकै भनोस् भोलि त घर जाने भैयो । बिहे गरे गरून् नगरेनगरून् त्यसमा बाबाको निर्णय नै काफि होला । उसले अनेक मनका कुराशहरू खेलाउदै सुत्यो । अनि केहीबेर सोचाइमा रहदारहदै ऊ निदायो ।
सधे जे उसले मुख धोएपछि दूध पियो । केहीबेर बसेपछि ऊ घर जाने भएपछि केटी त अलि राम्ररी हेनुपर्ने ठान्यो र केटीको प्रतिक्षामा आगनमा उभिरह्यो । केटी आमासँग केही कुट्नका लागि आइन् । उसले छड्के नजरले निकैबेर हेर्यो ‛यतिकी केटी ठीकै छन् । काम पनि गर्ने मैले झैं । बिहे गरियो भने त मलाई धान कुट्न त नपर्ने भो । अल्की पनि अल्की नै के भो त अल्कै राम्रो हो नि त । कति पातली होलिन् । सायद मेरो झैं काम धेरै र पढाइ पनि दुबै भएकाले यस्तो पातलो भएकी पनि हुन सक्छिन् । फेरि यिनको र हाम्रो परिवार दुबै उसतै दुबै किसानी र पहुपालन पनि । सबै कुरा उस्तैउस्तै हो । आ जसुकै होस् । कस्ति छ भनेछन् भने राम्रै बताइदिनुपर्ला तर आट गर्न त अहिले हुदैहुदैन । यो मेरो नैतिकताले पनि दिदैन र मेरो यसमा कुनै जवाफदेहीता नै रहदैन । हुन त यतिकी केटि हुन्छिन् तर यति सानीले त्यति लामो गाउँबेशी कसरी गर्न सक्छिन् अनि त्यत्रो उकालोमा घाँसको भारी कसरी बोक्न सक्लिन् ।’ दोधारे कुराहरू मनमा खेलिरहे ।
आमाछोरीले कुटेर सकेपछि भित्र गए । सायद खाना बनाउनका लागि होला । यता दुईजना आआफ्ना गफमा मस्त थिए । त्यति नै बेला आफ्नै गाउँका एकजना दाइ त्यही घरमा टुपुक्क आइपुगे । ‛किन आए यी दाइ ? यति जाडै त्यति लामो बाटो कसरी यति छिटै आए ?’ ऊ ससंकित भयो । उनले बढी मलाई नै हेरेर हाँसिरहेका थिए । त्यसले उसलाई झनै सताएको थियो ।
‛के छ तिम्रो खवर ? धेरैदिन यतै बस्यौ त ? किन आएनन् भनेर बाबाले मलाई पठाउनु भएको । काम सकेर आउनु भन्नु भएको छ । म आजै बिहान चार बजे नै घरबाट्ट हिडेको हुँ । कतै नबसी सरासर यही आएको । कता तिमीहरू जाने र म आउने बाटो फरक परेर म एक्लै जानु पर्ने त होइन भन्ने डरले सताइरहेको थियो । कसो तिमीहरू यही रहेछौ । खुशी लाग्यो ।’ उनी अझै के के बर्बराउदै थिए ।
ऊ अचम्ममा पर्यो । न कसैसँग सोध्नुथियो । न कोही चिनेजानेको । अनि सञ्चारको कुनै माध्यम पनि थिएन त्यतिबेला । नपत्याओस् पनि कसरी । मान्छे सगुलै आफ्नै अगाडि उपस्थित थियो । उसका मनमा अनेकौ कुराहरू नाचिरहे ।
उनीहरूका रमिताका गफ चले । बिहेपछिका परिणाम र त्यसले पार्ने प्रभाव अनि केटा रकेटीको भविश्यका बारेमा बिभिन्न कुराहरू गरे । केटीका बाबाले पनि केटी दिन मञ्जुर थिए हिजैदेखि । झन आजको यो परिबेशले उनी बढी खुशी भए । आफ्नी छोरीका लागि माग्न घरैबाट पनि अर्को प्रतिनिधि आएको र त्यो पनि अति सकारात्मक र राजिखुशीका साथ संबन्ध जोड्नका लागि भएको यो अवस्था । उनले भने‚‛ल ठीकै छ सबैले हुन्छ भनिसकेपछि मेरो पनि भन्नु केही छैन । एकपटक दिनुपर्ने नै हो छोरी । राम्रो थलो हो भन्ने जानेपछि म बढी कुरा नगर्ने भएँ ।’ उनले आफ्नो अन्तिम निष्कर्ष सबैसामु बताए ।
त्यतिकैमा खाना खानका लागि बोलावट भयो । ‛ल पहिले खाना खाउँ । त्यसपछि अरू कुरा अघि बढाउँला । हुदैन ?’ लमीले खुशी ब्यक्त गर्दै उठे ।
सबै जना खाना खान भान्सामा गए । हिजोअस्तिको भन्दा पनि अझै खजनाहरू बनाइएका । सबै खुशी भएजस्तो भान भैरहेको थियो । त्यही बेला लमीले भने‚‛आजको दिन अति राम्रो छ । हाम्रा लागि । भनेजस्तो थलोमा छोरी पाँज्न पाउनु तपाइँहरूका लागि उत्तम नै मान्नुपर्छ । फेरि बाबु नै आएर केटीका बारेमा यति समय खर्चेर सबैकुराको जानकारी लिई अन्तिम निर्णय लिनु दुई परिवार बिच सामिप्यता जोडिन पुग्नु झनै राम्रो भएको छ । यो संबन्ध कतै कही कुनै बेला पनि नटुटोस् सधै राम्रो र अनुकरणीय बनीरहोस् शुभकामना दुबै परिवारलाई अनि दुबै बिहेको बन्धनमा बाँधिन लागेका भोलिका आशाका केन्द्रहरूलाई । दाम्पत्य जीवन शुखमय होस् ।’ उनी भन्दै खाना खाइरहेका थिए र तर सहजलाई भने कुन्नि किन हो बिसञ्चो भएजस्तो कताकता जीउँ भारी भएजस्तो । कता अपगाल र अनेकौ गल्ति गरे जस्तो त्रासले सताइरहेको थियो । उसलाई आज त्यति खान पनि मन लागेन । पहिलो पटक पस्केको पूरा भात पनि खाएन उसले । सबैले मीठामीठा कुरा गर्दै खाना खाए । केही समय बिहेकै कुरा भए बार्दलीमा । त्भित्रको धन्दा सकेपछि लमी भित्र पसे । काने खुशी चल्यो । केहीबेर उतै हराए लमी ।
आमाले थालीमा राता अक्षता ल्याइन् । थालीमा खामहरू पनि राखिएको थियो । सायद टीका लगाइसकेपछि दिनका लागि होला ती खामहरू ।
सबै जना त्यहाँ हेरिरहेका थिए । ‛ल नानीलाई पनि ल्याउनु पर्यो टीका लगाउन ।’ लमीले भने ।
केटीका बाबाले टीका लगाउदै गरेर भने‚‛लौ आजदेखि मेरी छोरी तपाइँलाई दिएँ । राम्ररी पाल्नुहोला । दुःख नदिनुहोला । दुबैको दाम्पत्य जीवन सुखमय होस् । सधैं फलोस र फूलोस् । फाले पाप पाले पुन्य हुनेछ । टीका लगाइसकेपछि उसको हातमा एउटा खाम पनि थमाइदिए ।’
त्यसरी नै आमाले पनि टीका लगाउदै आशिष दिइन् । त्यही टीका केटीलाई पनि लगाए उनीहरूले । म अकनबक्क परिरहे । कमलो मनको थियो सहज । टीका लगाइसकेपछि कता आँसु आउने पो हो कि भन्ने डरले धानी राखेर मात्र हो सहजले नत्र चुही हाल्न लागिरहेका थिए उसका आँसु । उसलाई दुःख नदिई पाल्नुपर्ने भन्ने कुराले धेरै चिन्ता बढायो ।
‛खै सहयोग पुग्ला ठानेको त यस्तो अचम्मैको आशिर्वाद । मनले चिताएको पुग्ला । बिहे भएपछि उनी पनि काममा सहभागी होलिन सुख होला भन्ने सोचेको तर यस्तो आशिष पाइयो खै यो त सम्भव होला र तर भन्न त भएन यसबेला ।’ उसको मनमा कुरा खेले । मन त्यसै किन हो पोले जस्तो भएर आयो । निधारमा पसिना पनि आए र पुछ्यो हातले ।
अरू सबैलाई पनि टीका लगाइदिए र एकएक वटा खाम हातमा राखिदिए केटीका बाबाले । त्यसपछि सबै बिहेको मण्डबमा बसेका हुन् कि जस्ता देखिए । अनि बिहेको दिन एक हप्तापछिको दिन तय भयो ।
‛जन्ति कति आउँछन् नि बाबु ?’ सोधे बाबाले ।
एक्कासी सहजको मुखबाट निस्क्यो‚‛ १०० जना ।’
‛अलि बढी हुन्छन् कि ?’
‛अरू थपिन पनि सक्छन् । पहिलो बिहे भएकाले सबैलाई बोलाउनुपर्दा समस्या हुन सक्छ ।’
‛बाजाको कुरा ?’
‛बाजा दुई जोर भन्नु भएको थियो बाबाले ।’
हन्छ हुन्छ त्यसमा केही छैन । भत्कौरो आउछ नि खबर लिएर । त्यति नैबेला भनौला सानातिना कुरा । ल अब हिड्नु पनि पर्छ । निकै समय लाग्छ । फेरि गर्मी छ यस्तो । हामी लाग्छौ । सबैसँग बिदा भएर सबै जना घर जानका निम्ति निस्के । बाटोमा सहज केही बोल्न चाहेन । कोही चिनेका मानिसहरू भेट नभए हुन्थ्यो भन्ने उसलाई लागेको थियो । टंटलापुर घाम घुमाउरो बिड भएको पातलो छाता त्यो पनि अर्कैको मागेको । दिनेले जस्तो भए नि धन्न दिएर पो पाइयो ओड्न । सहजले दिने मान्छे नचिने पनि मनमनै धन्यवाद दिइरहेको थियो ।
शरीर पूरै पसिनाले भिज्यो । सबै जना दुईघण्टा हिडेपछि एउटा चौतारोमा बसे ।
‛पानी खानेकी बाबु ?’ लमीले सोधे ।
‛खाने हो । तर कता होला ?’ सहजले सोध्यो ।
‛ल आऊ मसँग पछिपछि ।’ उनले भने ।
खाको नजिकै मूल रहेछ । जुली उभाएर खानु पर्ने । पहिले उनले पानी खाइसकेपछि सहजले पनि पानी खायो धित मर्ने गरी । केहीबेर त्यही शितलमा बसेर आराम गरे ।
‛अब जाऊँ । फेरि अर्को ठाउँमा पनि यसरी नै बस्नुपर्छ ।’ लमी अघि लागे र सहज उनको पछिपछि । घाम एक तमासाले लागिरहेको थियो ।
छाता ओडेर नदी किनारको बाटो त्यसमा पनि बगरको बालुवा तातेर हपक्क पारेको थियो । असाध्यै गर्मी भएकाले घरिघरि छाता पानीमा भिजाउने र मुख धुने गरी हिडिरहेका थिए । बाटोमा हिड्दै गर्दा एकजना लमीसँग परिचित मानिस भेट भएपछि बाटो काट्नका लागि अलि सजिलो भयो । दुई घण्टा हिडेपछि फेरि पसलहरु आए । त्यहाँभने सबै चिनेजानेका मानिसहरू थिए । सबैले सहजको बारेमा कुरा सोधे‚‛बिहेको कुरा के भयो ? आटेर हो कि कसो ?’
‛हो आटियो । अको हप्तामा नै ।’ लमीले खुशी हुँदै छिटै उत्तर दिइहाले ।
सबै मुखामुख गरे । केहीबेर बिहेका बारेमा नै कुराकानी भयो । तर सहजलाई भने घरकाले के भन्ने हुन् अनि आफन्तलाई पनि सोध्न नपाइकन निर्णयमा आफै सरिक हुनु परेकोमा नरमाइलो लागिरहेको थियो । त्यहाँ पुग्दा करिव साँझ पर्न आटिसकेको थियो । भोक लागे पनि लमीले खानेकुराको कुनै चाहना नदेखाएकाले पानी बाहेक केही खाएन सहजले । उसले सोचिरहेको थियो ‚‛घरमा बाबाले त्यस्तो गम्भिर निर्णय गरेको भनेर नराम्रो ब्यबहार नदेखाइदिए हुनेथियो । अनि आफन्तहरू पनि त कुरा काट्नबाट बञ्चित हुने थिए । नत्रभने घर र पर चारैतिरबाट तिरस्कृत हुनुपर्दा निकै कठिन हुन्छ । जे भए नि मन नदुखाए हुन्थ्यो । आमालाई त केही थाह नै छैन । जे गरे पनि ठिकै हुन्छ । आ जे भने पनि अलिकति गल्ति त बाबाको पनि हो नि । किनभने यति सानो उमेर नपुगेको छोरालाई एक्लै पठाउनु अनि भएन भनेर बिचमा अर्को मानिस आँट्नका लागि पठाउनु । यदि बिचमा त्यो दाइलाई नपठाएको भए त म अआटिकन आउने पक्का भएको थिएँ त । जे सुकै होस् आउँछ अनि जान्छ । यसै त बिहेको कुराले मन धमिलो भैरहेको बेला त्यसमाथि पनि अरूको यत्रो त्रास । सहनु बाहेक अरू के नै छ र अब ।’
केहीबेर सँगै हिडेपछि लमीले भने‚‛ल अब तिमी जाऊ र घर गएर सबै कुरा सुनाऊ । म भोलि घरमा नै आएर अरू थप कुराकानी गरुँला । मलाई अब दुख पाउन नपर्ला नि । हैन ? तिमी जान त सक्छौ हैन ? साँझ मात्र परेको हो । अबेर भएको छैन । सायद खाना खाएका पनि छैनन् होला घरमा । बाबाआमा तिम्रै प्रतिक्षामा होलान् पक्कै । ल जाऊ त है बाबु । भोलि नै भेटौला ।’
लमीसँग छुटेपछि सहज अलि लामा पाइला गरी घरतिर लाग्यो । बाटोमा उनै कुराहरू खेलाउदै हिडेकाले थाहै नपाइकन घर पुग्यो । घरमा खाना खाइसकेका रहेछन् । बाबा खाना खाएर सुत्नका लागि बिछ्यौनामा गइसकेका । उसले भित्र मिलिमिलि आगो बलिरहेको देख्यो । शुनशान भएकोले उसले आमालाई बोद्यायो‚‛आमा ! ए आमा !’
आमा भित्रबाट आइन् । त्यो सुनेर बाबा पनि कट्ट् मात्र लगाएर बाहिर आए । सहजले अँखोरामा पानी लिएर आँगनको छैउमा गएर हातगोडा र मुख धोयो । अँखोरा पिंढीको डिलमा राखेर गुन्द्रीमा गएर बस्यो । केहीबेर ऊ बोलेन । बाबाले सोधे‚‛कस्ति रैछे त केटी ? अनि तँलाई कस्तो लाग्यो ? के भो त्यहाँ कुरा ? धेरै दिन बस्यौ त ।‚’ एकै चोटि प्रश्नका ओहिरा बर्षे ।
आमा हेरिरहेकी थिइन् एक टकले । सहजले भन्यो‚‛केटी त ठिकै हो । कामकाजमा लागेकी तर सानी । काम भने सबै उसैले सघाउछे रे । हाम्रोमा पनि काम चाहिएको हो । होला राम्रै ठानें मैले ।’ उसले निकै डराएको पारामा बोल्यो । अझै बिहे आँटेको कुरा बताउन सकेन ।
‛हैन बिहे पनि आँटिस् कि के हो ?’
‛अँ सबैले हुन्छ भने । अनि पछि गएको दाइले पनि आँट गर्ने कुरा बतायो र कुरा टुङ्गियो ।’ मसक्कै आँटेर भन्यो सहजले ।
‛कहिलेलाई हुने भो ?’ आमा अलि बढी खुशी हुँदै सोधे ।
‛अर्को हप्ता ।’
खुशी भएको आभाष पाएपछि सहजको मनमा रहेको हाउबुझी हराएर गयो । उसलाई ठूलो युद्ध जितेजस्तो भयो । टाउको हलुका भयो । बल्ल भोकको अनुभूति भयो । रउसको दिमाग पनि ठेगानमा आयो । अनि साथीहरू छरछिमेक र इष्टमित्रहरूलाई पनि सम्झ्यो । उसले भन्यो‚‛आमा ! भोक अति लागेको छ । खाना छैन ?’
छ किन नहुनु । मैले त खाएकै छैन । बाबा र भाइबैनीहरूले मात्र खाएर सुतेका । म त तेरोबाटो हेरेर अँगेनोमा कुडो पकाउदै बसी रहेकी । ल हिड त । म भित्र गएर पस्कन्छु । आमा भित्र गइन् ।
‛ल त जा भित्र । भोक लागेको होला । म पनि सुत्न जान्छु’ बाबा सानो कोठी भित्र पसे ।
‛अब त अरूको त के को डर । आफ्नै लागि हो राम्रो भए पनि नराम्रो भए पनि । पछि आउने कुरामा अहिले नै पीर गर्न हुदैन । कुरा काट्नेहरूले कुरा त जस्तो भए पनि काटि नै रहन्छन् । नत्रभने समय पनि कसरी फाल्नु । अब आफन्तसँग पनि डराउँदिन । जे हो त्यो फ्याट्टै भनिदिन्छु ।’ ऊ निडर बन्यो त्यसपछि ।
आमाले फेरि बोलाउनु भयो‚‛खोई कहाँ गएको हो ? आइज न भात पस्केको सेलाइसक्यो ।’
‛आएँ आएँ ।’ सहज खाना खान खुशी हुदै भित्र गयो ।
भोलिपल्टदेखि बिहेको तयारीमा सबै जना लागे । सहजको काम त केही थिएन । ऊ भैसीको धन्दामा नै बेस्त हुन्थ्यो । लुगाफाटा र गरगहनाहरू जोड्ने काम भैरहेको थियो । कपडा बजारबाट नै ल्याए बाबा र छिमेकी सानोबाबाले । गहना छिमेकीका मागेर काम चलाउने सर्तमा जम्मा पारियो ।
‛जेठोबाठो छोराको बिहे‚ बाजा त बजाउनेहोला नि ?’ माथिल्लो घरका बाबाले भने ।
‛किन नबजाउनु । दुईजोर लग्ने हो ।’ आमाले बिचैमा भनिन् ।
बिहेको अघिल्लो दिन कसार बटार्नका लागि सबै दिदीबहिनी र आमाहरू घरमा भेला भएका थिए । कामको बाँडफाँड फूपूले गरेकी थिइन् । कोही पिठो माड्ने कोही भुट्ने र कोही कसार बटार्ने गरिरहेका थिए । ठूली फुपू कसार बटार्दै गीतहरू गाइरहेकी थिइन् ।
‛सयौं बर्ष बाचोस् काँस झै फुल्योस् ठेस् कैल्यै नलागोस्
घरै र भरि छवरा र छोरी रमाइलो भै जिओवस्
आउने बेउली लक्ष्मीकी रुप घर बनोस् उज्यालो
मान र ज्ञान गरेर ध्यान बनाउलिन् घर उज्यालो ।
……………………………………………।’
जेठी दिदीले झिकेका गीतलाई अरू बुढीहरूले छोपी रहेका थिए । रोटी हाल्नका लागि बाहिर चुलो लगाइएको थियो । त्यहाँ पनि दिदी बहिनीहरू खटिएकै थिए । आँगनमा पण्डितले जग्गिया बनाउनका लागि निर्देहन दिइरहेका थिए । उनैको भनाइलाई मानेर केराका थम्मा बाँस फैंयू तोरन तथा चँदुवा टाग्ने काम पनि हुन लागेको थियो । केही महिलाहरू भान्सामा खानेकुरा पकाइरहेका थिए पाहुनाका लागि । साच्चै नै बिहेमा त्यो पुरानो थोत्रो घर पनि सिंगारिएर चिटिक्क परेको थियो । सबै हँसिला र खुशीमा रमेका देखिन्थे ।
छिमेकी दाजुभाइ मिलेर दुईवटा ठूला खशी किनेर ल्याएका थिए जुन कटेरोको बलेसी खामोमा बाधिएका र त्यही कराइरहेका थिए । रत्यौलीको लागि सानो पाठो घरैको तय गरिएको थियो । भोलिका लागि चाहिने सबै सरसमान त्यसै दिन मिलाइसकेका थिए सबै मिलेर । आउन पर्ने र बोलाइएका मानिसहरू आइसकेका थिए । टढाको बाटो जान पर्ने भएकाले भोलि सबेरै गर्सन्ति गरेर सक्ने भनी पण्डित आफ्नै घरतिर लागे ।
बाजा बजाउनेहरूलाई पनि भोलि सबेरै यही खाना खाने गरी डाकिएको थियो । गर्न पर्ने बाकि काम केही थिएन । कसार बटार्ने र रोटी पकाउने काम पनि सके महिलाहरूले । केहीबेर रमाइलो गरी खाजा खाएर सबैजना आआफ्ना घरतिर लागे ।
दिदी बहिनी तथा फुपूहरूले सबै आएका पाहुनाहरूलाई खाना ख्वाए र सुताउने ब्यबस्था मिलाए । वल्लो घर पल्लो घर कोही कसैकोमा कोही त्ही घरमा जेनतेन बस्ने र बसाउने काम भयो ।
बिहेको दिन सबेरै सबै उठे बेलैमा । पण्डित पनि आए र जग्गियाको काम बेलैमा सके । टीकाटाला मान्यवरहरूलाई दान र कपडा बितरण गर्ने काम पनि सकियो । तयसले पनि समय खायो निकै नै । सहजले केही मेसोमेलो पाइरहेको थिएन । उसका दौतरीहरू गिजाइरहेकै थिए हर बखत । जे भने पनि खिस्स हास्नु बाहेक अरू केही थिएन उसको । खानपिन अलि पाहुना बढी भएकोले ढीला नै भयो । फरेरि ठाउँ साघुरो पालो मिलाएर खानुपर्ने । बाजा बजाउनेलाई पनि भिन्दै खुवाउन पर्ने भएकोले पनि समय बढी लाग्यो । करिव दश बजे जन्ति प्रस्थान गरे त्यहाँबाट । दुलाह अन्माउदा साच्चै जो कोही पनि मन धर्मराउथ्यो दुईजोर बाजा अनि चारवटा नर्सङ्गे घन्काएर एकैसाथ बजाउँदा । बाजा त्यसरी बजाउदा सहजका आँखा पनि रसाएका देखिन्थे । हेर्नेहरू भनिरहेका थिए‚‛लौन नि ! दुलाह त रोह्यो । पानी पर्छ कि क्या हो ?’
देख्ने अरूहरू खित्का छाडेर हाँसिरहेका थिए । केहीले गिज्याउन छाडेका थिएनन् । रमाइलोमा आआफ्ना उमेर समूहका साथीहरू एकाकार भएर मनोरञ्जन गरिरहेका थिए ।
त्यतिबेला भरखर जाम्दानीको चलन आएको । उसलाई पनि चाम्दानीमा राखेर घतीहरूले बोकेका थिए । केही पर गाएँ नकटेसम्म बाजा पनि बजे र दुलाह बोक्नेहरूले पनि लिएर अगाडि बढी रहे । जब गाउँ सकियो र वनेली मूलबाटो सुरू भयो तब बाजा पनि रोकियो र दुलाहलाई पनि हिडाइयो । सबै कुरा गर्दै गन्तब्यतिर लागे ।
वेलुका साँझमा जन्ती दुलहीको घरमा पुगे । भतेर खेतको गरामा पकाएका । कबेली दाल र भात वेलुकाको खाना खाए जन्तीले । राती बिहेको काम भयो ।
अर्को दिन भतेरमा मासु र भात थियो । दुलाहकै घरबाट लगिएका खशी काटिएका थिए । सबैलाई सन्तुष्ट हुने गरी बाड्ने भान्सेहरू काम गरे । भतेर खाएर दुलही अन्भाएर जन्ती बाटो ले । बाटोमा जाँदा यति ठूलो पानी प्यो कि भनेर साध्यै भएन । हाव पनि कति चलेको । सबै जन्तीहरू रुझै । त्यस किसिमको पानीमा ओडाको कुनै काम नै थिएन । सबैले भनिरहेका थिए‚‛आजका दुलाह दुलही लक्ष्नका र कोमलताले भरिएका छन् । धेरै समयसम्म रोकिएको पानी आजै पर्यो । सबै अन्नवाली मरीसकेको थियो । खेत जोत्न र पाखो बालीका लागि पानी नभै नभएको बेला पानी आयो । राम्रो भयो । उनीहरूको जीवन सुखमय हुने लक्षण हो यो ।’ अरूले सही थापिरहेका थिए । दुलाह र दुलही त लठ्ठीमा कपडा बेरेर राखेको जनावर धपाउनका लागि बनाइएका कार्टुनजस्ता देखिन्थे । सबै जन्तीहरू भिजेर निध्रुक्क भएका थिए तर सबैको लागि पानी चाहिएको हुँदा केही हदमा खुशी पनि थिए । जताततै पानी नै पानी जलाम् थियो । खोल्साखोल्सीहरू पनि लेदो बोकेर हिडिरहेका थिए । केही समय बाटोको ठाँटीमा बसेपछि पानी बिदो भयो । सबै फेरि दुलाह दुलहीसहित घरतिर लागे ।
रात निकै गैसकेको थियो । गाउँको नजिकै पुगेपछि बाजा बजाएर जन्तीहरू आएको संकेत दिए घरतिर । दुईजोर नरसिया एकृसाथ फुकेको आवाज फेलियो चारैतिर । घरमा त नपुग्ने कुरै भएन । बाजा अघिअघि र सबै जन्ती पछिपछि घरको नजिकै पुगे । आँद्बगनमा रतौली खेल्नेहरू अझै मच्चिइमच्चिइ नाच्दै थिए ।
‛भरे च बुहारी घर आउँछे
सासुलाई बोकेर डुलाउँछे
हिजो त सासुको दखैदख थ्यो
अब त सासूको सुख आउने भो
छोरालाई हुर्काउँदा कस्तो हुन्डरी
बुहारी भित्रिदा छड्के तिलरी
काम गर्छन् बाँडेर छेन कराकर
छोरी र बुहारी दुबै बराबर
जमाना काँ पुग्यो बुझ सबैले
बुहारी छोरी हुन् भन्छिन बज्यैले ।
……………………………………………।’
दुलही भित्र्याएपछि सबै आआफ्ना घरतिर लागे । बाजा बजाउनेहरूलाई पनि दक्षिणा दिएर खाना ख्वाई पठाउने काम भयो । रतौली पनि सकियो । पाहुनाहरुलाई खाना ख्वाएर वल्लो तथा पल्लो घरमा सुताए । बिहेको चटारोले बिदा लिएर गयो ।
जागिरको दौडधुप
बिहेपछि उसको काम यथाबतै थियो । एकदिन एकजना आफन्त घरमा आए । उनी शिक्षाको बिकास त्यति नभैसकेका दुर्गम स्थान राधानीको आसपासमा शिक्षक काम गर्थे र अलि जानका लागि असजिलो र हरेक कुरामा पछाडि परेकाले जो कोही त्यस ठाउँमा जागिरका लागि जान मन पराउदैनथे । शिक्षक खोज्न जान पर्थ्यो ।
त्यही शिलशिलामा उनी हिडेका केही दिन भैसकेको थियो । उनले सहजलाई भने‚‛जाने हो जागिर खान ? मैले चिनेको ठाउँमा शिक्षक कोटा खाली नै छ । म राखिदिन सक्छु तिमीलाई ।’
कहाँहो जानपर्ने ? अनि कतिसम्मका लागि पढाउने नि ?’ सहजले अत्यन्त खुशीको भाव देखाउदै उसैको अघि आएर भन्यो ।
‛त्यो प्इमरी हो कक्षा पाँचसम्म । केही समयपछि मेरो स्कूलमा खाली हुन्छ । त्यो हाइस्कूल हो । त्यहा दशसम्म पढाउनु पर्छ । दुईचार महिना बसेपछि त सडकको नजिकै आउन मिलिहाल्छ बाबु । जाम मसँगै हुदैन ?’
सहजलाई घरयासी तुनेलो अनि सबैतिरको भनाइले कोल्टे फेर्न पनि पाएको थिएन । कहाँ जाने र केगर्ने होला ? भनेर मानसिकता बिचलित भैरहेको बेलामा एक्कासी घरै यस किसिमको सुअवसर पाउँदा उसलाई अत्यन्त खुशी लाग्यो ।
‛उनले फेरि भने‚‛एक्लै बस्दा त आत्तिदैनौ नि ? फेरि निकै टाढा पन छ है त्यो स्कूल । जान मात्र कठिन हो तर गएपछि उही बस्दा त आनन्द नै लाग्छ । अत्यर लाग्यो थदि भने शनिवार भेट हुने कार्यक्म मिलाउला हुदैन ?’
घर छोडेर जान पाए त सहजलाई के के नै हात परेजस्तो हुने गर्थ्यो त्यसमा पनि जागिर । अनि त्यो पनि सरकारी । पैसा पनि आउने भयो । ऊ नेपा बाहेक अन्य ठाउँमा त जान तयार हुन्थ्यो भने नेपालमै त जस्तो ठाउँ भए पनि जान तयार नै हुन्थ्यो ।
उसले खुशी साथ भन्यो‚‛हुन्छ । म बस्न सक्छु र पढाउँछु पनि । पढाउन त म दशलाई पनि सक्छु । आफ्नै कक्षाका साथीहरूलाई पनि त सिकाउने गरेकै थिए ।’ उसले जवाफ फर्कायो ।
‛ल त्यसोभए भोलि जाने यहाँबाट । म आज अनेत्र नै जानु छ । भोलि विहान म खाना खाएर यहाँ आउछु । तिमी तयार भएर बस है ?’ उनी कुराको टेङ्गो लगाएर आशावादी हुँदै त्यहाँबाई हिड्न लागे ।
सहजले फेरि सोध्यो‚‛यही बस्दा हुदैन र ! फेरि आउनु हन्न कि ? उतैबाट काम पर्यो भनेर जानु त हुदैन ? मलाई आश मात्र देखाएर ? भोलि सँगै निस्कन पनि त सजिलो यही बस्दा हुनेथियो ।’
बाबा आमाले पनि बस्नका लागि कर गरे । तर आफन्तलाई त्यहाँ आइसकेपछि नभेट्नु पनि त भएन । ‛ल ल अहिले जाऊ त । भोलि विहान केटो तयारी अवस्थामा बस्छ । सँगै लिएर जाऊ है त बाबु यसलाई ? यो घर छोडेर कही गएकै छैन । यसलाई अत्यार लाग्यो भने भेघाट पनि गर है बाबु पहिला पहिला ।’
उनी फटाफट घरबाट बाहिरिए । उनै गएकोतिर सहजले हरिरह्यो । ‛कति माय गर्ने मान्छे भेटियो । यो त मेरो लागि एउटा अवसरै हो । मलाई कस्ले जागिर लगाइदिन्छ र ! मेराबारेमा कस्ले पो राम्रो सोचेको थियो खै ? यी त देवता नै हुन् मेरा लागि । बरु नआइदिने पो हुन् कि ?’ सहजले मनमनै कुरा खेलायो ।
भोलिको पर्खाइ निकै लामो भयो । अनेकौं बिचारहरूले स्थान पाए त्यतिबेला । पहिलो तलबले आमाको साडी अनि बाबाको लागि पनि केही । अहिलेसम्म कहीबाट पैसा आफ्नै लागि भनेर आएको छैन । त्यति धेरै पैसा । तलब मात्र २८८ प्राविधिक भत्तासमेत । खानका लागि खाशै खर्च हुदैन रे । बस्न त गाउँ भएकाले घरका ससाना कोठा पक्कै पाइएलान । त्यसको पनि त पैसा नलाग्ला सायद । पैसा त निकै कमाइने भयो । एक पैसा पनि नहुनेका लागि यति ठूलो धाराशी । घरका सबैलाई एकपटक कपडा फेर्दिनुपर्छ । मलाई कसरी बिहे जस्तो शुभबेलामा पनि अर्को मागेर लगाउनु पर्यो तर भाइबैनीका लागि त्यो अवस्था आउन दिनुहुदैन मैले । सोच्दासोच्दै उसले आफैलाई भन्यो हैट ! के सोचिरहेको बेर्थैमा । छोरो पारउनु काछ कन्धनीको चासो यो त भएन । आखिर सुधामाको सातु पो हुने हो कि ? केही थाह छैन । अब सुत्नुपर्छ । बेला पनि त निकै गयोहोला । ऊ पातलो ओड्ने लानेर शरीर ढकेर पल्ट्यो ।
विहान सबेरै उठ्यो तर बेशी जान परेन सहजलाई । बाबाले पालो दिएकाले उसले घरैका कामहरू गर्यो । त्यस दिन आमा मेलामा जान पर्ने भएकाले खाना अलि छिटो नै भयो । खाना खाइसकेपछि उसले उनै आफन्तको पर्खाइमा रह्यो जो उसलाई लिनका लागि आउछु भनेर हिजो बेलुका उनैका आफन्तकोमा गएका थिए । सबै आआफ्ना काममा लागे । मेला जानेहरू पनि समयमा नै गए । पशुको धन्दामा लाग्नेहरू पनि लागे । तर ती मानिस आएनन् ।
‛साच्चै नआउने पो रहेछन् । नआउने भए किन मलाई ढाँट्न पर्थ्यो । मैले कुने कुराको अपेक्षापनि गरेको थिइन । फेरि आज खेत खन्न बोलाएका थिए । केही पैसा आउँथ्यो त्यो पनि खेर गयो ।’ ऊ निराश भएर पिँढीको डिलमा झोक्याइरहेको थियो ।
‛आज कतै नगएर घरै पो रहेछ यो त । खेतमा काम गर्न जाने होइन ?’पल्लो घरकी आमाले भनिन् ।
‛गइन कतै पनि आमा ।’ उसले सुस्तरी बोल्यो ।
‛हैन‚ सञ्चो छैन कि बाबु ?’
‛हैन मलाई केही भएको छैन । त्यसै घरैको काम गर्न भनेर बसेको । ऊ उठेर भित्र गयो । केहीबेरमा उनी आए‚ ‛को छ घर ?’
उनको स्वर चिनिहाल्यो सहजले । म भित्रै छु । नमस्कार भन्दै ऊ बाहिर आयो ।
‛ल अब जाएँ । म अलि ढिलो भएँ । काम पर्यो अचानक । खै झोला छैन ? अनि कपडा राखेनौ ?’ उनले अलि कडा मिजासले भने ।
उसले आफ्नो स्कूले झोला निकाल्यो तर झोला भित्र पातलो टेर्लिङको कमिज । पुरानो जाघे बाहेक केही थिएन । खुट्टामा निलो देखिएका पाइल जप्पल । स्कूलकै पोशाकमा थियो सहज ।
उनले सहजको वास्तविकता बुझे । ‛केही छैन । चाहिने समान पछी किने पनि हुन्छ । फेरफारका लागि म बाटोमा शहर पुगेपछि किनिदिउँला । पछि मलाई दिए भै हाल्छ । अहिले जाउँ यहाँबाट ।’
मोटर बाटोसम्म जानका लागि पैदल भारपाँच घण्टा लाग्थ्यो । दुबैजना कुरा गर्दै गए । साँझ बिचमा नै बास पर्यो । उनीहरू मोटर चढ्न भ्याएनन् । सानो कटेरीको पसलमा बास बसे र त्यही खाना खाएर सुते । हिड्नेबेलामा दुबैको पैसा उनैले तिरे । सहजसँग पैसा नभएको उनले पहिले नै थाह पाइसकेका थिए ।
विहानै हावेको सडक किनारमा उभिए । एउटा ट्रक आयो काठमाण्डौका लागि । उनले रोके । ड्राभरले पनि रोक्यो र भन्यो‚‛भाडा बसकै दिनुहोला पर्छ है ? नत्र लान्न । पछि किचकिच नगर्नु ल ।’
उनले सहमति जनाए र ट्रकमा उक्ले । अग्लो बढी भएकोले सहज जान सकेन । उनले सहजको हातमा समातेर ताने बल लगाएर ।
‛तिमी पछाडि बस । यहाँ बस्दा चलाउन असजिलो हुन्छ । यहाँ त एकजना मात्र बस्न मिल्छ ।’ ड्राइभरले भन्यो ।
केही नबोली ऊ पछाडि गएर बस्यो ।
४र छण्टा हिडेपछि ट्रक रोक्यो खाना खानका लागि । सबै जना सँगै सहज पनि तल झर्यो । सबैलाई खाना मागे मास्टरले । सबैले चम्चाले खाए तर सहजलाई असजिलो लाग्यो रहाट्टैले खायो ।
पुलुक्क मास्टरले हेरे उसलाई । ‛चम्चाले खान जानेकौ कि के हो ? हातले खाना खाएछौ त ?’ मुसुमुसु हाँस्दै मास्टरले भने ।
‛मैले त चम्चाले खाएकै छैन । घरमा हातैले खाने गरेकोले यही तरिका नै राम्रो लाग्छ । फेरि हाम्रो घरमा त चम्चा नै छैनन् के को चम्चाको प्रयोग गर्ने ?’ उसले जे हो त्यही स्वलत्र भन्यो ।
‛ल थपिथपि खाऊ है पेट अघाउने गरी । अब भरे कतिबेला हुन्छ खाना खान । धेरै टाढा जानुपर्छ । बाटो छाडेर चार घण्टा हिड्नुपर्छ । अत्तिदैनौ नि ?’ मास्टरले भने ।
सहजले पनि पेट भरिने गरी दुईपटकसम्म थपेर खायो । खाना खाइसकेपछि मिठा सुप खाए तर उसले खाएन । खाऊ बाबु मिठा सुप । यसले खाना पचाउँछ ।’ मास्टरले हास्दै भने ।
‛भो खान्न । मलाई त अब पुग्यो ।’ उसले खान मानेन ।
सबैजना पहिले जसरी नै ट्रकमा चढे । ऊ पछाडि भनेकै ठाउँमा गएर बस्यो । छ्रकमा काँचो छाला लादिएको चारैतिर गन्ध त्यसमा पनि पछाडि बस्नै नसकिने भएको थियो । जे भए पनि उसलाई मास्टर बन्नु थियो । पैसा कमाउनु थियो । परिवारको कहिल्यै पूरा नभएका मागहरू पूरा गर्नु थियो । उसलाई त्यो गन्ध असहज भएकै थिएन । किन कि ऊ निकट समयमा नै ठूलो मान्छे बन्दै थियो ।
तीन घण्टा हिडेपछि ट्रक रोकियो । मास्टर ओर्लिए र भने ओर्ल बाबु । यही हो हामी झर्ने । म पनि त्यो आपतकालिन कोठरीबाट मुक्त हुदै बाटोमा झरें । मास्टरले ड्राइभरलाई पैसा दिए । कति दिए उसले थाह पाउन सकेन । त्यसपछि उनीहरू उकालो लागे ।
बाटोमा पानी प्सस्त थियो । मूल पनि त्यतिकै । तिर्ख मेटाउनका लागि कसैसँग पुकारा गर्नै नपर्ने । सहजले ठाउँठाउँमा पानी पिउँदै गर्यो । मास्टर एकोहोरो अघीअघि हिडिरहेका थिए । उनलाई भेटाउदै सहज पनि गइरहेको थियो । बाटोमा ऐसेलु पाकेका थिए । उनीहरूले ऐसेलु टिपेर खाए । केहीबेर उच्चा चट्टानमाथि बसेर थकाइ पनि मारे ।
गाह्रो भो बाबु ? उकालो त अलि रुखै छ है । तिमी तर्सन्छौ कि भनेर मैले केही नभनेको । दुःख मानेका त छैनौ नि ? तिम्रै लागि त हो नि यति दुख गरेको । हैन र ? मास्टरले सुस्केरा काटेर भने ।
हो हजुर मेरै लागि हो । म हजुरले दगाएको गुन कहिल्यै भुल्ने छैन । जति गाह्रो भए पनि केही असजिलो लागेको छैन मलाई । अनि दुख नगरी सुख पनि त कहाँ आउँछ र ? हिँड्दाहिँड्दै ठूलो स्वाँस फेरेर सहजले मनका कुरा भन्यो सबै ।
दुबै जना चर्को उकालो त्यो पनि बनको हिँडी रहे । रात परेको थियो सिमसिम पानी पनि परिरहेको थियो मास्टरले छाता ओडे तर सहजसँग छाता थिएन । उनले केहीबेर त छाता ओडाएर सँगै राखे तर हिड्न त्यो पनि त्यति असजिलो निधारै ठोक्ने किसिमको उकालोमा मिल्ने कुरै भएन । ऊ रुज्दै हिड्यो । समय पनि धेरै गइसकेको थियो ता पनि त्यो ठाउँ आएको थिएन । दुबै अँधेरोमा हिँडिरहेका थिए ।
मास्टर भनिरहेका थिए‚‛मेरो पछिपछि आउँ है । अब एक छण्टामा आउँछ त्यो ठाउँ । अरू कुरा जे भए पनि पानी नपरेको भए हुन्थ्यो । यसले पो दुःख दियो । मन्दाभन्दै मास्ट्टर चिप्लिएर लडे । सहजले उनलाई उठायो ।
‛हत्तेरी कस्तो चिप्लो रहेछ । काट्यो के हो ढुङ्गाले’ । पुछ्पाछ गरेर फेरि हिँडे ।
‛नजिक कतै बास बस्ने ठाउँ पाइदैन ? कतै बस्ने गोठ भए पनि हुन्थ्यो । भोलि उज्यालो भएपछि सजिलै जान सकिन्थ्यो । यो रातीमा यति आपत । बढी नै चोट लाग्यो कि हजुरलाई ? खोइ त हेरौं बसेर ।’ अति थाकेको सहजले पीर मान्दै भन्यो ।
‛मलाई केही भएको छैन । समान्य नै हो । पुगेपछि हेरौंला । यो ठाउँ त बस्तु चराउने खर्क हो । केही माथि गएपछि मात्र गोठहरू र केही घरहरू भेटिन्छन् । त्हाँ मैले चिनेका मानिस पनि छन् । उनी त्यस स्कूलका अक्ध्यक्ष पनि हुन् । उनैकोमा जाँदा राम्रो हुन्छ । फेरि भोलि त म मेरो स्कूल पनि त भेटाउनु पर्यो । एक हप्ता भयो यहाँबाट हिडेको । आफै हर्ताकर्ता भएपछि समस्या पनि त आइरहन्छन् । तिमीलाई जिम्मा लगाएपछि त मलाई पनि ढुक्क हुन्छ । अध्यक्षको घरको नजिकै अर्को घरुमा स्कूलका हेडमास्टरको डेरा छ । उनलाई पनि म बोलाउन लगाउँछु । अनि सबै कामको टुङ्गो आज नै लागिहाल्छ । तिमीलाई पनि के हुने हो भनेर सुर्ता मान्नु पर्ने कुरै आउँदैन । हैन र ?’ निचोट निकाल्दै उनले आफ्नो पनि दुनो सोझ्याए ।
कुरा बुझ्दा मास्टर चारैतिर चिनिएका । कसैलाई खोजेर ल्याए वापत केही रकम पाउने रहेछन् । अनि नियुक्ति हुनेले पनि उनलाई आर्थिक तथा भोजमा सरिक गराउने । दुबै हातमा लड्डु हुने भएकोले उनी त्यता मास्टरहरूको खोजी गर्ने रहेछन् भन्ने कुरा सहजले कुरैकुरामा थाहा पाइसकेको थियो । कसैले त एक महिनाको पारिश्रमिक नै दिने रहेछन् । तर सहजलाई सोझै त केही भनेका थिएनन् । सायद पहिलैको नातसंवन्ध पनि भएकाले लिदैनन् जस्तो सहजलाई लागेको थियो ।
सहजले मनमनै सोच्यो‚‛यति धेरै दुःख गरेपछि केही त दिनै पर्छ । उनको पनि काम मरेको छ । अनि खर्च पनि उतिकै । फेरि बिदाको पैसा पनि गएको भुलन हुदैन कसैले पनि । झन मेरो त बाटो खर्च र खानासमेत उनैले खर्च गरेका छन् । के नदिए हुन्थ्यो । जसरी पनि फर्काउँछु । तलब आओस्न पहिले । चौमासिक आउँछ भनेका छन् । आएपछि तुरुन्तै दिनु पर्ला । कसैको पनि खान हुदैन । अर्काको श्रम र पसिनाको मूल्य नतिर्दा महाँ पापी बनिन्छ । सत्कर्ममा रहनु र कर्मको फल खाएर सन्तोषले जीउँनु मानवको दिनचर्या हुनु अनिबार्य हुन्छ । अर्काको धनले पोल्छ राम्रो कतावी हुदैन । अतः नपुगेको बेला सपट लिनु र भएपछि फिर्ता गर्नु नै उपयुक्त हुन्छ । जतिसुकै जे गरे पनि मास्टर राम्रा मानिस हुन् । कसैसँग केही नलिएको कताउदै उनी यस्तो श्लोक बताउने गर्दथे बेलाबेलामा ।
अष्टदशे पुराणेसुः ब्यासाय बचनम द्वोयम्
परोपकार पुन्यायः पापाय पर पीडनम् ।
एकाधघण्टामा उनी एउटा पुछारको घरमा पसे । सहज पनि उनैको पछि गयो ।
‛को हुनुहुन्छ घर ? हे दाइ ? सुतिसक्नु भो कि क्या हो ?’ अलि चर्को स्वरमा कराए मास्टर ।
को हो यसबेला ? लौ न ए बुढी उठ त बाहिर कोही आएर बोलाए जस्तो छ । जाऊ त बुझ । को हो आएको । बुढाले ओछ्यानबाट नै बुढीलाई अराए ।
सहजले भिजेका कपडा फुकाल्यो र निचरेर राख्यो । झलाका कपडा पनि भिजी सकेका थिए । ती पनि निचरो र टेर्लिङ्को कमिज लगायो । जाँगे कमिजले छोपिएकवले कम भिजेको हुँदा लगायो । निचोरेका कपडा पिढीँको खामाको किलीमा झूण्यायो । मास्टरले पनि भिजेका कपडा निकाली अर्का फेरे र भिजेकालाई सुकाए । केहीबेरपछि बल्ल ढोका खुल्यो‚‛को हो यस्बेला राती ? कहाँबाट आएको हो ? कसलाई खोजेको होला कुन्नि !’
