के सार भो ?
घरमा सुखशान्ति छैन धन दौलत थुप्रिएर पो के भो ?
अर्काको सानो प्रगतिमा डाहाले भुतुक्कै हुने
उन्नति र समुन्नतिमा रम्न नसकी आफ्नो स्वार्थतामा दौडने
अहङ्कारी महापुरुष भएर पो के सार भो ?
दाम्पत्य जीवनमा बाँधिनु पहिले गुलिया बचनले लोभ्याई
अलौकिक कुलिनरुपी रवाफिला छोडिनसक्ने प्रलोभनले जालमा पारी
धोका र पीडाको भूमरीमा मर्नु न बाँच्नुको असैह्य तड्पनमा पार्ने
छदमभ्षी जङ्गली ब्वाँसा भएर पो भे भो ?
समाजको सक्कली रुप देख्न नसकी दिनरात छटपटावटमा
तड्पिरहने
कुमानवीय कुपुत्र भएर पो के सार भो ?
जुन थालमा खायो त्यही थालमा फोहोर्याउने
आफ्नै आमालाई अपमान गरी धर्धर्ती रुवाउने
स्वार्थ पूर्तिका लागि रत्तिभर नैतिकता र
हार्दिकता नराख्ने
जननी जन्मभूमिश्चः स्वर्गादपिः गरियसिः लाई
पटक्कै ख्यालै नगर्ने
नरसंहारकारी रक्त पिपासुहरू भएर पो के भो ?
मुखले राम भज्दै बगलीमा छुरा धस्न खोज्ने
राक्षसी कुरुपहरू मिसिएको मण्डलीको पो के सार भो
?
आफ्नो र आफ्नाका लागि भन्दै जे गर्न पनि पछि
नपर्ने
आफ्ने भाइको अन्त्यष्टिमा रसवरी र मालपुवा
बाँड्न रमाउने
मै खाऊँ मैलाऊँको मूलमन्त्रको पोखरीमा नुहाउन
रमाउने
मातृह्रृदयलाई धर्धरी रुवाउने साशक भएर पो के भो
?
मुलुकलाई अन्धकारको भूमरीमा पार्न उद्त हुने
घिनमर्दा पलायनवादी कुपुत्रको पो के सार भो ?
सक्कली बन्न खोज्ने नक्कली मजेत्रोले वास्विकता
लुकाउनेहरू
कालोलाई सेतो र सेतोलाई कालो बनाई आफ्नो पकड
जमाउनेहरू
दुर्गन्धलाई हातले छोपेर रवाफिलो कवाफमा
पौडनेहरु
टेवुलमुनिबाट छिराएरै धन्दामा रजाउने सेवक
भनाउँदाहरू
पोशाकले चटक्क देखिएर मात्र पो के भो ?
नगदका बिटाहरू राख्ने ठाउँ नभएर जमिनमुनि गाड्ने
टिलिक्क टल्कने छेपारे नेताको पो के सार भो ?
कमाउनेका नाममा बहुमूल्य संपदा कसरी बेच्न सकेको
?
आफ्नो पोल्टाको खजना कसरी त्याग्न सकेको ?
जनताको पसिनालाई एकलौटी बनाउनमा भरौटेहरुलाई
कसरी समेटेको ?
धोती फुकालेरै कतिसम्मको हर्कत गर्न सकेको ?
आम्मै नि ᴉ किन अधर्मको मेराथुनमा कम्मर कसेको ?
कुटिल चाल रच्ने कुपुत भएर पो के भो
आफ्नो घर पनि नबनाउने अनि अर्काको घर पनि
भत्त्काएरै छाड्ने
बादररुपी भत्क्षकहरुको पो के सार भो
लौ न हजुर देशमा के यस्तो के अचम्म भो
स्वार्थी र राक्षसीहरूको आलोपालो राज भो
पीडाले पिल्सिएका कठै ती विचरा पालुवाहरु
उठ्नै नसक्ने गरी भड्खरामा नै गाडिने भो
नक्कली भेष धारी तक्षक भएर पो के भो
दिसामा सप्रिएका मुलाझैं मौलाएका
रगत र पसिनामाथि दहन गर्न पल्केकाहरूलाई
जनताको काँधमाथि चढेर डुक्रने सिखण्डीहरूलाई
चर्का भाषण र आश्वाशन बाँडी तमाशामा रजाउनेलाई
अर्थको महाजालबाट देश हरिकङ्गाल बनाउने पिशाचलाई
जसरी पनि घोक्रेढ्याक लगाउनै पर्ने भो
स्वर्ग जस्तो मातृभूमिलाई उजाड मरभूमि तुल्य
बनाउने
आमाका प्रत्येक अङ्गहरूलाई ट्क्काटुक्रा गरी
नेपालीहरूको अस्तित्व र अस्मितालाई समाप्त
पार्ने
भ्रष्ट नालायक कुपुतलाई सुली चढाउनै पर्ने भो
हैनभने नेपाली भएर बाँचेको के सार भो ?
यदि देशलाई अन्धकारबाट उज्यालोतिर लग्ने हो भने
छोडिदेऊ पुराना ढर्रा अनि थोत्रा पाखण्डी गफहरू
तोडिदेऊ नक्कली कसम अनि नौटङ्की लहडहरू
भातृत्व र सवभिमानलाई बचाउने हो भने
सार्वभौमिकता अखणडता र देशको सक्कली मुहारमा
काँचुली फेरी
जनताका आँगनमा हर्षका किरणहरू झल्मलाउने हो
यदिभने
आआफ्नो ठाउँबाट जुर्मुराउँदै नउठी नहुने भो
विगतमै सिद्याउने महाअभियान नगरेरै भूल भो
जुटौं अभियानमा डटौं एक ढिक्का भै
च्यातौं थोत्रा बन्धन अनि कुप्रपञ्च सबै
बिगतमा चिन्नै नसकेर हार भो
आएको बेला छोड्नु कायरता नै हो
सबैले हातमा हात मिलाउनै पर्ने भो
अन्यथा नेपाली भएको के पो सार भो ?

No comments:
Post a Comment