विरक्तिएको जिन्दगी (लेख) - bharatmani bhattarai

नयाँ सामग्री



विरक्तिएको जिन्दगी (लेख)


                                                                                                                  - भरतमणि भट्टराई

मान्छे कति बैगुनी हुदोरहेछ,बिगतका घटनाहरुलाई स्मरण गरेर वर्तमान सपार्न नजान्दा जीवन बरबाद हुने गरेको देखिन्छ । मानिस औधी स्वार्थी र सुबिधा भोगी हुन्छ । आफूले सुखभोग गर्दा अरुलाई कति असर परेको हुन्छ भन्नेकुराको पहिचान उसले गरेको हुदैन । समाजमा अनगिन्ति घटनाहरु घटिरहन्छन्, मानिस बिभिन्न भोगाईलाई सही रहेको हुन्छ तर पनि अगाडिको स्थितिलाई मात्र हेर्न पुग्दा संपूर्ण जीवन नै दूर्घटित हुन पुग्छ ।

खिमेको बिबाह १५बर्षको कलिलो उमेरमा १२बर्षकी च्याण्टीसंग भयो । गाउँले परिबेश त्यसमा पनि ब्राह्मण परिवारकी बुहारी हुनुपर्दा घर खान निक्कै असहज भयो उसलाई । उमेर सानै भएकाले केही दिनका लागि माइत गई र उतै बसी । घरयासी स्थिति नाजुक भैकाले बालाई निक्कै कठिनाइ आइपरेको बेला बाले खिमेलाई भने,“बाबु जेनतेन १० पढी सकिस्, अब जागिरमा जानु पर्छ कि ? घर ब्यबहार चलाउन पनि मुस्किल हुदै आयो ? कसो गर्ने हो ? सोच बिचार गर ।” त्यसपछि खिमे काठमाण्डौतिर सानो मास्टरी गर्न पुग्यो । घरमा कामको चटारो भएपछि च्याण्टीलाई ससुराले घरमा नै ल्याए । बिहान सबेरै उठ्नु, दैलोपोतो गर्नु, गोडमेल, घाँसदाउरा, अर्मपर्म, खेतीपाती सबै काम च्याण्टीको काँधमा आयो । तरैपनि सासु बुहार्तन, घरयासी स्थितिको सामना, पारिवारिक संबन्ध मिलाउन पर्दा निक्कै कठिन थियो च्याण्टीलाई । पति २÷३ महिनामा दुईदिन बस्नेगरी आउने केहीमा पनि सहयोग पाइने होइन । अति कठिनाइका बावजुध टाढाको गाउँबेशी गर्दै जीवन ब्यतित गरी च्याण्टीले । बेलामा खान पाउने स्थिति थिएन त्यतिबेला । सासु भन्ने गर्थिन्,“काम गरेको पनि के यस्तो ? जता हे¥यो उतै बिग्रेको छ ? अरुका बुहारी सबै काम कति राम्रोसंग गर्छन् । हाम्रा त ...के ? मेरो त पुर्पुरो नै अभागी, कसलाई के भन्नु र ? काम गर्न नसके बाटो लाग है चनमती ? सासुका बुहार्तन खप्न नसकेर च्याण्टी एक्लै कुना बसेर रुन्थी ।

बैशाषको महिना, मकै गोडमेल हुदैथियो । च्याण्टी कराउन लागी,“लौन मेरो पेट दुख्यो, पानी खान्छु ?” छिमेकी दिदीले कुरा बुझिन् र उसलाई घरमा लगिन् । “पानी फुकेर ख्वाउन प¥यो ?” केही समयको अन्तराल पछि छोरो जन्मियो । परिवार तथा छिमेकमा खुशीयाली छायो । छोरा सानो खियौटे भएकाले लुरे भन्न थाले सबैले । दिनहरु बित्दै गए । अब च्याण्टीलाई घर खान अलि सहज भयो । पारिवारिक स्थिति समाल्दै जाँदा उसले छोरी डल्ली र सानो छोरा नरेलाई पनि जन्म दिइसकेकी थिई । त्यसपछि घरमा देवरानी पनि आइन् । घरको काममा धेरै सहजता भयो अहिले । घर अल्ली चर्को भएर होला , कसैले पनि कुराकाट्ने र बिरोध तथा बिपरित कार्य गर्ने आँटै थिएन र हुदैनथ्यो पनि । आमा बाका अगाडि सबै थर्कमान नै थिए । देउरानीका पनि छोराछोरी भैसकेपछि घरमा बेमेल सुरु भयो । थोरैमा चित्त बुझाउने र छुट्याइदिने आसय आमाबाबुको रहेकाले टारीखेत र केही नगद दिएर खिमे परिवार सहित तराइ झ¥यो ।