नमस्कार आमा ! हामी आएका हजुरहरूकोमा । म क्या त उही मास्टर बाबु । एकहप्ता पहिले बाबासँग आएको थिएँ नि । आमालाई हजुरको जन्म दिन परेकोमा उपहार दिने उही मास्टर क्या आमा ! चिन्नु भो अब त ?’ बहुतै मिठो शैलीमा मास्टरले चिनाए बुढीलाई ।
ए बाबु पो । मैले त राती भएकोले मेसो नपाएर बल्ल पो चिन्यो । आफ्नो मुन्छे पो हो त । क्यै नभन् है बाबु यो बुढीलाई । अब त बुढी भो क्या । ल हिड् भित्र । अनि अर्को को त त्रो साथे हो ? दुबै आऊ । बुढीले हाँसेर भनी ।
सबै भित्र पसे । नमस्का बुआ । म मास्टर । चिन्नु भयो कि भएन । आमाले बल्लबल्ल चिन्नु भयो । हजुरले कुन्नि ?’ मास्टरले चिप्लो पारामा भने ।
कुनामा खाटबाट उठेर बुढा मजेरीको गुन्द्रीमा सबैलाई बसाए र आफू पनि बसे । उनले भने ‛बाबु तपाईलाई पनि नचिन्ने कुरा हुन्छ ? मैले त पहिले नै चिनिसकेकेको थिएँ । किन यति राती भो आउनको लागि ? के स्कूलमा मास्टर लिएर आउनु भा को हो कि ? यहाँ धेरै भो खाली भएको । कोही आएनन् । सूचना पनि सबै ठाउमा टास भनेको हेडलाई । खै केगरे कुन्नि ? तर कोही आएन । पाएऊ खै कोही राम्रो मान्छे ?’ आशा देखाउदै बुढाले भने ।
‛त्यसैले त आएको यति हतार गरेर । यी उहाँ नै हो भोलिदेखि तपाईको स्कूलमा पढाउने मास्टर । धेरै पढेको र जानेको पनि । अति सिपालु माष्टर ल्याइदिएको छु । उहाँलाई नै राख्ने भोलिदेखि नै । बरू हेड यही छन् कि कतै गएका छन् । थाह पाउनु भएको छ ? एकपटक उहाँलाई पनि कुरा सँगै राख्न पाए राम्रो हुने थियो कि बुआ ?’ माष्टरले आफ्नो जिम्माको काम पूरा गर्नका लागि कुरा राखे ।
यही छन् होला । तर भोलि बिहान जाउँला अहिले यो रातमा कता जाने । बुढाले कुराको बिट मार्न खोजे ।
‛अहिले खाना बनाउन लाग्नु भएको छ आमा । खाना पाक्दै गर्छ म गएर ल्याउछु उनलाई ।’ माष्टर उठ्न लागे ।
हैन हैन म सानेलाई उठाएर लिन जा भन्छु । उसले लिएर आउँछ । थाकेर आएको मान्छे । फेरि यो अँध्यारोमा । घाँसले सबै बाटो पनि हिड्न मिल्ने नै छैन मेसो नपाएकालाई । बुढा उठैर कौसीमा सुतेको साने भएको स्थानतिर लागे । सहजलाई जागिर पाइने निश्चितताले अहिलेसम्मको दुख सबै बिर्सेजस्तो लाग्यो । ऊ अत्यन्त खुशी थियो । साच्चै नै ऊ माष्टर हुने नै भयो ।
‛मेरा अधुरा सपनाहरू पूरा हुन्छन् कि त अब । कोल्टे फेर्न नसकेको मान्छेका पनि दिन आउछन् कि क्या हो ? हुन त कति दुख पाउनु हो ज्यातिविधि । घाम दाएपछि अस्ताउने निश्चित छ अनि जतिबेला पनि घाम नलागेर कहिलेकाही बादलले ढाकिनु पनि प्रकृतिको खेल नै हो त्यसैले यस्तो भैरहेको पनि होला । अब दुख नहोला त ?’ अविश्वाशको पारामा ऊ आफूलाई उभ्याउन पुग्यो ।
खाना तयार भैसकेपछि बुढीले डाकी‚‛आऊ बाबुहरू । खाना खान । कति भोक लाग्या होला । ? विहान कतिबेला खाएको होला अहिलेसम्म । फेरि यो ठाउँमा आउँदा बाटोमा पनि केही खाने ठाउँ पनि छैन । यो रुखो गाउँ । म माइत जाँदा पनि कते नबसी जने हो । केही पनि खान र बस्न पाइन्न ? थाह छ मलाई हिँड्दा कति दसख पाइन्छ । ल खाऊ । मोही छ तिउन त मसेउराको झोल । भात ताइचुनको । मिठो नभए पनि खाऊ है ?’ बुढीले आफ्ना मनका भएजति कुरा पोखिन् ।
दुबैजना खान खान बसे । सहजलाई त्यस दिनको खाना ज्यादै मिठो भयो । सायद भोकले पनि होला । ठूलै थालभरि लगाइएको पहाड जत्रो राश सबै सकेर अलिकति थप्यो पनि । मास्टरभने एकै भागले अघाए । दुबै जना खाएर उठे । त्यति नै बेला सानेले हेडमाष्टरलाई लिएर आयो । बार्दलीमा बसेका बुढा पनि साने आएको थाह पाएर भित्र पसे । हेडमाष्टरले दुबैलाई देखेर भने‚ ‛नमस्कार । आरामै हुनुहुन्छ सर ?’
आरामै छु । हेर्नुहोस् न । तपाईले भनेको हुनाले निकै टाढा गएर असल मान्छै खोजेर ल्याइदिएको छू । भोलिदेखि नै काममा लगाउनुहोला । नियुक्ति समर्थनका लागि अफिस तपाइँ जान नभ्याए मकहाँ पठाइदिनुहोला । म मेरो स्कूलको काममा सदरमुकाम पनि जानु छ । मै गरिदिउद्ला यो काम पनि । हुदैन सर ?
फेरि उनले थपे‚‛माष्टर चाहिएसम्मका । मेरो चिन जानका मान्छे पनि हुन् । ६क्ष्टमा सर्वप्रथम भएका । म्यथ र साइन्स त झन कति कति राम्रो । हाम्रा केटाकेट्टीका लागि अति उत्तम । केही बए सोच्नै पर्दैन सर । ढुक्क भएर काममा लगाउनु होला । केही परेमा मलाई खवर गर्दा पनि हुन्छ । शुक्रबार त बेशी झर्नुहुन्छ क्या र सधै । बरु उहाँलाई पनि लिएर झर्नुस् हृ ? नौलो ठाउँ पहिले त सबैलाई अत्यर लाग्नु स्वभाबिक नै हो । केही समय सँगै लिएर हिठ्नुहोस् । अलि रत्याउनुहोला । फेरि अर्को खोज्न सकिदैन है ? निकै कठीन छ है पाउनको लागि । उनले सबै कुरा फररर पारे ।
हेडमाष्टर पनि खुशी भयो । उसले नामसम्म सोध्यो‚‛हजुरको नाम ?’
‛सहज हो मेरो नाम । अनि हजुरको पनि थाह पाउन पाए हुन्थ्यो ?’
कृक्ष्ण अर्याल । मेरो घर पनि उहाँकै स्कूल नजिकै हो । उहाँ मेरो साथी र नजिकको मित्र पनि । हामी जे काम गर्दा पनि सहकार्य गरेरै गर्छौ । उसले भन्यो ।
‛बस्नका लागि कहाँ मिलाउनुहुन्छ कृष्ण जी ?’ माष्टरले सोधे ।
‛खान र बस्नका लागि तपाइँ चिन्ता नलिनोस् म यहाँ ब्यबस्था मिलाउँछु । आठो पिठो नै खाने हो यहाँको खाना भनेको । भात खाने भनेको बेशी झरेर मात्र हो । यदि आफैले बेशीबाट बोकेर ल्याउने र आफै एक्लै पकाएर खाने हो भने मात्र भात खान पाइन्छ स नत्र भने त्यस्तै हो । म त यहीको आँटोपिठो नै मन पर्छ । जेठा तमाङकोमा बसेको छु । तपाइँलाई थाह नै छ मेरो कुरा । सरलाई कस्तो लाग्छ यहाँको खाना । एकदुईदिन हेरौं । अनि ब्यवस्था मिलाउँलला । केही छैन । मिलेर बस्दा राम्रै हुन्छ । कजिनीले पनि नयाँ माष्टर आउँदा मेरोमा राखिदिनु है भनेकी छन् । त्यहाँ पनि राम्रै छ बस्न र खानका लागि । सिङ्गै भनसार खमली छ । उनका छोरा र छोरी स्कूल जान सक्ने भएका छन् । सगै लिएर जाने र आउने गरेपछि केही बुझाउनुपनि पर्दैन । निकै सजिलो छ त्यहाँ पनि । नभए अरू ठाउँमा पनि राख्न सकिन्छ ।’ उसले ब्यबस्थाको जिम्मा लियो ।
ल त रात पनि धेरै गयो । भोलि विहानै म स्कूलका लागि कुद्नुपर्छ । भेट हुदैनहोला । नयाँ सरलाई पनि आफैसँग लैजानुहोस् र उहाँसँग अहिले केही पनि छैन । चाहिएको सहयोग गरिदिनुहोस् । केही छैन आखिर एउटाले अर्कोलाई गाह्रो साँघूरो पर् गर्ने त हो । अनि ल अब मभन्दा पनि नजिक हाम्रो कृष्ण जीलाई मान् है ? जे परे पनि उहाँलाई नै भन्नु । शुक्रवार मलाई भेट्नु है ? उनले आफ्नो कामको कर्तब्यता सकेझै प्रस्तुत भए ।
कृष्णले सहजलाई लिएर गए । अध्यक्षले माष्टरलाई सुत्ने खाट देखाइदिए र दुबैजना सुते ।
विहान सबेरै माष्टर हातमुख धोएर जान अध्क्षसँग बिदा मागे । अध्यक्षले माष्टरलाई चियासँग मकै र भटमासको सातु दिन लगाए बुढीलाई । त्यही खाजा खाएर उनी त्यहाँबाट चले स्कूलतिर ।
यता घरतिर गामबेशी लामो किसानी परिबेश कामको चटारो जो कोहीका लागि पनि कठिन छदै थियो । पशु पनि पाल्नै पर्ने‚ किसानीमा पनि मकै कोदो र अन्य सिजनका तरकारी पनि लगाउनै पर्ने स्थितिले गर्दा घरको आम्दानी बढेता पनि परिवारका सदस्यहरूलाई भने अति नै कष्ट थियो । अझ घरमुलीले काम नै नगरी सबै काम केटाकेटीका भरमा लगाउने प्रबृतिले त झन सबै जना पीडित नै थिए भन्दा फरक पर्दैनथ्यो । सुत्ने समय पनि निकै छोटो हुन्थ्यो बिहान चार बजेदेखिको काममा लागेको खाने फुर्सद पनि नहुने भएपछि जो कोहीलाई पनि सकस पर्नु स्वभाविकै थियो । त्यसमा पनि दुलही साह्रै सानी थिई । घरका अरू सबै तालिम प्राप्त जस्तै भैसकेकाले अलि काममा तगेका थिए । सबैको सहानुभूतिको कमि र काममा बढी लगानले आजित बनेकी नव बधुलाई त्यो घरमा टिक्नको लागि अत्यन्त कठिन भयो । समय बित्दै जाँदा उसलाई माइतीबाट दाजु भेट्न आएका थिए । त्यसै बेलामा ऊ बस्न नसकेर माइतमा नै जान चाहदै भनी‚ ‛म यहाँ बस्न सक्दिन । बरू म उही गएर पढ्छु । मलाई पढ्न दिनुहोसु । यस घरको कामले मलाई उठ्नै नसक्ने बनाउने भो । बरू पछी उहाँ आएपछि आउँछु । अहिले तपाइँसँगै लैजानुहोस् मलाई ।’ ऊ भक्कानिएर रुन थाली ।
अहिले मसँग जान हँदैन । त्यसमा पनि ज्वाइँ पनि नभएको बेलामा जान पनि त राम्रो होइन । बरु अरू नै समयमा जान राम्रो होला । मसँगै जाँदा त माइतीले नै घर बिगारेको आरोप आई पछिका लागि पनि असहज स्थिति आउन पनि सक्छ । केही दुःख खप जे भए पनि । कसै खप्न नसके दशैंमा आऊ । त्यसपछि भविष्यका लागि सोचौंला । हुदैन र बैनी !’ दाजुले निकै सम्झाए ।
म त जान्छु भनेपछि जान्छु जसरी पनि । भाग्र भए पनि जान्छु । काम मात्र नभै हरेकको कचकच र टोकाइ कति सहनु । भएन भने उतै बस्छु काम गरेर । तर म यहाँ किमार्थ बस्दिन ।’ उसले बिलौना गरी रुदै भनी । दाजु पनि बैनीको बिलौनाबाट रून थाले । केहीबेर दुबै रोएपछि दाजुले भने‚ ‛ल हुन्छ त जाने तर कहिले भोलि जाने ?’ दाजुले बैनीलाई सोधे ।
बनीले तुरुन्तै जवाफ फर्काई‚ ‛जाने भएपछि किन ढिला गर्ने ? अहिले नै जाने । बरु खाना बाटोमा जे खाए पनि त हुन्छ । बिहानै गएपछि सजिलै पुगिन्छ घर । म मेरा चाहिने कुरा झोलामा राखिहाल्छु । तपाइँ घरमा जाने कुरा मिलाउनतिर लाग्नुहोस् ।’
घरकाले जाने अनुमति दिएनन् भने के गर्ने नि ? अलि असजिलै हुन्छ कि बैनी ?’
जेसुकै भनून । सके बोल्नै गाह्रो मान्लान् नभए पनि खुशीले जान दिने त यो घरको अघिको पनि चाल नै हुदैनथ्यो । तर सोधेर म बैनीलाई केही समयका लागि लैजान्छु र म नै ल्याइदिन्छु भन्नुहोला । यति भएपछि पुग्छ अहिलेको लागि । पछिको कुरा उतै गएर सल्लाह गरे भै हाल्छ ।’ आत्तिएको मृग झै प्रस्तुत भै बैनी दाजुका अगाडि ।
दाजुले बाबालाई भेट्न खोजे तर अन्तै गैसकेकाले भेट्न सकेनन् । उनले आमासँग बिन्ति चढाए‚ ‛बैनी अलि बिरामी भएकीले केही समयका लागि म लैजान्छु आमा । औयधी गरेर केही समयपछि म आफै लिएर आउँछु । हुदैन र आमा मात्र केही दिनका लागि ?’ उनी उत्तरको प्रतिक्षामा बसी रहे । तर कुनै संकेत आएन । अर्को पटक पनि बिन्ति बिसाए । त्यसमा पनि मौनता नै रह्यो । उल्टै रन्कने र फन्कने जस्ता ब्यबहारले आमाम भित्र पसिन् । कते आदेश पाउने त कुरै भएन । तर बैनी भने झोला बोकेर बाहिर घर छेउमा कुरी रहेकी थिई ।
दाजु निराश हुँदै बाटो लागे । बैनीका कुराले मनमा भूँवरी नै खेलिरहेको थियो । अनन्तमा सोचिरहेका दाजुले बैनीलाई बोलाए गरेसोबाट । बैनी कता छौ ? ल आऊ म पछाडि आइसकें घरको । तर बैनी अलि परको बाटो किनारमा उभिएर हासी रहेकी थिई । यसले भनी दाजु म यहाँ पर्खी बसेकी छू । आउँनुहोस् छिटो ?’
बैनीको आवाजले अनेकौं सवाल उब्जाए पनि उनी नबोलीकन अघि हिडिरहेका थिए अनि पछिपछि बैनी खुशीले रमाउदै हिडिरहेकी थिई ।
फेरि ऊ सानै पनि भएकी र आफ्नो मान्छे पनि नभएपछि कसैको सहारा पनि पाउन सकेकी थिइन । माइतमा गएपछि केही समय ऊ उहीँ बसेर उतैको स्कूलमा कक्षा छ मा पढ्न थाली । घरतिर भाइबैनीहरू पनि काममा सघाउन सक्ने भएकाले त्यति कठिनाइ भएन । सबै मिलेर सबै काम धानियो । खर्च कम हुने र बस्तु तथा किसानीबाट पनि कमाइ भएकोले जग्गाजमिन पनि अझ थपिदै गयो । धान कोदो मकै दूध घिउलगायतका बस्तुहरू निरन्तर बिक्री गरी अर्थोपार्जन हुने गरेको थियो । पहिलेको जस्तो खानका लागि त्यति दुःख थिएन । गाउँमा आर्थिक हिसाबले माथिल्लो तहमा गनिन थाल्यो त्यो परिवार ।
सहजले जागिर गरेको पनि दुई बर्ष बितिसकेको थियो । त्यति बेला पैसा कम हुने तर त्यसको महत्व अलि बढी नै हुन्थ्यो । पढाउदा खान र बस्नका लागि पैसा लगानी गर्नै पर्दैनथ्यो । ट्युसन र तलबको पैसा सलक्क घरमा बाबालाई बुझाउँदा बाबा खुशीले नाक ठूलो बनाउँथे र सहजलाई पनि आनन्द आउँथ्यो । सबै भाक्षबैनी र आमाबालाई ओडापरी सहजले नै मिलाउँथ्यो । दशैमा घोर्ले खशी ल्याएँने काम पनि सहजकै हुन्थ्यो । एक खुट्ले निर्वाह चलाउने परिवारमा सिङ्गो त्यै पनि त्यति ठूलो खशी भित्र्याउदा सबै जना खुशी नहुने कुरै भएन ।
अघिल्लो वर्ष नै सहजले एस एल सी पास गरेको थियो । पढ्दै पढाउँदै गरेको सहज पाँचछ मैनामा घर आउँथ्यो । जग्गा जमिन र पशु पालन पनि अलि बढी नै भएकोले घरमा जति मानिस भए पनि अपुग नै हुन्थ्यो । अर्को वर्षको दशैं आयो । सहजले बजारबाट सबैका लागि नया कपडा र घरका लागि चाहिने खरखजाना लिएर आयो । सबै परिवार रमाए । दशैंका लागि खशी पनि केही दिनपछि किन्यो उसले । अष्टमी र नहमी पनि राम्रै गरी बिते । नहमीका बेलुका उसको घरमा घरयासी कुराहरू चले । बाबाले भने‚ ‛भोलिको टीका लगाएर दुलही लिनका लागि पनि ससुराली जान पर्छ कि बाबु ! यहाँ काममा पनि कठिनाइ भैरहेको छ । आमालाई सघाउने अर्को मान्छे पनि छैन । बैनीहरू पनि कति गरुन । कामको चटारो कति छ भन्ने कुरा मैले बताइरहनु पर्दैन । सबै मान्यजनहरूको हातको टीका थापेर जा । टीका थाप्न आएको भन्दा राम्रो पनि हुने र दुलही पनि लिएर आउँन पनि हुने । एक पन्थ दो काज । कि अर्कै सोचाइ छ त्यरो ?’ बाबा एकोहोरो सहजलाई हेरिरहेका थिए । पहिले जस्तो बढी हप्काउन सक्ने स्ति पनि थिएन । किन कि सहज पैसा कमाउन सक्ने भैसकेको थियो त्यतिबेला ।
त्यही सन्दर्भमा आमाले थपिन्‚ ‛दुलही त ल्याइदे बाबु । फेरि तँ ता जागिरमा गइहाल्छस् । अनि कस्ले ल्याइदिने । यहाँ कामले कहिल्यै फुर्सद हुदैन । सधैको मुतको पैरो । अनि दुलहीले पढेर पो के गर्ने हो र बेर्थैको । ल्याएपछि उसले बाहिरको काम बैनीसहित लिएर गर्छे । म भित्र । अरु काम भाइले बाको सिकाइबाट गर्छ । सबैलाई काम हल्का नै हुन्छ । मलाई त निक्कै गाह्रो पनि भयो । मेलामा जानु कि घरको काममा खटिनु । फेरि सबै स्कूल जाने भनेर बहाना बनाउने मात्र न हुन् । भनेको बेलामा काम लिन सकिने होइन यिनीहरूबाट ।’ आमाको अलि दुखदायी पीडा झल्किएको थियो । सायद दुलहीलाई ल्याउने कुरा भन्नका लागि बाबालाई लगाउने काम पनि आमाबाटै भएको जस्तो बुझिन्थ्यो आमाका ती कुराहरूले ।
सहज धेरैबेर केही नबोली बसिरह्यो । कोही पनि बोलेनन् त्यतिबेला । निकैबेरपछि आमाले भनिन्‚ ‛के सोचिरहेको हो बाबु ? केही पनि बोलिनस् त किन ? भोलिको कुरा के भयो त ? किन बाबा पनि बोल्नु भएन किन हो ? सबै मौनतामा अडीएका किन हो ?’ आमा हतारिए जस्तो देखिन्थिन् ।
‛केही समय नल्याउदा पनि हुदैन र आमा ?’ उसले सले मन बिचार्न खोज्यो ।
‛भो भो जान पर्छ लिन । जसरी पनि जा र लिएर आइज । ऊ उहाँ बसेर सुख काट्ने मलाई यो विधिको आपत । यस्तो पनि हुन्छ ? टीका लगाएर जाने र टीकाको भोद्यिपल्ट नै आउने गर्नुपर्छ । नत्रभने त्यरो के के काम आउने हो कहिले कता कहिले कसको काम भन्दाभन्दै जाने दिन पनि आइहाल्छ । अनि एक वर्षका लागि पर जान्छ आउने कुरा । कि छोड्ने बिचार गरेको हो ?’ आमा चर्को स्वरमा जङ्गिइन् ।
सबै जनामा कौतुहलता आइरहेता पनि नैरास्यताले अमिलिएको स्पष्टै देखिन्थ्यो । सहज उठेर बिस्तारातिर लाग्यो । भाइबैनी पनि आआफ्ना सुत्ने ठाउँतिर लागे । बा र आमा उही कुरामा गन्धन गरिरहेका थिए । पल्लो सानो कोठीबाट बोलेका केही कुरा सुनिन्थ्यो बाआमाका ।
‛मान्दैन कि क्या हो ? केही बोलेन त ।’ आमाको जिज्ञाशा थियो ।
‛मानेन भने केही गर्नै परेन । केही समयपछि आउने दिनले बताउला । दुलही चाहिने आखिर यसैका लागि त हो नि ! फेरि उसले मन पराएर त बिहे गरेको । हाम्रो त केही दोष छैन त्यसमा । दुलहीको पनि त चित्त नबुझेको यदि हो भने लिन गए पनि नआउने होली । छोरो पनि लिन गएन भने उसले अर्को बाटो समाउली । यसले पनि अर्की ल्याउला । के गर्ने त । अर्को बिकल्प त म देख्दिन । सकेसम्म भोलि एक पटक भनेर लिन जा भन्नुपर्ला मान्योभने । रामेका पनि पहिलो घरबार त्यसरी नै असफल भएर अर्की ल्याएको र अहिलेका छोराछोरी भएका त हुन् । पल्लारे ठूलेको पनि माइत गएर दुलही नआएको झोकमा अर्को बिहे गरेको अनि पहिलेकीले दुःख पाएकी हो । सबैले आफ्ना भविष्यको बिचार गर्न जानेकै होलान । हामीले मात्र कति चिन्तन गर्नु । भो अब सुत्नु नै राम्रो होला ।, दुबै गनगुनाउदै बिछौनामा पल्टी रहेका थिए ।
सहजले आमाको दुखेसो राम्ररी बुझेको थियो किन कि ऊ त्यस घरको पहिलो सन्तान अनि सबै कामधन्दा पहिले उसैले गरेको थियो । उसले आफ्नो भविष्यका बारेमा भन्दा पनि लोकको डरले पनि ससुराल जानका लागि बाध्य बनाएको थियो ।
‛ससुरालतिरका आमा र बाबा पनि त छोरीका बारेमा किन सोचेनन् होला । आखिर दिएको घर त यही हो त छोरीको । किन राखेका होलान् आजका दिनसम्म ? अरू छरछिमेकले पनि त कुरा काटिरहेका होलान । किन माइतमा नै राखेका होलान । बिबाहपछि त छोरी माइत राख्नु भनेको त्यति राम्रो मानिदैन । कि घर नहुने पक्कापक्की भएकाले कि त झैझगडा भैं केही दिनका लागि मात्र माइत जानेहरूले मात्र न हो माइत बस्ने । जसरी पनि घरै बस्न लगाउन पर्ने हो । के लिन गए पनि नपठाउने हुन त ? जे भए पनि एक पटक जानै राम्रो होला । भोलि सबैसँग टीका थापेर बेलुका पुग्नेगरी जानुपर्ला । त्यसपटिका गतिविधिले सबै कुराको वोध गराउँछ ।’ अनेक तर्कहरु मनमा खेलाउँदा खेलाउँदै सहज निदाएको पत्तै पाएन ।
महिलाहरुका लागि घर खान मुस्किल बनाउने महिलाले महिलालाई गरिने गलत ब्यबहार र बढी काममा पिसाउने प्रबृति नै थिए । त्यसमा पनि महिला पुरुषको दब्दबावमा बाच्न बिवश बनाइनुले पनि थप पीडा बनाइदिएको थियो । छोरी र बुहारी समान देख्न नसक्नु र छोरालाई बढी महत्व दिने प्रचलनले पनि छोरीहरू तिरस्कृत हुन पुगेको त्यतिबेलाको परिबेशले देखाउँथ्यो । आखिर मान्छे सबै बराबर नै हुन् भन्ने कुरा किन आउन नसकेको होला ? समाजमा आधुनिकतम चेतनाको कमि तथा बाह्य परिस्थितिको पहिचान हुन नसक्दा पनि मानिस त्यति रुखो बनेकाले भेदभावको स्थिति देखिएको पनि हुन सक्ला । झन शिक्षाको पाटो त निकै कमजोर नै थियो त्यतिबेला । अनि सचेत पनि हुन नसकेका हुन् कि ? जति सम्पन्न परिवार किन नहोस् नारीहरु उतिकै हेपिएको र आफ्ना मनका बेदनाहरु मनैमा पोको पारी राख्ने गरेको अनि छटपटीलाई केवल माइतमा आफ्नै आमालाई मात्र भन्ने गरेको दृष्टान्तले महिलाहरु घरयासी जेलमा नै भएको देखाउँथ्यो । जे सुकै भए पनि सहज पहिलेभन्दा केही फरक बनेको थियो किन कि ऊ शिक्षक र समाजलाई नजिकबाट हेर्न सक्ने साथै सही र गलत छुट्याउन सक्ने मानवका रुपमा उभिइसकेको थियो । दशैंको दिन आफ्नो घर र छरछिमेकमा भएका मान्यजनहरूकोमा गई टीका थापेर आशिर्वाद लियो उसले । बुढाहरूले आशिर्वाद दिदै भन्थे, ‛आफ्नी श्रीमती ल्याएर आफ्नो घर राम्रो बनाउनु अर्को साल छोरा पाउनु है बाबु ᴉ पढेर मास्टर भएकै छौ अब हामीलाई नातीनातिना खेलाउन देऊ ।’ यस्तै यस्तै अरु पनि सुखद विषयहरू टीकाका क्रममाआइरहेका थिए । यसले पनि उसलाई ससुराल जानका लागि अत्याइदिएको थियो ।
त्यस दिन छिमेकमा नै खाना खायो र केही समयपछि ऊ ससुरालीतिर लाग्यो । चर्को घाम असोजकै भए पनि कडा नै थिए त्यस दिन । दिनभरिको थकानपछि साँझमा ऊ पुग्यो । रात नै परिसकेकाले अलि चिन्न असहज भए पनि चिन्न सके घरका सबैले ।
‛आउनुहुन्छ कि भन्ने सोच बनाएका थियौं । भने जस्तै भयो । बाबु आउनु भएछ । ज्यादै खुशी लाग्यो । अनि घरतिर सबै सञ्चै हुनुहुन्छ ?’ ससुराबाले सोधे ।
सबै आरामै बन्न पर्यो । ऊ अलि खुलेको थिएन । उसलाई अलि असजिलो अनुभूति भैरहेको थियो । श्रीमती यहाँ रहनुमा आफू पनि दोषी रहेको हो कि भन्ने ठहर उसको मनमा नाचिरहेको थियो । घरमा बाख्रा हराउने वनमा बाघ कराउने जस्तो त्रासले उसलाई दोषीको दायरामा बस्न बाध्य भएको अनुभूति गरिरहेको थियो उसले ।
‛भान्छा तयार भो ? लिनुस् पानी र जाऊ खान खानका लागि ।’ सालो केटोले बिस्तारै भन्यो ।
‛कति मिठास अनि कति मान मर्यादा त्यति सानो केटोको बोली त्यति आदरार्थी । सहजले सोचेजस्तो मन नपराएर नपठाएको जस्तो लागेन उसलाई । सबैको कुरा गराइ र चाल बुझ्दा सकारात्मकता नै भेटिन्थ्यो । महिलाहरू कति पिल्सिएका थिए भन्ने कुरा त्यतिबेलाको समाजलाई निहाल्दा थाह लाग्छ । त्यसमा पनि बुहारी त शीरमाथि पहाडै बोक्न पर्ने । कति हेपिएको अनि कति मानवता नै भोग्न नपाएका होलान् । सबेको दास भन्नपर्ने सायद नोकरभन्दा पनि तलका हुन्थे बिचराहरू । त्यो महा पाप भएको बुझदाबुझ्दै पनि पहिलेको आफ्नो दुःखलाई कसरी बिर्सेर आज पुनः अमर्यादित र घिणित हर्कत देखाउन सक्छे महिलाले सासु बनेर । अचम्म छ समाज बुझेर पनि बुझ पचाउन कसरी सकेको ? मान्छे मान्छेमा बिभेद त्यसमा पनि एउटै धरातलमा रहेकाहरु पनि समान हुन किन कठिन ? अन्यायले न्ययलाई पछाइरहेको हुन्छ । कतिबेर टिक्ला र यो असैह्य पीडा अनि लगाइएको जञ्जिर ।’ अनेकौ बिचारहरूले मन धमिलो हुँदाहुँदै खाना खाएको पत्तै हुदैन उसलाई ।
रात निक्कै छिप्पिइसकेको थियो । केहीबेरको कुरा गराइमा उसले भन्यो, ‛भोलि अनुलाई पनि लिएर म जानुपर्छ । फेरि भोलि नजाँदा मेरव जागिरमा असजिलो हुन्छ । त्यसैले भोलिका लागि तयारी गरिदिनुहोला । अहिले निद आएकोले सुत्नु पनि पर्छ कि ?’ बढी आत्तिए जस्तो गरी ऊ प्रस्तुत भयो ।
‛कहाँ भोलि नै जाने ? बरू पर्सीका लागि जाँदा हुन्छ । एक दिनले के गर्यो र ᴉ जागिरमा पनि त एक दिन मिलाउन भै हाल्छ नि ᴉ’ ससुराले निचोड निकाल्दै आफ्ना कुरा सके ।
किन किन सहजलाई त्यहाँ बस्न रुचि थिएन । उसको जिद्दि अलि बढी नै थियो । भित्र केही कानेखुशी पनि सुनिन्थ्यो । सायद पठाउने कुरामा नै कुरा भैरहेका हुन कि झैं लाग्थ्यो । कोशेलीका बारेमा पनि कुरा भैरहेका सुनिन्थ्यो । रातमा भए पनि तयार गर्ने यदि मानेमा पर्सी नभए भोलि नै सबै जोरजाम गरी पठाउने चर्चाले पनि सहज अलि बलियो भएको थियो । मौनता पछि ओछ्यानले बोलायो सबैलाई । कतै नकारात्मकताको आगो सल्कने डरले सताएको थियो तर केही गुञ्जयास नै नआएपछि ऊ ढुक्क भयो र आरामका साथ सुत्यो सहज ।
विहान सबेरै उठेर ऊ जानका लागि तयार भयो । त्यस परिवारका सबैले बस्नका लागि निकै आग्रह गरे तर उसको अगाडि अरुका कुराहरू फेल भए । आखिर जाने तयारी भयो तर खाना खाएपछि । आफ्नो बचनको कदर भएपछि उसले स्वीकार्यो । छिटो न खाना तयार भयो । खाना खाइसकेपछि टीका लगाएर दरो खाम पनि हात पार्यो उसले । सबैले उनीहरूलाई बिदाइका हातहरु हल्लाए । हिड्नेबेलामा सासुले रुदै भनिन्,‛छोरीलाई दुःख नदिनुहोला । अलि सानै छ । नजानेको कुरा सिकाउने भन्नुहोला घरमा बाबु ।’ उनी पछ्यौराले आँखा पुछिरहेकी थिइन् । उनका बचनले उसको मनमा केही आशंकाका छालहरु उर्लिरहेका थिए ।
अमिलो पोखिएजस्तो परिबेश त्यसमा पनि सबैका आँखा रसाएका कोही पनि खुशी थिएनन् । अन्ततः अनुलाई अघि लगाएर सहज घरतिर लाग्यो उनीहरूका पछि कोसेली बोकेकी अधबैशे महिला पनि रातो फेता गुताएको डालो बोकेर हिडिरहेकी थिई ।
असोजका घाम भए पनि दिनभरि हिडिरहदा निकै गर्मी अनि बढी दुरताका कारण कठिनाइ पनि उतिकै थियो । अनुका लागि कोसेली बोक्ने महिला साथी थिई । सहज बोल्ने आँटसम्म पनि गर्न सकिरहेको थिएन । अघिपछि गरेर बाटो काटिरहेका थिए ।
‛ए बाबु ᴉ यो चौपारीमा बसेर खाजा खाऊ । मैले खाजा घरबाट खानु भनेर दिएको ल्याएकी छु । भोक पनि लाग्यो होला । बसेर खाऊँ हुदैन ?’ डालो बोकेरै निधार भरि पसिना चुहाउदै महिलाले भनी ।
बाटोमा घरैबाट पठाएका खाजा चौपारीमा बसेर खाए तीनैजनाले । तर अनुर सहज दोहोरो कुराकानी गर्न समर्थ थिएनन् । एकदेखि अर्को अपरिचित नै हो कि जस्ता देखिन्थे । सायद अल्लरे बेला भएकाले पनि यस किसिमको परिस्थिति आएको थियो होला । दिनभरिको हिडाइपछि वेलुका नौं बजेतिर उनीहरू घर पुगे । अनुले कोसेली र पैसा राखी बाबा आमालाई ढोगी । खाना खाएर सबै सुते । धन्दा सकेर अनु र उसैसँग आएकी महिला पिँढीमा र अर्को पिँढीको कुनामा रहेको सानो कोठीमा सुत्यो ऊ ।
समय आउँछ तर पर्खदैन । जुन समयमा गर्नपर्ने काम त्यही समयमाम गर्न नसके लक्ष्यमा पुग्न कठिन प्रायः हुन्छ । नैतिकताको बन्धन यति कडा हुन्छ जुन मानवले भुलेर पनि तोड्न सक्दैन । आफ्नो इज्जत बचाउन र कर्मशील बन्नका लागि तोकिएको स्थान र मितिलाई लत्याउनु राम्रो होइन । सहजले पनि जागिरमा इमान्दारिता देखाउनका लागि पनि पूर्णिमाको दुईदिन अघि घर छोड्नै पर्थ्यो । एउटा तिथि कम भएकाले विहानै बाटो तताउनु बाहेक अर्को बिकल्प नै थिएन । खाना खाएर ऊ झोला बोकी लाग्यो गन्तब्यतिर ।
प्राणी सानो वा ठूलो जोसुकैलाई पनि आफ्नो जिविकोपार्जनका लागि भौंतारिनु पर्छ र अनेक बाधा र अड्चनहरूलाई निराकरण गर्दै जुधिरहेको हुन्छ । सबै बाच्नका लागि खान्छन् तर मानिस दुई किसिमका हुन्छन् । एकथरि बाच्नका लागि खान्छन् भने अर्का थरि खानका लागि बाच्छन् । तर सहज केवल बाच्नका लागि खान्थ्यो । स्थानीय श्रोतमा पाइने मकैको ढिँडो र सिन्की रोजै हुन्थ्यो उसको खानामा । भात त केवल पाहुना हुँदा र घर आउँदा मात्र । पहिले पनि आमालाई पुग्दैन कि ? भाइबैनी भोकै हुने हुन कि ? भनेर पेट खाली हुँदा पनि रमाएको मान्छे त्यसबेला धन्न पेट त टन्न भरिएकाले आनन्दित थियो ऊ । दिनहुँ विहानवेलुका केटाकेटीलाई सिकाउने र दिनमा स्कूलमा पढाउनका लागि जाने भएपछि समय सजिलोसँग जाने गरेको थियो । लेकको हावा पानी चिसो र फलदायक थियो । दूध नभए पनि मोही खान पाइने टन्न आँत भरिने भएपछि हर्षित नै थियो सहज । यतिबेला कसैलाई पुग्दैन कि भनेर आँखा घुमाउनु परेको थिएन । हरेक दिनको गामबेशी र कामको चटारोबाट मुक्त भएको थियो ।
आफ्नो जागिरमा अर्कैको रजाइँ
मानवका चाहना बढी हुन्छन् । प्रगतिका लागि ज्यान दिएर लाग्छ । प्रतिकूल परिस्थितिमा पनि अनुकूल बनाउनका लागि न्वारनदेखिको बल लगाउने गर्छ । चारैतिर हात हालेपछि केहीमा असफलता भोग्नु स्वभाविक नै हो । सहजले पनि पढ्ने र पढाउने दुबै कार्यमा सरिक भयो । अनेक दुःखका बाबजुध पनि आशाका त्यान्द्राहरूमा अँकुरण देखियो । स्कूल पनि अलि नजिक भयो । त्यसले पढ्नलाई सघायो ।
ज्यादै पीडा वोध गरिरहेको सहजका लागि अर्थले साथ दिए पनि शहरको पढाइ र निकै टाढा करिब सातआठ घण्टा बसको दुरी अनि पैदल एक दिन हिडाइको स्कूल निकै कठीन नै थियो । कहिलेकाही मात्र कलेज जाने क्रम चलि नै रह्यो । अस्थायी जागिर कलेजमा परीक्षाका लागि गएको बेला जागिर च्वाट पारेर आफै सर्बेसर्बा भैसकेका उनै मास्टर जो पहिले सहयोग गरी यहीसम्म ल्याएका थिए, हुकुम उनैको चलेको थियो ।
आफ्नो कुर्चीमा मास्टरले नै काम गरिरहेको देख्यो र अभिवादन गर्यो पहिले, ‛नमस्कार ᴉ म के देख्दै छु । के अर्को दरबन्दी पनि आएको हो कि ? कि मलाई कतै सरुवा गराइएको हो ? मैले त केही पनि बुझिन त ᴉ’ उसले बिनम्रतापूर्वक सोध्यो मास्टरसँग ।
केहीबेर मास्टर बोलेनन् । के के हो लेखिरहे । ऊ उभिरहेको देखेर भने, ‛बाबु अब तिमी पढ्नतिर लागेको मान्छे । फेरि एउटाले दुईतिर खुट्टा राख्दा दुबैतिर असफल भइन्छ निश्चित नै । तसर्थ अब पढ्नुपर्छ । उत्कृष्ट नतिजा ल्याउनका लागि पनि जागिर खानु हुदैन । पढेपछि जागिर कतिकति । समस्या नै छैन । फेरि तिमी यति चलाख छौ असफल हुने त चान्स नै छैन । पढेर ठूलो मान्छे बन्नुपर्छ । त्यसैका लागि तिम्रो राजिनामा दिई म त्यसै स्थानमा हाजिर भएको हिजोदेखि । जाऊ राम्ररी पढ । केही सहयोग गर्न पर्ने भो भने मलाई चिठ्ठी मार्फत खवर गर है ? म आज तुरून्तै जिल्लातिर जानु छ । तिमी मैले खाने गरेको त्यो पहिले नै तिमीले खाना खाएका थियौ नि ᴉ त्यहो होटलमा गएर खाना खाऊ र जाऊ । म हिडें ।’ उनी झोला बाँधमा भिरेर फटाफट आफ्नो बाटो लागे । सहज अचम्मको असजिलोमा पर्यो ।
