आशमा बाचेको जीन्दगी
२०७६/०८/१८
मानव जीवन बिभिन्न दैनिक कार्यका साथ चलिरहेको हुन्छ । डिम्ब र शुक्रकिटको समागम पश्चात संयुक्त कोषबाट सुरु भएको मानवीय बिजारोपणले कबि एक शतक पछि त्यसको अन्त्यष्टि हुन पुग्छ । यो क्रम आदि कालमा जब मानवको सृष्टि हुन गयो, त्यसबेला देखि आजसम्म निरन्तर चलिरहेको छ । जुन मानिस यस धर्तीमा पदार्पण गर्दछ, त्यसपछि ऊ बाच्नका निम्ति आमाको स्तनपानको आशमा दौडिरहेको हुन्छ । उसको दिमागले पौष्टिक आहाराको आशलाई पर्खिरहेको हुन्छ । आमा त्यस शिशुलाई छाडेर केही पर जादा संगै जाने आशलाई रुवाइद्धारा अभिब्यक्त गर्न पुग्छ । जब वालक १÷२ महिनाको हुन्छ ,त्यसपछि उसले खानाका अतिरिक्त रङ्ग र अन्य बस्तुको चाहनाको आशमा दिन चर्या बिताउछ । ४÷५ महिना पछि उसले मानिस चिनेर आफ्ना मानिस पाउने आश गर्नुको साथै ठोस बस्तु चलाउने र खाने आशमा रही रहन्छ । १÷२ बर्षको समयमा खुशीका पलका आशमा बच्चाले जीवन ब्यतित गरिरहेको हुन्छ । हिड्न,े मनोरञ्जनात्मक खेल, बिबिधात्मक खानेकुरा संबन्धि आशमा उसको जीवन चलिरहेको हुन्छ । बढ्दै जादा साथी संगति, पढाइलेखाइ, संबन्धको खोजी आदिको आशमा डुलिरहन्छ । मानप्रतिष्ठा, मनोरञ्जन, आफन्त भेटघाट, नजिकको साथी बनाउने,जस्ता कार्यको आशले ब्यक्तिलाई पच्छाइरहेको हुन्छ । १६–२५बर्षसम्ममा स्तरोन्नति, जीवन साथी चयन, रोजगारीको खोजी, बैदेशिक भूतको सपना जस्ता कुराहरुको आशमा जीवन अबतरित हुदै जान्छ । बिबाहपछि सन्तति प्राप्ति,घरजमको ब्यवस्थापन, धनदौलतको जर्गेना, महल निर्माणको सपना, पैसा कमाउनका निम्ति अनेकौं उपाएको खोजी, जस्ता भविष्यका सुखका आशका कारण अनगिन्ति दुःख एवं हण्डर खेपिरहेको हुन्छ ।
मनिसले धन कमाउने, ऐश आरामगर्ने, प्रतिष्टित बन्ने जस्ता आशमा कैयौं संघर्षहरु गरिरहन्छ । रातोदिन गोरु भ्mैं जोतिएर जस्तो सुकै काम गर्न पछि पर्दैन मान्छे । जुद्दा जुद्दै उमेरले डाँडा काटेको पत्तै हुदैन उसलाई । कमाइको आशमा सबै जीन्दगी समाप्त हुनै लागेको हुन्छ । सन्ततिलाई राम्रो बनाउन ,ेपरिवारलाई सुखी र आनन्दित बनाउने, समाजमा आपm्नो पहिचानलाई उच्च बनाउने आशमा कैयौ पीडादायी कर्महरु गर्दै शारीरिक स्थिति कमजो बनाइसकेको हु न्छ उसले । आशै आशमा बाचिरहदा कैयौं दिन भोकै रह्यो र पनि आश पूर्ण हुन सकेन । आखिर जीवनको उत्तरार्धमा सन्ततिको स्याहारको आशमा बाचेको त्यही मान्छे त्यो पनि केबल आश मात्र हुन गई निराशामा बदलिन पुग्छ । राम्रै लाउने र मिठो खाने, परिवारजनलाई सुख दिने र दिलाउने अरुको देःखलाई सुखमा बदल्न निरन्तर लागिरहको त्यही मान्छे आज कैयौं रोगहरु बेकी अझै बाच्ने आशमा पिँढीको डिल कुररिहेको छ । बिचरा सन्तानको यथोचित माया नपाउदा पनि अझै यस धर्तीमा रहने आशमा नयनमा आशु टल्पलाउदै मृत्युलाई पखिरहन्छ । एकैछिनपछि प्राणपखेरुले छाडेर जादैछ ता पनि मान्छे बाच्ने आशमा जुधिरहन्छ । हाय जीन्दगी कस्तो आशै आशमा बचिरहेछ । बिधिको बिडम्बना बिगतलाई प्रबाह नगरी त्यही छान्छे बाच्ने आशमा सक्दो संघर्ष गरिरहन्छ ।