पहाडको जागिर, छोराछोरी लालनपालन तथा परिवार ब्यबस्थापन गर्न खिमेलाई मुस्किल मुस्किल परेको थियो । फोनको चलन नभएकाले खबर पाउन ज्यादै कठिन पर्दथ्यो । जेनतेन पातको साँघु पारिवारिक डुङ्गा चलिरहेको थियो ।छोराछोरै पढ्दै थिए । जेठो नरे अष्टे«लिया जानेसुर कसेछ । च्याण्टी पनि त्यसमा राजी भई छोराले भन्यो, “बा मलाई पैसा चाहियो । म विदेश जान्छु ।”खिमेले जति संझाए पनि नरे मानेन ।च्याण्टी ले भनिी,“खोजेर पनि दिनुस् पैसा ।पछि कमाउछन् लगानी गर्न के को कन्जुस्याई ।”च्यण्टीले डाकाले टिपेपछि कसैको केही लाग्दैनथ्यो । ऋणधन गरेर नरे बिदेश पुग्यो । तर सहयोग पाउने कुरा त्यस्तै त्यस्तै नै रह्यो । दिनहरु बित्दै गए ।  तराइको गर्मी, त्यसमा पनि पहाडबाट झरेकाहरुलाई खपिनसक्नु हुन्छ नै । २०÷३०दिनमा खिमे बिदा लिएर घर जान्थ्यो, गर्मीले अत्याउथ्यो उसलाई ।ऊ भन्थ्यो,“तराइमा त राति पनि घाम लाग्ने रहेछन् । खप्न नसकिने भो ? पानी मात्र खाएर पनि पहाड नै स्वर्ग छ, म त पहाडै जान्छु ।” च्याण्टी र छोराछोरी भने त्यही रमाएका थिए तर खिमे आफू खप्न नसकेकाले सस्तो मोलमा घरजग्गा बेचेर पहाडी उपत्यकामा चारआनामा झुप्रो बनाई बस्यो ।च्याण्टीलाई काम गर्न नपर्ने भयो । आमाबा पनि कान्छासंग नमिलेर खिमेसंग नै आइबसे । उसलाई अझै दुःख थपियो ।

दुई बर्षपछि छोरीको बिहे ग¥यो। त्यसको लगत्तै कान्छो नरेले आमासंग केटी ल्याउने कुरा गरेछ ।त्यसपछि च्याण्टीले भनी,“नरेले केटी मन पराएछ, बिहे गरिदिनप¥यो ? नभए भगाएर ल्याउने भयो ?” तुरुन्तै संबन्धलाई अघि बढाई बिहे गरिदियो खिमेले । नरेलाई पनि बिदेशको भूतले छाडेन । उसले बाबुसंग भन्यो,“बा बुहारीलाई विदेश पठाउन पैसा चाहियो ? यतिबेला संझाउन सकिने अबस्था छैन किनकि दाजु गएपछि ऊ पनि जान पर्ने भयो । त्यसमा पनि च्याण्टीको पूर्ण समर्थन थियो त्यहा । तराइमा संचयकोषको रकम झिकी किनेको तीन कठ्ठा घडेरी थियो ।खिमेले नरेलाई बोलाएर भन्यो,“तराइको घडेरी बेचेर पठाउनु ।”