उसले मनमनै सोच्यो, ‛के भएको हो यो ? मेरो राजिनामा मैले नदिएर अर्को कसरी दिने ? अनि कसरी स्वीकृत हुने ? हैन यो दुनियामा हुदै नसक्ने कसरी भयो ? बिरोध गर्नुपर्छ कि क्या हो ? हैन यहाँ मेरो को छर ? उनैका सबै अनि मेरो पनि त उनै हुन् जे भने पनि । आफ्नो हार निश्चित भएपछि लडेर जुध्न जानु भनेको केही गानउनु मात्र हो । यसले कसैगरे पनि मेरो हित गर्दैन । बरू चुप लागे बाठो तताउनु नै बेश होला । कसैलाई भनेर सुनुवाइ हुदै हुदैन अनि केका लागि गोहीका आँसु चुहाउनु । जान्छु अब जुन बाटो आएको त्यतै । खाना पनि खान्न । जस्ले पीडा बोध गराएको छ त्यसैको नुन पानी खान त्यति राम्रो पनि हुदैन । यसो अब त कोल्टे फैर्न सकिन्छ कि ? भन्ने आशा र भरोशामा अडिएको थिएँ तर फेरि यो हबिगति भोग्न पर्यो । जे भो भो । हिजो जस्तो थिएँ आज पनि त्यस्तै त हो । त्यही नै मेरो परिणति । केही छैन सङ्घर्ष गर्नु बाहेक अर्को बिकल्प छैन । केही ट्युसन खोजेरै भए पनि पढ्न त छाड्न हुदैन । पाइएला कतै बोर्डिङ्तिर ।’ बिदाको पैसा पनि नपाउँदा उसलाई निकै नरमाइलो लागेको थियो तर बिरोध गर्ने स्थिति नै थिएन । निराश हुँदै फर्क्यो सहज शहरतिर ।
पञ्चायतको दब्दबाव सर्वसाधारणका लागि अत्याचार नै थियो । लोकसेवामा पनि खरिदारमा नाम निकाले पनि फाइनल राम्रो हुन आफ्नो मान्छे चाहिने । त्यो पनि आकाशको फल नै भयो । नाम कागजमा देखिञ्जेलका लागि भयो । शिक्षा आयोगमा पनि त निस्केकै हो तर परिवर्तनको कित्तामा उभिएकाले तोकिएको स्कूलमा हाजिर हुन पाएन । जता गए पनि लगार्नेमा पहिलो उही पर्थ्यो । कति वर्षमा बल्लबल्ल आयोग खुल्छ अनि नाम पनि निस्कन्थ्यो तर अन्त्यमा हाजिर हुन पाउदैनथ्यो । बिडम्बना के यस्तो पनि हुन्छ अरू कसैलाई । पञ्च नभएकोमा स्थायी जागिर नै खाइदिए सम्रान्त भनाउदाहरूले । पीडामाथिको फकुण्टो हुनपुग्यो । यस घटनाले घर र पर सबैतिरबाट तिरस्कृत हुनपुग्यो । समाज परिवर्तको पक्षमा उभिदा अनेकौं हण्डर भोग्नुपर्यो । यी अन्तर कुनाका परिदृश्यले ऊ यस देशको नागरिक नै हैन कि जस्तो आभाष देखिन्थ्यो । यातना, पीडाबोध, अपहेलना, सकश अनि सास्ति सबै उसका भोगाइ नै थिए । सहयोगी ऊ आफै बाहेक कोही थिएनन् त्यतिबेला । तर पढ्ने बेलाका केही महिला साथीहरूले सहयोग गर्न रुचाउथे तर उनीहरूको सहयोगले परिवर्तनको पक्षमा खाशै प्रभाव राख्दैनथ्यो ।
असल भावना र सत् पात्र
कमला कलेजका साथीहरूमध्ये माया गर्ने मित्र नै थिई । ऊ बेलाबखत आउने गर्थी । ज्यादै धनी भएकाले कोठामा केही नभएको थाह पाएसम्म भन्दै नभनी खजाना ल्याइदिन्थी । सहज चलाख भएकोले कहिले सिक्नका लागि दिनभरि नै उसैको कोठामा बिताउने र सबै खाजा तथा खानाको ब्यवस्था उसैले मिलाउँथी । त्यति मात्र नभएर केही दिनलाई पुग्ने गरी कोठाका समान जोरी दिन्थी । यो देख्दा घर भेटी आमाले भन्ने गर्थिन्, ‛तिमीहरूको जोडी त अचम्मको छ है । यो संबन्धले दीर्घरुप लियोस् शुभकामना । केही सोचेका छौ यसका बारेमा ? फेरि नरिसाउनु नि ᴉ मैले त अन्दाजले मात्र भनेकी । कि रिसायौ कमला ?’ खित्का छाडेर हासिन् उनी ।
‛किन रिसाउनु म ? बरू सहज रिसाउला । जसले जे देख्छ अनि मनमा जे कल्पना गर्छ त्यो सधै साँचो तर सफल नहुन पनि सक्छ आमा । दुईचार अक्षर जानेको नाताले पनि आफ्नै शुभचिन्तकलाई नराम्रो मान्नु त महा भूल हो । त्यसले भविष्यमा पश्चाताप बाहेक अरु केही दिदैन । आमा सही हुनुहुन्छ सतप्रतिशत । तर आमा , मान्छे देखेको कुरा पनि कहिलेकाहीं सत्यताबाट पर देखिन बाध्य हुन्छन् ।’ कमला अलि भाबुक भई । सहज सबै कुरा सुनी रहेता पनि केही बोलेको थिएन ।
त्यतिबेला नै शान्ता पनि आई कोठामा । ‛सबैलाई नमस्कार । आमालाई पनि नमस्कार । अनि के को कुराकानी चलिराछ यहाँ । आमालाई पनि साँची राखेर । यी दुईजनाको केही नयाँ मावल सृजना भएको छ कि कसो आमा ? यिनीहरूको त गोप्य कुरा चलिराख्छ अचेल । मैले पनि थाह पाउन कठिन छ । बरु आमा सधैं यही रहेकाले मलाईभन्दा बढी जानकार पनि हुन सक्नुहुन्छ । के हो आमा आज यिनीहरूको ?’ उसले जिस्कयाउन खोज खोजी ।
‛काँचो खरमा आगो लगाउने भनेको त साचै पो रहेछ । कस्तो कुरा गरेकी । यस्को जस्तो अनेक्को लभस्टोरी भए अझ कति उफ्रन्थीहोली । यहाँ के भनौं भनेर मात्र । यो बाइफाले त अनेकै कि पो छ त । ल ल यही बस् बढी शंकाले नहेर । शंकाले फेरि लंका जलाउला । बढी कुरा गर्नभन्दा तँ किन आएकी यहाँ ? झोला पनि बोकेकी छस् त । केही ल्याएकी भए खाऊ क्यारे ᴉ’ उसले आँखा मारेर भनी । सहजले बस्नका लागि टुल ल्याएर दियो । शान्ता त्यही टुलमा गएर बसी ।
कमलाले उसको झोला खोतली । झोलामा रहेका सुन्तला झक्दै भनी, ‛कम कि छ यो ᴉ हेर त सहजका लागि भनेर यत्रो उपहार यो पनि सिजन सिद्धिनी बेलाको महङ्गो सुन्तला । यसको कुरा गरेर कस्ले पो सक्छ र ᴉ ल भैगो सुन्तला खान त मिल्छ होला हैन ? कि आफैले दिने हो ? ल तैँ बाड । फेरि केही अपगाल पो दिने हो कि पछि ?’ झोला नै उसैलाई दिदै कमला खाटमा गएर बसी ।
शान्ताले सबैलाई एकएक वटा सुन्तला दिई । सबैले सुन्तला हाँसी हाँसी खाए । बाँकि रहेका केही दाना टेबुलमुनि राखिदिई । त्यसपछि घरभेटी आमा गइन् कोठाबाट ।
कोठामा केही थिएन तर कमलाले सबैकुरा ल्याएकी हुँदा ऊ खानेकुराको धनी भएको थियो । सहजले भन्यो, ‛म खाजा बनाउँछु है कमला ? के बनाउँ ? चाउचाउ बनाउँ त ?’ सहज खाटबाट उठ्यो ।
पर्दैन केही बनाउन । मैले जेरी र पुरी ल्याएकी छु तर पुरीलाई तताउनुपर्छ । चिसो भयोहोला । म नै सबैलाई तयार गरेर दिन्छु । तिमी स्टोभ जलाउन सहयोग गर । एकैछिनमा भै त हाल्छ । म तिम्रोमा अलि मेसो पाउदिन । फेरि हाम्रोमा त ठूलो र सजिलो चुलो छ बिजुलीले पकाउँदा निकै सजिलो ।’ उसले आफ्नो घरको तारिफ गरी ।
सहजले स्टोभ बाल्यो । कमलाले पुरी तताई र थालमा राखी । पुरीभित्र जेरी राखेर शान्ता अनि सहजलाज्ञ दिई । आफूले पनि खाई थोरै । सहजले पुरी खादै भन्यो, ‛कमलाले मप्रति देखाएको सदाशयता जीवनमा कहिल्यै भुल्न सक्दिन म । यसको तिर्ने हो भने यसैको गोठालो बस्नु पर्ने हुन्छ ।’ ऊ वास्तबिकतामा रुमलिन खोज्छ ।
‛के को तिर्ने कुरा गरेको सहज ? दुबै एक जीउ छौ त अनि के तिर्ने ? भएन त चिताएको पूरा । जैसीले बताएको र चाहेकव कुरामा एकरूपता आएपछि के नै रह्यो अधुरो ? लौ तिमीहरूको संबन्धले फुल्ने र फल्ने अवसर पाओस् । यसैमा दुबैको कल्याण हुनेछ ।’ शान्ता मुर्छापर्दै हासी रही ।
‛बढी नचाहिदा कुरा नगर है शान्ता ? नपत्याउने खोलाले पनि बगाउन सक्छ । खेलाचीको कुराले ठूलो तनाब सृजना गर्छ जसको समाधान नहुन पनि सक्छ । कुन त बुहारी सुन लगाएकी । यो दुखीको अनयाश नै दुर्दशा खेप्ने स्थिति आइनपरोस् । ल भैगो अब सिक्ने कुरातिर जाऊँ । के समस्या लिएर आएको तिमी शान्ता ? म सक्ने भएसम्म समाधान गरिदिन्छु । नभए फेरि सरसँग नै सोधौला । ल निकाल तिम्रो नोटकपी ।’ उसले पढाइतिर मोड्यो सबैको ध्यान ।
सबैका समस्याहरू मथलेर साँझसम्म नै बसीरहे । शान्ताले जीउ तानेर बाहिर हेर्दै भनी, ‛लौ म त बगर जानुपर्ने अवेर पो भएछ । रातमा त अलि डरै लाग्छ बाटोमा । म त जान्छु । कविता त यही बस्ने हो कि ? हुन त यसको घरै यही भएकीलाई के को चिन्ता ? सम्पन्नशालीलाई त के भो र ? बाबालाई बोलाए त गाडी लिएर आइपुग्नुहोला ? हामी जस्तालाई हो संकट ।’ ऊ झोला लिएर निस्कन खोजी ।
‛यही हाम्रोमा बसौं न त है शान्ता ?’ कमलाले भनी ।
भो बाइ ᴉ मेरोमा त आज दिदी आउदै हुनुहुन्छ । जसरी पनि जानु नै पर्छ । लौ न अँधेरै भएछ कसरी जाने म ? नदीको पारीसम्म त जान पाए अनि सजिलै हुन्थ्यो ? ऊ बढी हडबढाइरहेकी थिई ।
‛भो आत्तिनु पर्दैन शान्ता । म पारीसम्म लगिदिन्छु । अनि तिमी जाउली । कमला ᴉ तिमी पनि मसँगै हिड त । त्यतैबाट तिमीलाई पनि छाडेर आउन सजिलो पर्छ मलाई । अनि तिमी यहाँ एक्लै पनि त हुन्छंयौ । कति बस्ने त ढुमढुम्ति ।’ सहजले दुबैलाई मिल्ने गरी आफ्नो सजिलो बनाउदै भन्यो । सबै त्यहाँबाट निस्के ।
पहिले शान्तालाई मूल सडकमा लगेर छाडेपछि कमलालाई घरैको गेटसम्म लगेर छाड्यो । त्यही बेला कमलाका बाबाको गाडी आएर गेटमा रोकियो । किन हो कुन्नि कमला बोल्दै नबोली घरभित्र छिरी । गाडीबाट ओर्लदै नओर्ली उसका बाबाले मलाई घूरेर हेरे जस्तो लाग्यो । ऊ डरायो काम्यो लगलग्ति । तर बाबाको हेराइ नकारात्मक नहुन पनि सक्थ्यो तर उसलाई मनको बाघले खाइदियो । सडकको छेवैमा उभिएको सहज निकै नै आत्तियो । त्यहीबेला कसैले भित्रबाट गेट खोलिदिएपछि कार भित्र गयो । उसको बल्ल होस् आयो खुइइअ सुस्क्रा हाल्यो । उसले त्यतैतिर हेर्दै भन्यो, मान्छेलाई कत्रो डर आफ्नो चाहनामा तुषारापात हुँदा पनि पीडा ओकल्न नसक्नु । भन्न खोजेको कुरा पनि समान दायराको प्रत्याभूति हुन नसक्दा पोखिन नपाउनु र हैसियतको खाडल फराकिलो हुँदा सोचाइमा आएको फरकपनले मनमा आँधी चलाउनु जसता कुराहरू आखिर पैसैमा त अडेको रैछन् यो दुनिया । यदि मेरो हैसियत त्यतिकै हुँदो हो त यस्तो परिबेश आउने नै थिएन ।’ केहीबेर रुमलिएपछि ऊ कोठातिर लाग्यो ।
धनीका लागि बोली महत्वको हुन्छ । समाजमा जस्तो भए पनि उनीहरूकै रजगज हावी हुन्छ । जो कोही उनीहरूका अगाडि कमिला बराबर । धनले बनाएको घरानिया अनि त्यसैले जमाएका ती मानवहरू । तल्लो बर्गलाई मानव नै भन्न रुचाउँदैनन् । फेरि कहिले कही त प्रेमले अकुरण पाउन सक्ने अपत्यारिलो क्षण पनि देखिदो रहेछ । तर यस्तो संबन्धले चीरस्थायी महल बनाउन सकिरहेको हुदैन । कही न कही छिद्रहरु देखिन्छन् नै ।
कमलाले भनेका र गरेका कुराले सहज झस्कन्छ, ‛हैन ᴉ म त बिबाहित पो । त्यसमा पनि म आफैले बिहे गरेर ल्याएकी सानी अवला । अनेक कष्ट र दुख्शाहरूको भारी बोकेर भावि दिनहरू डाकी रहेकी होली । कोल्टे पेर्नका लागि मुस्किल त अझ उसैलाई पनि त होला । खै म उसको स्थानमा बसेर हेर्न सकेको ? के ममा पनि स्वार्थ लुकेको छ कतै ? कमलाका बाबा त्यत्रो अफिसर अनि सबै नातागोता उच्च खानदानका । बोलाइ चलाइ समेत भिन्दै । किन कमलाले कुरा नबुझेकी होली । फेरि मेरो हैसियत पनि उसलाई सबै थाहै छ । किन बढी नजिकिएकी हो ? कि यसले साथीत्वको नाता मात्र लगाएकी हो भनौंभने पनि उसका हरेक सवालहरूले त्यो मात्र भएको जनाउन मान्य छैनन् । मैले पनि केही सकारात्मकता पनि देखाएको छैन किन कि उसले घरै लान खोज्दा र उसका अनेकौ रमाइला परिबेशमा मलाई निमन्त्रणा गर्दा म जान सकेकै छैन र जान पनि चाहन्न । उसको र मेरो कतैको पनि कुरा मिल्दैन । म यसको एक छैउमा रहनै सुहाउदिन । तर ऊ भने मेरै समीपमा किन रहन खोज्छे कुन्नि ?’ ऊ बिस्तारामा बसेर अनेक कुराहरू खेलाइरहेको थियो कमलाका बारेमा ।
सोच्दासोच्दै रातको झण्डै दश बजिसकेको नजिकैको आर्मी केम्पको घण्टीले सक्त दियो । ऊ बिस्ताराबाट उठ्यो । खाजा खाएकोले त्यति खान मन थिएन ता पनि कमलाले लेयाइदिएका कुराहरू मिलाएर राख्न खोज्यो । त्यहाँ एउटा प्लाष्टिकले बेरिएको पोको देख्यो । खोलेर हेर्दा मौमौ बासना चलेको कुराउनी थियो उसैले ल्याएकी ।
‛यो के गरेकी कमला तिमीले ? अनयाश झस्क्यो । किन यति धेरै गरेकी ? यस्तो त आफ्नै मान्छेले पनि त गर्दैनन् । अनि त्यस्तो अनौठो आकर्षक कुरा के छ र ममा । आखिर उसले केही पाउनु छैन मबाट । म त सबैबाट हेपिएको चारैतिरबाट खेदिएको । कतै सहार नपाएको बेसहारा त हुँ । एकजोरले वर्षदिन धान्नपर्ने उही धोएर बेलुका सुकाई विहान लगाउनु पर्ने पेटभरि खान पाउँदा आफैलाई अहोभाग्य ठान्ने दुःखकफ भूमरीबाट कहिल्यै बाहिर उम्कन नपाएको यतिसम्म कि कोल्टे फैर्दा पनि कठोर यातना भोग्न पर्ने हो कि ? भन्ने त्रासमा बाँच्न बिबश म मान्छे नै नपुगेर बनाएको जस्तोलाई किन नजिकको ठानी होली । उसको लवाइ खुवाइ बेग्लै । खुट्टामा अनेक किसिमका पहिरन । मोटरसाइकल अनि बिलासी सामान पनि कति कति । अनि म प्रति गरिएको त्यो मित्रता । यस्तो त कही कतै हुनै सक्दैन । कोही कसैले पनि यस्तो कुरालाई सहजै पत्यारउदैनन् पनि । तर शान्ता र घरभेटी आमालाई भने यस कुरामा बढी जानकार छन् । म नै के हुन लागेको हो पत्ता लगाउन सकिरहेको छैन । ऊ म कहाँ आएको बेला र उसले मप्रति गरेका ब्यबहारहरूलाई हेर्दा सपना हो कि बिपना छुट्याउनलाई कठिन हुने गर्छ । के हुनेहोला ।’ उसलेः एक हातमा कुराउनीको प्याला लिएर अनन्तमा हराइरहेको थियो ।
अलिकति झिकेर खायो । मीठोको सीमा थिएन । बाँकि खाटमुनि प्लाष्टिकले बेरेर पहिले जस्तै गरेर राख्यो र पल्ट्यो बिस्तारामा । केहीबेर उसैका बारेमा अनि घरतिर पनि सोच्यो । फेरि पहिले सहयोग पुर्याएकी सहयात्री नै भन्दा फरक नपर्ने अत्यन्त मिलनसार दीक्षालाई पनि सम्झ्यो । हैन अचम्म छ बा ᴉ जीवनमा यस्ता सुपात्रहरू पनि भोग्न पाइन्छ जसका अबगुणहरू खोजेर पनि पत्ता लगाउन सकिदैन । ती साधारण मानव पनि हैनन् । ती साक्षात भगवानका स्वरुप नै हुन् । जसको त्याग निस्वार्थता केवल अरूको प्रगतिमा मात्र अडेको हुन्छ । ती बल्ल मानव हुन् जसले न्युन बर्गको उत्थानमा आफ्नो अमूल्य देन समर्पणमा लगाउँदा अत्यन्त खुशी हुन्छन् । समानतामा रमाउँछन् । आफूभन्दा अरूको खुशी देख्न रूचाउँछन् । कर्ममा बिश्वाश गरी पसिना बगाउन चाहन्छन् । इमान्दारिता सचरित्रता र कोमलता छ उनीहरू भित्र । अर्काकोमा भर नपरी आफ्नै बाहुबलले जीउन रमाउद्छन् । ती हुन् महा मानव । सबैको मन त्यस्तै हुने हो यदिभने संसारमा दुःख हुने स्थितिको जन्म नै हुन् थिएन । समाज बदलिन्थ्यो । सत्य युगलाई पुकार्दै किन स्मरण गर्नु पर्थ्यो र ! आजका मान्छे त मानव हैनन् दानव हुन् दानव । कोही कसैको भलो चाहनुको सट्टा उसैको खुट्टा तानेर चट्टानमा थेचारदा रमाउने गर्छ । अर्काको दुखमा रमाउछ । कस्तो आयो जमाना । अनेक तार्किकतामा रुमलिदारुमलिदै गरिरहदा केहीबेर हरायो कतकता अनि निद्ले कतिबेला बेरेथ्यो एकैचोटि विहान पो होस् खुल्यो उसको ।
कलेज सकिएपछि शहर छुट्न परेकोभन्दा कमलाबाट टाढा हुन परेकोमा अत्यन्त दुःख लागेको थियो सहजलाई । ऊ विहानै कमलालाई भेट्नका लागि उसको घरको गेटमा गएको मात्र के थियो । उसकोमा कारैकारको भिड । मानिसहरू भड्किलो पोषाकमा सजिएका । घरभित्रको कम्पाउण्ड सजिसजाए भएको । कोही चिनेजानेका थिएनन् वरिपरि । केहीबेर एकोहोरो हेरिबस्यो उसले ।
नजिकै एकजना शिक्षक कहिलेकाही भेट हुने सामान्य चिनजान भएकोले सोध्न सजिलो भयो उसलाई, ‛सर ! नमस्कार । यो घरमा आज के रहेछद ? अनि हजुरलाई पनि आमन्त्रण गरेकाले पाल्नु भएको होला पक्का नै । के विवाह नै त हैन ?’ ऊ आशावादी हुदै सोध्यो ।
अफिसरसापकी छोरीको विहेको इङ्गेजमेण्ट आज । काठमाण्डौको केटा । इञ्जीनीयरलाई दिने भएछन् । आजै उनीहरू काठमाण्डौ जाने रे । उतातिर पनि यिनीहरूको घर छ । उहीबाट विहे गर्ने रे एकहप्तापछि ।’ सहज झस्कियो । उसलाई रिङ्टा लागेजस्तो भयो थुचुक्क भूइँमा बस्यो र केही बेर सोच्यो, ‛के अचम्म हो ? आजभोलि कमला किन आएकी थिइन भन्ने कुरा सोचे पनि म किन उसको खोजमा लागिन होला । फेरि यत्रो कार्यमा मलाई किन आमन्त्रण नगरेकी ? उसमा सानो सोच थिएन तर एकैचोटी यस किसिमको स्थिति कसरी आयोहोला उसको ? कमसे कम भएको कुरा त बाड्न पर्ने हो अघीजस्तै । सामान्य भएगरेका कुरा पनि थाह पाउने गरेकै थिएँ । जीवनको फैसला गर्नेबेलामा पनि एक पटक सोध्दै नसोधी के गरेकी होली ? किन कठोरता अनि किन यत्रो एक्कासी परिवर्तन ? केही असहज त पक्कै भएको हुनुपर्छ । ऊ त्ति संकृण र अपमान गर्न रुचाउने मानिस त हुँदै होइन । मान्छैलाई समयले नसोचेको स्थानमा हुत्याइदिन्छ जुन उसले कलपना नै गरेको हुदैन । भयो होला कुनै घटना अनि भन्न पनि त पाइन होली बिचरिले ।’ उसले आफ्नो मनलाई समाल्यो र उठ्यो त्यहाँबाट ।
केही पर अर्को चिनेको साथी भेट भयो र भन्यो, ‛कमलाले सोचे अनुसारको विहे हुन पाएन । बाबाको कर र घरयासी दबाबमा भएको यो इऽगेजमेण्टमा उसले आझ्ना कोही पनि साथीहरूलाई आमन्त्रण गरेकै छैन सायद । तपाइँलाई बोलाएर आउनुभएको हो ?, सोध्यो अनौठो पारामा ।
‛हैन । बोलाएर आएको त हैन । मलाई त थाह नै थिएन । त्यसै यतातिर आएको थिएँ यो परिदृश्यले कौतुहलता जागेर एकोहोरिएर हेरिराखेको मात्र ।’ उसले आत्तिदै भनाइ सक्यो ।
साथीले कुरा थप्यो, ‛समाज कति मतलबी छ चाहनामाथि मुक्का हान्दा रमाउने । ब्यक्तिको स्वतन्त्रतामाथिकै खेलवाड । कमलाको सोच जस्तो परिवारको नभएकाले यस किसिमको परिबेश आउन गयो । धनीलाई धनै भएको चाहियो र खोजे पनि त्यस्तै । केटाले स्तर नमिलेर पहिलो बिहेकी श्रीमती छाडैर यो बिहे गर्न लागेको रे ? उनीहरूको यु के मा पनि घर छ रे । जुन कमलाको लागि मनै पर्दैनथ्यो । ऊ जन्भूमिलाई नै राम्रो मान्ने मान्छे अर्कोको भूमिमा शरण लिन उसको मनले पक्कै मानेकै छैन होला । अरुले भनेको सुनेको ऊ एकोहोरो रोही रहेकी छ रे । तर के गर्ने ? रिसाएको सिंहको जुँगा कस्ले पो उखेल्न सक्छ र ! अब भो जाउँ यहाँबाट । फेरि कमला कतै देखिई भने रमाइलो हुँदैन ।’ सहज पनि साथीकै पछि लाग्यो । मनलाई अमिलो बनाउँदै हिडिरहेका ती दुईजना पर गएपछि छुट्टिए । सहज पनि कोठामा आयो । त्यस दिन उसले खाना पनि खाएन । दिनभरि सुति नै रह्यो ।
एकदुई दिनपछि सहज घरतिर लाग्यो । घर पिल्सिएकी उही आफैले डोरो बाटेर ल्याएकी अनु थिई । संवन्ध सामान्य नै थियो । ऊ अलि बुझन थालेकी र घर राम्री थानेकी थिई । काम अलि चर्कै भए पनि भविष्यलाई हेरेर जोतिनु नै श्रैय ठानेरै होला कही कतै बिग्न भत्कन नदिई घर धानेकै थिई उसले । भाइ गुमाउन परेको पीडाले पनि सहज र अनुको संवन्धमा गाढापन थपिएको भान हुन्थ्यो । आखिर मरेर लाने त केही नहुने कुरा सहजले बुझेको थियो ।
जागिरको खोजीमा नै लाग्न बिबश सहज फेरि लमजुङ्को बिकट स्थानमा गयो । त्यहाँ पनि आवतजावत गर्न निकै कठिनाइ नै थियो । तर हप्तैपिच्छे घर आउन मिल्ने भएकोले घरको काम गर्नमा पनि सजिलो बनेको थियो । त्यही बिचमा बहिनीको बिहे गरिदियो उसले ।
सानो कमाइ र त्यसैका आधारमा चल्न पर्ने यसको बाध्यता । हुन त पहिले जस्तो खानका लागि दुःख त थिएन तर चल पैसा नभएपछि आवश्यकताहरू पूरा गर्नका लागि अलि असजिलो नै थियो । फेरि घरको कुनै चिज पनि उसको मातहतमा थिएन र उसले आफू खुशी केही तलमाथि गर्न पनि पाउने अवस्था नै थिएन । अन्य परिवार एकातिर र ऊ अर्कोतिर भएकाले जीवनयापनमा असहज भैरहेको थियो । अनुलाई त कसैले गन्ने कुरै पनि भएन र ऊ त केवल काम गर्न राखिएकी मान्छेजस्ति । अचम्मको समाज थियो त्यतिबेलाको । बुहारीलाई कजाउने प्रबृति हावि भएको । झन उसको त कडा परिबेशमा कुद्नुपर्ने बाध्यता नै थियो । दुःख नहुने सवाल नै रहेन ।
हर्षको क्षण
शुक्रवार र शनिवार घरको काम गरी जागिरमा जाने र केही अपर्झट पर्न गएमा अरू वार पनि बिदामा बसेर काम मिलाउन सजिलै भएको थियो । बैशाखको चर्को गर्मी मकै गोड्नका लागि खेतालाहरू राखिएको र अनुले पनि सकिनसकी मकै खनिरहेकै थिई । त्यस दिन उसलाई अति पीडा भैरहेको थियो तर त्यसको रोकार कसलाई हुन्थ्यो र ! काममा लागेका दिदीबहिनीहरूले बाबु बन्न लागेकोमा सहजलाई छेड हानिरहेका थिए । सबैले बढी गिज्याएपछि ऊ त्यहाँ उनीहरूसँग काममा सामेल हुन लाज मान्यो । ऊ अरु काममा ब्यस्त रह्यो ता पनि उसको मनभने अनुतिर नै केन्द्रित थियो । ऊ आइतवार भए पनि अनुको आग्रहमा स्कूल गएको थिएन । बेलुका सबैले खाना खाए तर अनु गएर सुती ।
‛खाना खान उठ । सेलाइसक्यो । सबैले खाए ।’ नजिकै गएर बोलायो उसले ।
‛भो खान मन लागेको छैन । छोपेर राखिदिनु । भोलि खाउँला ।’ उसले बिस्तारै भनी ।
उसले पाखुरामा समातेर तान्दै भन्यो, ‛अलिकति त रुच्छ त । नखाएर पनि हुन्छ ? पेटले त मागेको छ पक्कै । बिसञ्चो त हुन्छ नि सबैलाई ।’ पेट ठूलो भएकोले उठ्नलाई निकै कठिन भएको थियो तापनि ऊ उठी र भान्सामा गई । थोरै खाना पनि खाई । त्यसपछि बिस्तारामा गएर सुती । रातभरि राम्रैगरी निदाई अनु ।
बिहान उठ्ने बित्तसहजले सोध्यो, ‛कस्तो छ ? दुखिराखेको छ पेट ?’
ऊ केही बोलिन । सायद बेला आएर नै होला । उसले घरको सबै काम गर्यो । सबै विहानको खाना खाएर आआफ्ना काममा चले । तर ऊ घवरिपरि नै सामान्य काममा अल्झिदै अनुको बारेमा बुझिरहेको थियो । केहीबेरपछि नै बच्चा रोएको आवाज सुनियो च्याहा च्याहा …। अनुको स्याहारमा जुटेका महिलाहरूमध्येकी एउटिले भनेको बाहिर नै आवाज आयो, ‛लौ न नि कति राम्रो हो ? ट्यक्कै बाबु जस्तै ?’
अर्कीले फेरि भनी, ‛भाग्यमानी पो रहिछ अनु । पहिलो पटक नै छोरा जन्माई त्यो पनि यति सजिलै ।’
‛ल अब नुहाएर सफा बनाउनतिर म जान्छु । तिमी यसलाई जतन गर । साल खस्नका लागि पानी फुकेर ख्वाउनुपर्छ । कसैलाई बाहिर बोलाएर काम लगाउन भन्नुपर्यो । जाऊ त बैनी बाहिर कोही होलान ।’ बुहारीमध्येकै अलि पाकी महिलाले काम लगाइन् ।
घरमा नव आगन्तुकको प्रबेश भएको थाह पाएको सहज अत्यन्त हर्षित थियो । उसैले पानी फुकेर ल्यायो । महिला दिदी बहिनीहरूले छोराको बाबु भनेर गिज्याए । ऊ सर्माए झै गरी घरबाट बाहिरियो । यो उसको जीवनको पहिलो अत्यन्त खुशीको क्षण थियो । उसलाई पहिले देखिको सबै चिन्ता र भोगिरहेको दुःख सबै हटैजस्तो हलुका अनुभूति भएको थियो । सबै घरका सदस्यहरू पनि खुशी नै देखिन्थे ।
भोलिपल्ट विहानै ऊ स्कूलतिर लाग्यो । खाना नखाए पनि अघाएको भान भैरहेको थियो उसलाई । पञ्चायतका पक्षधरहरूले दमनलाई अति नै कठोर बनाइरहेको स्थिति थियो । कसैले ब्यबस्था बिरोधी काममा लागेर नआएको हो कि स्कूल भन्ने आशंका जन्माएको थियो । परिवर्तनको पक्षमा लागेकाहरूलाई दण्ड र जेलको सजाय भैरहेको थियो । जनताका मौलिक हक र न्याय प्राप्तिका लागि अग्रपङ्तिमा रहनेहरूको बिजोक नै पारेका थिए शासकका हनुमानहरूले । जो कोहीलाई टिक्न सक्ने अवस्था नै थिएन । बाटोमा पुलिसहरूको डफ्फा देखियो । उसलाई किन कसरी कहाँ जस्ता प्रश्न गरेर हैरान पारे पनि त्यो दिन केही भएन र ऊ समयमा नै स्कूल पुग्यो ।
दश बजेकै थिएन तर केही शिक्षकहरू अफिसमा आइसकेका थिए । सहजले कार्यालय सहयोगीलाई बोलाएर भन्यो, ‛दाजु ! आज दिउँसोको लागि मासुसहितको राम्रो खाजाको बन्दोबस्त मिलाउनु । सबै स्टाफलाई पनि सूचना पनि गर्नु कि आज मेरोतर्फबाट सबैलाई खाजा हुन्छ भनेर । तपाइँले त भ्याउन अलि कठिन नै हुन्छ होला । होटलको कान्छोलाई पनि काममा लगाउनु । म उसको पारिश्रमिक पनि दिन्छु । कतै ठिकैको पाठो पाइन्छ यदिभने पनि जाति नै हुन्थ्यो । के पाइएला खै ?’ अत्यन्त खुशीका साथ प्रस्तुत भयो सहज ।
हैन, आज सहजजीलाई ज्यादै हँसिलो र फुर्तिलो देख्छु त ? के हो यो खुशी ? बताउन मिल्दैन ?’ हेड सरले भने ।
अरु शिक्षकहरू पनि सबै सोध्न थाले, ‛के भयो सहज सरको बढिया खवर ? अनि भोजको पनि गुञ्जयास आइरहेछ एकैचोटी । कसैले केही प्रगति वा केही प्राप्ति गर्योभने केही समयपछि योजना बनाएर खाइथ्यो तर आज अनयास नै यो किन ? हामी पनि रमाउन पाए अझ राम्रो हुन्थ्यो । भोज कत्रो र कति लामो बनाउने भन्ने निचोड त्यसैले दिन्थ्यो । के हो लौ न भन्नुहोस् सर ?’ कुरा आइ नै रहे तर घडीले संकेत दियो अनि घण्टी पनि ट्वाङ्ग बज्यो कक्षामा जानका लागि । सबै आआफ्ना कक्षामा गए । सहज पनि आफ्ना कक्षा लिनका लागि गयो । कसैले पनि बास्तविकता थाह पाउन सकेनन् ।
कार्यालय सहयीगीले कान्छालाई भन्यो, ‛जाऊ मेरोमा खशी छ घर गएर श्रीमतीसँग भन र छिट्टै लिएर आऊ ।’
‛पैसा दिनुपर्दैन ?’ उसले अनौठोसँग सोध्यो ।
‛ल यो दशको नोट बगाल छोटाउनका लागि देऊ । अरू पछि सरले नै दिनुहुन्छ । उहाँसँग आफूले भनेधन्दा पनि बढी नै पाइन्छ कमि हुदैन । बिचार गरेर दिनुहोस् भन्नुपर्ला ।’ सहयोगी पनि खुशी देखिन्थे ।
मानिसलाई आफ्नो सन्तान भनेपछि आउने आनन्द त्यो पनि पहिलो । पीडाले कचक्कै थिचेर वाक्य नै बसेको बेलामा पनि नेत्रले भनिरहेका हुन्छन्, ‛मेरो मुटुको टुक्रा मेरो मनमस्तिष्कलाई आनन्दित बनाउने कुशल संवाहक र जीवनको सारथी उसको सधै उन्नति होस् र प्रगतिमा रमाउन पावस् । प्रशवको चपेटामा छट्पटिएर मर्ने र बाच्ने दोसाँधमा भएकी आमालाई बच्चा जन्मेर च्याहाको आवाजले सकिनसकी टाउको उठाएर हेरी मुस्कुराउदा आउने बेजोड आनन्द । कति ममता अनि कति महत्व राख्छ जीवनमा सन्ततिको आगमन ।’
मानिस सबै चिज गुमाए पनि सन्तान गुमाउन सक्दैनन् । धन सम्पति र आशा गरिएका बहुमूल्य बस्तुहरू सन्तानको तुलनामा तुच्छ मानिन्छन् । बरू पानी पिएर जिउँदा आनन्द लाग्छ तर सन्तान पर हुन दिदैन । सन्तानको प्रगतिका लागि जे पनि गुमाउन सक्छ । आफै मर्न पनि तयार हुन्छ मान्छे । अनि अरू प्राणीमा पनि त आफ्नो सन्तानको ममता अधिक नै हुन्छ जुन उनीहरूको नजिक गएपछि देख्न सकिन्छ । सहजको पनि जीवन सजाउन छोरो आएको थियो । ऊ अघिल्लो दिनदेखि बाबा बनेको थियो । योभन्दा खुशी अनि योभन्दा रमाइलो दिन फेरि आउला भनेर कल्पना गर्ने उसलाई फुर्सदै पनि कहाँ थियो र ! टिफिनको घण्टी बज्यो । सबै स्टाफहरू होटलमा पुगे ।
कान्छाले भन्यो, ‛आज त पल्लो घरको कौसीमा तयार छ खाजा । यहाँ हैन । सबै उतै जानुहोस् । हामीले सबै तयारी गरिसकेका छौं ।’
सबै जना गए उतैतिर । गुन्द्री बिछ्याइएको त्यसको अगाडि थालभरि मासु र चिउरा अनि तिलको छोप राखेर बनाइएको आलु र मुलाको अचार, गोलभेडाको चटनी । दहीका गिलासहरू प्रत्यक थाका अगाडि सबै ब्यबस्थित नै थियो त्यहाँ । सबै खानका लागि बसे । त्यहीबेला सहजले भन्यो, ‛यो सानो हजुरहरुका लागि सौगात मेरो तर्फबाट । खुशी भएर ग्रहण गरिदिनुभए आभारी हुने थिएँ ।’ ऊ ज्यादै नै हर्षमा डुबेजस्तो उसका कृयाकलापले देखाई रहेका थिए ।
हैड सरले भने ‛कुरा अलि बुझिएन कि कसो हो ? के को सन्दर्भ हो यो ? हुने भए त पहिले पनि हुन्थ्यो तर आज किन एक्कासी यो चमत्कार ?’ सबै उसको उत्तरको पर्खाइमा बसी रहेका थिए ।
‛मलाई हिजोदेखि बाबा बन्नका लागि सुबर्ण अवसर मिल्यो तसर्थ यस किसिमको परिबेशमा तपाइँ हामी रमाउन पायौं र यो जुट्ने अवसर आएको हो ।’ ऊ मुस्कुरायो ।
सबैले ताली बजाएर बधाइ तथा जीववमा थप प्रगतिको शुभकामना दिदै खान थाले । ‛सधैं यस्तै अवसर अरूकोमा पनि भैदिए त दिनहरू खुशीले नै जाने थिए । यस्तै सुअवसर जुट्दै जावस् ।’ शिक्षक सुबिना भनी । अरूले उसको भानाइलाई सकार्दै कुरा गरिरहेका थिए ।
सहजले पहिले नै एकाउण्टबाट पैसाको जोहो मिलाइसकेको थियो । सबै त्यस परिबेशमा लागेको रकम बुझायो । खशीको पनि भनेभन्दा केही रकम बढाएर सहयोगीलाई दियो । यसले गर्दा संवन्धमा गाढापन थपिदै जाने बिश्वास उसले गर्यो ।
मानिसलाई आफ्ना आवश्यकता र चाहना पूरा गर्नका लागि अनेक दुख खेप्नुपर्दा पनि अत्यन्त सुखको अनुभूति हुदो रहेछ । कतिले त इक्षा पूरा भए पछि औधी खर्च गरी रमाउन चाहन्छन् । तर त्यसको असर कतिसम्म पर्छ र त्यसले कति असर पुर्यारउँछ भन्ने कुरा रमाएको बेलामा थाह नै हुदैन । फेरि सखानुभूतिबाट प्राप्त दुःख घिउ र भात खाए बरावर नै हुने गर्दछ । भविष्यमा जे जस्तो परिणाम भोग्न परे पनि मनैबाट आएको आकष्मिक हर्षवेगलाई चरमोत्कर्षमा पुर्याउनु नै अन्तिम सन्तुष्टि हुन जादो रहेछ । त्यसमा पनि सन्तान प्राप्ति हदैसम्मको आनन्ददायी परिवेश नै भन्दा फरक पर्दैन । आखिर सहजलाई पनि त्रस्तै भएको थियो जुन सुखानुभूति अन्त कतैबाट आउन प्रायः असम्भब नै हुन्थ्यो । उसले आफूलाई जिम्वेवार र सक्षम बाबुका रुपमा चिनाउन खोजेकोजस्तो भान उसका हरेक क्रियाकलापले देखाइरहेका थिए ।
समस्यासँग जुध्दै अनेकौं उतारचढावहरू पार गरिरहेको सहजले बिगत केही समय अघि दिएको आयोगको नतिजाले केही जागिरमा स्थायित्व प्रदान गरिदियो तर फेरि पञ्चायत त गएको थिएन । तर पनि खुशीका लहरहरू मडारिदै आइरहेका थिए । शहर छाडेर गाउँ रोजेकोमा विचारको आधारमा उसले जागिर नै गुमाउनु पर्यो । एक्कासी श्रावणको भेल झैं उर्लेर आएको खुशी अनयासै सकिएर धुलो उडेर गयो । कतिसम्म मान्छे निकृष्ट हुन्छभने अर्काको जीवन बिग्रेकोमा खुशीयाली मनाउँछ र बेलुका पिएर सत्यताका कुरालाई ओकेली रहेको हुन्छ र त्यसले सत्यताको प्रमाण दिन सक्दोरहेछ । कस्तो निचता । अनि कहाँसम्मको अत्याचार । हुदै नभएको कपोल्कल्पित कुरा बनाएर अर्काको जीवन नै धरासायी बनाउनु कतिसम्मको मुर्खता । अर्कालाई समाप्त गर्नका लागि भएभरको बल प्रयोग गरी सखाबै पारेर छाडिदिने कस्तो अमानवीयता हो यो ? अनि समाज पनि सत्यका अगाडि लाग्न नसक्ने ?
