गरिब (कविता)
– भरतमणि भट्टराई
दुःखीका घरमा ति बाल बचरा डुल्छन् घुमन्ते बनी ।आशाका भरमा खुला नजरले हेर्छन् मगन्ते बनी ।।
फाटेको कपडा लगाउन सबै देखिन्छ सर्वाङ्गम ।
बचेका कसरी नपाई खजना रोई कटाइदिन ।।
(१)
बाआमा तिनका निरन्तर जसै गैंची र बेल्चासित ।
चर्को त्यो श्रममा खटी बल गरी ढुङ्गा र माटोसित ।।
ज्ुाध्दै छन् विचरा अति दुःख गरी खाई नखाइकन ।
कस्ले चिन्छ कठै ती दर्द उसका घोचिरहेको मन ।।
(२)
ज्यालाले दुई छाक् ति बालबबुरा ढिँडो र रोटो गरी ।
अर्काको घरमा पराइ भरमा पुग्दैन केही गरी ।।
बच्चा छन् घरमा बुझेर तिनले गाँसै कटाइकन ।
पालेछन् दुःखले सबै जनहरु नित्ये सुकाई तन ।।
(३)
छोर्छोरी तिनका कसो गरि पढुन् पैसा नभै केबल ।
कामैमा लगिदा सघाइ तिनले खन्छन् लिइ ज्याबल ।।
मूल् बाटो तिनको चुहाइ पसिना बाँच्नै भयो मुस्किल ।
बाल्बच्चा बिचरा कसो गरि सधैं पढ्ने गरुन् इस्कुल ।।
(४)
साह्रै कष्ट गरी कुनै तरहले पढ्दै र लेख्दै गरे ।
डिग्री प्राप्त गरी सके यदि भने पाइन्न कामै भरै ।।
बीदेशी भुमिमा भिषा लिइकनै छोरा गयो खाडिमा ।
गर्मी त्यो अति नै खपी नसकिने छोरा प¥यो झाडिमा ।।
(५)
आशामा रुमली पठाइ पर त्यो मुग्लानिको देशमा ।
रुन्छिन् मातृभुमी बिछट्ट पिरले दिग्दारिको भेषमा ।।
आऊ फर्क छिटै समेल मन त्यो काटी टिकेटै घर ।
आफ्नै देश सिँगार दिनहुँ बस्दै नबसे पर ।।
(६)
हाँस्दै रम्दै कमाउ सिपले डाकी सुनौला दिन ।
गम्दै जम्दै श्रम गरीकन सधैँ आउन्न दुःखका दिन ।।
सर्बाधिक् तिमिले जहान सबमा सद्भाब राखे सधँै ।
हट्ने छन् दुःख सब् मिलेर बसदा पर्दैन रुन कसै ।।
(७)
No comments:
Post a Comment