मान्छे स्वभाविकले स्वार्थी हुन्छ । दिन चाहदैन र जान्दैन पनि । तर पाउने आशमा भने न्वारनदेखिको तागत लगाउने गर्दछ । भान्छामा भात पाक्यो तरकारीको आश, आफन्त बिदेश छ, मोबाइलको आश, श्रीमती माइत गइन कोशेलीको आश, छोरी माइत आइन मिष्ठान्नको आश, बाबा बजार गए लत्ताकपमाको आश,छोरा विदेश गए धनको आश,यतिसम्म कि कुनै देशको मानिस नेपाल घुम्नको लागि आउदा समेत केही पाउने आशमा सिगौरी खेलिरहन्छ । कोही मानिस आफ्नोमा आउदैछ भने उसलाई के दिने, कसरी खुशी पार्ने, उसका समस्यामा आफूले कसरी साथ दिेने, दुःखमा कसरी सहमागी हुने, पीडालाई कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा मान्छेको ध्यान पटक्कै जादैन । केबल आगन्तुक पाहुनासंग के पाउन सकिएला ? के ल्याएको होला ? कति ल्याएको होला ? यस्तै अनेकौं आशले मानिसलाई आशले ढुकिरहेको हुन्छ । यस्तो कार्यले गर्दा मानिसले आफना महत्वपूर्ण अबसरहरुलाई गुमाउदै जीवन अन्धकारमय बनाई रहेुको उसलाई पत्तै हुदैन । दिने र सहयोग तथा उपकार गर्ने बिषयमा लुक्ने, छिप्ने तथा टार्ने गरेको मान्छे पाउने आशमा मरिहत्ते हाली पिचासे बन्न पनि पछि पर्दैन । किन यस्ता आशे भयो होला मान्छे ? असाध्य नरपिचास बनेको छ मान्छे आशको सबालमा ।
“मान्छेको चित्त, माखाको पित्त” भन्ने उखान अनुसार पाउने आसमा मान्छे ढाँट्ने, छल्ने र नराम्रा ब्यबहार देखाउन पछि पर्दैन । “ धनदेखि महादेवका तीन नेत्र” भने झैं छोराले आमाबाबुलाई, पत्नीले पतिलाई, भतिजले काकालाई, नातिले हजुरबालाई त्यस्तै कतिले को कस्लाई मार्न पछि पर्दैनन् । यौनका आशमा कैयौं डरलाग्दा घटनाहरु भ्ैरहेका छन् । राजनीतिका नाममा अनगिन्ति अनिष्टले बास गरिरहेको छ समाजमा । धर्म, संकृति, जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता, आदिका बिषयमा सयौं द्धन्दबाट थुप्रै धनजनको क्षति भैरहेको छ । भाइ भाइका बीच , आफन्त आफन्तका बीच रक्तपातको स्थिति भोग्न परिरहेको छ । बर्तमान परिबेशमा विश्वमा भैरहेका भिडन्तहरु , कलह, बिमेल, घोचपेच, भनाभन, बिकृति एवं संगति , बैमनुस्यता, बिद्रोह आदि बढी रहेका छन् । यी सबै बिध्वम्सात्मक कार्यको बिजारोपणको सृजना त्यही स्वार्थी आशका कारण भएको हो । मानिस लिएर आफ्नो बन्न भन्दा दिएर नजिकको बन्नु ,उपकार कार्यमा लाग्नु, सहयोगात्मक भाबनालाई तिब्रता दिनु, अर्काको आशमा आफ्नो भबिस्यको तालमेल नगराउनु, ब्यक्तिगत कुरामा भन्दा सामुहिक हितमा बढी लाग्नु, आफूलाई दुख्दा अरुलाई अझ बढी दुख्छ भन्ने भावना बिकास गर्न सकेमात्र जीवन फलदायी हुन्छ । अन्यथा यो आशै आशमा बाचेको जीन्दगीको कुनै अर्थ हुदैन । मान्छे सानो कुरामा पनि आश गरिरहन्छ । आफ्नै हैसियतका कारण उपार्जन गर्न सक्ने बस्तुमा पनि वा त्यो बस्तु आफैसंग हुदाहुदै पनि हैसियत नभएका मानिससंग आश गरिरहन्छ । आशगर्नका निम्ति उमेरले छेकाबार लगाउने रहेनछ । वबलकदेखि युबा तथा बृद्धावस्थामा पनि आशमो लठ्डो तेर्सिएकै हुन्छ । बिभिन्न जाति , लिङ्ग , संप्रदाय , धर्माबलम्बि, धनि गरीव, पैसावालका अतिरिक्त पियनदेखि हाकिमसम्म, ढटुवादेखि बढुवासम्म, सबैले आफ्नो जीन्दगीलाई आशैआशको सागरमा तै–याएका छन् । समय सापेक्ष उन्नति एवं प्रगति, सामुकि हित, राष्ट्रोन्नति जस्ता कुराहरु बाहेक अत्याधिक आश गर्नु राम्रो होईन कि ? जीवनमा आर्जन गरेको धनको करिब २० प्रतिशत सामाजिक हितका लागि प्रयोग गरौं । जसबाट समूदाय, क्षेत्र तथा समग्र राष्ट्रले उन्नतिको बाटो पैल्याउनमा इटा थप्ने काम गरोस् । सबैको चिन्तन यसैमा जाओस् । राष्ट्रियता, सार्वभौमिकता, सामिप्यता, स्वाधिनता, भातृत्वको रक्षामा सबैको लगानी बढोस् । यही नै आशरुपि यो सानो लेखले सबैमा सकारात्मक सन्देश फैलाई चारैतिर सुशासन, सुसंकार, सुमेल र सुकार्यको थालनी हुन पुगोस्, “जननी जन्म भूमिश्चः स्वर्गादपि गरियसि”लाई आत्मसाथ गरी भज्ने गरौं सबै सज्जनहरुमा शुभकामना ।
भरतमणि भट्टराई
श्री रामकोट माध्यमिक विद्यालय , रुपाः ७, कास्की ।
No comments:
Post a Comment