सहजले पहिलेको जागिर स्थायीको आशाले छाड्यो अनि स्थायी जागिरमा पनि टिक्न पाएन । फेरि समस्याले ढाड सेकिदियो । प्राइभेट जागिर खोजेर भए पनि चल्न पर्ने बिबशता आयो उसलाई । कमाइ पनि नहुने काम पनि अर्को नपाइने भएपछि घर गयो तर घरमा उसैको आशमा बसेकाहरूले जागिरमा समायोजन हुन नसकेकोमा असन्तुष्टि जनाएका थिए । हिड्नेबेलामा बाबाले भने, ‛जागिर नगरे केले हो परिवार धान्ने ? घर पनि त चलाउन पर्ने होला ? सानो हुन नजानेपछको परिणाम हो यो । सबैलाई मानेर पञ्चायततिर लागेको भए आज यो गति देख्न पर्ने त थिएन । अब कसरी चल्ने ? यहाँ मसँग पनि पैसा छैन । कसैले राख्न दिए पो हुने हो ? कहीबाट आउने कुरा नै छैन । अरूका सबै कमाउने छन् र पो रमाएका छन् । कठै ! हाम्रोमा त पाए खाने मात्र छन् । कही कसैले माखोसम्म पनि मार्न नसक्ने भए । हरे शिव ! कस्तो रहेछ हे मेरो दुखिया कर्म । कसैले सहायता दिने होइन बरू उल्टै शास्तिमाथि हण्डर दिने त हुन् । यसै मरिने भो खै ? खाली सबैको बिरोध मात्र गरिराछ । आफ्नोबारेमा भन्दा अरूका बारेमा चासो राखेर हिडेकोछ । हैन कहिले आउने रैछ यसको बुध्दि ?’ ज्यादै तिखा शब्दहरूको प्रहार भएपछि घरबाट हुने सहयोगको अपेक्षा पनि सकिएको थियो सहजको ।
मानिसको औकात हेरेर नै सहयोगको आशा गर्न उचित हुदोरहेछ । स्थिति कमजोर हुनेलाई कसैले एक मोहर पनि दिन रुचाउने रहेनछ । आखर उसको लागि पनि त कोही थिएन सहारा । मास्टर गर्न लागेको तर अभावले बिचैमा तुसारो लाग्यो । सानोतिनो जागिर जा कतै भए पनि खानै पर्ने स्थिति आयो उसका लागि । प्राइभेटमा पनि आफ्नोलाई नै रोज्ने तर कम पैसामा कजाउन पाए भने त लिने नै हुनाले खोजीमा दौड्यो । साझ विहान पनि केटाकेटीलाई सिकाउने र दिउँसों पनि सानो पढाउने जागिरमा अल्झिएपछभने उसलाई चल्न अलि सजिलो हुन थाल्यो तर अध्ययनभने त्यति राम् हुन पाएको थिएन ।
फेरि स्यायीमा नाम निकालेर अलि नचिनेको बिकट शहरदेखि एकदिनको पैदल हिड्नुपर्ने ठाउँमा नियुक्ति पायो । सक्नेले सरूवा गर्ने र दुख दिने क्रम गरिरहेकै थिए तर जागिरै समाप्त गरी खान सक्ने अवस्था थिएन किन कि पञ्चायतको अन्तयष्टि भै सकेको थियो । लोकतन्त्र नक्कली भए पनि बोल्न र आफ्नो हैसियत देखाउनका लागि केही खुकुलो भएको थियो । जेजस्तो भए पनि कामलाई महत्व दिई उसको त्याग अनि परिणामलाई हेरेर कसी लगाउने कार्यको सुरूवात भएकोले कर्म गर्नेहरू पछाडि परेका थिएनन् त्यतिबेला । प्रमुख आफै हुने स्थिति बन्न आयो अकस्मात किन कि त्यसका लागि डिग्री चाहिने ऊ मात्र योग्यता पुगेको । बाध्य भएर उसैलाई जिम्मा लगाउनु बाहेक अर्को बिकल्प नै थिएन । अध्यक्षले भने, ‛ल संस्था राम्रोसँग हाक्नुहोस् तपाइँको जिम्मामा आएको छ । एकवर्षपछिको नतिजाले तपाइँको खुबीमा कसी लाग्दछ । जतिसक्दो प्रयास गर्नुहोला । परिणाम राम्रो भए सबैको शीर उच्च हुने हो । यदि हुन सकेनभने तपाइँ परीक्षामा असफल हुनुहुन्छ । त्यसपछिको बिकल्पमा अरू कदम चाल्न हामी बाध्य हुनेछौं ।’ उनले आफ्ना मनका सबै कुरा सके एकै पटकमा ।
वर्ष पनि बित्यो परिणामको पर्खाइमा रहेकाहरूलाई राम्रो जवाफ दियो परिणामले । सबै दिएका मध्य एक जना बाहेक सबै सफल भए । त्यो पनि परीक्षामा सामेल हुन नसकेर बिरामीका कारणले । उसको सबैले तारिफ गरे । नयाँ अनुभवकासाथ आफ्नो पहिचान राख्न सफल भएपछि शिक्षामा अलि फरकपन ल्याउन प्रयत्न गर्यो उसले ।
कालको मुखबाट बच्न सफल भएको स्थिति
माओवादी र सरकार बिचमा भएको दोन्व्दका कारण मानिसहरू बिना कारण ज्यान गुमारउन बिबश भएका थिए त्यतिबेला । झनै बिद्यार्थीहरू बढी चपेटामा परेका थिए । तीनैको प्रयोग गरी आन्दोलन चर्काइरहेको परिबेश थियो । युवाहरू घरै छाडेर भूमिगत अवस्थामा सरकारको बिरोधमा रगत बगाएरै भए पनि जनतन्त्र स्थापित गर्नका लागि उत्रिएका थिए । सरकारका पृष्टपोषक पुलिस र सेनाहरु यत्रतत्र छरिएर माओवादी खोजिरहेका र माओवादीहरू सिआइडी गर्ने तथा सत्ताको मोहमा रमाई जनतालाई दुखदिने हनुमानहरूलाई तारो बनाई खोजी रहेका थिए । दुबैको चपेटामा सर्वसाधारणले ज्यादै दुख पाइरहेका थिए । धेरैले ज्यानै गुमाउन परेको थियो । त्यो समयलाई साच्चैको कालरात्री नै भन्दा फरक पर्दैनथ्यो । दिनहुँजस्तै मानिसहरुलाई तड्पाइतड्पाइ मारिन्थ्यो दुबै पक्षबाट । साँचो र झूटो के हो भन्दा पनि शैकाका भरमा लंका जलाउने काम हुन्थ्यो त्यतिबेला । साँढैको लडाइँ बाच्छाको मिचाइँ साच्चै त्यही बेला भएको थियो । समाचार सुन्नै नहुने थियो किनभने मरेका र मारिएका बाहेक अर्को केही सुन्न पाइने कुरै थिएन ।
शहरमा बस्नेहरुभन्दा ग्रामीण इलाकामा बस्नेहरू बढी तड्पिएका थिए । स्कूल कलेज र अन्य सैंस्थाका मानिसहरू पनि कहिले कोबाट मरिने हो र कस्ले कतिबेला अपहरण गरी लगेर कहाँ पुर्याउने हो ? केही पत्तो नै थिएन । खुकुरीको धारमा जीउनु पर्ने जीन्दगी सायद कवि दिनेश अधिकारीले भनेजस्तै थियो नेपालमा त्यतिबेला । यसको चपेटामा सहज पनि अछुतो रहेन । उसलाई पनि सेनाले संस्थाबाट नै नैसियत दिदै अपहरण गरी ब्यारेकमा लगे । केही ऊ समानका मानिसहरूले परलोकको यात्रा समाइसकेका थिए । त्यो थाह पाइसकेको सहजले पनि यातनाको सुवातमा नै आफ्नो जीवनको अन्त्य निश्चित भएको ठोकुवा लायो । आखामा पटंटी लगाई काडैदार बंकर भित्र छिर्न लगायो । माथिबाट कुञ्जाले ठोक्ने र सकिनसकी घीस्रनै पर्ने अमानवीय शास्ति भोग्दा पिठंयुमा बाहिरी छाला सखाबै भयो । करेण्ट लगाउने र मुर्दा कुटैझै निर्दयी पाराले कुट्ने गरेपछि दिनभरिको पाशविक यातनाले ऊ मरेतुल्य नै हुन पुग्यो र मरेको लाशलाई खोलाको छेउमा खल्टो खनी गाडियो तर भिषण असिना पानी आएकाले उनीहरु आधा परेर अड्डातिर लागे । रोडको भल त्यही गाडेको खाल्टोमा बज्रन पुग्यो । असिनाले उसको शरीर पुरै ढकिदियो । निकैबेर अबेलासम्म पानी परेर बिदो भएपछि मानिसहरू खोजी गर्न सेनाले थाह नपाउने गरी चारैतिर चियो गरी हिडे । खाडलको नजिकै पुग्ने ले सबैलाई बोलायो, ‛लौ आयो सबै जना । यहाँ गाडैको रहेछ राक्षसहरूले । मारेरै फालेको त होला ? ल है नबोल है चर्को । नत्र हाम्रो पनि सत्यानाशै पारछन् सैतानहरूले । सायद यो मारेर हाम्रै मान्छेलाई गाडेको हुनुपर्छ ।’ मलिन बनाइएको बत्तीले हेरे सबैले ।
एउटाले खोतल्यो र भन्यो, ‛टाउको चलेको छ अनि श्वास पनि फेरेजस्तो छ । मरेको छैन है ? ल छिटो झिक । बिस्तारै झक्नुपर्छ । नत्र अङ्ग बिग्न सक्छ । होश पुर्याएर काम गर्नुपर्छ । ल सन्ते तँ बढी मेसो पाउछस् यस्तोमा अलि बढी ।’ सबै खोट्टलेर झिके खाल्टोबाट । सहजको होश थिएनतापनि बिस्तारै कनि रहेको थियो । सबै लुगाहरू च्यतिएका अनि सर्वाङ्ग रगतले पोतिएको र हिलैहिलो भएको लाश समानको त्यो शरीरलाई कछाडमा राखेर दुबैतिरबाट बोके ।
‛ल चाडै लैजानपर्छ फेरि भाडका टट्टुहरूले सबैलाई सखाबै पार्न बेर लगाउँदैनन् । ए साने ! बोक अनि अर्कोतिर पोख्रेलले समाएर लैजाओ । हामी बिचमा सहयोग गर्छौं । ल अरु पनि होशियारपूर्वक हिड । ल उदित ! तँ अलि तल प्रकाश पर्ने गरी सतर्कताकासाथ उज्यालो देखा है ? बढी चर्को आवाज दिने कसैले होइन नि फेरि । अर्को कुरा बस्तिमा पनि नराखिकन हिडाउने है ? बिचमा कोही रातमा उठेको पनि हुन सक्छ । त्यहाँ पनि नबोली हिड्न जाति होला । फेरि अर्को झमेला बेहोर्नु पर्दा बिपत्तिमा परिन्छ । कति खेप्नु झमेला पनि । गाउँमा प्रायः धेरैको तारिख नै छ । कैलेसम्म रहने हो यस्तो काल रात्री ? लौ अहिले करिव रातको दुई बजिसकेको छ । विहान सबेरै घर पुर्याउनुपर्छ जसरी पनि । भोलि त बिरामीलाई हस्पिटल लग्नु नै पर्छ अन्यथा जे पनि हुन सक्छ बिरामी । हुन्छ ढिला गर्ने पटक्कै होइन । उठाइहाल दोहोरा बसेर । ल बिचमा पनि थान है नबिन ?’ पाका एकजना बुढाले सचेत गराउँदै सबैलाई जानकारी गराए ।
सबैले भनेबमोजिम गर्दै घरतिर लगे उसलाई । अनि रातारात घर पुर्याए । त्यतिबेलासम्म उसको होश आएको थियो । हेर्न आउनेहरूको भिड ततेरी सक्नुको थिएन । घरमा आमा रोहिरहेकी थिइन् , ‛कतिसम्मको निष्टुरी । यही घटना आफूलाई पर्ने हो भने के हुन्थ्यो ? त्यो किन नसोचेको होला । आखिर जो मरे पनि नेपाली नै हो । कहिले चेत आउने होला खै ?’ आमालाई संझाउँदै अरू पनि वरिपरि रोही रहेका थिए ।
बढी मानिसहरुको चाप र अन्यायको बिरोध भएपछि फेरि सेना आउने डर देखियो । नजिकैको स्वास्थ्य चौकीका स्वस्थ्य कर्मीले प्राथमिक उपचार गरे । सहजको अवस्था देखेर भोलि सबै नेपालीहरूको स्थिति पनि के हुने र कसरी न्यायको ढवका खुल्ने भन्ने कुराको आशंकम मनमा खेल्न थाल्यो । बुढी मरी भनेर पीर मान्नुको सट्टा काल पल्केकोमा चिन्ता बढी भयो सबैलाई । बुढाबुढी र अशक्त बाहेक हरेक मानिसहरूको अवस्था खुकुरी धारमा अडिएको थियो । पढ्न जाने केटाकेटीहरू समेत शीकार बन्नु परेको थियो संत्रासबाट । को कतिबेला सखाब हुने हो थाहै हुदैनथ्यो । यत्रतत्र मार्ने र मारिनेको खबरले सबै आजित थिए ।
पानी परेर चारैतिर हिड्नका लागि निकै नै असजिलो भएको थियो । सबै गाउँका मानिसहरू बिरामीको अवस्था हेर्दै फर्कदै गरिरहेका थिए ।सबैले सरकारी यो रबैयाको तिब्र बिरोध जनाई रहेका थिए । त्यतिबेला नै हल्थपोष्टका स्वास्थ्यकर्मी आएर बिरामीलाई हेरिसकेपछि भने, ‛लौ बिरामीको अवस्था चिन्ताजनक छ । जतिसक्दो चाडो हस्पिटल लगिहाल्नुहोस् । फेरि समस्या आउन पनि सक्छ । दिमाग आखा ढाड सबैतिर गम्भिर असर परेको छ । झन दाँत त झरिसकेका रहेछन् । अरू ठाउँमा पनि धेरै नै असर हुन सक्छ । जति ढिला गर्यो उति नै बिरामीको अवस्था बिग्रन जान्छ ।’
तुरुन्तै हस्पिटल बोकेर लगियो दिनभरि लगाएर । तर हस्पिटलले भर्ना लिन अस्वीकार गर्यो । यहाँ यस्तो बिरामीको उपचार गर्न सकिदैन । माफ गर्नुहोस् हामीलाई । हामी पनि त बाँचेर काम गर्नु पर्यो । भोलि नै यसको बदला खेप्न पर्ने हुनाले हामी जानिजानी दन्केको आगोमा होमिन सक्दैनैं । सरकारी अर्को हस्पिटलमा लैजानुहोस् ।’ हस्पिटलका कर्मचारीले निकै डराएर भने ।
साजन पढेलेखेका मानिस थिए र उनले चिनेका एकजना डाक्टर पनि भएकाले भेट्न गए उनी । ज्यादै बिनम्रतापूर्वक निवेदन गरेपछि डाक्टर त्यहाँ आएर भने, ‛हरेक दिन विहान ६ बजे उपचारका लागि आउने र वेलुकी ७ बजे नै बाहिरिन पर्ने सर्तमा भर्ना गर्नु पर्यो । यसमा तपाइँहरू मञ्जुर हुनुपर्यो । के गर्ने हामी पनि त जोगिनु छ । समय कस्तो छ हामीभन्दा तपाइँहरू बढी भुक्तभोगी हुनुहुन्छ । जे होस् उपचार हुन्छ र बिरामी राम्रो पनि हुन्छ । नआत्तिनुस् । बेलाबखत म पनि आएर उचित सल्लाह पनि दिउँला । समय त लाग्छ । ल यो कागज देखाएर भर्ना गर्नतिर लाग्नुहोस् र बिरामीलाई इमर्जेन्समा लगिहाल्नुहोस । म त्यही नै आइहाल्छु ।’ त्यति भनेर डाक्टर आफ्नो कक्षतिर लागे ।
जसरी भए पनि बिरामीको उपचार गराउनु थियो, त्यो हुने भएपछि बिरामी लिएर गएकाहरू खुशी भए । ‛बिरामीलाई लिएर एकजना बसेर अरु सबै घर जाँदा हुन्छ, सबै यहाँ बसेर पनि हुने केही हैन । तसर्थ बाबा र म यहाँको सबै बन्दोबस्त मिलाउँछौं । म पनि जाने थिएँ तर केही असजिलो पर्न आउँछ कि केही समय बसेर हेर्न पर्ने अवस्था देखिएकाले म बस्न परेको हो ।’ साजनले सबैलाई घरतिर पठाए ।
इमर्जेन्सीमा लगेर बिरामीको जाँच भयो । बिरामीको बाहिरी अवस्था देखेर नै डाक्टर र नर्श भावुक बने, ‛कस्तो निर्दही होला । कतिसम्म कुट्न सकेको कुनै पनि खाली ठाउँ नै छैन । सबैतिर चोटैटोट । छालासमेत छैन कसरी ल्याउनु भयो यस्तो बिरामी ?’ छक्क पर्दै डाक्टरले भने बमोजिमको उपचारमा लागे नर्शहरू ।
सबै अङ्गहरुको जाँच अनुसार रिपोट पनि आयो । उसलाई औषधी जलाइयो । दिनको तीनपटक आइसले सेक्नु पर्ने । त्यो देखेर बल्ल पो थाह लाग्यो त्यो दिन कसरी ऊ बाच्न सफल भयो भनेर ।
‛यदि त्यो घटना घटेको दिन असिना पानी नपरेको भए सायद उसको मृत्यु निश्चित प्राय नै थियो । त्यही असिना पानी आउनु र खाडलमा उसलाई असिनाले सेकिनुले राम्रै उपचार हुन गई बाँच्न सफल भएको हो । कुटेर वा थिचिएर बनेको घाइतेको लागि असिनाले सेक्नु रामबाण नै हुन्छ ।’ पहिले नै वास्तविकता थाह पाइसकेकी नर्श जुन उपचारमा खटिएकी थिई, उसैले कुर्न बसेका बाबालाई भनी । बेडमा सुतिरहेको सहजले पनि नर्शका सबैकुरा सुनिरहेको थियो । त्यसपछि त्यो कालरात्रीका एकएक घटनाहरू सम्झन थाल्यो । दुबै आँखामा पट्टी बाँधी चर्को घाममा खडा गरिएको, खुट्टा माथि टाउको तल पारी करेण्ट लगाइएको, पाइपमा रड राखी शरीरभरि पिटिएको, बन्दुकको कुञ्जाले छातिमा हिर्काइएको, बंकरमा हिडाइएको, हातका औंलाहरूमा पिन कोचिएको, अत्याधिक चरम यातनाले बेहोश बनाइएको सम्झदा संझदै जुरुङ्ग भयो सहज । झस्कदा हातबाट चढाइएको स्लान एक्किएर बाहिर आयो ।
त्यो दृश्य नजिकबाट देखी नर्शले र भनी, ‛किन तर्सनु भएको ? अनि किन झिक्नु भएको यो स्लाइन ? यसलाई फाल्न त हुदैन । यसमा औषधी समेत चढाएएको छ । बाले पनि बिचार राख्न पर्यो है ? अब त तपाइँ पनि त होशमा नै हुनुहुन्छ । किन ख्याल नगर्नु भएको हो ? यी अब रगत पनि आयो । फेरि अर्को पाइप राख्नुपर्छ थदि रगत जम्योभने । कति ठाउँमा कोप्ने ? तपाइँलाई नै बढी सकश हुन्छ । नचल्नु है फेरि ?’ उसले सकारात्मकताको उत्तर संकेतले दियो ।
शहरको छेउको घरमा कोठा लिएको र राती जाने र बिहान आएर उही बेडमा उपचार गर्ने निरन्तरता चली नै रह्यो । बिस्तारै सहजलाई आराम भएको अनुभूति भैरहेको थियो । सामान्य हिडडुल र शौचका लागि जान सक्ने भयो । त्यसले लान र ल्याउनका लागि अलि सजिलो भएको थियो । भेट्न आउनेहरुको कमि थिएन ।
करिव तीन महिनाको उपचारपछि सहज घर आयो । सबै कुरा सामान्य त या राम्रै भए पनि स्वर आउन कठिन भयो । बढी बोल्न नहुने हिडाइ बढी भएमा अलि बढी सकश हुने देखियो । ऊ कार्यस्थलमा गयो तर सबै काम कम बोलेर गर्यो । साथीहरूले उसलाई अत्यन्त सहयोग गरेकाले यसको जागिर पनि बच्न पुग्यो । नियमित औषधी सेबन गर्दै जाँदा एक वर्षपछि कडा शारीरिक परिश्रम बाहेकका कामहरु गर्न सक्ने भयो सहज ।
उपचारका क्रममा नै उसको घर खान तलासी गरी घरमा भएका सबै पुस्तकहरु र उसका कागजपत्रसमेत नाम्लो लगाएर सेनाले लगिसकेको थियो । त्यतिबेला आमाले भनेकी थिइन्, बाबु हो यी मेरा छोराका कति दुखले किनेका पुस्तक किन लान्छौ ? के यी पुस्तकले तिमीहरूलाई गाली गर्यो ? कि माओवादी बनेर लखेट्यो ? नलैजाऊ बाबु हो । बुढी आमाले भनेको मान । यी पुस्तकको कुनै दोष छैन । यही राखिदेऊ ।’ रुदै भनेकी थिइन बिचरा उनले ।
आमाको कुरालाई उल्टै धम्क्याएर भन्यो एकजना सेनाको मान्छैले, ‛हैन तँलाई पनि खोरमा लग्नु पर्छ कि के हो ? किन बढी भएकी यो बुढी ?’ ऊ बढी नै रिसाउको थियो । त्यति मात्र नभएर उसलाई हप्ताको एक दिन शनिवार तारेख दिइएको थियो । यदि तारेखमा उपस्थित हुनैपर्ने यदि कुनै कारणले उपस्थित हुन नसकेमा कारण सहित आफ्नो नजिकको मान्छे ब्यरेकमा नै उपस्थित भै जानकारी दिनु पर्ने । अन्यथा कडा सजायको भागी बन्नुपर्ने गराइएको थियो । तारेख पनि धाउदै समय मिलाएर परिवार भेट्न जान पर्थ्यो ।
पारिवारिक चिन्ताबाट उब्जिएका अनुभूतिहरू
त्यसभन्दा अगाडि नै उसका अरु दुई छोरा र छोरी भैसकेका र ती पनि तराईतिर बसाइँ गराई राखिसकेको थियो सहजले । सञ्चारको पँहुच नभएकाले यस कुराको कुनै जानकारी उनीहरूले पाएनन् र दिन पनि जरूरी ठानेन उसले । एकैचोटी सञ्चो भएपछि मात्र उसले परिवारसँग भेट हुन पायो । सानो झुपडी कोही आफन्त नभएको ठाउँमा ती बर्षौंटेलाई लिएर जिविका चलाउन मुस्किल त थिदैथियो अनुलाई तर आफ्नै मान्छेको खवर पाउन नसक्दा ज्यादै सकश नै हुन्थ्यो । घर गएपछि वास्तविकतको पोखाइबाट तर्सिएकी अनुले कारूणिक भाव देखाउदै भनी, ‛सबैभन्दा ठूलो जीवन हो । जब जीवनमा संकट आइपर्छ तब उपायको खोजी बेलैमा गर्नु मानवीय चतुर्याँइँ नै हो । बाच्नका लागि यो दुःख गरेको हो मर्नका लागि हैन । खुकुरीको धारमा टेकेर कतिञ्जेल उभिरहन सकिन्छ र ! छाडिदिनुपर्छ जागिरसागिर । बरू बाटोमा गिटी फोडेर खाए पनि त हुन्छ । त्यहाँ कुनै जोखिम मोल्न त पर्दैन । हुदैन म तँपाइँलाई जागिरमा जानै दिन्न । मर्नका लागि जन्मेको भए पनि बल्दो आगोमा हुमिन सबैलाई डरै हुन्छ । जाने होइन । सँगै बस्ने सँगै रमाउने, बरू आधा पेट खान मञ्जुर छु म । सथायी भएर पो के गर्छ र मरेपछि । तर अकालमा ज्यान गुमाउन हुदैन जानी जानी ।’पेशाबाट नै हात थुने कुरामा उभिई अनु ।
फेरि उसले भनी, ‛कि अनेत्र नै जागिर खोजे बस्दा पनि त हुन्छ । सर्टिफिकेट त छदैछ त ! प्राइभेट जागिर त पाइछ जति पनि । खुवी भएपछि किन पाइदैन ? आँट गर्नुपर्छ सबै कुरा पुगिहाल्छ ।’ उसले अनेत्रै जागिर खोज्ने कुरामा जोड दिई । तर भन्ने बित्तिकै हुने कुरा पनि सजिलो थिएन । अलि बढी नै भयो यदि भने छाड्ने मनस्थिति बनायो उसले ।
समय बित्दै गयो । सरकारी ज्याजति अलि घटेर गयो । मानिसहरू चर्को बिरोधमा उत्रन थाले । सबै दल तथा निकायहरुसँग आबद्ध सबै एकाकार भै एउटै ठाउँमा उभिएर बिरोधका स्वरहरू उराले । जन आन्दोलनले उघ्र रुप लिन पुग्यो फलतः राजतन्त्र समाप्त भै गणतन्त्र स्थापित भयो । पढ्न लेख्न र आफ्नो मनका भावनाहरू पोख्न डराउन नपर्ने वातावरण सृजना भयो । जङ्गलमा लुकेर न्यायको पक्षमा लड्नेहरू पनि सत्तामा पुगे । केही नहुने भए पनि त्यतिबेला सबै जनतामा आशाका त्यान्द्राहरु मौलाएर आए । गरिवीको थिचाइमा पिल्सिएकाहरू पनि केही हदमा खुशी देखिए त्यतिबेला । बौध्दिकताले खारिएकाहरुले बोतल मात्र फेरिएको तर रकसी त उही भएको अनुमान लगाएका भएता पनि वा स्वतन्त्रता र स्वाभिमानपूर्वक बाच्न पाउने कुरामा भने दुईमत देखिदैनथ्यो । बँधुवा बस्तु एकैचोटी बाहिर चौरमा रमाए झैं गरी मानिसहरू सर्वत्र रमाएका देखिन्थे ।
सबै पेशामा लाग्नेहरु पनि निर्धक्क भएर आआफ्ना काम गर्न सक्ने वातावरण बन्यो । सहज पनि केही आराम भएपछि उही पेशामा नै लाग्यो । अपाङ्ग नै भएको ऊ कम बोल्ने, थोरै हिड्ने र कहकिला बस्तुहरु वा कामहरु नगरी निरन्तर लाग्यो काममा । पहिलेको स्थितिभन्दा निकै खस्केको देखेर एकजना मिल्ने साथीले सोध्यो,‛सेनाले सिन्की खादेझैं गरी खाद्यो । त्यसको असर अहिले कस्तो देखिएको छ तपाइँलाई ?’
खै के भनु ठीकै छ । खाशै भनेर पनि के फाइदा छ र सर ?, मलिन मुद्रामा भन्यो उसले ।
भन्नुहोस् न । आफ्नो मनमा गुम्सिएका भावनाहरूलाई पोख्दा पनि केही हलुङ्गो हुन्छ पीडा । अनि सहजीकरण भयो भने केही सरसल्लाहका कुरा पनि त आउछन् । भनेर केही बिग्रने पनि त होइन सहजजी ।’ अलि जोड गर्यो उसले ।
टाउको दुख्ने, रिङ्टा लाग्ने, हात चलाउन नहुने, हिड्न नमिल्ने, राती निद्रा नपर्ने, झस्कने जस्ता समस्याहरूले निरन्तर सताइरहन्छ । मुखमा दाँतै छैनन् । अहिले देखिएका त प्लाष्टिकका हुन् । केही खान मिल्दैन । आँखा धमिला भए । सबै अंगहरुमा असर परेको छ । करङसमेत टुटेको ट एउटा । हातका औंलाहरू पिन खोजिएकाले चलाउदा सरिङसिरिङ गरिरहन्छन् । उठ्न र बस्नलाई उतिकै कठिन छ । कति अश्ङंगहरू टूटेका छन् पिटाइले । राम्ररी जँचाउन पनि पाएको छैन । टाउको पछाडि फर्काउन पनि मिल्दैन । कति हुन कति समस्या भनेर साध्य नै छेन मित्र ।’ गहभरि आसु बनाएर भन्यो उसले ।
राक्षस नै हुन सेनाहरु । कति निर्दयी अनि कतिसम्म यातना दिन सकेको । हरि पनि हुदो रहेनछ दिलमा । आफू र आफ्नालाई त्यस्तो अवस्था भएमा के हुन्छ भन्नेकुरा पनि किन सोच्न नसकेका होलान् । हुन त ती पनि लगाइएका कसैका दास नै हुन् । त्यति नगरे जागिर ने नहुने भएकाले पनि बाध्य भएर गरे होलान् तर त्यति कठीन नहुदा पनि हुन्थ्यो । तपाइँलाई झैं सकश भोग्न बाध्य बनाइएकाहरू कतिले ज्यान नै गुमाए र कति योभन्दा पनि सकश काटिरहेका छन् । आखिर आतङ्क मच्चाउनेहरू मोजमस्तिमा छन् दुखमा परेकाहरूलाई कसैले हेर्ने होइनन् । कति स्वार्थी छ हगि यो दुनिया । जसको छातिमा टेकेर आफू हालिमुहाली गर्न पाएको छ तर आधारलाई बिर्सेर चिन्दै नचिन्ने कसरी हुन सकेको ? दुष्टहरू कैका । के गर्ने त कुनै दिन चेतनाको दीयो बल्ने स्थिति आयो र न्यायको पाहारिलो घाम ताप्ने समयको थालनी भयो भने दानवहरूको अन्त्य र मानवहरूको उत्थान होला स तपाइँले राहत नपाए पनि भावि पुस्ताहरूले यस किसिमको परिस्थिति भोग्न नपर्ला । यसैमा भरोशा गरी रहनु बेश होला । हैन सहजजी ?‛ उसले भावनात्मक शब्दहरु पोख्यो ।
बिवेक सर यथार्थबादको नजिक भएर बोल्ने बैको खुशी देख्न चाहने मानिस थिए । उनले आफ्नो बिचार सबै समु यसरी पोखे, ‛खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ । दुःखको सागरमा भौतारिनेहरूको पीडा कस्ले बुझिदिने ? प्रशव बेदना केवल सुत्केरी भएकाहरु जानकार हुन्छन् । धन र घमण्डले मात्तिएर मस्ति जीवन बिताएकाहरूलाई पत्तो नै हुदैन कि गरिवी के हो ? के दालभात पनि खान नपाउनेहरु पनि हुन्छन कोही ? यी र यस्तै अनेकौं सवालबाट छिपेका ती ब्यबिचारीहरूले वास्तविकतालाई कसरी बुझ्न सकुन् । समाज पूँजीबादी शैलीमा चलेको भएकाले एकले अर्कोलाई अन्यायमा पार्ने र उसैको श्रम शोषण गरेर रमाउने प्रबृति हावि भएको छ । यसबाट कोही पनि अछूतो हुन सकिरहेको छैन । म र मेरो भन्नाले बिग्रेको हो मान्छे । हामी र हाम्रो भन्न सकिरहेको छैन । अरू देशका मानिस र नेपालीहरूमा फरक हुनाको प्रमुक कारण नै यही हो । काम चोरहरुको बिग्बिगी र बिना पारिश्रमिक नै अकुत संपति कुम्ल्याउने राक्षसी ब्यबहारले मानिस मानिसमा उच निचको स्थिति देखिएको छ । जसका कारणबाट सानो र ठूलोको कपोकल्पित दुराचारी खेल चलिरहेको छ । त्यस कारण मातृत्व हराएको जस्तव भएको हो । मातृभूमिलाई हँसाउन त्यागी र समर्पण भावले सिंगारिएका सपुतहरूको खाचो पर्दछ जुन बेला आएपछि निश्चय नै आउला र देशले काँचुली फेर्ला अनि सबैमा समानतारुपी छाहारीले समेट्ला सबैलाई । त्यतिबेला सहज र अन्य पीडा वोध गरिरहेकाहरू जस्तै तड्पेर बस्न पर्ने छैन । श्रममा बिश्वश जागेर न्यायको जीत र दुष्चक्रको पराकाष्टा समाप्त हुनेछ ।’
जोसँग जे छ त्यो दिने हो नभएको कहाँबाट आउनु । सहजका साथीहरूले उसकाबारेमा बिभिन्न बिचारहरू पोखे तर पीडाभने जहाँको तही । समस्या पनि उस्तै । रित्तो हात लिएर पेटभरि खान र नवपालुवाहरुलाई समयको छालसँगै अवतरित गराउनका निम्ति सम्म ठाउँ रोजेको हुँदा फेरि अर्को चट्टानले थिच्यो उसलाई । अनुका दशनङ्ग्रीको परिचालन र उसको बचेको पारिश्रमिकबाट पारिवारिक डुंगा चलाउनु पर्थ्यो । त्यतिले पनि पढाइ खर्च पुग्दैनथ्यो केटाकेटीको । तराइको चर्को घाम दिनभरिको अर्कोमा एकमुठी चिउराका लोप्राको भरमा । आउदा घरमा खानाको कुनै सुसार नै हुदैनथ्यो । नचिनेको नजानेको नौलो त्यो आफ्नो थिएन उनीहरूका लागि । सबैले पहाडमा खान नपाएर आएका भनी हेयको दृश्टिले हेर्ने गर्थे ।
एकदिन ऊ दिनको काम सकेर घरमा आई । साँझ हावाहुरीले रुखहरु ढालेर आँगनमा पछारेको थियो । भित्र जान मिल्ने नै थिएन । उसले सोची, ‛ओहो ! के आपत आइलागेको हो यस्तो ? छोराछोरी कहाँ छन ? लौ न के गरुँ । ए बाबु ! ए छोरी ! कता छौ भनेको ? लौ न गुहार दिनुपर्यो । मलाई यो के आपत आइलाग्यो ?’ ऊ जोडले कराई र रुदै बिलौना पनि गरिरही ।
निकैबेरपछि बाटो हिड्ने मानिसहरूले देखे र भने, ‛के भो ? किन यसरी च्याठ्ठीएर रोएकी ? लौ न यस घरमा त हुरीले बिताएछ । घरमाथि नै रुख बज्रेपछि रह्यो होला र केही ?’