नरेले श्रीमतीलाई अष्टे«लिया पठायो र आफू पनि बल्लबल्ल तीन बर्ष पछि उहीं गयो । तर के कारणले हो कुन्नि संबन्ध बिछोड भयो । लग्डाउनका कारण ऊ पनि बेरोजगार भएको खबर च्याण्टी सुनाउछे । खिमे काम गर्न नसक्ने भैसकेको छ । बिभिन्न घटनाक्रम र दुःखले गर्दा ऊ अपांग जस्तै भएको छ । कमाइ नगरे खान नपुग्ने भएर ऊ तन्देरी बनेर काममा दलिरहेको छ । यसका बावजुध च्याण्टीका कचकच र रिसले उसलाई पागल झैं बनाएकोछ । हरेक समय च्याण्टी केही न केही निउ झिकेर झर्किरहन्छे । छोराछोरी पनि उसैका पछि लाग्दछन् । एकदिन च्याण्टीले भनी,“छिमउकी रमाका श्रीमानले गहना किनिदिएछन्,मलाई पनि सिक्री, औंठी नौगेडे त बनाइदिनुप¥यो ?नभए बस्दिन गोठालो भएर ।” कालका अगाडि को बोल्न सक्छ र ! ऋण काटेर किनिदियो उसलाई । अब त सन्तोषको स्वाश फेर्न पाउने झिनो आशामा थियो खिमे ।तर एक पछि अर्को कुराले डष्दै राम्ररी खान समेत नपाउने भयो उसले ।दिनहुको टोकाइ, कामको बोझ, ब्यबहारिक तनाबले गर्दा बिचरा खिमे मानसिक रोगी हुनपुग्यो ।

एकदिन कार्यालयमा मिटिङ भएकाले घर आउन रातै प¥यो ।घरमा आउदा च्याण्टी बम भैसकेकी थिई । मुस्किलले ढोका खोलेर भित्र पस्यो । ऊ रन्कन थाली । दिउसो पनि खाजा खाने अबसर नजुटेकाले भोकले रन्थनिएको थियो खिमे । तर घरमा आउदा श्रीमतीको ताण्डब नृत्य । खानाको खोजीमा भान्सामा जान लाग्दा श्रीमतीसंग ठोनि पुग्छ ऊ । त्यसपछि बसिनसक्नु भयो त्यहाँ । कराहीको तरकारी सबै खन्याई र धकेली दिई ।ऊ ढोकामा ढल्नपुग्यो । च्याण्टीले रञ्कदै भनी,“जाहा जाने हो गए हुन्छ मैले फेरि देख्न नपरोस्, बरु मरे पनि हाइसञ्चो हुनेथियो ।” ऊ भुट्भुटाउदै ढोका थुनेर सुती ।

लडेर मुर्छा परेको खिमे धेरैबेरपछि धरधर काम्दै उठ्छ । धेरैबेर भूइमा बसेर एकोहोरो सोचिरहन्छ । सायद उसले उपायको खोजी गरिरहेको होला । त्यसपछि त्यहाँ कहिल्यै नर्फकने गरी सानो झोला काखी च्यापेर आँगनको माटोको टिका लगाई बाहिरिन्छ । ऊ कहाँ गयो पत्तै भएन ।

समय बित्दै गयो । खिमेले गरेको त्याग र लगानीबाट उसको महत्व सबैलाई झनै बढेर आयो । केही सस्थाले उसको जीवनी प्रकाशित गरे । सामाजिक असल ब्यक्तिको उदाहरण दिदा उसैको नाम लिने भए । सामाजिक संघसस्थामा लगानी भएकाले खोजतलास गर्ने कामलाई सर्वत्र अघि बढाए ।  । छरछिमेक, इष्टमित्र, साथीभाइ सबैले खोजतलासमा जुटे । मिडियामा पनि सूचना राखियो । तर पत्तो लाग्न सकेन । यता च्याण्टी पश्चातापमा डुब्दै अर्धपागल बनी । छोराछोरीलाई पनि बाबाको बिछोडले रुनसम्मै रुवायो ।  उसको बिछोडले सबै मानिसहरु पछुतोमा परे । तर बिडम्बना सोझो, सामाजिक, असल अविभावक र कर्तब्यनिष्ट खिमे कहिल्यै फर्केन ।

                                                               भरतमणि भट्टराई

                                                               श्री रामकोट मा.वि.

                                                                    रुपा ७, कास्की ।


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here