‛लौन घरभित्र मेरा ससाना छोराछोरी छन् । झिकिदिई तिनीहरूको उद्दार गरिदिनुपर्यो । के भए होलान् मेरा बालखाहरु । लौन छीटो ।’ ऊ एकोहोरो रोहिरहेकी थिई ।
रोदन र कोकाहल बढी नै भयो । मानिसहरू एकाएक थपिदै गए । सबैले केटाकेटी सकुशल हुनेकुरामा बिश्वाश गर्न छाडिसकेका थिए । बल्लबल्ल हागाहरू छिचल्दै मानिसहरू भित्र पसे । घरभित्र पूरै पानी भरिएको थियो । कहीकतै ओभानो थिएन । बच्चाहरु खाटमा कपडाहरूभित्र लुटपुटिएकाले देख्नलाई कठिन भयो । निकैबेरपछि एकजनाले देख्यो र कपडा फ्यँक्यो । बिचरहरू डरले आत्तिएर आँखा पनि हेरेका थिएनन् । उसले भन्यो, ‛यहाँ रहेछन् केटाकेटी । ल यता आउनु पर्यो । सकुशलै छन् जस्तो छ । बढी नै आत्तिएर सुतिरहेका हुन् कि ? ए बाबु ! यता आऊ त ।’ उसले एउटालाई काखा लियो । अरु उठेर रुन थाले । तिनीहरूलाई तीन जनाले काखी च्यापेर मुस्किलले बाहिर निस्के ।
आमाले एक्कासी चिलले चल्लोलाई चापेझै काखीभित्र हाली र रोदै भनी, ‛धन्य छौ भगवान तिमी । मेरा मुटुका टुक्राहरूलाई बँचाइ दियौ र मैले यसरी लिन पाएँ । भो मलाई अरू केही चाहिएन । अरू जेसुकै होस् । मलाई कुनै चिन्ता छैन । आज मेरा आँखाका नानीहरू सकुशल देख्न पाएँ यसैमा मेरो सर्वशव लुकेको छ ।’ ऊ रुदै सबैलाई धन्यवाद दिइरहेकी थिई ।
सबै मिलेर रुख पञ्छाइदिए । तर घर भने केही भएको रहेनछ । त्यहाँ आएका मानिसहरू मिलेर घरको सरसफाइ गरिदिए र गए । रात परिसकेको थियो तर खाने कसराहरू केही थिएन । खाजाका लागि बनाएको मकैको सातु त्यो पनि बिर्को नभएको बट्टामा भएकोले पानीले भिजिसकेको थियो । पानी तर्काई र भिजेको सातु थालमा राख्दै भनी, ‛ल खाओ सबैले । आज खुशीको दिन रहेछ यसरी देख्न पाएँला जस्तो लागेको थिएन । संयोग वा भाग्य के भनु सबै सकुशल देख्न पाएँ ।’ उसका आँखाबाट निरन्तर आँसु चुहिरहेका थिए ।
अर्को दिन सहज दुईदिनको बिदामा गयो घर । बाटोमा पनि प्राकृतिक बिपत्तिका कारण अनेकौं समस्या आई छीलो भएको थियो जानका लागि । रातमा ऊ घर पुग्यो । आगनमा रुखका चारैतिर हाँगाहरु मिल्किएका । उसले मनमनै सोच्यो, ‛चारैतिर असतब्यस्त कतै अकल्पनीय घटना त आइ परेन ? बत्ती पनि कतै छैन बलेको । सडकमा पनि सुनसान उस्तै । के भयो यस्तो ? हावाले सखाबै पारेछ कि क्या हो ? पहाडमा बस्यो खानलाउनको अभाब सम्ममा आयो हावाहुरीले सखाब । कुप्रालाई बसी सुख न उठी सुख । के गर्ने हो ? गरिवलाई जे गरे पनि त सुख हुने रहेनछ । कोही केही त भएनन् ?’ मुडाहरु पार गरी आगनमा गएर बोलायो, ‛अनु ए अनु ! बाबु ! ………
निकैबेरमा ढोका खुल्यो । अनुले सहजलाई एकैचोटी रुदै अंकमाल गरी र भनी, ‛यो पापी ठाउँमा हामीलाई छाडेर अब जान पाउनु हुन्न । झन्डै मरिएन ।’ ऊ बिलौना गरिरही ।
‛कोही छोराछोरी कता छन् ? सञ्चै त छन नि ?’ बढी आत्तिदै सोध्यो उसले ।
भित्र सुतेका छन् । घरभित्र पानी पसेर उस्तै । रुख ढलेर झणंडै केटाकेटीहरू नै ………………। बिजोग पनि कति भएको हो हामीलाई किन यस्तो आपत खेप्न परिरहेको होला ?’ ऊ उठेको ठाउँबाट थचक्क बसी । केही बोल्ने सामर्थ्य पनि आएन उसलाई ।
उठ उठ ! किन पीर गरेको ? समस्या त आउँछन नि ! समाधानतिर लाग्नुपर्छ । धैर्यता गर्नुपर्छ । आखिर समाधान हुन्छ जे पनि । नरोऊ ल हिड त भित्र । केटाकेटी कतिबेला देखौं जस्तो भएको छ । खै कहाँ सुतेका छन् ?’ ऊ बोल्दै कोठाभित्र छीर्यो । बाबाको आवाज सुनेर पहिले छोराहरू र पछि छोरी सबै उठे । सबैलाई उसले काखमा लियो र काखीभित्र गुट्मुट्यायो ।
झोलाबाट बिस्कुट र मिठाइ झिकेर सबैलाई दियो । त्यहीबेला छोराले भन्यो, ‛आज भात खान नपाएको त मिठाइ खानलाई पो रहेछ । बाबा ! अरू दिन नआए पनि खान नपाएका दिन त आउनु है हामीलाई मिठाइ र बिस्कुट लिएर ।’ असाध्यै मिठो मानेर सबैले बिस्कुट खान्छन् । बाटोमा खान राखेको पाउरोटी झोलामा नै थियो । त्यो अनुलाई दिदै भन्छ, ‛ल यो तिमी खाऊ । मिठो छ मैले बाटोमा खानका लागि किनेको । त्यहाँ सँगै बसेको साथीले केक खान दिएकोले यो बचेको थियो ।’ उसले कुरा मिलायो तर दिउँसो केही पनि खाएको भने थिएन उसले ।
अनुले उसको चेहरालाई निहाल्दै भनी, ‛तपाइँले खानु भएको छैनहोला बाटोमा ? ल खाएको भए पनि म एक्लै के खानु । अलिकति तपाइँ पनि खानुस् ।’ जाम पाउरोटीको करिब आधा च्यातेर दिई उसलाई ।
सहजका आँखामा आँसु टल्पलाए । उसले अनुको मायाको वास्तविकता नजिकबाट परिक्षण गर्यो । दुबैले पाउरोटी खाए । केटाकेटीहरू पनि बिस्कुट खाइसकेर चक्लेटतिर रमाइ रहेका थिए । अरू फलफूल पनि ल्याएको थियो उसले । केही केटाकेटीका लागि कपडा र अनुका लागि पनि चाहिने समान थिए झोलामा । अनुले सबै समान थन्क्याई र सबै सुते तर सहजलाई निन्द्रा परेन । अनुले आफ्ना कारणले पाएको दुःख अनि केटाकेटीले भोग्नु परेको अनयासैको बिपत्तिलाई संझेर चिसो पानीले भिजेको बिस्तारामा एकोहोरिरह्यो सहज ।
‛किन यस्तो बिपत्ति आउने ठाउँमा आइयो होला । जेनतेन खान त उही पनि दुःख गरेपछि हुन्थ्यो । बाख्रा भैंसी र खेतिपाती अदियाँ त पाइन्थ्यो । घरपाइको जागिर फेरि केटाकेटीहरू पनि साथमा नै हुने । किन मन डुलाएर नदुखेको टाउको नाम्लो लगाएर दुखाएको हुँला । हरे शिव ! पोलेमाथिको फकुण्टो किन मानसिक टर्चर थपिएको हो मलाई । अब त केटाकेटीको त के कुरा अनुले नै जान दिन्न क्या हो जागिरमा । समस्या पनि कतिकति । एकमाथि अर्को कति बोझ बोक्ने हो मैले । कोल्टे फेर्न नै नसकिने भो गाँठे कैल्यै अलिकति पनि मनमा शान्ति आउने भएन । हैन मलाई जस्तै पीडामा छटपटाउन अरूलाई पनि पर्छ होला । नपरोस् विधाता यस्तो स्थितिको सामना गर्न कसैलाई पनि ।’ अनेक मनका तरङ्गहरू लहरिदै गर्दा केही बेर निदाएको पत्तो नै भएन ।
विहान सबेरै उठ्यो र गोठतिर गयो । भैंसी र गाई अर्कैको भरमा किनिएको किन राम्रो पर्थे र । गाईले दूध त दियो तर भैसीले बस्नै दिएन । सायद हिजोको बिपत्तिका कारणले पनि हुन सक्छ । त्यही दूध साइकलमा लिएर अनु डेरी गई सिमसिमे पानीमा रूज्दै । बाहिर हुरीले बिगारिदिएको सफाइमा जुटदाखेरी नै अनु निथ्रक्क भिजेर आई ।
‛किन रुजेकी अनु ? अब ज्वरोले समात्न पनि सक्छ । प्लाष्टिक ओड्नु पर्दैन ?’ अलि चर्को स्वरमा करायो सहज ।
‛कहाँ पाउनु ओडा । किन्ने पैसै छैन । स्कूलले शैक्षिक भ्रमण लगेको तर पैसा नभएकाले छोराछोरी जान पाएनन् । हिजो छोराछोरीको लागि पोशाक र चाहिने समान किनिदिएँ । दोकानमा पनि उधारो महिनाभन्दा बढी भो तिरेकै छैन । बस्तुका लागि दाना चोकर पनि उधारै छ । त्यो त दूधको किस्ता आएपछि उतैबाट कठाउलान । वल्लोपल्लो घरकाले हामीलाई खान नपुगेर आएका माग्नेका सन्तान भनेर हेला गर्छन । माग्ने कुरै भएन । अरु चिनाजान भएका मान्छे अरू छैनन् । कोसँग माग्ने पैसा ? तपाइँलाई भन्न सजिलो छ । गर्ने र भोग्नेलाई कति सकश छ यहाँ । अहँ म त यहाँ बस्दैबस्दिन मरे पनि । यो ठाउँका मान्छे पनि निष्ठुरी र प्रकृति पनि उस्तै । घरमा चाहिने अरू के के छन् छन् तर त्यसै मन कुड्याएर बस्नु परेको छ ।’ आगनको छैवैमा टुसुक्क बसेर रुन थाली अनु ।
प्राकृतिक बिपत्तिका कारण छोराछोरीहरु बिरामी परे । उपचारका लागि बजार हस्पिटल लैजान पर्ने भएकाले ऊ जागिरमा जान पाएन । केहीदिनपछि सञ्चो भयो र सबै स्कूल लागे । घरको अवस्था मिलाउदैमा उसलाई हैरान भएको थियो ।
‛जेसुकै होस् यो हप्ता म जान्न जागिरमा । बरु कते सरुवा मिल्छ कि ? बुझनु पर्यो । आखिर मिल्यो यहीभने त आफूलाई र परिवारको लागि पनि त राम्रै हुन्छ । बुझ्नका लागि जिल्लामा जानुपर्छ आज ।’ ऊ खाना खाएर कुद्यव जिल्लातिर ।
केही ठाउँमा मिल्ने कुरा आयो । निवेदन पनि दिएर छाड्यो तर राजनैतिक बिचार नमिल्नाको कारणबाट कुरा अन्तै मोडिन पुग्यो । ‛हिस्स बुढी हरिया दाँत जस्तो’ थियो, त्यस्तैमा बस्नु बाहेक अरू केही भएन । ऊ सबै कुरा मिलाएर अनुलाई चित्त बुझाएर जागिरमा फर्क्यो ।
गाउँमा आउँदा बाबा मुटुको बेथाले च्यापेर इमर्जेन्सीमा भर्ना गरिएको र एकजना शुभचिन्तकले छोरा नफर्कुञ्जेलका लागि सहयोग गरिरहेका थिए । उसले थाह पायो जागिरमा जाने बित्तिकै । फेरि कुद्यो उतैतिर । उपचारमा ठूलै धनराशी खर्च हुने भएपछि उसले सरसापट गरी चलाउदै गयो । करिव १५ दिनपछि घर लग्यो उसले बाबालाई । घरमा जाँदा आमा पनि बिरामी । डाक्टर घरैमा बोलाएर औषधी लेखायो र किनेर ख्वायो । ‛के भएको होला मलाई एकैचोटि । हैन म दुःख भोग्नका लागि मात्र आएको रहेछु कि के हो पृथ्वीमा ? कतै गए पनि शान्तिको त के कुरा राम्रा बचन सुन्न पनि कठिन हुने भयो ।’ उसले ठूलो सुस्केरा हाल्यो ।
अचम्मै छ । कैले को बिरामी । कैले के समस्या । अनि कैले कस्लाई के चाहियो जस्ता अड्चनहरुको मुकाबिला कति र कतिञ्जेल गर्न पर्नेहोला मलाई ? बहिनीहरूको बिवाहले त ढडै सेकेर उठ्नै नसक्ने बनायो । साच्चै म मेरा लागि नभएर अरुका लागि मात्र बाँच्नका लागि भगवानले एउटा पात्र बनाएर मलाई उपयोग गरेका हुन कि के होला ? नत्रभने यो स्थिति कसरी आउने गरेको हो त ?’ दिक्क मान्दै सहजले आफैसँग प्रश्न गर्यो ।
सञ्चय कोष र मिल्नेसम्मका मानिसहरूसँग उसले ऋण लिएको थियो तर तिर्न सक्ने हैसियत भने त्यतिबेला थिएन । घरबाट तिर्न सक्ने सामर्थ्य भए पनि बाबाबाट कुनै सहयोगको अपेक्षा गर्नु कुकुरले मासु पैंचो लगेको फिर्ता आउछ भनेर ढुक्नु बराबरै थियो । गाउँको घरमा पनि चाहिने सबै कुराको व्यवस्थापन गरिदिनु पर्ने तर त्यहाँबाट आउने फसल वा नगद सुम्न पनि नपाउने अचम्मको परिबेश थियो त्यहाँ । खानका लागि अरु भाइबैनीहरू नै सिंगारिन्थे । एक दिन एक किलो चिनी वा एक किलो स्याउ ल्याइदिएका भरमा अरु सबै ज्यादै प्रीय र आफ्ना बनेका थिए । फलतः सबै आय पनि हात पार्न सफल भएका थिए उनीहरू । ऊ हरबखत स्याहारसुसार गरी पसिना भिजाउथ्यो । चाहिएका सरसामान किनेर जोड्थ्यो । बिरामी पर्दा वा अन्य सबै समयमा ध्यान पुर्याउथ्यो तर पनि उनीहरूको मोह उसमा थिएन कत्ति पनि ।
केही मिठो पाक्दा वा केही महत्व राख्ने बस्तुहरू हात लागि हुँदा सहज बसेको कोठाबाट आमाले बाबासँग गरेको गुनासो सुनिन्थ्यो, ‛यो त जागिरे छ सबै कुरा छ योसँग । सबैसँग मिल्नसक्छ । पढेलेखेको सबैले मान्छन् । स्कूलको प्रमुख भएपछि के चाहियो र यसलाई ? भाइसँग केही छैन, उसैलाई दिनुपर्छ यी समान अनि हामीसँग भएको पैसा पनि उसैलाई दिनुपर्छ । उसका केटाकेटी पढाउन कठिन छ । अस्ति घिउ र धान अनि कोदो बेचेको पैसा पनि पठाइदिनु पर्छ । पाडो र खशी बेचेको पैसा पनि त छ नि ! उसलाई घर चलाउन कति सकश भएको होला त्यो गर्मीमा । कसरी काटेको छ त्यसले दिनहरू । आफ्नो त्यहाँ कोही छैन यसो खरखाचो चलाइदिने । खोलाघरे खनाल जादै छ रे उतैतिर आफ्नी छोरीलाई भेट्न । उसैसँग पठाउन पर्छ कि ? भोलि नै भेटेर दिनुपर्छ है । फेरि अर्को पठाउने मान्छे पाइदैन ।’ बाबाले मुनटो हल्लाइरहेका थिए ।
‛पोहोर पनि त जग्गा बेचेको पैसा त पठाएकै हो । कत्तिले पनि नपुग्ने रैछ त्यसलाई पनि । केही उन्नति गर्नतिर त लाग्नु पर्छ आफै पनि । ऊल समानका अरूका छोराले कति राम्रो नाम र ऐश कमाएका छन् हाम्रा भने यो चाल छ ।’ मुख बिगारेर भनिरहेको आवाज गयो उसको कोठामा पनि ।
निकैबेरसम्म दुबै कानेखुशी गरेको वल्लो कोठाबाट सुनिरहन्थ्यो सहजले । तर जति ममता नदेखाएता पनि आमा र बाबाको संरक्षण गर्न पाउदा भने आफूलाई भाग्यमानी संझन्थ्यो र सकारात्मकताले हेर्थ्यो हरेक कुरालाई । उसले भाइबैनीहरूलाई पनि हुर्काएर बिहेदान गरेकाले ज्यादै मायालु भावमा हेर्ने गर्थ्यो । आफूले पनि सधैं उनीहरू प्रति सहयोग गर्ने भावना देखाइरहन्थ्यो तर उसका लागि भने दुःखमा सहारा दिने कोही पनि देखिदैनथे ।
संस्था परिचालनमा अध्यक्ष पिताम्वरले सहजको दिनचर्या देखेर दङ्ग पर्थे र मिटिङ्मा साथीहरूसँग आफ्ना मनका कुराहरू पस्केका थिए, ‛जसले केहीगर्न खोज्छ त्यसैको कन्तो खन्ने हाम्रो समाज अचम्मै नकारात्मक भएको किन होला ? कही गल्ति नगर्दा पनि दुःख किन आएको होला ? घरमा पनि त्यतिकै टेन्शन अनि जागिरमा पनि निकै जोखिम मोल्नुपर्यो उसलाई । आफ्नै लालपूर्जामा रहेको रुखहरू काटेर स्कूलकै भवन बनाउन लाग्दा मुद्दा खेप्नु पर्यो । दुई वर्षसम्म अनि मात्र जित्यो र हो नत्रभने ऊ सधैका लागि चिसो काल कोठरीमा कोचिन बाध्य हुन्थ्यो । सहयोगको भिख मागेर भवन बनाउदा प्रकृति बिरोधी काम गरेको भन्ने आरोपमा थुनिनु पर्यो । प्राविधिक धारका सीपमूलक संकायहरू परिचालन गर्दा अनेकौ लान्छना लगाएर पीडा वोध गर्नु पर्यो । कैयौं पटक अपमान सहनुका साथै ज्यानसमेत जोखिममा परेको परिस्थितिको सामना गर्नुपर्यो । जीवनका हरेक क्षणहरुमा आफ्ना लागि केही गरेन । बिचराको पहिलेकोभन्दा पछिल्लो स्थिति अझै नाजुक बनिरहेको थियो तर अर्काका लागि समर्पित हुँदा र समाजका लागि केही परिवर्तन गर्न खोज्दा कोल्टे फेर्न नसकेको मान्छेलाई किन मुटुमाथि ढुङ्गा राखी मुस्कुराउनु परेको होला । जो कोहीलाई यस किसिमको सास्ति भोग्न नपरोस् ।’ अत्यन्तै दयावान थिए अध्यक्ष । संस्थाका हरेक कार्यमा साथ दिन्थे सहजलाई । उनका कुराले सबै सदस्यहरु पनि अचम्मित भएका थिए किन यस्तो हुन्छ भनेर ।
चर्को गर्मीका कारण बसाइँमा अस्थिरता
जागिरबाट लामो बिदामा घर गयो । सबै कुराहरु मिलेका हुदैनथे । त्यै समयमा रोपाइँको मेसो मिलाएर वर्षभरिका लागि अन्नको व्यवस्थापन गर्नु पर्थ्यो । कुलो नलाग्ने र वर्षाको भेल कुरेर रोपाइ गर्नु पर्ने भएकोले अलि कठिन नै थियो । त्यो वर्ष पानी कम परेकोले साउनको मध्येतिर मात्र रोपाइँ गर्यो सहजले । एकातिरको जागिर र अर्कोतिर केटाकेटी त्यसमा पनि चर्को गर्मी सहिनसक्नु थियो । जहाँ रातमा पनि बिस्तारामा पानी छर्केर मात्र सुत्नपर्ने बाध्यता नै थियो । चिसो हावा पानीमा हुर्केको सहजलाई केही समय छुट्टी सक्न पनि बडा मुस्किल हुन्थ्यो । त्यही बेला टाइफाइटले अनु र सहजलाई थला नै पार्यो । केटाकेटीहरू पनि आत्तिए गर्मीको कारणले । उसले बिरामीबाट उठेपछि एकदिन अनुलाई भन्यो, ‛यो दुष्ट ठाउँमा टिक्न सकिदैन क्या हो ? कि छोडेर जाने हो त ? म त यहाँको राफले मुर्छै पर्ने भएँ । यस्तै सँधैं हुने होभने काल खोज्न अन्त कतै जानु नै पर्दैन ।’ उसले सुस्केरा हाल्यो ।
पहाड छाडेर यहाँ आइयो ठूलो भाग खान पाइने लोभले । लोभले लाभ र लाभले बिलाप भैरहेको छ । फेरि उहीबाट आइयो यति छिट्टै अनि उही ठाउँमा के जाने । देख्ने र चिन्नेले पनि के भन्छन् । त्यहाँ पनि हामीलाई माया मान्ने कोही छैनन् । गर्मीको कुराले बढी तड्पिन परेको हो । यो तीन महिना खपियोभने त अनि जाडो आइहाल्छ । तत्कालै जाँदा राम्रो हुदैन कि ? के सोच्नु भएको छ । म यसका बारेमा केही भन्न सक्दिन । आफै निर्णय लिनुहोस् तर केटाकेटीको पढाइमा बाधा हुनुहुदैन नि फेरि ? अर्को साल बिचार गरौला हुदैन ? उसले सहजको बिचार छाम्न खोजी ।
मान्छेलाई सबैभन्दा चिन्ता आफ्नै हुन्छ । एउटी आमाले आगोको मुस्लोबाट जोगिन त्यो मुटुको टूक्रालाई दन्किरहेको आगोमा फालेर ज्यान जोगाउन बाहिर दौडन्छे । प्रेमीले आफ्नी प्रियसीको मृत शरीरमा आऊ बालेको टुलुटुलु हेर्नु शिवाय केही हुदैन । आखिर बच्नु नै ठूलो कुरा हुन्छ सबैलाई । सहजले बसेको टहरो छाडेर पहाडमै जाने बिचार गर्यो र भन्यो, ‛भो बाबा यो मरभूमिमा बस्न सकिदैन । भएका समानहरू छाडेरै भए पनि जाने हो उतै । जे बिक्छ त्यो बेचिदिने र नबिक्ने समानहरू नसक्ने वा नहुनेका लागि दिने गर्नु पर्छ । भैंसी तल्लोघरका भाइले लेलान । गाइ कसैलाई दिउँला । अरू महत्व राख्ने समान पो के छ र हामीसँग । छोराछोरीलाई डेरा खोजेर बजारमा नै राखिदिएपछि भैजान्छ । पढाइ सकेपछि चर्न त जता गए पनि हामी जहाँ जान्छौं उहीं आइहाल्छन् उनीहरू । ल अनु त्यसैको तयारीमा लाग । यो बसेको जग्गा जतिमा बिक्छ म भोलि नै बेच्ने तयारीमा लाग्छु । अब यहाँ पटक्कै बस्ने होइन । चाहे खान नै किन नपाइयोस् जाने भनेपछ निश्चित जाने नै हो ।’ उसले निचोड निकाल्दै अनुलाई जाने कुरामा ढुक्क बनायो ।
‛उता पनि हाम्रो टेक्ने ठाउँ नै छैन । कहाँ गएर बस्ने ? समस्या आउदैन फेरि ? बरू अहिले मनस्थिति बनाउने जानको लागि । पहिले उतातिर बस्ने ठाउँको चाँजोपाँजो मिलाएर आउनुहोस् अनि पछि सबै कुरा लिएर जाउँला हुदैन ?’ अनुले आशंकात्क भाव प्रस्तुत गरी ।
‛यस कुरामा तिमी ढुक्क हुदा हुन्छ । किन कि बस्नका लागि पहिलो एकदुईदिन साथीकोमा नै खाली छ । मेसो मिलाएर कोठा खोजेर राखिहाल्छु उनीहरूकै नजिक । फेरि जागिरबाट आउनजान पनि सहज बनाउनुपर्यो । यहाँबाट निख्रेर गएपछि उताको कुरा एकोहोरो मिलाउन सजिलो पर्छ । अघिल्लो महिनामा म त्यहाँ गएको थिएँ । उनीहरूले पनि उतै आउनका लागि जोड गरेका थिए । बस्नका लागि पीर गर्नु पर्दैन मेरैमा बसे पनि हुन्छ । यदि असजिलो भएछ भने अर्को ठाउँ पनि हेरौंला पनि भनेका थिए त्यतिबेला । जे होस् बसाइमा असजिलो पर्दैन । केही दिन त्यही बसेर हेर । यदि कुनै कुराको असजिलो हुन गएमा फेरि खोजौंला अर्को कोठा हुदैन र ?’
उसले अनुलाई ढुक्क बनायो । तर केटाकेटीहरूभने त्यति सन्तुष्ट थिएनन् जाने कुरामा । तर बाबाआमाका अगाडि उनीहरूको बिरोधको कुनै तुक नै थिएन ।
एकहप्ता बिदा लिएर सहजले भैंसी बेच्यो अनि गाई तर लगायो, जग्गा पनि बेच्यो एक महिनाको भाका राखेर । त्यसको बैना पनि लियो र अन्य सबै कुरा मिलायो जानका लागि । बसिरहेको ठाउँमा भाडाकुडा, लत्ताकपडा, खाटपलङ्, दराज थोत्रोकोत्रोलगाएतका समानहरुले टा रिजर्व गरिएको बस भरियो । कैयौं समानहरू हिनाबिन भए । कोही लैजान नमिल्ने र कोही उता काममा पनि नआउने हुनाले लैजान सकेन उसले । आखिर ‛हर्केका मकै घरै फर्के’ भने झैं सहज सबैलाई लिएर फेरि पहाडै फर्क्यो ।
बजारको ठाउँ अनि शहरिया मान्छेको सोच अलि साँगुरो नै हुन्छ । जसलाई पनि अर्काको घच्च सहनुपर्दा कठिन नै हुन्छ । फेरि कोही बढी नै डाहा गर्ने स्वभाव भएका हुन्छन् । अर्काको सहयोगमा थोरै मात्र मानिसहरू रमाउछन् । उनीहरूको परिवार पाँच जनाको अनि आवतजावत पनि अलि बढी नै भएकाले त्यो ठाउँ बस्नका लागि उपयुक्त भएन । सहज जागिरबाट आउने बित्तिकै अनुले भनी, ‛यहाँ त झन आपत पो भयो त । हरेक कुरामा टर्चर भो । आज हप्ता दिन मात्र भयो । कति हो कति मनअमिल्याएर बोल्न पनि गार्हो मानेका छन् । के गर्ने हो ? अर्को कोठा खोजेर सर्ने कि ? कि आफ्नो पुरानै घर गएर बस्ने केही समय । अनि बिस्तारै ब्यवस्था मिलाएर यतातिर आउँला । अहिले एउटा ठूलो कोठा खोजेर समानसहित छोराछोरी बसिराखून् । अरु कुरा पछि मिलाउँला हुदैन ?’
अनुको कुरा उसलाई मनासिबै लाग्यो । जागिर र बसाई मिल्ने । काम पर्दा बजारको कोठा पनि काम दिने । छोराछोरी मात्र बजार बस्ने भएपछि खर्चमा पनि कमि आउने । केही बेर सोचेर सहजले भन्यो, ‛तिमीले ठिक भन्यौ । ज्यादै राम्रो उपाय । हुन्छ त्यसै गरौं म भोलि नै त्यही काममा लाग्छु । अहिले केही नभनौ साथीकोमा । ल खाना छोराछोरीलाई देऊ । अनि हामी पनि खाउँ खाना । सबै काम भोलि नै गरौंला ।’ उसले उपयुक्त निर्णय लिएकोमा आफैलाई आनन्द आएको महशुश गर्यो ।
विहान सवेरै कोठाबाट निस्केको सहज खाना खानेबरेलामा पनि आएन । छोराले बाबालाई खोज्यो । सायद केही कुराको अभाव सुल्झाउनका लागि होला । सोध्यो आमासँग, ‛खै बाबा कहाँ जानु भयो ?’
कतिबेला आउनुहुन्छ ।’
’खै थाह भएन ।’
’कहाँ जानु भएको हो ?’
‛खै विहानै निस्कनु भएको यहाँबाट । तिमीहरूका लागि कोटा खोज्ने भन्नुभएको थियो । हुनसक्छ कोठाको धुनमा जानु भएकोहोला । अब त आउनुपर्ने हो ।’ अनुले आउने कुरामा विश्वस्त पारी ।
‛आमा खाना खाने हैन आज ? मलाई त भोकले सतायो ।’ छोरीले भनी ।
‛हुन्छ आओ खाना खान । पाकिसकेको पहिले नै हो ।’ अनु भित्र पसी । सबै छोराछोरी पनि कोठाभित्र छिरे । उसले छोराछोरीलाई खाना दिएर सहजलाई कुरिरही । करिव १२ बजेतिर सहज आयो एउटा मानिस लिएर । दबै कोठामा छिरे ।
‛ल खाना खाउँ अनु पहिले । मैले उहाँलाई सहयोगका लागि बोलाएको । केही पर एउटा ठूलो कोठा खोजेको छू । भ्यनमा हाली त्यही लगेर राख्नबेश होला । फेरि केटाकेटीका लागि जानआउनका लागि पनिसुविधा छ त्यहाँ । किनमेल गर्न पनि बजारको नजिक । ल छिटो खाना खुवाऊ दुबै जनालाई । जाउँ बसौं खाना खान ।’ सहजले बाटामा हात ध्योयो ।
‛भो भो म त अघि नै कोठामा खाएर आएको हुँ । तपाइँ खानुस् । म केहीबेर बाहिरै बस्छु है ?’ ऊ बाहिरियो ।
अनुले दुबैलाई खाना पस्की र खाए खाना । खाना खाएपछि सबै मिलेर सबै समानहरू रोडमा खडा गरिएको भ्यानमा मिलाएर हाले ।
‛केही समान छोडिएला नि ! सबै रल्यायौ त ?’ उसले अनुलाई सोध्यो ।
सबै ल्याइयो अब केही छैन कोठामा हामीले पनि हेर्यौं ।’ छोराले उछिन्दै भन्यो ।
ल तिमी भ्यानमा जाऊ । हामी सबै त्यहाँ अटदैनौं । म यिनीहरुलाई लिएर आउँछु । उहाँले कोठा देख्नु भएकै छ क्यारे ! हामी पनि आउदै गर्छौं । समान मिलाउँदै गर्नु है ?’ ड्राइभरले मुन्टो हल्लायो र अनुलाई सिटमा राखेर भ्यान चलायो ।
सबै ब्यस्था मिलाएर अनु र सहज आफ्नै गाउँ जहाँ उनीहरूको घर थियो त्यहीं गए । ऊठ भएकाले दुहुनो भैंसी र एउटा बाख्रो पनि पाली अनुले । घरबाट अनुले पकाएको खान पाउने र बेलाबेलामा छोराछोरीको रेखदेख गर्न पनि सकिने भएकोले सहजलाई केही सजिलो भएजस्तो देखिएको थियो । त्यसैबेला सहज तालिमा सहभागी हुन सात दिनका लागि बजार गएको थियो । अनु पनि छोराछोरी भेट्नका लागि गएको बेलामा घर र गोठ सबै बेचिदिए सहजका बाबाले । तालिबाट फर्कदा अर्कैले भत्काएर समान लैजानका लागि धुरी चढ्यो । ऊ छक्क पर्यो र भन्यो, ‛हैन के गरेको भाइ यो ? यो त अति भएन र ! हामी बसी रहेको यो घर भत्काएर कहाँ लान लागेको ? फेरि गोट पनि भत्काउने ? आखिर यस्तो किन ? नभत्काऊ यो बनिरहेको संरचना ?’ ऊ अलि रिसाएको पारामा देखियो ।
‛मैले त्यसै भत्काउन खोजेको हैन यो संरचना । पैसा तिरेको हो । आफूले किनेको चिज त पाउनुपर्दैन र ? के भन्नु भएको दाइ तपाइँ भए के गर्नु हुन्थ्यो ? मैले तपाइँका बाबालाई पनि पहिले नभनेको पनि होइन । यसले बिवाद त ल्याउदैन ? यदि लफडा पर्छभने म किन्दिन पनि भनेको हो तर बाबाले यो मेरो संपति मैले बेच्दा कस्ले के गर्न सक्छ ? हात खुट्टा लगाइदिएपछि आफ्नो खुवीले खान सबैले जान्नु पर्छ । फेरी ऊ जागिरे पनि । जसरी खान्छ खाओस् मलाई त्यसको चासो छैन । जहाँ गएर बस्छ उही जान्दछ । जसरी पनि खाइदे बाबु । म आज नै जाने हो अर्को छीरासँग । मलाई ठूलो गुन लाग्छ यो काम गरिदिइसभने । यदि खादैनसभने म अर्कोलाई बेचिदिन्छु । खाने अरू पनि छन् भनेर बाबाले भनेकाले मात्र मैले खाएको हुँ, त्यो पनि उहाँले भनेजति पैसा तिरेर । मलाई काठपात र गोठका समान जोर्नका लागि समस्या आइपरेको थियो त्यहीबेला यो कुरा आएपछि ठीकै हो ठानेर खाएको त अहिले यस्तो समस्यामा पर्नुपर्यो । के आइलागेको हो मलाई ?’ ऊ झन रिसायो ।
तिम्रो परेको पैसा म दिन्छु भाइ । म बसी राखेको यो घर र गोठ नभत्काइदेऊ । यहाँ त म बस्नैपर्छ र बसिराखेकै छु । तिमीलाई पनि त थाहा नै छ । कसैको पनि बासै खेद्न त हुदैन किकसो भाइ ?’ उसले संझाउन खोज्यो । तर ऊ पटक्कै मानेन । ऊ पैसा नलिने । समान लिएर जाने कुरामा अडीग रह्यो । यसले सहजलाई अर्को झमेला झेल्नुपर्यो । गाउलर्हरू कोही किन्ने र कोही बेच्नेको पक्षमा कुरा गरिरहे । त्यस कुराले सहजको मनमा गल्ति नगरे पनि आफ्नै परिवार समेल्न नसकेकोमा नमिठोपन देखियो । तरै पनि त्हाँ बस्नै थियो । छाडेर अन्त जाने अर्को बिकल्प नै थिएन ।
सहजले भद्र भलाद्मी जोड्यो र कुराको छिनो फानो गर्न लगायो । सबै मिलेर कसैलाई पनि असर नपर्ने गरी छलफलबाट निचोड निकाले । समाजमा भएका मानिसहरूभध्ये बुझेका र भद्र मानिने जिमुवाल कान्छाले दुबै सामु निर्णय सुनाए, ‛सहजले बाबाले लिएर गएको घर र अनि घासका रुख, गोठको मूल्य सबै फिर्ता दिने र किन्नेले पनि सोधेर किन्न पर्नेमा नसोधी किनेकाले आफ्नो पैसा पाएपछि फेरि झमेलायुक्त अन्य कुरा गर्न नपाइने आउदा दिनमा सहज अनि किन्ने भाइ विष्णुका बिचमा पहिलेका झै सम्वन्ध अझे राम्रो गर्नु पर्ने, आउदा दिनमा यसैका बारेमा थप कुरा उठाएर केही अन्तर्विरोध गर्न नहुने सुनाए । सहजले बेलुकास्म सको पैसा फिर्ता दिने भनेर समाज उठ्यो । वेलुका सबैतिर खोजेर किन्ने विष्णु भाइलाई उसैको घरमा लगी सबै पैसा बुझायो सहजले । केही असजिलो र अमिलो मन बनाउदै उसले आफ्नो पैसा फिर्ता लियो । आफैले बसिरहेको आफ्नै घरमा पनि त्यस किसिमको ढाडै सेक्ने दनक खाएर उहीं बस्नु पर्ने अचम्मको परिस्थितिको सामना गर्न परेकोमा ऊ अचम्मित थियो । उसले बिगतलाई सम्झ्यो, ‛केटाकेटी अवस्थाबाट नै अत्यन्तै पीडा वोधका साथ अनेकौं संघर्ष गरी त्यत्रो संयुक्त परिवारका हरेक सवालहरुलाई लिएर सहजीकरण गर्दै आइरहेको । भाइबहिनीहरूको विबाह, चाहिने परिवारका समानहरुको संकलन, चाडपर्व तथा पाहुनाहरुको सत्कार, जग्गा संकलनमा सहयोगदेखि हरेक समस्याको समाधानमा लागेर आजसम्म आएँ । परिवारका सबै सदस्यहरूलाई समानतापूर्वक हेरेर इज्जत बचाएँ । परिवारमा लाग्ने खर्चको पूर्ण ब्यबस्थापन गर्दै जाँदा आफै नाङ्गिएको थाह नै पाइन ।’
उसले फेरि सोच्यो, ‛कस्तो बिडम्वना ! आफै बसिरहेको र जीबिकोपार्जन गरिरहेको त्यो ठाउँ आज आफ्नो भन्नका लागि यस्तो कठिन ? आफै बसेको घर त्यो पनि आफ्नो भन्नै पनि नपाउनु अनि अर्कोले किनेकोमा पनि फेरि पैसा दिएर किन्न खोज्दा पनि यति ठूलो युद्ध नै गर्नुपर्ने स्थिति कसरी र किन आएको होला मलाई ? यसमा मेरो के दोष थियो ? अहिलेसम्म मैले नै सेवामा लागेकै थिए सधैं घरकै लागि भनेर पसिना निरन्तर बगाएकै हो । सबै देख्नेहरु पनि जानकार नै छन् तर केही मन मुटाव पनि थिएन । बेच्नै पर्ने भए पनि केही दिन कुरेर म आएपछि भनेको भए पनि म चाहिएको पैसा दिने नै थिएँ अझै बढी चाहिएको भए पनि । सामान्य विषयमा निउ खोजेर इज्जतमा नै धक्का पर्ने काम गर्न किन मन लागेको होला ? एक महिना अगाडि मुटुको अपरेशन गरेर बचाएको अनि गत साल पनि पत्थरी र अर्को पटक एपेण्डिक्सको अपरेशन गरी बचाएकै थिएँ । त्य कार्यमा कसैले पनि एक पैसाको सहयोग पाएको होइन । अनि कति निष्टुरी बन्न परेको होला ? कति साह्रो होला त्यो आत्मा पनि । हैन ! अरुलाई के दोष दिनु । सहनु बाहेक अरू आफ्नोमा लेखिएकै छैन छैटीमा । कस्तो लेखिदिएको रहेछ भाविले अनि कति दुःखदायी रहेछ यो अवजसेको कर्म पनि । कोल्टे फेर्न पनि नसकिने पीडा वोध सहनुपर्ने भो मलाई जीवनभरि । कहिले स्वाश फेर्न सजिलो पर्ला खै ?’ ऊ धेरैबेर आफ्नै घरका मानिसहरूका बारेमा सोचिरह्यो । उसले सबैलाई एकएक गरी सझ्म्यो तर कतैबाट पनि राहतको अनुभूति पाउन सकिएला झै लागेन ।
समस्याहरुसँग कुस्ति खेल्दै जाँदा छोरो बाहिर जानका लागि तयारीमा भएको थाह पायो सहजले । उसले छोरालाई भन्यो, ‛अहिले सानो उमेरमा नै विदेश जाने होइन । सीप सिकेर अलि बढी जानकार भएपछि सोचने कुरा आफ्नै ठाउँमा छदैछ तर पढ्दापढ्दै बिचमा अनि केही कुराको पहिचान नै नगरी जानु राम्रो होइन । फेरि आफ्नै देशमा बसेर जे गरे पनि उपयुक्त नै हुन्छ । यहाँ आफ्नाहरू हुन्छन् । केही बिगार्नेले पनि सचेत गराइदिन्छन् कुनैबेला । तर त्यहाँ आफ्नो भन्ने कोही हुदैन । भातृत्व नभएको देशमा अस्तित्व खोज्नु कठिन हुन्छ । बरू थोरै कमाइमा रमानु नै बेश अनेत्रको डलरको बिटोभन्दा । छ पर्खिदैन । यो बेला जीवन बनाउने हो तर कमाउने र रमाउने होइन । परिश्रमले मान्छेलाई सफलताको शीखर चढाउन सक्छ । हतारको निर्णयले भविष्यमा पछुताउनु बाहेक अरु केही हुदैन । अर्काको लहैलहैमा लागेर ठूलो भाग खोज्दा अगाडिको भाग नै गुम्न सक्छ । अतः आफ्नै बुद्धिले आफ्नै आमालाई खुशी बनाउन सकेमा मात्र लक्षमा पुग्न सजिलो बन्छ । भो अहिले जाने काम छाडेर अध्ययनलाई निरन्तर अघि बढाऊ बाबु । भनेको मान यही कुरामा तिम्रो र हामी सबैको भलो हुनेछ ।’ सहजले अनेक तरिकाले सम्झायो । तर यसको बिपरित उसको जाने तयारी भयो ।
कसै नसकेपछि सहजले साहुसँग रिण काढेर केही रकम जम्मा पार्यो । अनि केही उसको कट्टी भएको सञ्चयकोषबाट रकम झिकेर उसलाई दिई पठायो । अपुग केही अध्ययनको फी पछि पठाइदिने गरी छोरो बिदेश लाग्यो । केही होला जस्तो र केही आशाको त्यन्द्रो पनि अनयाश नै बाहिरिन जाँदा उसलाई ठूलै चोट सहनु पर्यो । कति चलाख अनि कति परिश्रमी बिरुवा इच्छा बिपरित पलापिन पुग्दा जस्को पनि मन रुन्छ । जुन होला जस्तो ठानेको त्यही बाहिरिएपछि बाँकिको पनि त के भर । आखिर उसलाई दुखले भने सँगै लिएर जाने भयो । छमेकका शिवलालले भन्न थाले, ‛बल्ल तेरा दिन आए । लामो समयपछि छोरा राम्रै कमाउने देशतिर लाग्यो । अव रुनुपर्दैन । खै हाम्रा त त्यसै बिरक्तिएर हिडेका छन् । कोही बल्लबल्ल आफ्नो गुजारा चलाएर बसेका त कोही तोरी लाउरे । वर्षको एक पटक एसो फुर्तिफार्ति देखाउछन् अनि सकिएपछि भारतीय बजारमा बिक्रिहुन्छन् । यस्तो भएपछि कसरी दिन आउने खै ? चन्द्रेका पनि एउटा अमेरिका अनि अर्को यु के तिर छोरी पनि अमेरिका नै । ऊ त सधैंको बिलाशी मान्छे पो त । केही दिनमा नै अमेरिका नै बस्ने गरी भिषा आउदै छ रे । अचम्म मेरो भने सधैं कुहिराको काग नै बन्नुपर्ने भो । हरे शिव ! कस्ता सन्तति पाएछु मैले ?’ उनले डाडे स्वभाव देखाइदिए सहजका अगाडि । उसलाई बुढाका कुरा सुन्न मन लागेन र उठेर नबोलिकन हिड्यो अन्तै ।
समय बित्दै जाँदा बाआमा भाइकोमा टिक्न नसकेर दुई महिनामा नै उही घरमा फिर्ता आए सहजसँग नै । उसले सबैको संरक्षण गर्यो । अनुले राम्रो हिफाजत गरी दुबैको हेरचाह गरी । इष्टमित्र परपाहुना छरछिमेक र बन्धुवान्धवहरू सबैमा राम्रो छबि बन्दै गएको थियो । एकवर्ष नबित्दै ससाना कुरामा मनमुटाव भएपछि सहजले अनुलाई छोराछोरीसँग नै लगेर राखिदियो । आफैले जागिर र बाआमाको रक्षातिर खटियो । अबभने अझै झमेला भोग्नुपर्यो उसलाई । कहिले बजार त कहिले गाउँ गर्दागर्दै हैरान हुन्थ्यो । दुबैतिरका समस्याहरू निराकरण गर्दैमा हैरान थियो । यसका अतिरिक्त आफ्नो पढाइलाई पनि हरेर्नु पर्ने अनि जागिर त छदै थियो । बाआमा बिरामी पर्ने ओहोरदोहोर पनि कतिकति ।
समाजमा मानिसहरु कुरा खेलाउने र अर्काको बिग्रेकोमा जुट्करी बजाएर मनोरञ्जन लिने किसिमका पनि हुन्छन् । कसैको त समय बिताउने तरिकै त्यही हुन्छ । यसमा बढी सासु मण्डलीहरू नै हुन्छन् जुन महिला भएर महिला कै बिरुद्धमा नकारात्मकता साधिरहेका हुन्छन् । नेपाली ग्रामीण समाज बिग्रनाको मूल कारण यही नै भन्दा फरक पर्दैन । त्यस्ता महिलाहरूले आआफ्ना घरका पुरुषहरूलाई पनि अनावश्यक भड्काउला कुरा गरेर संबन्धमा तितोपना ल्याइरहेका हुन्छन् । यसैको कारणबाट कसैको जीवन नै नराम्री बिग्रन गएको पनि देखिन्छ । गाउँमा बसिरहेको सहजको समाज पनि यस्ता कुरामा अलि बढी नै मुछीएको थियो । कुरा खेलाउनेहरुले बाआमालाई उचालेर टोकाइ खानुपर्यो सधैंजसो ।
कोठामा जाँदा घरभेटीकोको तनावले अनुर छोराछोरी आजित भएको कुरा सुन्न पर्दा पिरलो झनै बढ्यो । पानी र बिजुली बाल्न समेत नदिने फोहर गर्यो भनेर किचकिच गर्ने कार्यले बस्न नै कठीन बनाएको थियो । अझै यस पठक त कोठामा राखिएका पंखासमेत झिकेर लगिदिएपछि गर्मीमा सकश नै खेप्नुपर्यो उनीहरूलाई । शुक्रवार कोठामा आएको बखत अनुले भनी, ‛सधैं अर्काकोमा बस्नुभन्दा त आफ्नै गत साल लिइएको सानो टुक्रोमा बल्क लगाएर बस्दा राम्रो हुन्थ्यो । यहाँ त खप्नै सकिएन । बरू गिटी कुटेर पनि म सहयोग गर्छु तपाइँलाई । लौन केही उपाय त गर्नै पर्यो । कतै गए पनि दुःख गरेर खान र चार प्रहर रात गुजार्न पनि पाइएन ।’ मनका दुखेशाहरू पोखी अनुले ।
तराइमा बसेको जग्गा बेचेर लिइएको बजारको पछाडि कुनामा सानो टहरो अटाउने ठाउँ त थियो तर त्यसमा लगानी गर्ने कुनै उपाय नै थिएन उसँग । समान दिने ठाउँहरू बुझ्यो । केही साथीहरूसँग पनि गुहार्यो । सबैबाट केही सहयोगको गुलियो पायो उसले । जागिरबाट सैस्थाले पनि केही ऋण दिने भयो । सबैकुराको मेसो मिलाएर सानो झुप्रो थाल्यो । त्यसको रेखदेख गर्न अनसलाई लगाएर आफूले ब्यवस्थापनको पाटो मात्र हेर्यो । केही महिना लगाएर सानो आफ्नै घर तयार भयो । जीवनमा पहिलो पटक आफैले बनाएको घर बस्न पाउदा अनुलाई अचम्मै खुशीले छाएको थियो । उसले भनी, ‛अब त घरभेटीले दुःख त दिदैन हगि बुढा ! पङ्खा नभएर के भो र ! बरू गर्मी सहुँला केही छैन । कचकचले आजितै बनाएको थियो । अब कसरी हुन्छ तिर्नेकुरा मिलाउनु भयोभने सजिलै हुन्थ्यो । खाना त एक छाक अनि जस्तो खाए पनि हुने । सुत्ने ठाउँ चाहिने रहेछ । त्यो पूरा भयो । म आज सबैभन्दा खुशी छु ।’ उसले आँखाभरि आँसु लिएर मुस्कान छाडी । त्यो देखेर सहजका आँखा पनि रसाए । उसलाई तिर्ने कुराले भने घरिघरि चसक्क पार्न छाडेको थिएन ।
सन्ततिको बिहेले जन्माएका सवालहरू
छोराछोरी हुर्किए । अनि बिबाहको कुरा पनि चल्यो छोरीको । आफ्नोभन्दा बढी हुनेखाने ठहरिएका अनि केटो पनि राम्रै पढेको र जागिर पनि भएको । लमीले भने, ‛यो बेला गुमाउनु भोभने फेरि पछि पछुताउनुपर्छ है ? बिचार गर्नुस् । केटालाई छोरी देखाइदिएको छु । दुबैले हेरेर मन पराए । अब के को ढिलाइ । दिए त भै गो नि । तपाइँ संस्था हाकेर बसेको हाकिम नै त हो । अरू समस्या पर्ने त कुरै भएन । बरू दायिजोभने राम्रै दिनपर्छ । किनभने उनीहरू पनि त इज्जतका मान्छे । फेरि तपाइका अरू छोरी पनि त छैनन् । छोराको त उनै मन पराएको बिहे गर्छन् तन्टै खलाश । हैन त सहजजी ? कारबारी मजासँग हाँस्यो ।
सहजले घवरिएर सोच्यो अनि सुस्केरा हाल्यो र मनमनै भन्यो, ‛कतिसम्मको असजिलो परिस्थिति आएको हो मलाई । बिहे नगरी पनि भएको छैन र दिंदा पनि कसरी गर्ने । ‛नाम त सुब्बिनी के खाएर उभ्धिनी’ भनेजस्तो आज मलाई भययो । नामले मात्र पैसा आउदैन । अनि जताततै तिर्न मात्र छ कसले पो देला मलाई बिहेका लागि पैसा । फेरि दायिजोको कुरा पनि त गरेको छ कारबारीले । तर बेलैमा भन्नुपर्छ म दायिजो दिन सक्दिन भनेर । तर जे भने पनि आवश्यकताले ल्याएका अत्याबश्यकीय समान त दिनैपर्छहोला दिन सक्दिन भनेर पनि हुदैन । कही कतैबाट आउने र सहयोगको संभावना नै देख्दिन म । कि कोही नातासंवन्धबाट पाउन सकिन्छ पैसा ?’ ऊ निकैबेर घोरियो । सबैतिर संझ्यो तर पैसाको फाल पाउन सकेन ।
केहीबेरका लागि बाहिरिएको कारबारी फेरि आयो र भन्यो, ‛के बिचार आयो त ? बिहेको कुरामा बोलाउँ उनीहरूलाई ? यस्ता कुरामा दुबै पक्ष बसेर टुङ्गो लगाउन बेश हुन्छ । एक आपसका कुराहरू प्रत्यक्ष राखेर काम गर्यो भने पछिका लागि पनि सजिलो पर्छ । फेरि लगन पनि कम छन यो महिनामा । फेरि चैत लाग्छ हाम्रो चलन अनुसार बिहे गर्न नमिल्ला कि होइन ?’
‛हुन्छ बोलाउदा फरक त केही हुदैन । कहिले बोलाउने उनीहरूलाई ? अनि केटा र केटीको बिचार पनि सँगै लिन जाति होला हैन र ?’ उसले कुरालाई साकार दिन खोज्यो ।
भोलि बिहान बोलाऊँ त त्यसो भए । भोलि बिदाको दिन पनि छ । बाबु र छोरा दुबै जागिरे बिदा भएकोले राम्रो पनि भोलि नै हुन्छ । ल है त म भोलि बिहान उनीहरूलाई लिएर आउछु । अहिले म हिडें ।’ ऊ सरासर आफ्नो बाटो लाग्यो ।
त्यो दिन सहजलाई निन्द्रा परेन । अरेक चिनेजानेका मानिसहरु सम्झ्यो । इष्टमित्रहरु अनि छरछिमेक र दाजुभाइ पनि संझ्यो तर कतैबाट पनि सहयोग पाउने आशभने देखेन । उसले सुतिरहेकी अनुलाई उठायो, ‛मलाई त पटक्क निद आएन । कुरा खेलिरहे । के कसरी सक्ने हो त बिहे ? आखिर राम्रो आएपछि छोरीलाई नदिन पनि भएन । अचम्मको समस्या पो खडा भो । के सोचेकी छस् त यस बिषयमा ?’ उसले मनमा लागेको कुरालाई बिसायो ।
‛खै मैले के पो जन्दछु र ! अनि पैसा जो कोहीले दिन मान्दैनन् । सबैसँग मागेर काम चलाइको पहिलेका तिर्न पाएकै छेन । अहिले मात्र काम चलाउन सके त बाबुले केही सहयोग पनि त गर्ला । नभए यही झट्पडी पनि बेचेर चोखो बनौला । पहिले काम सक्नुपर्यो । केटो राम्रै रहेछ । मैले हिजो देखे । त्त्तिको केटोलाई दिन पाउदा छोरीलाई दुःख नहोला सायद । ए साच्चै ! समेली आमा छन् नि पल्लो गाउँमा । हो उनले तपाइँको बारेमा निकै भरोषाका कुरा गरेकी थिइन् । आखिर उनको सहयोगी अन्त्यमा अर्को कोही पनि त छैनन् नि । पहिले बिरामी हुँदा पनि हामीले उहाँलाई सहयोग गरेको हो । म भेट हुदा कहिले काही समस्या परे भन है नानी भन्नु हुन्थ्यो । एक पटक उहाँसँग पनि जानु न भेट गर्न । अनि निम्ता पनि भन्न नै पर्छ क्यारे ।’ अनुले झिनो आशाबादी पैसा पाउनसक्ने मूल देखाई ।
बिहान सबेरै उनीहरूको पर्खाइमा बसे दुबैजना । छोरीलाई कतै नजानका लागि अनुले सचेत गराई । खाजाको रुपमा फलफूलहरू तयारी अवस्थामा थियो । आठ बजेतिर केटोर केटाको बाबासहित पाचजना त्यो सानो झुपडीमा पसे । उनीहरूलाई स्वागत गरेर सहजले बसायो । अनुले चिया र खाजाको प्रबन्ध गरी । कुरा चल्यो दुबैका बिचमा । कारबारीले भन्यो, ‛ल सबै कुरा छाडेर मूल कुरातिर लाग्नपर्छ । पहिले बाबु र नानीलाई कुरा गर्नका लागि पठाउँ अनि मात्र कुरा अघि बढाउँला । हुन त दुबै राजी भएभने अरू कुरा त के बाँकि रहला र ! तै पनि केही भए गरे हुन्छ । ल बाबुलाई नानी भएको ठाउँमा कुरा गर्नका लागि पठाउनु पर्यो सहजजी ? शुभ कार्यका लागि ढिला किन गर्ने ? ल उठौं त बाबु ?’ सहजले केटोलाई लिएर छोरी बसेको ठाउँमा लग्यो । केहीबेरको कुराकानीपछि दुबै हँसिलो मुद्रामा देखिए ।
कारवारीले भन्यो, ‛दुबैको सहमति जुटेजस्तो छ । कुरा अघि बढाउँदा हुन्छ बाबु ? चित्त बुझ्यो कि केही कतै बाकि छ ? हुन त दुबै पढेलेखेका अनि राम्रा पनि उतिकै । किन नमिलोस् कुरा पनि । के छ मन पर्यो कि परेन केटी ? फेरि भोलिका दिनमा अरूलाई दोषारोपण गरी बरवादी गर्न हुदैन नि ?’ केटोले हाँसेर सहमति जनायो । र बिहेको कुरा करिव टुङ्गियो । अन्त्यमा सहजले भन्यो, ‛मेरो अहिलेको स्थिति ज्यादै नाजुक छ । म बिहेमा त्यति खर्च गर्न सक्दिन । नानी र पानी बाहेक अरू नदिदा पनि हजुरहरूलाई स्वीकार्य छ यदिभने बिहे गर्यौं नत्र यतिबेला रोक्नुपर्ने बाध्यता नै आउँछ । सबै कुरा अहिले नै भन्दा जातिहोला । भोलि यसैका आधारमा छोरीले दुःख पाउने र नमिठो अनुभूति गर्ने परिस्थिति नबनोस् ।’ ज्यदै भाबुक देखियो सहज ।
‛अरू कुरा जे सक्नुहुन्छ त्यही गर्नुहोस् तर जन्तिलाई सत्कारगरी खुवाउने काममा पछि नपर्नुहोस् । त्यति भए पुग्यो । कस्ले के दिएर अर्कोलाई भनेजस्तो भएको छर ! आखिर आफ्नै पौरख खाने त हो । केही चिन्त नलिदा हुन्छ । नाता जोडिएपछि तपाइँ र हामी एक अर्काका पूरक त भैइन्छ । सरसहयोगको कुरा पनि भैजान्छद । नराम्रो हुने त कुरै छैन । ल कुरा टुङ्ग्याएर टीका लगानतिर लागौं ।’ केटाका बाबुले खुलेर कुराको बिट मारिदिए । बरु आजको पाँचदिनपछिको लगन राम्रो भएकोले त्यही दिनका लागि बिहेको दिन तोकौं है ?’ दुबैतिरबाट त्यस कुरामा सहमति आयो । भित्रबाट अनुले राता टीका र फूल ल्यएर दिई ।
नजिकैको अक्षताको थाली लिएर सहज उभियो र केटा अगाडि गयो र सबैले सुन्ने गरी फलाक्यो, ‛आजका मितिदेखि मेरी छोरी तपाइको हातमा सुम्पिदिएँ दाम्पत्य जीवन चिरस्थायी र सुखदायी बनोस् । छोरीको भविष्य हजुरकै हातमा सुम्पिदिएको छू पाले पुन्य फाले पाप ।’ सहजले टीको लगाइदियो र एउटा खाम हातमा थमाइदियो ज्वाँइ हुनेबाला केटालाई । त्यसपछि सबैलाई का लगाएर सक्दो दक्षिणा समेत दिई बिदाइ गर्यो । उनीहरू खुशी हुदै त्यहाबाट बाहिरिए ।
उसलाई पैसाको चपेटाले सतायो र उनै आमा जसले केही सहयोग गर्न पर्ने भएमा आउनु भनेकी थिइन अनुसँग तिनैकोमा गयो सहज खाना नै नखाई । घरमा आमा नभएकीले केहीबेर कुरी रह्यो । केही समयमा नै आमा ठूलो घाँसको भारी बोकेर आइन् । उसले खुट्टामा नै ढोग दियो । बुढीले सोधिन्, ‛आज यति छिट्टै कताबाट आएको ? फेरि जागिरमा जान पर्ने होइन आज ? किन मलिन देख्छु अनुहार पनि । के भो सञ्चो छैन कि के हो तँलाई ?’ उनले धेरैबेरसम्म उसको मुखमा हेरिरहिन् ।
केही भएको छैन आमा । छोरीको बिहे आँटियो । निमन्त्र णा गर्न पनि आएको अनि ………………।
केही बोल्न खोजेको तर एक्कासी रोकिएको चाल पाएपछि बुढीले हकारिन् , ‛किन पीर लिएको । ठीकै छ त छोरी अर्काको घरमा पठाउन पर्ने जात । दिइछस् राम्रै भयो । त्यसमा फेरि किन चिन्ता गरेको ? कि अरू कुनै समस्याले सतायो तँलाई ? कैल्यै केही गुनासो राखेको थाहै हुदैनथ्यो तेरो ? के भो भन त ?’ आँगनको डीलमा हातमा आँसी र नाम्लो लिएर टुसुक्क बसिन बुढी ।
सहज केही बोलेन । बुढीले उसको अनुहारतिर हेरिन् । उसका आँखामा आँसु टिल्पिलाइरहेका थिए । ऊ भावुक म्द्रामा एकोहोरिएको थियो । बुढीले फेरि भनिन्, ‛किन यति धेरै चिन्ता लिएको ? धत ! जे परे पनि त सहनुपर्छ । लाछि कैको । के भो केही मैले गरेर हुने कुरा म गर्छु । अनि नसकेको अरूहरूसँग सहयोग मागेर पनि काम त सक्नु पर्छ । पीर नगर है यतिबिधि ।’ सान्वना दिदै उसैको नजिकै आएर बसिन उनी ।
उनका कुराले मात्र उसको आधा पिरलो हटेर गयो । उसका अनुहारमा चमक देखियो । उसले गालामा झरेको चिसो पुछ्यो । अनि भन्यो, ‛आमा ! सबै कुराले मलाई कोल्टे फेनै दिएन । कहिले बाआमा बिरामी, कैले छोराको बिदेशको दौडधुप, त कैले बसोबास अनि अरू खर्चले मर्ने बेला बनाएको बेला फेरि बिहेको कुराले टाउको पोलेको छ । मसँग पैसा कत्ति पनि छैन । कसरी यो मेहरो तर लगाउने हव ? हजुर बाहेक मेरो अर्को नजिकको मान्छे छेन जुन तपाइँलाई मैले भन्नै पर्दैन । बाआमा जान्नु भएकै छ । त्यहाबाट आश मान्नु भनेको रुखको फल झर्ला र खाउँला भन्नु बराबर नै हो । ल उपाय निकाल्नु पर्यो आमा ? मलाई यो संकटबाट पार लगाउन पर्यो आमा हजुरले ।’ मुस्किलले बुढीका अनुहारमा हेरिरह्यो ।
केही समय बुढी बोलिनन् । सहजलाई यहाँबाट पनि सहयोग पाउने आश मरेर गयो । बुढीले सोधिन् खाना त खाइस् कि खाएको छैनस् नखाएको भए मैले मेरो लागि पकाएर राखेकी छु । दूध छदै छ सायद पुग्छ होला पनि खाना । पिरो पिनेर खादा पनि होला नि हुदैन बाबु ? यदि खाएको भए पनि दूधसँग खाइन्छ थोरै ।’ बुढी भित्र पसिन् ।
ऊ भित्र गएन । बाहिरै बसेर झोक्राइरह्यो । उसको मनमा अनेक तर्कहरू आए, ‛यहाँबाट पनि समस्याको समाधान आउलाजस्तो भएन । अब कता जाने होला । खै पण्डितले देलान् त पैसा ! सबैलाई सहयोग गरेका छन् तर मलाई त गर्दैनन् किनभने मैले ब्लाबेलामा आधुनिकतामा आधारित हुँदै कर्म गर्ने कुरामा जोड दिएकोले अलि असन्तुष्ट भएका थिए । पल्लाघरे मुखिया अनि राम्जेली माइलो र मास्टर ठूलदाइले पनि सहयोग गर्ने हैसियत त छ तर नपत्याउने होलान् । कस्तो समस्या परेको । बिहेको दिन आउन धेरै छैन । भोलि समान किन्नका लागि जानुपर्नेहोला । अनुलाई यसको बारेमा केही पत्तो नै छैन ।’ भित्रबाट चर्को स्वरमा बोलाएको आवाजले झस्क्यो सहज ।
‛हैन कता गयो यो । खाना पस्केर पनि सेलाइसक्यो । छिट्टो नआएर किन ढिला गरिरहेको हो ? आइज त अनि घरकाबारेमा कुरा गर्न पर्ला खाइसकेपछि ।’ ऊ हात धोएर भित्र पस्यो । उसलाई केही आशाका त्यान्द्राहरूले पछ्याएको हो कि भन्ने आभाष दिइरहेको थियो उनका पछिल्ला अभिब्यक्तिले ।
‛कतै केही कुरा छाएकी पनि हुन कि बुढीमाएले । चर जे भए पनि केही सहयोग त अबश्य पनि हुन्छ आमाबाट । किन कि माया नभएको भए कुरा गर्ने भन्ने सवाल नै उठाउदैनथिन् । उनी बेकारमा अनावश्यक कुरा गरेर समय खर्च गर्न रुचाउने मानिस पनि होइनन् । यदि सोचे अनुसार नै समस्याको निराकरण भयो यहाँबाट भने त भगवान नै अर्को खोज्न नपर्ला ।’ ऊ पिर्कामा बसेर घोरिन पुग्यो ।
हैन नखाएर किन टोलाइरहेको हो ? किन खान मन नलागेर झोक्राइरहेको के पीर पर्यो ? एउटा बल्लबल्ल के बिहे आँटेको थियो यस्तो तमाशा ? ल नटोलाइकन खा छिटो ? बुढीले हकारिन् ।
उनले आफूलाई पनि सँगै पस्किइन् । भानेबाट घिए झिकेर ल्याइन् र कराइमा तताइन् अनि सहजको भागमा दुई डाडु कन्यइदिदै भनिन्, ‛ल यसैसँग मुछेर खा । अनि दूध पनि राखेर खाएपछि भोक लाग्दैन । आजकालका केटाकेटीहरू घिउ खान हुदैन भन्छन् । यो त मान्छेको लागि तागत दिने बल बढाउने अना हो । अचेलकालाई के थाह ? खान नै जानेका छैनन् । म त बैंशमा ऊ त्यो पाँचमुठे भरिको घिए सबै खान सक्थे । अझै पनि यी एक चौथाइ त खान्छु सजिलै । यो खाएपछि एकैचोटि भरे खानाखाए हुन्छ खाजाको आवश्यकता नै पर्दैन ।’ उनले बाँकि रहेको घीउ आफ्नै थालमा खन्याइन् ।
दुबैको बिचमा दूधको कुडे राखिएको थियो । उनले सहजलाई चार डाडु हालिदिनइन् र भनिनन्, ‛दूध खान सकेजति खा है ? बजारमा कहाँ पाउछस् र यस्तो ! उनले आफ्नो थालमा पनि तीन डाडु हालिन र सप्र्याकसप्र्याक आवाज दिदै खाइन् । सहजले पनि दूध र घिउ मथलेर खायो खुब मिठो मानेर । खान त मिठो भयो तर बिसञ्चो पो हुने हो कि ? आमाले दिएको अम्रृत कसरी नखानु । फेरि अर्को दिन यस्तो मौका कसरी मिल्ला र खै ?’ सबै तनाब खानाले बिर्साइदिए जस्तो भएको थियो यतिबेला ।
‛खाना खान पनि डराउने ? काँतर कैको । खाकोले पो खान्छ सजिलै । नखाएकोलाई हो पेटले पनि दज्काउने । ढुक्कसँग खायोभने केही हुदैन । कि यही बस्ने हो आमा छोरासँगै ? उसो भए त अरूलाई पनि खानेकुरा हामीले नै पुर्याइदिने थियौं हैन त ?’ बुढीले ठट्यौलो पारामा मुसुमुसु हाँस्दै भनिन् ।
दुबैले खाना खाए । सहजले आफ्नो भाडा धुन लायो । बुढीले भनिन्, ‛ भाडा माझ्ने भए यो थाल पनि लैजा । पकाएकोमा अलिकति भात छ त्यो पाडाकोलागि हो । केही गर्न परेन । म तलोतिर जान्छु केहीबेरमा नै आँउछु ।’ बुढी तलोतिर उक्लिन् । सहजले दुबै थाल लिएर बाहिर जुठेल्नामा गयो र पखाल्यो थालहरू ।
‛तिहुन पकाएको भाडो खै ? ए साच्चै ! तरकारी पैले पकाएर थालमा राखकी अनि खाना बनाएकी रहिछिन् क्यारे । अति चलाख छन् है यी आमा त । यीसँग जो कोहीले सक्दैन । खाना पनि कति मिठोगरी खाएकी ? मेरोभन्दा पनि धेरै । अनि यो बुढेसकालमा पनि कति धेरै घिउ खान सकेकी ? त्उसैले त असी काटी सक्दा पनि यति बलिइछन् । काम गराइ पनि कति तेजिलो । घाँसको भारी पनि ठूलै बोकेर ल्याउन सक्ने । बोली कति कडा । जो कोहीको त सातो नै खाइदिने । अचम्म छ बा उनको यो चाला देखेर उदेक नमान्ने पनि को होला ?’ उसले थाल लगेर भान्सामा राख्यो र बाहिर गुनद्रीमा आएर बस्यो ।
सहजलाई ढिला भैसकेको थियो । समस्याले बढि तनाब सिर्जना गरिरहेकोले बढी हतारिएको पनि थियो । चर बुढी आइनन् । कति नआएकी होलिन् । नभए पनि छैन भनेदेखि म अर्को बिकल्प अपनाउने थिएँ । केही भनौं भने बुढी रिसाउने पो हुन् कि ? त्यो त्यति सानो तलोमा यतिकाबेर के गरेर बसेकी होलिन् ? ऊ घरि उठेर चिहाउने र घरि बस्ने गरिरहेको थियो । केहीबेरमा आमा मुखभरि कालो दलिएर एउटा कालो कपडाको पोको लिएर निस्किइन् आँखा मिच्दै ।
‛ल यो पोको फुका त । अस्ति अलिकति पैसा जिम्मुवालका नातिले ल्याएर दिएको थियो । ब्याङ्कमा राख्न दिनुपर्ला मास्टरलाई भनेकी थिएँ तर मास्टर भोलि मात्र जाने रे बजार भनी राखेकी । पोको खोज्दा भेटिन । कसरी हरायो भनेर चकित पनि भएँ तर पोको त मुदुसमा नै नराखी बाहिर नै खसेछ । पछि पो पाएँ । हेर त्यहाँ कति छन् । यतिले त पक्कै पुग्दैनहोला । ब्याट्ठकमा छ केही पैसा । अहिले खोजेर चला । म बिहेमा आउदा कागज लिएर आउछु अनि दुबै गएर झिकौंला । पीर नगर लाछी पानी मरूवा कैंको ? पर्दा खर्च हुन्छ त भओस् केही छैन । यो पैसा राखेर मात्र के हुन्छ र ? बखिर अन्यमा मेरो काजक्रिया गर्ने पनि त तैं होस् । यो बेलामा सहयोग नगरेर मैले के हेरिरहनु ? ल जा बढी तनाब नलिनू । खर्च कम गर्नु ।बरू नातिनीलाई नगदै दिनू । पढ्नका लागि काम दिन्छ । भविष्यलाई हेरेर काम गर्नसके मात्र सफलता मिल्छ । तडकभडकले मान्छेलाई जोगी बनाउन बेर लाग्दैन ।’ बुढीले यो र यस्तै अर्तिका ककुराहरू गरिरहिन् ।
कालो कपडाले बेरिएको पोको हातमा लिएर फुकायो । त्यसमा दुइवटा बिटा धागोले बाँधेका थिए । हात लियो र बुढीलाई दियो, ‛ यी लिनुस् आमा पैसा । दुईवटा बीटा रहेछन् हजारहजारका । सायद दुई लाख होला हैन आमा ?’ सहजले हर्षका आँसु बगाउदै अत्यन्त खुशीका साथ भन्यो ।
लौ हेर यो त रुन पो थालेको ? के भो ? कतै यो बुढीले दिन्न कि भन्ठानेर रोएको हो कि ? परेको बेला हिरा फोर्न सक्नु नै महानता हो । अरूबेला त यसै ठिकै त छ नि । ल मलाई कहाँ दिएको फेरि । ल राख झोलामा । फेरि कतै केही होला नि । होश पुर्याएर हिड्नु है ?’ बुढीले सचेत गराइन् । उसको आँखाबाट अश्रुधारा रोकिएनन् ।
बुढीले सम्झाइन्, ‛पीर नगर । समस्या सबैलाई पर्छ । दुःख पर्ने बेलामा बाउले पनि हेर्दैन । सुख पाउने बेला खाइलाग्ने प्रशस्तै हुन्छन् । हातका औंला पनि बरावर छैनन् । दुनिया अवसर खोज्छ । सपार्ने भन्दा बिगार्नेहरु अधिक हुन्छन् । यही खुट्टा तान्ने चलनले गर्दा नै मान्छे माथि उठ्न नसकेको हो । तेरो बाउ पनि यसैको ज्वलन्त उदाहरण बनेको मैले भन्नै नपर्ला । कत्ति पीर नगर । होशियारीका साथ धोरै खर्चमा काम सक्ने गरी लाग्नु । फेरि अर्काले छि भन्ने पनि नगर्नु । खान बस्न सबैलाई पर्छ नै । सबैलाई हेरेर काम फत्ते गर्नु नै महानता हो । सम्झिस् नि मेरो कुरा तैले ?’ बुढिले सचेत गराइन् फेरि ।
सहज खुशीले हासिरहेको थियो तर आँखा भने रसाइरहेकै थिए । घरिघरि हातु आँखाको डिल पुछिरहेको थियो । उसले बुढीलाई साच्चैकै साछ्यात भगवान नै मान्यो । उसले भन्यो, ‛आमा ! तपाइँ कहिले आउनु हुन्छ त ? यहाँ यो भैंसी छ कसलाई छाडेर आउनुहुन्छ ? कोही त होलान् नि सहयोग गर्ने ? सबैलाई कुनै न कुने कुराले गुन लगाउनु भएकै छ ।’ सहजले पुलुक्क बुढीका मुखमा हेर्यो ।
ल अब तँ जा त । म मेसो मिलाएर एकदिन पहिला जसरी पनि आउँछु । दूहेर खानुभनेपछि पल्लो ठूलोकान्छाले सबै कुरा गर्छ । त्यसको चिन्ता लिनु पर्दैन । ल मैले भने झैं गर्नु है ? फेरि बिग्रला नि कुरा । होशपूर्क काम गर्नू । ठग्ने मानिसहरूको चाङ लागेकै हुन्छ । फँसिनबाट जोगिनु नै असल मान्छेको चिनारी हो ।’ बूढीले सहजलाई अलि चर्को स्वरमा भनिरहेकी थिइन् ।
सहज बुढीलाई अभिवादन गरेर आफ्नो बाटो लाग्यो । बुढी आँसी र नाम्लो लिएर खेततिर लागिन । उसले बाटोमा हिड्दै गर्दा भनिरहेको थियो, ‛साच्चै भगवान सगुलै हुदा रहेछन् । मन्दिर धाएर वा ढुङ्गा पुजेर कहाँ भगवानको दर्शन पाउनू । आखिर मान्छे नै भगवान हुदो रहेछ । साच्चै नै मानवतालाई चिनेर आत्मैदेखि परत्माको दुःख देख्न हरण गराउनु नै भगवानरुपी कर्म रहेछ । सबै प्राणीहरू भगवान हुँदा रहेछन् अनि मान्छे त भन्नै परेन । उसले कतै सुनेको श्लोक संझ्यो,
अष्टदशे पुराणसुः ब्यासायः वचनम् दोयम्
परिपकार पुन्यायः पापायः पर पिडनम् ।
व्यास कति महान रहेछन् । कहिले भनेको लेखनी आज आएर पनि उतिकै महत्व भएर जीवन्त बनेको छ । हो ! मानिस नै देवता हो र देवत्व प्राप्त गर्नका लागि मान्छेले नै मानवीयताको त्याग गर्न सक्छ । आत्मलाई पुज्नसके वास्तविक देवताको दर्शन गर्न सकिन्छ । ध्यानले उर्जा थपिदिन्छ र ज्ञानले सुकर्मलाई आमन्त्रण गर्छ । फलतः मानवले पीडालाई नजिकबाट देख्न सक्छ अनि त्यसलाई निवारण गर्न सबै उपायहरु परिचालन गर्छ । त्यसबाट नै ऊ वास्तविक देवत्व प्राप्त गर्न सफल हुदो रहेछ । मानिस जसरी आउँछ त्यसरी नै जाने न हो । लाने त केही हैन । बरू केही राम्रा कर्म छोड्दा बौधत्वले दीगोपन राख्ने रहेछ । यसमा सबैको ध्यान किन पुगेन होला ? यस्तो सत्कर्ममा लाग्ने हो भने किन रुनुपर्छ र मानिसलाई ?’ अनेक तर्कहरु गर्दै उसले घर आएको पत्तै पाएन । अनुले खोजी रहेकी थिई ।
एक्कासी झोला बोकेर आएको अनि केही खुशीका रेशाहरू सल्बलाएको अनुहारबाट देखिन्थ्यो । ऊ नबोली सरासर भित्र पस्यो । अनु पनि उतै गई । ‛के भयो ? कतै पैसाको ब्यवस्था भयो त ? अनि आमाले के भन्नु भयो ? धेरै त थिएन पनि होला । केही त दिने बचन दिनु भयो कि ? कि कै पनि भएन ?’ ऊ केही बोले न मात्र हाँसी रह्यो । उसको हँसाइले अनुले पनि समस्याको समाधान भएको केही हदसम्म बुझी ।
‛आमाले के भन्नु भो ? बिहेमा आउनु हुन्छ कि हुदैन ? अनि पैसना त ?’ अनुले दोहोर्याई कुरा ।
‛दिनु भयो आमाले पैसा । त्यति धेरै खोज्नु नपर्ने भो । ब्याजमा लगाएका पैसा आएका रहेछन् घरमा नै । पहिले त बुढी नबोल्दा समस्या टर्ला झैं लागेको थिएन तर पछि लिएर आउनु भो पैसाको बीटाहरू । म त छक्क परें । अझै बैंकमा पनि छन् रे । अहिले केही दिनलाई खोजेर काम चलाएपछि आफै आएर झिकिदिन्छु भन्नु भएको छ । है आमालाई चिन्न सकिएकै रहेनछ अहिलेसम्म । कहाँकी कन्जुस् भनेको त परेको बेला त्यत्रो त्याग गर्न पनि पछि नपर्ने । कति शाहसी अनि कति कोमल । भयवान मैले त्यतिबेला नै पहिलो पटक देख्न पाए जुन त्यस्तो न कहिल्यै भएको थियो न फेरि पछि होला खै । मलाई अझै पनि सपना हो कि बिपना छुट्याउन कठीन भैरहेको छ अनु ।’ यस कुराले अनुको मन पनि हर्षित हुन पुग्यो ।
‛आमा कहिले आउनु हुन्छ रे ? अब आएपछि उहाँलाई यहीं राख्नुपर्छ । वर्ष पनि असी नाघेको गत साल नै हो आघौं त चौरासी पनि गरिदिनुपर्छ । के होला भविष्य कस्ले के जान्न सक्छ र ! अब पनि दुःख दियौं हामीले भने पापको भागी हामी नै हुन्छैं । संझाएर राख्नु नै महानता हो । देवताको साकार रुप हुन्छ भनेको यही त हो । निराकार देबत्व स्वीकार गर्नेहरूले किन नबुझेका होलान् वास्तविकता ?’ अनुले झोला बाट पैसाका मुठा झिकी ।
‛ल राख अहिले भोलि चाहिने लगेर समान किन्नु छ । सबैको सहयोग लिएर काम गरर्नुपर्छ । घरभित्रको काममा पनि छिमेकी केही लाई लिएर काम गर तिमी । म बाहिरको काम गर्छु । अब त केही पीर छैन । सबै आमाले नै सुल्झ्याई दिनु भयो । आज त कति दिनको निन्द्रा सबै सकिन्छ । खाना खाएर सुतिहाल्छु म त ।’ लामो सुस्केरा हालेर ऊ बिस्तारातिर लाग्यो । अनुले पैसा लिएर दराजभित्र राखी र साँचो लगाई ।
भोलिपल्ट अनुले घरभित्र चाहिने समानहरू जोड्न थाली । छिमेकका आफ्ना केही चिनेका र आफ्ना पर्नेहरूलाई पनि आमन्त्रण गरी । कसार बटार्ने र रोटी पोल्ने कामका लागि पनि तयारी भयो । सहजले पनि साथीहरूको सहयोग लिएर समानहरुको सङ्कलन गर्यो । सानो घर भएकाले मन्दिरमा बैवाहिक कार्यक्रम गरियो । पुराना केही भ्रामक र बदल्नु पर्ने प्रचलनलाई फेर्न चाहे पनि छोरीको बिबाह भएकोले केही नबोली सबै कर्म आफ्नै मान्यता अनुसार नै गर्यो सहजले । बिबाह निकै धुमधामले सम्पन्न पनि भयो । त्यस कार्यमा पनि आमा उपस्थित भै आवश्यक कुराहरू सिकाइरहेकी थिइन् । मान्छे उमेरले बुढो भए पनि बिचारले पुरानो हुदो रहेनछ भन्ने कुराको पुष्ट्याइँ बुढी आमाका हरेक सवालहरूले देखाएरहेका थिए । आमा भनिरहेकी थिइन्, ‛पवित्र आत्माले आफ्नो बनाउनुस् हाम्री छोरीलाई । अन्यथा भए जघन्य पापको भारी बोक्नु पर्नेछ । हुन त हजुरहरू सभ्य हुनुहुन्छ तर बेलाको बोलि भोलिका लागि गोलि बनिरहोस् भनेर मात्र ।’ लौरो टेकेर छैवैमा उभिदै मुसुमुसु हाँसी रहेकी थिइन् उनी ।
आमालाई देखेर वरपरका सबै दङ्ग परेका थिए । ‛कस्तो अचम्म । पहिलेका मानिस । पढ्ने कुनै अवसर नै थिएन । खालि भैंसी र खेतको काम । कसरी आयो यस्तो बुद्धिमानी बिचार ? आजको मान्छेले पाएको अवसर त्यतिबेला पाउन सकेको भए यी बुढी आमा के हुन्थिन् होला । बिचार, भावना, सहयोग र मानवता अहिलभन्दा त पहिले बढी नै थियो क्यारे !’ केही बौद्धिक मानिसहरूले कुरा गरिरहेका थिए नजिकै बसेर ।
बिवाह सकियो । सबै पाहुनाहरु पनि आआफ्ना घरतिर लागे । अनुले सबै निमन्त्रणा गरी आएकाहरूलाई कसार र रोटी पोको पारेर दिई बिदाइ गरिरहेकी थिई । बुढी आमालाई बस्नका लागि दुबैले अनुरोध गरे । उनले सबै कुरा जानेकै थिइन् र आफ्नो वास्तविकता यसरी पोखिन्, ‛तिमीहरूले भन्ने कुरा र मेरो मनको कुराले अहिले मेल खादैन । मनमा साहश र पाखुरीमा तागत भएसम्म स्वतन्त्रपूर्वक जिउनु नै जीवनको सार हो । बेला छउञ्जेल केही गरेर खानका लागि भगवानले यी हापाखुरा दिएका छन् । परिश्रम नै शरीर शुद्धिको प्मुख उपाय हो । हरेकले त्याग गरि सचरित्रवानपूर्वक रमाउनुपर्छ । आँट छ मेरोमा अझै पनि म काम गरी खान्छुभन्ने किन कि म अहिले आफ्नै खुट्टामा उभिन सकेकै छु । कुनै दिन त्यस्तो आउला जतिबेला मैले चाहेर पनि म त्यहाँ जान सक्दिन । त्यतिबेला तिमीहरूले नाइँ कदापि भन्ने छैनौ । वनको चरो घरमा ल्याएर कैल्यै खुशी हुदैन । जो जहाँ रमाउन खोज्छ त्यसलाई त्हीं नै रम्न दिनु पर्छ । हिमालको आशपासको मान्छेलाई तराइको मौजाको काम हुदैन । नपालौंभने एकमूठी सेतो ओलनले नै होला यत्तिकी भएकी पनि । अर्काको भरमा छँडिराखेको सबैकुरा के भयोहोला ? त्यसैले आज म जान्छु । तिमीहरू समय मिलाएर आउँदै गर । मलाई भैंसीका कारण फुर्सद हुदैन । केही भए लिएर जाउला । कहिले बुहारीलाई पनि पठा न । कही जानु पनि त छैन यस्को । ल अहिले म हिंडे ।’ बुढी हिड्न आटेकै बेला अनुले झोलामा केही खाने कुरा ल्याएर दिई सहजलाई । सहजले आमालाई बाटोसम्म पुर्याई बसमा चढाईदियो । अनि बस देखेञ्जेलसम्म उसले हेरिरह्यो आमालाई । केही बेर त्ही रोकिएर आमाका बरेमा सोच्यो, ‛कस्तो अचम्म ! त्यो उमेरमा पनि त्त्रो साहश । कति महानता अनि कति स्वावलम्वी । सबैमा आमाको जस्तै विचार र उहाँमा रहेको परिश्रमी पन यदि हुने हो भने मानवले दुःख पाउने त कुरै हुदैनथ्यो । असम्भवभन्ने कुरा हुदैनथ्यो होला सायद । तर हुदैन तेस्तै भनेजस्तो । नपढेकी भए पनि कति चलाख यी आमा । अझै अहिलेको जस्तो अवशर पाएको भए कस्ती हुथि हुन् ? चर मान्छे सार्थी छ । जताततै नराम्रो नै सुन्नुपर्छ । के गर्ने मान्छे धेरै महत्वकाक्षी र अहमत्वका कारणले बिग्रेको त होला ।’ केहीबेर बसेपछि ऊ घरतिर लाग्यो ।
कठिन परिस्थितिमा सहाराको खोजी
मानिस परिवार बाहेक पनि दिनचर्या चलाउँछ जसोतसो । बोल्ने र भुल्नका लागि साथी त जनावर पनि बन्न सक्छन् । बुढीआमा आफूले पालेको बस्तुसँग नै कुरा गरिरहन्थिन् । नजिकै बनाइएको गोठ अनि पलङको पछाडि बाँधिराखेको सानो पाडो तिनैको स्याहार सुसार गरेर दिनहरू बिति जान्थे । बँचेको समयमा गाउँमा आइपर्ने ससाना समस्याहरू निराकरण गर्ने र छिमेकीहरूलाई परेका अल्झनहरुलाई निराकरण गरिदिने अत्यन्तै राम्रो बानी थियो उनको । मानिसहरू सहयोग माग्नका लागि आउथे । आर्थिक तथा सामाजिक सहयोग गर्थिन् खुलेर । उनी सबैकी ममताकी खानी नै थिइन् । अन्यायका बिरुद्धमा सधै वकालत नै गर्दथिन् । केटाकेटी र ढाट्ने छल्नेहरूलाई पटक्कै रुचाउन्नथिन् । त्यस्ता ब्यक्तिहरू उनलाई देख्ने बित्तिकै सचेत हुने गर्दथे । महिलाहरूलाई पनि परेको बेला उनी सारथि नै बन्ने गर्थिन् । सामान्य झारफुक पनि जानेकी हुनाले घरमा एकदुई जना खाली हुदैनथे तर दिनमा चाही उनलाई भेट्नभने ज्यादै मुस्किल नै हुने गर्थ्यो ।
सानै उमेरमा एकल बनेकी र हरेक दुःखसुख खपेर जीवन चलाएकी ती बुढीआमा निडर र हकी स्वभावकी थिइन् । परेकोबेलामा यथार्थताको वकालत गर्न र पीडितलाई न्याय दिलाउन पर्ने परिस्थिति आयो भने उनलाई अघि सार्दथे गाउँलेहरू । आफू एक्लो भएपछि सहाराका लागि अनेक उपायहरूको खोजी नगरेकी पनि होइनन् तर त्यो पनि त्यति सन्तोषप्रदभने हुन सकेन । अनेक किसिमका अल्झन तथा असजिला परिस्थितिहरूले अल्झाइदियो । सहनै नसकिने ज्यादै पीडाबोधको स्थितिले झण्डै उनैलाई पनि लगेको । प्रकृतिले पनि मुटु नै छेड्ने किसिमको झटारोले हान्न पुग्यो । यस प्रहारबाट उनी मात्र नभएर अरू संबन्धित मानिसहरूको मन पनि छियाछिया गराइदियो ।
त्यस घटनालाई लिएर उनी बारम्वार रोही रहन्थिन् कहिलेकाँही मुर्छासमेत पर्थिन् । उनी भन्थिन्, कोही कसैलाई पनि यस किसिमको कहाली लाग्दो र खप्नै नसकिने मर्मस्पर्शी चोट भोग्न नपरोस् । ससाना चोट त सबैले सहन्छन् र सजिलै पचाउँछन् पनि । तर आकाशै खसेर बिहलताको चक्रमा फस्ने बिपत्ति चाही सहन अति कठिन हुदोरहेछ । शोकले रोग निम्त्याउछ अनि रोगले चिन्ता । त्यसपछि मानिसको अन्तिम गन्तब्य भनेकै चिता नै हो । भगवान पनि रैनछन् कि क्या हो ? यदि छन्भने यस किसिमको असैह्य मुटु नै सखाव बनाई मान्छेको हुर्मत नै काड्ने र बहुलाहा नै बनाउने जस्तो परिस्थितिको सामना कसैलाई पनि नपारिदेऊ ।’ उनमा असैह्य बेदनाहरू मनभित्र छचल्किएको हुन्थ्यो । कहिलेकाहीं त उनी पीर खप्न नसकेर बसी रहेकै स्थानमा लडीबुडी खेल्थिन् । मनको बेदना कसलाई भन्ने ? आखिर कसैले सहयोग गरेर वा त्यसमा सहभागी भएर पनि त्यो घाउ निको कसै हुदैनथ्यो । जसलाई चोट पर्यो त्यसलाई मात्र त्यसको असर थाह हुने भएको कुरामा उनी जानकार नै थिइन् । जतिसुकै असजिलो भैरहे पनि मनका बेदनाहरु मनमा नै राख्थिन् कसैलाई सुनाएर बिचरा बन्न रुचाउदैनथिन् उनी ।
छिमेकमा सबैलाई सहयोग गरिरहेकी हुनाले उनलाई पर्नेबेलामा पनि गाउँलेहरूले सघाउथे । मेलापात तथा अन्य कामकाजहरुमा पनि उनलाई सँगै लैजान मन पराउँथे । उनी दैनिक घास दाउरामा नै बिताउँथिन् । बिहान बेलुका त्यही भैंसीको ससारे दुहुने, पराल तथा घास हाल्ने, गोबर फाल्ने, गोठ फेर्ने जस्ता कामहरूमा ब्यस्त हुन्थिन् । समय सधै एकनासको हुदैन । मानिसले नचाएको पनि अकस्मात भोग्नु पर्ने परिस्थिति पनि आउन सक्दोरहेछ । बस्तुको खुराकका लागि जुद्धै गर्दा उनी लड्न पुगिन् । उनको बृद्ध शरीर कामै नलाग्ने भएर निकै तल जमिनमा गिर्यो । हात गोडा तथा कम्मर नै भाचिएर नचल्ने भयो । एक्लै भएर होला सायद उनले तुरुन्तै गुहार पाइनन् । बटुवाहरूले देखि नजिकका छिमेकीहरूलाई बोलाइदिए । एकदुई दिन त घरयासी जरामुरा खुवाएर राखे तर पत्तो लाग्ने कुरै थिएन । पीडाले अल्तलसिएकी बुढीआमाले छिमेकीलाई भनिन्, ‛मलाई सहरको ठूलो हस्पिटलमा लग्नका लागि सहयोग गरिदेऊ । यसका लागि सबैलाई म दुःख दिन्न । मेरो नजिकको भनेकै सहज हो । उसैलाई खवर गरी जिम्मा लगाई दिनू । उसैले जे गर्छ गर्छ । यो अस्थिपञ्जरलाई कति दिन कुरेर बस्ने तिमीहरू । अनि फेरि सबैको आआफ्ना कामहरु पनि त गर्नै पर्यो । ल कान्छा तैंले बोकेर बससम्म पुर्याइ दे । अनि धनेले शहरसम्म लगेर सहजलाई जिम्मा लगाएर फर्कनू । यति सहयोग गर छीट्टै । म बेहोश् भएकी हुनाए यो कुरा गर्न सकिन हिजो । तिमीहरूले देख्ने बित्तिकै लैजानुपर्ने थियो मलाई । केही छैन अझै पनि लैजादा हुन्छ । भए संञ्चो होला । यदि नभए पनि उसैले जतन गर्ला । यदि मरें भने पनि यसैले फाली देला उतै ।’ बुढी मुस्किलले बोलिरहेकी थिइन् । उनका कुरा सुनेर वरिपरि बसेका मानिसहरु पनि चिन्तामा रुमलिएका थिए ।
धनेले बुढीलाई लिएर शहर गयो । उसले सहजलाई खवर गरी बुझायो बिरामी बुढीलाई । सहजले तुरुन्तै हस्पिटल भर्ना गरायो । उनको सबै परीक्षण गरे डाक्टरले । सबै रिपोट हेरेर डाक्टरले भने, ‛किन घटना घट्ने बित्तिकै नल्याएको यस बिरामीलाई ? यतिका दिनपछि ल्याएपछि सञ्चो हुन निकै समय लाग्छ । फेरि हाड सबै भाचिएका छन् हाका जोर्नी र मेरुदण्ड नै भाँचिएको छ । अरु भागका हाडहरु पनि चुकेका छन् । यस्तो लापर्बाही पनि गर्ने ? ल अव इमर्जेन्सीबाट बेडमा लग्ने । उहीबाट उपचार हुन्छ । केही रगत दिने मानिसको पनि जोरजाम गर्नु र त्यही अनुसारको पैसा पनि ।’ डाक्टर त्यहाँबाट बाहिरिए । नर्शहरुले बिरामीलाई वार्डमा लिएर गए ।
दुईवटा मेजर र ससाना तीनवटा अपरेशन गरे डाक्टरहरूले । त्यसका लागि चाहिने रगत पनि बन्दोबस्त गरिसकेकोले निकै सजिलो भयो उपचारमा । बुढी बेहोश् नै थिइन् । दुईदिनपछि उनको होश् खुल्यो । उनले सबंतिर हेरिन् । अगाडि सहज कुरेर टुलमा बसिरहेको । अनुले शरीरमा लागेको दिसा र रगत पुछिरहेकी अनि कपडा फेर्नका लागि कोशिश गरिरहेकी देखिन् । केहीबेर त उनलाई आफू समेलिन लाग्यो । त्यसपछि उनले संझन थालिन्, ‛म कहाँ छु । अनि यिनीहरू कसरी आए । अनि मेरो यो अवस्थामा यहाँ कसरी ?’ उनलाई आफ्नो पहिलेको याद आयो । आफैले भनेका कुराहरू पनि स्मरण भयो । घरिघरि धनेले लिएर आएको पनि संझिइन उनले ।
उनका मनमा कुरा खेले, ‛कति दयालु यो अनु । अनि कति खट्न सक्छ यो सहज । आफ्नो जागिर पनि छ । त्यो पनि छाडेर मलाई कुरेर बसिरहेको । ए मेरो त शरीर नै नचल्ने भएछ । अइअ अइअ खै फर्कन नै सक्दिन । कति दुखेको हो ? (टाउको फर्काएर) पैसा कति लाग्यो होला । अझै कति लाग्ने हो ? उसँग थियो कि थिएन । कसरी मिलाएको छ । मेरा पैसा अर्कालाई दिएको । ऐले छैन मसँग । कति दुःख दिए मैले यसलाई । आफ्नै पीडाले उठ्नै नसक्ने भएको यो दुखियालाई मैले पनि अझै दुःख दिने भए । कसो गर्ने खै ? बूढी रोएको आवाज नै बाहिर सुनियो ।
बुढी घुक्क घुक्क गरेको सुनेर सहजले भन्यो, ‛आमा ᴉ दुख्यो बढी नै । ल नआत्तिनुस् म नर्शलाई बोलाएर ल्याउछु । नदुख्ने औषधी चलाउँछन् अनि दुख्न कम हुन्छ ।’ ऊ नर्शलाई बोलाउन गयो । अनुले सबै कपडा फेरिदिई र सोधी, ‛ ल अब त होश् आएछ आमाको । केही खान मन लागेको छ कि ? म घरमा गएर ल्याउछु । यहाँको फेरि तपाइँ मन पराउनु हुदैन अनि भने जस्तो पनि पाइदैन यहाँ । के ल्याउँ तपाइँलाई ? मायालु भावमा बुढीको अनुहार सुम्सुम्याउदै भनी उसले । तर बुढी बोलिनन् ।
उनले मनमनै सोचिन्, ‛मैले नपाए पनि के भो र । कतिका छोराहरुले आमा बालाई टुलुक्क पनि हेरेका छैनन् । कति दुःख पाएका छन् । उपचार नपाएर त्यसै अकालमा नै जान परेको छ हाम्रै अगाडि । तर मेरो कोही छैन भनेकी । आज मेरा अगाडि यिनीहरू साक्षात ईश्वर बनी देखिएका छन् । यो भन्दा बढी के चाहियो । तर बढी नै दुःख भो । भनेर मात्र पनि केही हुदैन । मेरो यो हविगति । मैले केही गर्न पनि त सक्दिन । अझे दुःख कति दिनुपर्ला । यो सिनो पन्छाउन पनि पर्ला । कतिसम्मको दुखिया रहेछ यो छोरो पनि । कतै कसैलाई नपरेको दुःख यसैलाई भोग्न पर्ने । छ मैना पहिले बालाई अपरेशन गरी बल्लबल्ल बचायो । लगत्तै आमालाई उपचारमा पनि त्यतिकै आपत । अचम्मैको खप्नसक्ने रैछ यो ।’ उनका आँखामा आँसु बगिरहेका थिए । अनुले आँखाबाट बगेका ती आँसुलाई रुमालले पुछी र भनी किन रुनु भएको ? बढी नै दुख्यव घाउ ? ऊ अब नर्श लिएर छोरा आउदै हुनुहुन्छ । नदुख्ने सुई लगाएपछि दुख्दैन । साच्चै के खानुहुन्छ ? केही पनि भन्नु भएन नि । के ल्याउँ ?’ नमिलेको ओड्नेलाई मिलाइरहेकी थिई अनु ।
‛म केही खान्न । तिमीहरू खाओ । मलाई सुन्तलाको रस केहीबेरपछि बाबुले ख्वाउला । अहिले केही चाहिएको छैन मलाई । जाऊ घरतिर । केटाकेटीहरूको पनि बिजोग भयोहोला । खाना पनि बनाउन पर्छ घरमा ।’ बुढीले खुलेर बोल्न सककेकी थिइनन् । आफ्ना कुरा मनमा नै लुकाएर राखिरहिन् ।
केही समय बिदा लिएर बुढीको स्याहारसुसारमा खटिएको सहज उनलाई केही आराम भएपछि अनुलाई कुर्न राखेरजागिरमा गयो । दुबैले आलो पालो गरेर उनको उपचारमा खटिए । तीन महिनाको लगातारको हस्पिटलको उपचारपछि बुढीलाई डीस्चार्च दियो हस्पिटलले । सहजले उनलाई घरमा नै ल्यायो । करिव एक वर्षपछि बुढी हिड्न सक्ने भइन् । आफ्नो दैनिक खाना आफै खाने र सरसफाइ पनि आफै गर्न सक्ने भएपछि एकदिन बुढीले भनिन्, ‛बाबु ᴉ अहिलेसम्म मेरो लागि तिमीहरु खट्यौ र मलाई यो अवस्थामा ल्यायौ । खर्च पनि कति भयो ? कसरी चलाउने ? तिमीहरूलाई अति कठीन हुँदाहुँदै फेरि म थपिएँ तर पनि कुने असजिलो देखाएनौ । तिम्रै आमा बाको रेखदेख र परिवारलाई हेरदैमा मुस्किल भैरहेको अवस्थामा मैले पनि अझै दुःख थपिदिएँ । सुकिदे गाँडभन्दा फुकि दे गाँड भने जस्तै भो तिमीलाई ।’ बुढी मलिन मुद्रामा झोक्राइन् ।
‛हैन केही दुःख भएकै छैन । किन पीर गर्नु भएको आमा ? अब उही जानका लागि कुरा बनाउनु भएको त हैन ? जाने हन अब तपाइँ यही नै बस्ने हो सधैं भरि । जति सक्नु भयो त्यो गरिसक्नु भयो । अब बसेर पीर नलिइकन यही हामीसँगै बस्ने हो । अनु पनि रमाएकी छ आमालाई साथी पाउँदा । कि घरतिरको माया लागेर त हैन ? जान मन लागे अलि सक्ने भएपछि अनु वा म आफै लिएर एक दिन मात्र बस्ने गरी लगि दिउँला हुदैन आमा ?’ सहजले संझाउदै भन्यो ।
त्यस्तो केही भनेको हैन मैले । अनि म त्यहाँ नै गएर बस्ने पनि भनेको हैन र बसेर खान पनि सम्भ नै छैन । पकाएर खान मुस्किल छ मलाई । खुट् अनि ढाडले उभिन त मिल्दैन राम्री अनि के को जाने कुरा गर्थें । त्यहाँ मेरो लगानी छ । दिएभने उठाउँला । खर्च पनि भयो कतिकति । केही सहयोग पुग्ला । फेरि सबैलाई अप्ठ्यारो अवस्थामा दिएका पैसा हुन् ती । कसरी नदेलान र ᴉ एक पटक लगिदिन्छौ कि भनेर सोचेकी मात्र हो । ल त भन अब कहिले लगिदिन्छौ त्यहाँ मलाई ?’ बुढीले आफ्नो लगानी पक्कै उठ्छ ठानेर कुरा राखिन् ।
‛दिन मन हुने र अर्काको मनलाई चिन्ने मान्छेले तपाइँको यस्तो हालत भएको थमह पाउदा पाउदै पनि एक पटक भेट्न पनि आएनन् तिर्न पर्नेहरू । जो जो तपाइँलाई बिरामी पर्दा भेट्न आए ती सबै ऋण नलिएकाहरु मात्र थिए । तिर्ने मानिस किन आउछ । उसले सोचेको छ कि अब बुढी मरिहाल्छे किन वैघातमा पैसा दिनु ठानेको छ र पो आएन त । फेरि तपाइँले कुनै कागज गरेर पनि दिनु भएको छैन पैसा । बिना प्रमाण कसरी माग्ने पैसा पनि । मैले तिर्न नै छैन तेरो पैसा । कैले लिएको थिएँ पैसा ? मलाई ऋण लिनपर्ने कुनै कारण नै थिएन । छैन मैले दिन भनिदिएपछि भै गयो । दिदैनन् कसैले पनि । पैसाका लागि भनेर जानै पर्दैन त्यहाँ ।’ सहजले वास्तविकता बताइदियो ।
बुढीले ज्यादै जिद्धि गर्दै भनिन्, ‛आफै जन्मेको ठाउँ पनि हो । अन्त्यमा एकपटक हेर्न पनि मन लागेको छ । दिनेले यो अवस्थामा देखेपछि दिएछन् भने पनि ठिकै भो । नदिए आएँला फर्केर । फेरि त्यहाँ भैंसी बेचेका पैसा पनि त पूरा आएका छैनन् । त्यो त छ । अनि घरमा केही समानहरू पनि त त्यसै मिल्किएका कति हिनाबिना पनि भएहोलान् । मुसाले कति ततेरिसक्यो । जग्गा भएको जे जति छ त्यो पनि ठेगान लगाउन पर्यो । धेरै कुरा छन् त्यहाँ । कहिले जाने ल भन ।’ बुढी अँध्यारो मुख लाएर सहजलाई हेरिरहेकी थिइन् ।
सहजले बुढीका कुरालाई लिएर मनमा कुरा खेलायो, ‛मानिस कति मतलबी छ । अर्काको खान पाएपछि जे गर्न पनि तयारै हुन्छ । कुनै प्रमाण नै नभएपछि छल गर्नेहरूका लागि सुबर्ण अवसर नै अर्को किन चाहियो र । कागताली नै पर्ने भयो । अस्ताउन लागेको घाम अँध्यारो कुर्नका लागि कति पो पर्खनु पर्छ र ᴉ संसार कति स्वारथतामा डुलेको छ । सबैलाई पर्ने समस्या बराबर किन ठान्दैन ? सबैमा सकारात्मक सोच हुनसक्ने यदि हो भने बिपत्तिमा फस्न पर्ने कुनै कुरा नै आउँदैन । सत्यता र इमान्दारिताको ब्यबहारिक प्रतिस्थापन हुन सक्ने भए कसलाई पो दुःख भोग्न पर्ने थियो । बूढीलाई यस कुराको पत्तो छैन् । सबैलाई आफै झैं सज्जनको दायरामा राखेपछिको परिणति यस्तै हुने गर्छ । यसले ब्यक्ति मात्र हैन समाज बिग्रन्छ अनि समाज पनि कलोषित भै धमिलिन जान्छ । समाजले सुमार्ग लिन नसकेपछि देश नै अधोगतितिर लाग्छ र सोझा सिधाले दुःख भोग्न बाध्य हुन्छन् । उसैले त दुःख भएको छ सर्वत्र ।’
‛किन नबोलेर बसेको कहिले जाने गाउँ ?’ बुढीले फेरि सोधिन् ।
‛हुन्छ त अरको महिना जाउँला ।’ उसले सकेसम्म टार्न खोज्यो । तर बुढीले सधैं नै त्यही कुरा दोहोर्याइ राखेपछि उसलाई गाउँ जानका लागि बाध्य नै बनाइदियो । उनीहरू दुबै गाउँको बुढीआमाको घरमा गए तर घर भत्कीसकेकोले नजिकैको छिमेकीको घर जहाँ मानिस नै थिएनन् त्यहीं गएर बसे । अर्को दिनदेखि भेट्न आउनेहरू सबै आए तर तिर्नेहरू अधिकाँम्श आएनन् । आएकाले पनि पछि दिने बचन दिएर फर्के हात लाग्यो शुन्य भयो । बुढी निराश भइन् । यो देखेर सहजले बुढीलाई संझायो, ‛देख्नु भो मान्छेको चाला ? को रहेछ आफ्नो मान्छे चिन्नु भयो होला नि अहिले त ? अरू बेला त यो पनि मेरै माया गर्छ त्यो पनि आफ्नै हो भनेर मख्ख पर्नु हुन्थ्यो । यी आजको नतिजाले देखाइदियो त स्पष्टै । मान्छे सित्तैमा पाए तीन पाथी चुक हुस्र्छ तर गुमाउन पर्दा मरेतुल्य हुन्छ भन्ने बुढापाकाको उखान त्यसै बनेको होइन । मकै बाँडै झैं गरी पैसा बाँड्ने बस्तु होइन । यो त आफूलाई चाहिएका बखत काम लाग्ने गरी राख्नु पर्छ तब यसले भनेकोबेला खर्च गर्न मिल्छ । भनिन्छ नि
पुस्तकेसु स्थिताः बिद्या परहस्तः गतम् धनम्
उत्पन्नेसु चः कार्यसु नतर्बिद्या नतर्धनम् ।
त्यसैले समयलाई चिनेर ब्यबहार परिचालन गर्न सक्नु नै जीवन जिउने सजिलो काइदा हो । पैसाले कोही आफन्त वा नजिकको मान्छे भन्दैन । दुष्मन कमाउनु छ यदि भने ऋण दिनुपर्छ । अघि पाइला चाल्न नजानेपछि पछि लड्नजाने त ठिकै नै हो । पैले नजान्ने पछि पछुताउने यो प्रचलन नै भएको छ । यसैले मानिसहरू शोकमा डुबेर चितालाई बोलाइरहेका छन् । तर आमा ! तपाइँ पीर नलिनोस् अर्को जुनी यदि हुने रहेछ भने उतै पाइन्छ । ल अब भोलि जाने है घर ? अब पनि यहाँ बस्नु भनेको मरेको छोरा आउँछ भनेर कुर्नु बराबर नै हो आमा ।’ उसले सबैकुरा बुझाइदियो बुढीआमालाई ।
कतैबाट पनि आफूले दिएको पैसा नपाएपछि बुढीलाई दुःख त लागेकै थियो तर बेइमानका अगाडि कस्को पो के लाग्थ्यो र । उनीहरू फेरि शहर नै आए ।
एकदिन सहजको साथी जो उसको ब्यवहारिकतालाई नजिकबाट हेरी सहयोग पनि गरिरहन्थ्यो दया ऊ भेट्नका लागि घरमा आयो र सहजलाई बोलायो, ‛सहजजी ? को हुनुहुन्छ घरमा ?’ उसले गेट पनि बजायो । भित्र आफ्नै कोठाबाट उनै बुढी आमाको सुरिलो स्वर सुनियो, ‛बाबु ! बाहिर कसले बोलाएको छ । जाऊ त गेट बजाएजस्तो सुन्छु ।’
किताव हेरिरहेको सहजले टेबुलमाथि किताब राखेर बाहिर गयो र गेट खोल्यो ।
नमस्कार दयाजी ! यति सबेरै आज मेरोमा । ल ल आउनुहोस भित्र ? कस्तो अचम्मको संयोग म हजुरलाई केहीबेर अघि संझेको थिएँ । यो उपन्यास हजुरलाई फिर्ता गर्नुपर्ने तर फुर्सद नै नभएर जानै पाएको थिइन । जानेबेलामा सम्झनुहोला लैजानका लागि । अनि केछ खवर ?
ठिकै छ । अनि गाउँबाट कहिले आउनुभयो । गएको काम बन्यो ? आमा खुशी हुनुभयो होला । खै त आमा कहाँ हुनुहुन्छ ?’ यताउती नयनहरू घुमायो दयाले ।
‛सबै ठिकै छ । गाउँबाट अस्ति आयौं तर भनेजस्तो भएन । मानिसहरुको सोच स्वार्थतामा रुमलिएको पाएँ मैले । इमान्दारिताको खडेरी परेको देखियो । हामी दुबै अचम्मित भै फर्कियौ रित्तो हात ।’ निधार खुम्च्यायो उसले ।
पहिलेको जस्तो परिबेश आज पाउन सकिदैन । मान्छेले मान्छेको ब्यबहार देखाउन जानेको छैन । हरेक मान्छे लिन चाहन्छ तर दिन जानेकै छैन । आज छोराले बाबुलाई टेर्दैन । श्रीमतीले श्रीमान्लाई गन्दिन । गुरूलाई चेलोले उल्टो नजरले हेर्छ । समाज त्यसैले त बिग्रेको छ अहिले आएर । केही कुरामा पनि स्थायित्व देख्नै पाइदैन । सद्धे र असल खोजेर पाउन कठिन भैसक्यो । पहिले सत्यताको पछाडि ब्यक्ति डोरिन्थ्यो र इमान्दारिताले सफलता सजिलै पाउन सफल हुन्थ्यो तरआज त्यो हराएर गयो । ‛आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ उखान साच्चै नै मनन योग्य नै मान्नुपर्छ । पहिलेका मानिसहरू पढाइ नभए पनि ब्यबहारिकतामा निकै चतुर र दूरदर्शी थिए । उनीहरूको मौखिक योजना हुन्थ्यो । मानवीयता र नैतिकतामा बाँधिएर आफ्नो स्ववलम्वनलाई पटक्कै बिर्सदैनथे । यमान्दारिकता र सभ्य चरित्रता आत्मसाथ गरेकाले कोही कही बिग्रने कुरै थिएन । यदाकदा केही घटनाहरू भै हाल्यो भने दोषी नै कायल भै मातृभूमि छाडेर भाग्थ्यो । माया, प्रेम, सद्भाव र सहकार्यले दैनिकी सजिएको थियो । मूली वा प्रमुखलाई हृदयदेखि नै मान्ने प्रचलन थियो । तव त इर्ष्या, द्वैष, लोभ जस्ता कलोषित भावनाहरू दविएका थिए र समाजमा बिकृतिपूर्ण कार्यहरू हुन पाएका थिएनन् । सहजले त्यो परिबेशको छनक बुढी आमामा देख्यो । उनको बोलाई र चलाईमासमेत यथार्थताको झलक देख्न पाउथ्यो । उनमा इमान्दारिता र सहयोगीपनका कारण समाजका अरू मानिसहरूले दुःमा उनको साथ पाएका थिए तर पछिल्लो पिँढी त्यस्तो हुन नसकेरै होला उनले आझ्नो जीवनको उत्तरार्धमा गुन लगाइएकाहरूबाट अपहेलना सहनु पर्यो । लिदा सियो भएर पस्ने र दिँदा बाघ भएर गर्जने अवस्था आफैले ब्यहोर्नु पर्यो । ‛मियो बिनाको दाइ’ सम्भब नभएर नै समाज बिग्रन गएको हो र समाज बनाउनका लागि नैतिकताको बन्धन कसिलो हुनै पर्छ । जबसम्म जीवन र जगतलाई नजिकबाट चिन्न सक्दैन तबसम्म मानिसमा सकारात्म सोचको बिकास हुनै सक्दैन । सकारात्मक सोच नै छैनभने कहाँबाट राम्रो कामको थालनी हुने । आखिर त्यही कारणले बुढी आमाले पश्चातापमा रुमलिनु पर्यो । तर जे भए पनि आमालाई समाल्नु पर्छ तपाइँले । कमजोर भएको शरीर त्यसमाथि पनि आफ्नो पसिनाको फल अर्काले खाइदियो भन्ने कुरा मानस्पटलमा पर्न गयोभने त्यसैले लैजान पनि सक्छ उहाँलाई । के संझनु भएको तपाइँले ? हुन त मैले भन्नुपर्ने कुरा त होइन तर सन्दर्भमा आएकाले भनेको मात्र ।’ दयाले सहजको भावना बुझ्न खोज्यो ।
‛मैले तपाइँले भनेझैं आमालाई संझाएको छु । कसैले मलाई दिने भनेका छन कोही अहिले नभएकोले नदिएका हुन् पछि दिन्छन् । तपाइँलाई आवश्यक परेमा मसँग पैसा छदैछ । केही पीर लिनु पर्दैन भनेको छु । फेरि आमा धेरै चतुर र भविष्यलाई चिन्न सक्ने हुनुहुन्छ । अलिकति सानो कुराले पनि बेलीबिस्तर थाह दिन्छ । काग जस्तै बाठी हुनुहुन्छ । अझै बिरामी नहुँदा त कस्ले पो भेट्न सक्थ्यो र उहाँलाई ? मैले नजानेका र नसोचेका कुरासमेत कहिले काहीँ उहाँले सम्झाइदिनुहुन्छ । अचम्म छ म त छक्क पर्छु उहाँका बिचारहरू र उहाँको शैलीलाई देखेर ।’ सहजले हास्दै भन्यो ।
अनुले चिया र नास्ताको थाली लिएर टेबुलमा राखी र मुस्कुराएर भनी, ‛नमस्कार हजुर ! आराम हुनुहुन्छ ?’ ऊ हाँसेर उभिरही ।
‛नमस्कार मेडम् । आरामै छु । सरसँग भेट्ने काम परेर आएको सबेरै । कति छिट्टै यो मेरो निम्ति सत्कार ? बरू तातो पानी पनि दिनुहुन्छ कि ?’ आशावादी हुँदै भन्यो दयाले ।
हैन, गिलासमा भएको पनि तातो पानी नै हो । खानु भए हुन्छ । उहाँलाई पनि तातो पानी नै चाहिन्छ त्यसैले पनि दुबैजनालाई तातै पानी ल्याएकी’ अनुले जवाफ फर्काई । दुबैले चिया र नास्ता खादै आआफ्ना ब्यबहारिक कुरामा केहीबेर मस्त रहे ।
‛लौ त म अहिले जान्छु । काम पनि छ । आज बिदाको दिन सरसफाइको काम पनि गर्नुपर्ने । फेरि भोलिदेखि अलि समय पनि नमिल्ला ।त्यतिबेला नै मोवाइलमा घण्टी बज्यो, साथीको फोन आएछ जानुपर्छ म छिट्टै यहाँबाट ।’ दया निस्कन खोज्यो ।
ए ! भित्र टेबुलमाथि राखेको किताब ल्याऊ त ? पहिले ल्यएको सधैं बिर्सिने रहेछ । आज त दिनुपर्यो उहाँलाई नै ।
अनुले सानो झोलामा पुस्तक राखेर दयालाई दिई । ऊ अबिवादन गरेर बाहिरियो त्यहाँबाट ।
शोकमा अवतरित परिबेश
साधारण हिडडुल गरिरहेकी बुढी एक्कासी मुटुको ब्यथाले थला परिन् । बढी नै चापेकोले हस्पिटल लग्यो । हस्पिटलमा बिभिन्न रोगले आक्रान्त पारी आएकाहरू थिए । माथि अनन्तमा मुस्किलले आँखा तानीतानी निहालेर हेरिरहिन् बुढीले । उनलाई स्वास प्रस्वासमा पनि समस्या परेको थियो । सायद मुटुले काम गर्न नसक्दाको परिणती हो कि त्यो । अत्याधिक कन्दै कराइरहेकी थिइन् बुढी ।
के हेर्नु भएको आमा ? गाह्रो भयो कि दुख्यो ? अब डाक्टरले स्लाइनबाट औषधी चलाएका छन् केहीबेरमा ठीक हुन्छ । बढी अआत्तिनुहोस् । यी सबै आरामका साथ बसी रहेछन् । हेर्नुहोस् त उतातिर । तपाइँ मात्र हो यसरी आत्तिनु भएको ।’ हातले अरू बिरामीतिर देखाउदै सहजले भन्यो ।
बोल्न कठिन भए पनि बुढीले सुस्तरी भनिन्, ‛सकेसम्म रोग लाग्न नदिनु नै राम्रो लागेपछि त्योभन्दा ठूलो शत्रु अर्को कोही हुदैन । फेरि म जस्ताहरू त सायद फर्केर घर पनि नजालान् । पैसाको सत्यानास् मात्र हो । मलाघ घर नै लग । अब मलाई सञ्चो हुदैन कसै गरे पनि । मलाई उही गएर मर्न देऊ । सबै बिरामीहरू निको नै हुन्छ भनेर आएका हुदैनन् । कोही त कम बिरामीले सताइएका हरू निको होलान् । तर मुटू खाइसकेकाहरू बाच्ने कुरा सम्भव हुदैन । भनेको मान, मलाई घर लगिदेऊ, उहीबाट सजिलरी जान देऊ ।’
बढी नै आत्तिएपछि उसले डाक्टरलाई बोलायो । डाक्टरले तुरुन्तै नर्शलाई इमर्जेन्सीमा लग्न आदेश दिए । उनलाई अक्सिजन चलाउदै उपचारमा डाक्टरहरू लागे । सहज बाहिर कुरिरहेको थियो । नर्शहरु बाहिर निस्कनासाथ सोध्थ्यो, ‛कस्तो छ बिरामीलाई ? के पहिलेभन्दा केही सुधार छ ?’
डाक्टर हतारिएको देख्दा बुढीको अवस्था ज्यादै नाजुक भएको बुझिन्थ्यो । अपरेशनका लागि सबै तयारी थियो र त्यसको लागि चाहिने पैसाको जोहो पनि सहजले गरेको थियो । साँझतिर डाक्टरले भने, ‛मुटुको अपरेशन सफल भयो तर फोक्सो खराब भएकाले बिरामीको अवस्था सुधार होला जस्तो छैन । तर हामी लागिरखेका छौं भगवान भरोशा ।’
सहज बाहिर बेञ्चमा कुरिरहेको थियो । हिजोदेखिको अहिलेसम्म केही फरकपन आएको थिएन । ऊ घरिघरि भित्र गएर हेर्थ्यो तर फरक पाउँदैनथ्यो । यस पटक यसले बोलायो, ‛आमा ! ए आमा ! बोद्य्नुहोस् न आमा एकैपटक त बोल्नुहोस् । किन नबोल्नु भएको ?’ उसले मानवीय संकेत नै पाएन । ऊ रुदै बाहिर आयो ।
ढोकाकै छैवैमा अनुलाई उभिएको देखेर सहजले झम्ट्यो, ‛अनु आमा त छैनन् क्या हो । केही आदेश उदेश नै छैन । भेण्टिलेटरमा राखिएकाले छाति अलिअलि मात्र चलेजस्तो छ । खै हुदैन कि क्या हो ?’
अनुका आँखा पनि रसाए । उसले सहजलाई बेञ्चमा बसाई र भनी, ‛के गर्ने त हामीले गर्न पर्ने त गरेकै हो । कसैले पनि नसक्ने त्यस्तो शक्ति जसको अगाडि इन्द्रको पनि केही नलाग्ने भएपछि चित्त बुझाउनु बाहेक अरू केही हुदैन । तैपनि अझै आश गरौं भगवानले हात थापिदिए भने पाउँला क्यारे !’ दुबै जना मलिन मुद्रामा नेपथ्यमा हेरेर अश्रुधारा बगाइरहे ।
एकदिनपछि डाक्टरले भने, ‛माफ गर्नुहोस् हाम्रो प्रयास असफल भयो ।’
केहीबेर रुवाबासी थल्यो । लाशलाई बाहिर लान बिरामी कुरुवाहरुले सहयोग गरे । त्यतिबेला केही साथीहरू पनि आए त्यहाँ । उनीहरूले सबै आफन्तहरुलाई बोलाए । लाशको सतिगति भयो । काजक्रिया पनि गर्यो सहजले मुस्किलले । खर्च पनि बढी नै भयो कम गर्ने भन्दाभन्दै पनि । सहज आर्थिक रुपले थला नै पार्ने थियो तर बुढीको बैंकमा रहेको थोरै मौजातले पनि धेरै नै राहत पुर्याइदियो उसलाई ।
बुढी वाल बिधवा थिइन् । उनको घर कता हो केही पत्तो नै थिएन । बिरामी पर्दा र अन्य बेलामा पनि कोही उनको मान्छे भनेर भेट्न आउने थिदैथिएन । तर एक्कासी सबै काम सकेपछि उनका घरपट्टीका मन्छे आएर धम्क्याए सहजलाई । ‛हाम्रो मान्छेको क्रिया हामीले पो गर्न पर्ने हो ? किन थाह दिएनौ ? तिमीहरूले मारेको हुनुपर्छ । हामी मुद्दा दिन्छौं । किन मनोमानी गरी जलाएको लाश ?’ अनेक किसिमका आरोपहरूले झन पीडा थपिदियो ।
‛राम्रो काम गर्दा पनि सुख नपाउनु कस्तो अचम्मको घाँडो आइलागेको होला । जिन्दगी भरि मुद्दा र मामिला । खाइ न पाई छालाको टोपी लाई । सोच्दै नसोचेको अनि कसैले कल्पनासम्म पनि नगरेको भन्दा पनि पाप नै लाग्ने के भोग्न परेको यस्तो ? जागिरमा छदा पनि ओइघातका मुद्दा जेल्दैमा हैरान परेको त्यो बबुरो अर्को फन्दामा जेलिन बाध्य नै देखियो । यो त अचाक्ली नै भो । यस्तो त शत्रुलाई पनि गर्न हुदैन । किन एक्कासी यो कुरा उठाएका हुन् ती मान्सहरूले ? जसले पाल्छ उसैले अन्त्यष्टि गर्नु त अधिकार पनि त हो । म कुरा गर्छु ।’ समाजका प्रतिष्टित ब्यक्ति हरिकिरणले भने ।
घरतिरका मानिसहरूलाई बोलाएर कुराको मथनी भयो । अन्त्यमा सहमति गरेर मिल्यो कुरा । झण्डै जेलको कठघरामा जान परेको थियो सहजलाई । उपकार पनि गर्नुछ त्यसको सजाय पनि भोग्नु पर्ने कस्तो अचम्मको परिबेश । तर नमिठो र नचिताएको आकष्मिक फन्दाबाट सबैको प्रयासपछि मुस्किलले निस्क्यो ।
बृद्ध आमा बाबुलाई धर्मकर्ममा लग्नु र उनीहरूको अन्तिम इच्छा पूरा गरिदिनु छोराको कर्तब्य हो । पाखुरा छउन्जेल आफ्नै पसिनामा पालिने अविभावकहरू समय बित्तै जाँदा अशक्त हुनु स्वभाविकै मान्नुपर्छ । बिरुवाले प्रत्येक वर्ष पुरानो पात खसाई नयाँ पात फेरेझैं मानिसहरूमा पनि त्यो नियम लागू हुन्छ तर समय मात्र फरक न हो । यसभन्दा अघि पनि त मानिसहरू यसरी नै आउने र जाने गरेर नै यो अहिलेको स्थिति देखा परेको हो । मनभित्रको कुविचारले बास गर्दा जीउँदा भगवानहरू मुटुमा गाँठो पारेर जीउँनु पर्दा कसलाई पो राम्रो लाग्ला र ! फेरि अहिले छोरो भएको पछि बाबु हुँदै अशक्त अवस्था भोग्न आउनै प्रछ । यो त प्रकृतिको नियम नै हो । हरेक सन्ततिले आमा बाबुका लागि खुशी राख्नु सुकर्मको पहिचायक मान्दा फरक नपर्ला । सहजले पनि बुढाबुढीलाई चार धाम र अनेक धार्मिक कार्य गरी सन्तोष दिलाएको थियो । चौरासी, एकाहा तथा अरू समयसमयमा गरिने पाठपूजा र दानधर्मका कार्यहरू पनि उनीहरूको इच्छा बमोजिम गरी असल पुत्रको भूमिका सम्पन्न गरेको थियो । देख्ने छरछिमेकका मानिसहरू पनि त्यस मामिलामा सहजलाई उच्च सम्मान गर्दथे । कसैलाई उपमा दिन पर्यो भने उसको नाम लिइन्थ्यो । तर आमाबाबुका नाममा रहेको अचल संपतिलाई चलमा परिणत गरी अरु सन्ततिलाई दिने गर्थे बुढाबुढीहरू । केही आफन्तहरू जुन सकारात्मक ट्ठोचमा बहन चाहने हुन्छन् उनीहरूले भन्थे, ‛किन त्यसो गर्नुभएको हो ? जहाँ बसिन्छ त्यही नै खर्च र लगानी पनि हुन्छ । दिन त बसेको ठाउँमा नै लगानी गर्नु पर्ने हो । किन यस्तो सोच गर्नु भएको ? यो त अलि ठिक भएन कि ?’
उनीहरूको जवाफ थियो, ‛अरु कमाउन नसक्ने छन् । फेरि छोरीहरूलाई केही दिनु पनि पर्यो । पहिले केही दिन पनि सकिएन । यहाँ त सबै कुरा छदै छ । केही समस्या नै छैन यहाँ । अरू यो भन्दा अलि साना पनि भए । यसैले हेर्न पर्ने । हामीले त के नै पो दिन सक्ने हो र ! सानोतिनो समस्यालाई सुल्झ्याउन सहयोग मात्र गरेको हो ।’ हाँसी हाँसी बडो मिठास शैलीमा झट्ट जवाफ आउँथ्यो । यसले अनु र सहजको बिचमा केही फरकपन देखिएको थियो ता पनि ब्यवहारमा भने कुनै नराम्रो गरेकी थिइन अनुले । सहज बिरामी पर्यो तर तेति वास्ता हुदैनथ्यो तर अरू सन्तति बिरामीको खवरले बुढाबुढीलाई चिन्तित हुन्थे । बारम्बार फोनबाट अवस्थाको जानकारी लिन खोजिरहन्थे । कहिलेकाही त सकिनसकि भेट्न पनि जान्थे । अचम्मको माया थियो सन्तानहरूप्रति । फेरि सहजले फुर्सदमा सोच्न बिबश हुन्थ्यो, ‛म अर्कोपट्टिको सन्तान पनि होइन र पनि त्यस किसिमको ब्यबहार कसरी आउन पुग्यो ? सबै बुढाबुढीहरू यस्तै हुने रहेछन् कि के होला ? तर जे होस् मलाई खान र लगाउनका लागि पुगेकै छ । कसैसँग मागेर खान परेको छैन । संपति भएकाहरूलाई त्यही धनले रातभरि निदाउन दिदैन । अनेक किसिमका तनाबमा भौंतारिन परिरहेको देखिएको छ । तर मलाई कुनै असन्तोष छदैछैन । जति भए पनि अन्त्यमा छाडेरै जाने न हो । आजसम्म कसैले के पो लगेका छन् र ! जे भएको छ भैरहोस् । मनले जे सोच्छ मान्छेले त्यही गर्ने हो । उहाँहरू साक्षात भगवानका प्रतिमूर्ति हुनुहुन्छ जे गरे पनि राम्रैका लागि संझदा बेशै होला । तर सेवामा कत्ति पनि कञ्जुस्याँइँ गर्नु मुर्खता हुन जान्छ । यो मबाट कहिल्यै हुन सक्दैन र सेवामा एकरति पनि कमि ल्याउँदिन पनि ।’ अनेकौं तर्कहरू गर्थ्यो उसले ।
अनु र सहज कुनै एकले बुढाबुढीलाई छाड्दैनथे । बेला मिलाएर खाने परिपाटी बसिसकेको थियो । कमाइको आधार भनेको सानो पेन्शन मात्र थियो । ऊ आफै पनि मरेर बाचेको अशक्त नै भएकोले बिकल्पको खोजी त्यति सम्भब पनि थिएन । बेलामा अवसरबाट बञ्चित हुन पर्दा अहिले सानो आकारको पेन्शनमा खुम्चिन बाध्य भएकोमा रउसको मनमा केही नैराश्यता आरउने गर्थ्यो । त्यतिबेला एमएस्सी गर्नका लागि भर्ना समेत भएको तर कसैबाट पनि सहयोग शुन्य हुनु र बिबशताबश जागिरमा जोडिन पर्ने पारिवारिक परिस्थितिले जकड्याएका कारण मनका सपनाहरु सुधामाको सातु सरह हुन गए । ठूलो पारिवारिक बोझले थलिएको र राजनैतिक चपेटामा अनयाश नै पीडा भोग्न बाध्य भएबाट ऊ कोल्टै फेर्न नसक्ने यातना भोगी बनेको उसको शरीरले स्पष्ट देखाएरहन्थ्यो । कहिले काही एक्लै बसेर टोलाउथ्यो र मनका सफनाहरू शुन्यमा छर्दथ्यो । थाह थियो यस किसिमको सोचाइले पुर्याउने हानी तर आधार बिहीन जीवन र त्यस वरपर आउने चलखेलले अनयासै धक्का दिंदा ऊ कल्पनामा बहन बिबश नै हुन्थ्यो ।
अशक्तताले जन्माएका कारूणिकता
सहजले बिस्तारामा निद नआउँदा गमिरहन्थ्यो, ‛मानिस जहा जन्म्यो जहाँको माटोमा खेली त्यहीको वातावरणले उसको जीवन सिंचिदियो त्यही भूमिलाई लात हान्नु अपराध नै हो । त्यस्ता अपबित्र र नैतिकता नभएका मानिसहरू जति कुलिन र सम्पन्न भए पनि कहिल्यै सुखी हुन सक्दैनन् । मातृभूमिले तिनीहरूलाई डाकिरहेकी हुन्छन् तर उसको स्वार्थीपनले चटक्क भुलेको हुन्छ । आमा बा र जननी सबैका अधिपति हुन् र त्यसलाई सर्वोपरि प्रतिष्ठा गरेर जीउनु नै उच्च जीवनको सार्थकता देखिन्छ । तर आजका युवाहरु किन पलायन भै साक्षात परमेश्वरलाई रुवाइरहेका होलान् ? धन दौलत र ऐश आरामले मात्र जीवनमा चीर शान्ति दिन सक्ला र ! चर्न जो जहाँ पनि जान सक्छ तर छर्न त आफ्नैमा आए पो अस्तित्व रहन्छ र अर्कोले हेप्न सक्दैनन् । आफ्नै खुट्टामा दरिलो गरी टेकेर अरुलाई पनि सही मार्गमा हिडाउन सकिन्छ । तव मात्र जननी सवल र सक्षम हुन्छिन् । आमाको स्थिति मजभूत र बलियो भयो भने सन्तति राम्रा हुनु अन्यथा कसै हुदैन । किन सोचेन नेपाली आमाका सन्तानहरूले ? किन रुवाए होलान यसरी अनि किन सोचेनन् होला जननी र भावि पुस्ताको दिनचर्या ?’ ऊ कहिलेकाही यसै गरी रात नै बिताउँथ्यो ।
केही वर्षपछि आमाबालाई पनि गुमाउन पुग्यो उसले । त्यसपछिको परिस्थिति झन अर्कै हुन पुग्यो । रोगको भारी बोकेर औषधीको भरमा बाच्न पर्ने परिस्थितिले जेलियो । केही गर्न र कसैका लागि उपकार गर्ने भन्ने कुरा अव इतिहाश नै हुन पुग्यो । मन त उस्तै थियो तथापि शरीरले दिदैनथ्यो । अनुले पनि बिस्तारै सजिलो मार्ग समाएपछि ऊ करिव एक्लो हुन पुग्यो ।
खाना बनाउन पनि कठिनाइ हुने भएपछिको अवस्था भोग्न कति पीडादायी हुन्छ भोग्नेलाई मात्र थाह हुन्छ । आँखा नहुनेलाई हेराइको महत्व, कान नसुन्यलाई श्रवणको महत्व र अन्य अङ्ग नहुनेलाई त्यसैको संझना र अभावले तड्पनु परेको पिरलो सवल मान्छेलाई त्यति ख्याल हुदैन र गर्दैनन् पनि । पैसा छ र पनि त्यसले के गर्ने ? पैसाले पकाएर खान दिदैन । दुखलाई निवारण गरेर सुख दिन सक्दैन । बिदेशी पैसाको ओछ्यानै लगाइदिए पनि त्यसले पैट र मनको पीरलाई निवारण गर्न पटक्कै सक्दैन । कसैले कठै भनिदिएको भरमा मनको प्यस मेटाउन कसरी सक्ला ?
केही समय अशक्त भएको सन्सनीले वातावरण नै कामेको पनि थियो तर केही मिठाइँका पोकाले रोगीका लागि राहत थिन्थ्योहोला र ? पहिले गुन लगाएकाहरूले सम्झेर आउथे र आउँने गरेका पनि केही समय देखिए । भेटमा अगाडि बिरहका अश्रूधार पनि नबग्ने थिएनन् तर केही समय देखाइएको कृतिमताले संपूर्णतामा त्यति काम लाग्ने कुरै थिएन । अपाङ्ग तथा बेसहाराका लागि पूरा जीवनको पाटो अति अँध्यारै हुने हुँदा उसको एक घण्टा एक दिनको हुन जान्थ्यो । अतितका यादहरूले मनमा माला उनिरहन्थे । मनको लड्डु घिउसित खानु भने झैं जीवनको कुनै सार देख्दैनथ्यो । ‛बाह्र छोरा तेह्र नाति बुढाको थैलो काँधैं माथि’ संझेर रुनु शिवाय अरू केही थिएन । पछिपछि त को आउने भेट्नको लागि पनि । यो यस्तै हो केलाई समय खेर फाल्नु भनेर देख्नेहरु पनि नदेखेझैं गरेर हिड्ने भए । संसार कतिपक्षपाती छ भने पाइञ्जेल कति सम्मान र आदरकदर अनि पाउन छाडेपछि तिरस्कारको पोखरी । ‛चाहिदाको भाडो नचाहिदाको ठाँडो’ भनेको त्यहीबाट नै सावित भएको देख्यो उसले ।
नन्दले सहजको वास्तविकता भेटेर बुन्न सके तर केही उपकारको बाटो दिन सकेनन् । उनी पनि उमेरले डाडो नाघि सकेका र शक्तिले छोडिसकेको अर्काको सहरामा जीउन बिबश थिए । केही सहयोगको बाटो पैल्याउन सकिन्छ कि ठानेर उनी मिल्ने सहपाठी प्रकाशको घरमा गए ।
‛प्रकाशजी ᴉ घर को हुनुहुन्छ ?’ चरको व्वरमा कराए उनी ।
‛को हो ? म माथि नै छु । आउनुहोस् गेट खुलै छ ।’ उनी बाहिर निस्के ।
‛नमस्कार मित्र ᴉ सञ्चै हुनुहुन्छ ? अनि घर पनि बनाउनु भएछ । झण्डै नचिनेको । यसपटक त सोध्नै पर्यो पैल्याउनका लागि । पहिले त सानो त्यो पनि जस्ताको छानो थियो । अहिले रुप रङ्ग नै फेरिएछ । जसरी घरको रुप फेरिएको छ त्यसरी नै पारिवारिक स्थिति र सन्ततिहरुको रुप पनि सकारात्मक तवरबाटल फेरिदिए तपाइँ हामीलाई जीवनको उत्तरार्धमा जिउन सजिलो हुने थियो । केछ त्यस्तो अवस्था भोग्न पाएएकै होला हैन ?’
‛नमस्कार । आउनुहोस यहाँ बसौं । यहाँ सितलो र एकान्त पनि छ । कोही कसैले हाम्रो अगाडि डिस्ट्रब गर्दैनन् ।’ उनले आफ्नो घरको बारेमा केही पनि भन्न चाहेनन् ।
‛कसरी बितेका छन् दिनहरू । म त अस्ति सहजजीकोमा गएको थिएँ । उहाँको कारुणिकताले मनलाई एक ठाउँमा रहन दिएन र आज तपाइँकोमा आएको ।’ अलि निन्याउरो अनुहार लगाएर कुरा राखे उनले ।
‛ओहो ᴉ सहजजीकोमा म पनि गएको थिएँ । स्थिति ज्यादै पीडाबोध हुने किसिमको । जो कोही लाई पनि रुवाउँछ त्यस परिबेशले । कततिलाई उपकार गरी आज ऐशमा रमाउने बनेका छन् भने कति आफ्नाहरू सुखको चरम आनन्दमा रमाएका छन् । कोही कसैलाई आँच आउने कुरा पटक्कै भएन उनीबाट । मान्छे देवताको अर्को रुप भए पनि आज त्यस किसिमको परिस्थिति भोग्नु पर्ने किन बन्यो ? म पनि केही भन्नै असमर्थ बनें ।’
नन्द उनका कुरा एकोहोरो सुनिरहेका थिए उनले फेरि थपे, ‛मानिस कतिसम्मको स्वार्थी हुन्छ भन्ने कुरा शक्ति घटेपछि मात्र थाह लाग्छ । सबैभन्दा बढी अर्थमा रहेको सामर्थ्यता र त्यसपछि बल अनि सहयोगगात्मकताले मान्छेलाई प्रतिष्टित बनाउने गर्दछ । शिक्षा र नैतिकता त्यसपछि पर्दछन् । जब मानिसमा उमेरका साथै अर्थगत सामर्थ्य सकिन्छ तब अरूका नजरबाट ऊ तल परिहाल्छ । ब्यक्ति वा समाज कसैले मर्यादित अवस्थामा रखेदैनन् । देन जतिसुकै होस् त्याग जति सुकै होस् त्यो त्षही बेलासम्म रहन्छ जब समय गुज्रेर जान्छ तब क्रमशः सबै हराएर जान्छ । यो अन्धो प्रचलनले कसैको सही मूल्याङ्कन गर्न असमर्थ हुन्छ । चम्चे, गुलामी गर्नेहरू र कालो कर्ममा बाचिरहेकाहरुको छदमभेषी प्रबृत्तिले ढपक्क ढाकेर पूरै मरुस्थल बनइदिएकाले रसिलो र खुशीपन देख्न र सुन्न पटक्कै पाइन छोडिसकेको छ । सफेद र स्वच्छता देख्न पाइदैन । कोही कसैलाई टेर्दैन र कसैले भनेको मान्य पनि होइन । सबै नेता र सबै शाषक । कामचोरको बिगबिगी छ भने कमाउने कालु मकै खाने भालु भएको छ । जहाँ भगवानलाई हैन राक्षसलाई पुजिन्छ त्यहाँ न्याय के हो थाह पाउन सकिदैन । अनि त्यस्तो समाजमा कसरी सोझासिधाले सजिलरी बाच्न पाउने ? त्यही परिबेशको एक असली पात्रको रुपमा चिनिएको थियो सहज । सबै तन, मन र धन अर्काका निम्ति अर्पण गरी आफू नाग्गै हुदा पातलो च्यादर ओडेर आटोपिठोले भर्न नपाउनु । सबैका आँङ सुकिलो बनाउँदा रमाएको बबुरो खाली पयर अर्धनग्न हुँदा पनि कसैको दृश्टि पुग्न नसक्नु र काललाई एकोहोरो पुकार्न बाध्य पर्नु साच्चै काहालिलाग्दो क्षण होइन ? कसले बुझ्ने र कसले सत्यताको खोजी गरी मलम लगाइदिने ? कस्तो होला कोल्टे पैर्न नसकेको मान्छेका कथाब्यथा । यस्ता सहजहरु अरू पनि होलान् तर झलक्क अगाडि देखिएको यो अन्तर मनको द्वन्दले सिर्ज्याएको डरलाग्दो तीरले चसक्क घोच्दा कसलाई पो नदुख्ला र ᴉ’ प्रकाशले मनका कुराहरूलाई बिसाए खुलेर ।
‛यी त भए तथ्य र यथार्थगत समसामिक कुराहरु । यसले मैले उठाउन खोजेको कुरालाई समेट्न सकेन । किनकि मैले त कसरी सहजको परिस्थितिलाई नजिकबाट हेरेर सुखदायी बनाउन सकिन्छ ? के हामी अशक्तहरुले पनि अलिकति मलम लगाउन सक्क्छौं कि पो भनेको । तर तपाइको कुराले आकाश छुन पुग्यो । के भयो कुन्नि यस्तो ।’ नन्दले उनको अनुहारमा हेरेर केही सुझावको प्रतिक्षा गरिरहे ।
‛हुन्छ केही गर्नु पनि पर्छ । समय समयमा भेट्न जाने गरौंला । बृधाश्रममा नै लैजादा उनको जतन होला । पुरै समय दिन त कस्ले पो सक्ला र ᴉ जमाना पहिले जस्तो छैन । केही गरेपछि फतिफल बढी पाउने लक्षका साथ आजको मान्छे हिड्दोरहेछ । परोपकार र सहयोग भन्नेकुरा इतिहाशमा मात्र रहने भो । कामचोर, दामचोर र नामचोरको बिगबिगी अति भो । देश नै रित्तिने भो के भएको हो यो मान्छेको गति ? त्यसैको सिकायत हाम्रो समाजमा परेर त आज सहज जस्ताले यो दुखको भूँमरीमा हेलिनु पर्यो । अकालमा नै ज्यान गुमाउन बिबश हुनुपर्यो । अस्ति डाँडाघरेकी बुढी नौ सन्तानकी माउ भएर पनि अन्त्यमा निमोनियाले लग्यो । जतनपतन गर्ने अनि प्राणजानेबेलामा मुखमा पानी हालिदिने कोही भएनन् । बिर्खेको बाबु मुटुको ब्यथाले गयो । अमेरिका र जापानमा छोराछोरी उहीको नागरिक भएका र यहाँ चाहिने पैसा पठाइ दिएका पनि हुन् तर कस्ले ल्याइदिने त्यो पैसा पनि । त्यसै आउने रहेनछ अनि पैसाले दिसापिसाब र औषधी पनि ख्वाइदिने रहेनछ । मातृभूमिलाई नै बिर्सेर सबै आआफ्नै दौरानमा कुदेपछि कस्ले गुहार पाउछ र यहाँ । हाम्रो पनि उही हालत होला पक्कै । अधिकांशका सन्ततिहरु पलायन भएका छन् बिदेशतिर । कोही छैनन् आफ्नो भूमिमा । कोही त कता छन् पत्तो नै छैन । बिर्खे जस्ता दुखदायी पीडा भोग्नेहरू कति छन् कति । विकसित देशको सुखानुभूतिमा पलायन हुन गै जननीलाई बिर्सनेको संख्या बढ्दो छ । त्यसको मार पछिल्लो पिंढीले भोग्न बाध्य भएका छन् । देख्नेलाई अहो भाग्य । कति आनन्द र सम्पन्न । तर भोग्नेलाई कति सारह्रो छ ब्यथा । कसलाई कहेर पो के हुन्छ र खै । त्यसको मार सहजले पनि भोग्नु परिरहेको छ ।’ निधार खुम्च्याउदै भने उनले ।
‛हामीले कुरा गर्छौं तर हाम्रै सन्ततिले भनेको मान्दैनन् । कालो भएको बस्तुलाई सेतो भन्न हिच्किचाउँछ मान्छे । मान्छे मार्छ तर उही न्ययाधिश कहलाउछ । जसले सर्वश्व लुटेर भुँडी पल्टाएको छ उही भलाद्मी अनि उही नेता सबैको । के हुने हो कसैको ध्यान सत्यतातिर किन नगएको होला । यो कति समय रहला खै । अनि कहिलेबाट मुक्तिको स्वास फेर्न सक्लान सिधासाधाले ? धमिलो पानीमा माछा मार्ने प्रचलन कहिलेसम्म रहला ?’ आश्चर्य चकित मुद्रामा देखिए उनी ।
‛हुन्छ म छोरालाई भनेर सहजको लागि केही गर्न लगाउँला । कान्छो डाक्टर पनि हो । केही निदान गर्नका लागि सहयोग अवश्य गर्न लगाउँछु । फेरि बुहारी पनि नर्श त्यसैले सहजलाई तत्कालै उपचारमा लग्न सकिन्छ । बरू अबेर गरी आउँछन् तर भेट गरेर आफ्ना कुरा राख्नलाई कुरेर बस्नुपर्ने हुन्छ । म नसुतेर भए पनि भन्छु उसको कुरा । कति खान्छन् मेरा कुरा उनीहरूले । पहिले नै भने नि मैले जमाना फेरिएको छ भनेर । अनि के खाने त हाम्रोमा आज । घरमा पनि कोही छैनन् कि के हो कता गएका हुन् केही थाह पाउन पनि सकिदैन ।’ उठेर प्रकाश भान्सातिर लागे ।
‛पर्दैन केही खान । म घरमा नै जान्छु । बरू पानी खाउँ कि ?’
प्काशले बोतलमा पानी लिएर आए र भने, ‛ल पानी लिनुहोस् । गिलास चाहिन्थ्यो कि ? हास्तै भने उनले ।
‛भो भो पर्दैन । यसैबाट पिउन सजिलो हुन्छ ।’ बोतलको पानी समाई पानी पिएर नन्द कुरा खेलाउदै आफ्नै घरतिर लागे ।
उनलाई छोरीले बेलैमा खान दिए पनि बिछौनामा छोराको बाटो कुरिरहेका थिए प्रकाश । मनमा सहजको अनुहार र उसका ती सहयोगात्मक हातहरु संझिरहेका थिए । उनको मनमा कुरा खेलिरहेका थिए, ‛संयोग भनौं वा भाग्य कस्तो हुदो रहेछ । राम्रो गर्नेलाई दुःख हुदैन भन्थे । दानिलाई कहिल्यै हानि ब्यहोर्नु पर्दैन पनि भन्थे तर सहजको लागि त्यसो हुन सकेन । ऊ भन्दा सहगोगी सायद कमै मानिसहरु हुन्छन् होला । आफूलाई मेटाएर अरूलाई दिनसक्ने उपकारी मान्छे हो ऊ । छोराछोरी धेरै भए पनि सबै उसको इच्छा बिपरित बिदेशिए । कोही कता सबैलाई आफ्नै प्रगतिमा रम्दै ठिकै होला । उतै घरजम गरी बसेपछि कस्ले कसको खोजी गर्ने । भएभरको रोग उसैलाई छ । खान केही हुदैन । स्वास नलीमा क्यान्सर अनि मुटुले कामै नगर्ने मिर्गौलाफेल, मधुमेह र प्रेशरले थला पारेपछिको शरीर कसरी रहने । बाँच्नै पनि कठिन छ । कहिले हो जाने । बरु गए सुख पाउथ्यो । पानी खान दिने मान्छे पनि त छैनन् । बिचरी त्यो बिष्नु छिमेकमा छ र कहिले काही हेरेकी छ कि ? उसको पनि कामधन्दा अनि एकसरी मान्छे । समय पनि कसरी पाओस् । झण्डै हेरिदिएकी छ ।’ सोच्दा सोच्दै गेट बजेको आवाज आयो । उनले बाहिर हरे । बुहारी आएको चाल पाए । बुहारी कोठामा गई र कपडा फेरेर बैठकमा आई । प्रकाश पनि शोफामा बसिरहेका थिए ।
किन यति बेलासम्म पनि नसुत्नु भएको बुबा ? सधैं त बेलैमा सुतिसक्नुहुन्थ्यो । आज के खाना खानु भएको छैन कि टि भि हेरेर बस्नु भएको हो ।’ सोधी बुहारीले ।
तिमीहरूलाई कुरेर बसेको । भेट गर्न पनि कठिन । एउटै घरमा भएर पनि देख्नै नपाइने कस्तो अचम्म भो । कान्छो कतिबेला आउछ त बुहारी ?’ जिज्ञाशा राखे उनले ।
किन र बुबा ? आज त आउनु हुन्न कि ?
किन नआउने ? कि उसलाई पनि रातिको काम गर्न पर्ने छ र ?
हैन त्यस्तो त । बिरामीको अवस्थाले गर्दा आउन नमिल्ने भएको हो ।
त्यसो भए भोलि बेलुकासम्म कुर्नु पर्ने भो उसलाई भेट्न । अलि ढिलो पो हुन्छ कि ? उनले पीर मानेर भने ।
हैन बुबा के भयो र त्यस्तो नभेटी नहुने जरुरी काम ? मलाई भन्न मिल्दैन ।
हुन्छ हुन्छ तिमीलाई पनि भन्न मिल्छ । तिमीले नै त्यो काम गर्न सक्क्छौ ।
के काम बुवा ?
पल्लो गाउँको मेरो साथी बिरामी भएर बिछौनामा परेको बेसहारा छ । उसको उपचार जसरी पनि गर्नु छ । त्यसको उपचारको ब्यवस्थापनका लागि हो भेट्न खोजेको ।
के भएको उहाँलाई ।
भएजति रोग छ । थला परेको पनि धेरै भो । उसको दया देखारउनेहरू कोही भएनन् । ऊ राम्रो मान्छे तर अहिले त्यो अवस्था भोग्न बिबश छ बिचरा । के तिमी त्यसको लागि केही सहयोग गर्न सक्छौ ?’ गभिर पारामा भने उनले ।
‛जमाना सहयोग गर्ने त छैनन् बुबा तर हजुरको साथी अनि हजुरले नै भनेपछि नमानु कसरी । हुन्छ । म भर्ना गर्ने परिपाटी मिलाउँछू । तर उसको आफ्नो मान्छे पनि चाहिन्छ नि है बुबा । के पर्छ के पर्दैन केही थाहै हुदैन । ओइघातको फन्दामा फसिन पनि सकिन्छ यस्तो काममा त ।’ बुहारीले पछिको कुरा बलियो बनाउन खोजी ।
‛उसको अरू कोही पनि छैनन् । उसको त केवल म र मजस्तै केही शुभचिन्तक बाहेक अरू कोही पनि छैनन् । म भनेको तिमी पनि त हौ । अरू बढी के भनौ बुहारी । हुदैन त उसको लागि उपचारको प्रकृया ? के यसमा तिम्रो साथ रहदैन त ?’
‛हुन्छ बुबा म छोरासँग पनि सल्लाह गर्छु । उहाँलाई भोलि हस्पिटल लिएर आउनु भन्नु । अरू कुरा सबै उतै गरौला ।’ बुहारी भान्सातिर लागी ।
प्रकाशले सोचे, ‛छोरा नभए पनि बुहारीले काममा सघाउने भई । अब भोलि सबेरै नन्दकोमा गएर केही मानिसहरुको सहयोगबाट सहजलाई हस्पिटल भर्ना गर्नुपर्छ । बेला बितिसकेको छ ता पनि अझै बचाउन पनि सकिन्छ कि ? तर समयलाई चिन्न सक्नुपर्थ्यो । पहिले भेट्न त म पनि गएको थिएँ तर किन उपचारको कुरालाई अघि बढाउन सकिन होला । किन निर्दयी बनेको म ? पहिले सहज कस्तो मानिस थियो र उसले समाजलाई कति देन दियो भन्ने कुरा जगजायर नै छ सबैलाई । आफ्नो परिवारका लागि पनि कुनै कसर राखेन प्रगतिका खातिर । अरुको उपकारमा लाग्दा कहिल्यै पेट आउन्जेल खान र सुकिलो पहिरन गर्नलाई मुस्किल परिरहेको थियो । छोरा छोरी नातागोता सबैलाई चित्त बुझाउछु भन्दाभन्दै आज सबैले कुकुरले हाड छाडेझैं ओछ्यानमा नै सड्नु पर्यो । कति बिजोग भयो उसको । जे भयो भयो अब त्यस परिस्थितिबाट जोगाउन लागि हाल्नुपर्छ । अकालमा मर्न दिनु त भएन उसलाई ।’ ओछ्यानमा पल्टेर सहजको बारेमा निकैबेर सोची रहे । नन्दलाई पनि फोन गरी विहान आउने कुरा गरे र बुहारीले भनेका कुरा समेत सुनाए । दुबैले सबेरै सहजकोमा भेट्ने कुरा भयो । एकदुई जना ब्यक्तिहरूलाई त्यहाँ जानका लागि पनि भने उनले ।
कुरा बढी खेलेकोले उनलाई निद आएन । उनी उठेर बैठकमा नै आए । बुहारी सुत्न जानका लागि तयारी भएको देखेर भने, ‛ल त म अब सुत्न गएँ । भोलि म सबेरै उसको घरमा गएर तिमी भएको हस्पिटलमा लैजान भन्छु । तिमीले सक्दो सहयोग गर है बुहारी ? यस कार्यमा छोरालाई पनि सक्दो सहयोग गर्ने कुरा बताउनु ।’ प्रकाश गन्थनाउदै गए कोठातिर लागे ।
प्रकाश झिसमिसेमा नै नन्दको घरमा गए र बोलाए, ‛नन्द जी ᴉ उठ्नु भो कि नाइ ? कता हुनुहुन्छ आउनुहोस् म त आएँ ।’
भित्रबाट आवाज आयो, ‛कपडा लगाउँदै छु पर्खनुहोस् तुरुन्तै आइहाल्छु ।’ केहीबेरमा नै उनी बाहिर आए र अभिवादन गरे दुबैले एकआपसमा ।
दुबै जना सहजको घरतिर लागे । बाटोमा परेका केही सहयोगीहरूलाई पनि बोलाएर लगे । जब उनीहरु उसको घरमा पुगे तब त्यहाँ सुनशान थियो कोही थिएनन् वरिपरि । घरको ढोका खुला नै थियो । नन्द भित्र पसेर बोलाए, सहजजी ᴉ कता हुनुहुन्छ ?’ उनले चारैतिर निहाले तर कतै पनि देखेनन् । अँगेनाकोडिलमा कालो बिरालो सुतिरहेको उनको आवाजले तर्सेर भाग्न खोज्दा धक्का दियो । उनको सातो नै गयो । उनी आत्तिदै बाहिर आए । बिरालोले झन्डै बित्यास पारेको ।
‛हैन कता कसले लग्यो सहजलाई ?’ सबैले चारैतिर खोजे ।
‛लौन नि उहाँ त यहाँ पल्टनु भएछ । हेर्नु त बिजोग यस्तो । खै स्वास पनि छैन कि क्या हो ?’ पिँढीबाट आँगनको पल्लो कुनामा लडेको थियो सहज ।
‛कति बिजोग कसैको साथ पनि नपाउनु अन्त्यावस्थामा पनि । कति दिनसम्म खान पायो या पाएन । कस्लाई पो के हेक्का । ल ल आयो त यहाँ । उचालेर राख त पिंढीमा ?’ प्रकाशले रोदन स्वरमा भने ।
दुई जनाले उचालेर पिंढीमा गुन्द्रीमाथि सुताए । नन्दले नाडी हेरे तर चलेजस्तो चाल बुझेनन् । ‛लौ अब छीट्टै हस्पिटल लग्न तयारी गर । एम्बुलेन्सलाई खवर गर्नुपर्छ । हुन्छ चलाइहालौं यहाँबाट ।’ नन्दु बढी नै आत्तिएका देखिन्थे । अरू पनि भाव बिभोर भई सहजलाई लैजाने तयारीमा जुटी रहेका थिए ।
एम्बुलेन्स आयो र सहजलाई राखे र साथमा प्रकाशर केही युवाहरु पनि साथै गए । गाडीले पन्ध्र मिनेटमा नै पुर्यायो हस्पिटल । युवाहरूले इमर्जेन्सीमा लगे र डाक्टरलाई बोलाए ।
डाक्टरले सबैलाई बाहिर पठाएर बिरामीलाई जाँचे । बाहिर बसेकाहरू डाक्टरको जवाफ कुरी उतै आँखा लगाइरहेका थिए । त्यही बिचमा नर्श बाहिर आई र भनी, ‛बिरामीको अवस्था ज्यादै नै गम्भिर छ । हुने आश कमै छ भन्दा पनि हुन्छ । बेलामा ल्याउन पाएको भए त हुन्थ्यो कि । तै पनि हामीले भेन्टिलेटरमा राखी उपचारको क्रममा छौं । के हुन्छ भगवान भरोशा ।’ ऊ फेरि उपचार कक्षतिर नै लागी ।
बाहिर बसेका मानिसहरू सहजकै बारेमा कुरा गरिरहेका थिए । यो अवस्था आउनुमा हामी पनि दोषी छौं । बेलैमा किन सोचिएन ? फेरि काका अरु जस्तो लापरबाही गर्ने र अर्कालाई दुःख दिने खालको मानिस पनि होइनन् । किन नजिकका मानिसहरू र आफन्तलेसमेत हेरेनन् ? यसको रहस्य बुझनै सकिएन । यहाँ आउनेहरु सबै पल्लो टोलका छौं । त्यस टोलका मानिसहरू छैनन् । किन होला ?’ शंखरले भन्यो ।
‛मलाई पनि यसले अचम्ममा पारेको छ । अनि उनका आफन्त पनि घरमा आएर हेर्न पर्ने किन हेरेनन् । सबैका लागि जीवनभरि खटेर काम गर्ने ज्यादै सज्जन मान्छे हुन् उनी ।’ बद्रीले थप्यो ।
‛त्यो टोलमा सबै बुढाबुढी मात्र छन् । सक्ने भनेको रामे हो । ऊ काममा जान्छ र रातमा फर्कन्छ । आउने र जानेको कुने थाह नै हुदैन । बीरे अपाङ्ग घर नै छोडेर अन्त कतै पनि जादैन । महिला र केटाकेटीले यस किसिमको कुरालाई गम्भिर रुपबाट लिने कुरै भएन । छोराछोरी बिदेशिए । को कत हुन् पत्तो नै छैन । आखिर सबै टोल रित्तिने भए । कसैले पनि आपत्ति पर्ने बेलामा साथ पाउन मुस्किल हुने भो । भद्यिका दिनमा हामीहरूलाई पनि यस्तो अवस्था भोग्न नपर्ला भन्न नसकिने भो । के भएको हो यो देशको परिपाटी । नेता र कर्मचारी धुर्त कही नभएका ब्वाँसा भएपछि देश रित्तिने नै भो । अनि खोक्रो देशमा कसरी बसुन् युवाहरु । हैन कस्ले बुझ्ला यो अँध्यारोलाई नजिकबाट ? कहिले होला स्वदेशी भूमिमा रमाउने दिन अनि कहिले पाउलान् बाकापुराना र अशक्तहरुले शान्ति ? अकालमा नै मर्न पर्ने भो यो सबैलाई । चिन्ता कसैले गर्ने होइन ।’ प्रकाशले बडो दीर्घ सोचका साथ मनका कुराहरु पोखे । सबैले उनको कुरा सुनेर मुखामुख गरिरहेका बेलामा डाक्टर बाहिर आएर भने, ‛माफ गर्नुहोस् हामी बिरामीलाई होशमा ल्याउन सकेनौं । बिरामी धेरै समयदेखि मुर्छा परेको र बेहोश भै लडेको हुँदा अवस्था फर्काउन मुस्किल हुन गयो । समयमा नै ल्याउन सक्नु भएको भए संभब पनि हुन सक्दथ्यो । अब लान सक्नुहुन्छ लाशलाई ।’ डाक्टर हिडै त्यहाँबाट ।
केही बेर सबै मुकदर्शक बने । सबैका आँखामा आँसु टल्पलाए । प्रकाशले सबैलाई शान्त्वना दिदै भने, ‛जे भयो भैहाल्यो । यस्तो गल्ति हुन दिन हुदैनथ्यो । यसमा हामी पनि दोषी छौं । ल अब लाशलाई बाहिर निकालौं र अन्त्यष्टिका लागि नदीमा लैजाउँ । ल शैकर तिमी चाहिने कपडा र समानहरू लिएर आऊ अनि माइलो र बीरेले बास लिएर आऊ । अरूले यो लाशलाई परको खाली ठाउँमा लग ।’ सबैलाई कामको बाडफाँड गरिदिए प्रकाशले । केही युवाहरूले लाशलाई उचालेर बाहिर चउरमा लगे ।
सबै समानहरू आयो र बास पनि ल्याए । सबै मिलेर लाशलाई नदीको किनारामा लगे । चिता मा राखियो लाशलाई कपडा खोलेर लाशमाथि सबिदा र तुलसी राख्ने क्रममा खल्तिबाट खसेको सानो पट्याइएको कागजको टूक्रो भेटियो । शैकरले भन्यो, ‛यो कागज कसरी आयो यहाँ ?’ आश्चर्य चकित भयो ऊ ।
‛हेर त त्यसमा केही लेखिएको पो छ कि ? कतै सहजले मर्नुभन्दा अगाडि केही लेखेर छाडेको पनि हुन सक्छ ।’ प्रकाशले भने ।
शंकरले कागजलाई फुकायो र पढ्यो, ‛सत्कर्म गर्नेहरूले सजिलो गरी मर्न नपाइने रहेछ । मान्छे बाँच्नलाई हैन खानलाई आएको रहेछ यहाँ । कुकुरको सम्मान हुन्छ बरू मान्छेको कदर नगरिने देशका हामी कसरी जीवनमा सन्तोष लिन सकौंला । खाने वालाकै बाहुल्यता छ देशमा । केही दिन्छु भन्ने भावना भएकाहरू कहिले जन्मलान् खै ? मेरो अन्यष्टिमा दिनसक्ने भावना भएकाहरूको सहभागिता भै दिए आत्माले शान्ति पाउने थियो । जलेर खरानी भएको अवशेषलाई बगाएर जलार्पण गरी सकेपछि सबै कर्म सकिएको मानिदिनु भए स्वर्गको ढोका खुल्थ्यो कि ? जननीको मर्यादा गर्नु नै मानवीय धर्म हो अस्तु ।’
कागजमा लेखिएको पढ्दापढंदै शैकर रोयो अनि अरूहरू पनि आँखाभरि आँसु लिएर भावुक बने । केहीले आफ्ना बिगतमा भएका कमजोरीहरूलाई पुनः नगर्ने प्रण गरे मनमनै ।
प्रकाशले त्यो कागज मागे र भने ‛ल अब हामीले समाज परिवर्तनका लागि एउटा इटा भए पनि थप्न सके मात्र सहजको आत्माले शान्ति पाउँछ । त्यसैले कागजमा लेखिएको कुरा जन भेलामा प्रस्तुत गरेर श्रद्धाञ्जली गर्नु नै हामी सबैको दायित्व हुन आउँछ । भोलि नै जनभेला गराउनु जाति होला । सबै शुभचिन्तकहरुलाई भेलामा उपस्थित हुनका लागि सूचना गर्नुपर्छ । ल शैकर र बीरेले यसको जिम्मा लिने है ?’
हुन्छ हामी सबैलाई खवर गर्छौं । पुराना केही नराम्रा र अनावश्यक हुन आएका प्रचलनलाई पनि फेर्न सक्नुपर्यो । संस्कृति बचाउने नाममा श्राद्धमा बिरालो बाध्ने जस्ता काम गरेर पो के फाइदा । कसो काका ? शैकरले प्रकाशसँग सोध्यो ।
‛चाहिने र ब्यबहारिक कार्यलाई निरन्तरता दिने र कपोलकल्पित र अनावश्यक कामलाई छोड्न सक्नु नै सहजको मूल आशय हो । यथार्थगत कुराहरूलाई स्थापित गराई सभ्य र उन्नतिशील समाजको निर्माण गर्नु नै उसको लक्ष हो तर मान्छेले उसलाई चिन्न सकेनन् । सतही र ब्यक्तिबादी सोच हावि हुँदा ऊ परिवार र अरुबाट समेत बाहिरियो । अन्तमा उसको यो गति हुन पुग्यो । तर हामीले प्रगतिशील चिन्तनका साथ समाजमा लिनका लागि मात्र नभएर दिन सक्ने चिन्तनको विकाश गर्न सकियो भने सच्चा श्रद्धाञ्जलीको अर्थ रहन्छ । हुन्छ भोलि विहान नै यस किसिमको जनभेला गर्ने र श्रद्धाञ्जली गर्ने है त ? जाऊ सबै यहाँबाट ।’
नदीको किनारामा मौनधारण गरी शोक ब्यक्त गरे सबैले । त्यस बखत नरुने सायदै कोही थिएनन् । सबैका आँखा भिजेका थिए । अन्त्यमा सहजका असल कर्महरुलाई स्मरण गर्दै सबै आआफ्ना घरतिर लागे ।
विहानको सूर्यका किरणहरू छरिएका थिए । मानिसहरू चउरमा भेला भैसकेका र केही आउदै थिए । चौतारीमा सानो टैबुल र केही कुर्ची राखी सधारण मञ्च बनाइएको थियो । नन्दको अध्यक्षतामा श्रद्धाञ्जली जनभेला सम्पन्न भयो । सबैले समाजलाई राम्रो बनाउनका निम्ति सहजले भनेझैं केही दिनै पर्ने र परोपकार नै उच्चतम् धर्म भएको कुरालाई जोड दिए । अर्काको सियोसम्म पनि लिन नहुने र इमान्दारीताले नै जीवन सुखमय हुने सवालमा सबैको ध्यान गयो । बोल्नेहरू पनि कमि नै थिए तर बोल्नेहरूले पनि सहजका असल बिचार र कर्महरूको बिश्ल्षण गरी आझूलाई पनि सोही बाटोमा अवतरण गराउन चाहेको बिचार पोखे । अन्त्यमा नन्दले सभा बिसर्जन गर्दै भने, ‛जननी जन्म भूमिश्चः स्वर्गादपिः गरियसीः जय होस् सत् बिचारको अनि सहजको आत्माले शान्ति पाउने काममा सबै लागौ । आफ्नै भूमिमा सुन फलाऔं मातृजननीलाई सधैं हँसाऔं ।’
‛समाप्त’