जीवनको कहाली लाग्दो अवस्था ( लेख) - bharatmani bhattarai

नयाँ सामग्री



जीवनको कहाली लाग्दो अवस्था ( लेख)

                                           जीवनको कहाली लाग्दो अवस्था

                                                                                                                           - भरतमणि भट्टराई


मानव जीवन सभ्य र स्तरीय कनाउनका निम्ति परिश्रमको समुचित परिचालन अति जरुरी हुन्छ । सही परिश्रमको उपयोगले मानिसको जीवन सुखी र आनन्ददायी बन्दछ । मानिस आफूलाई भन्दा आफ्नालाई सुख दिन चाहन्छ । दिनहु आफ्नो अस्थिपञ्जर घोटेर परिवारका आवस्यकता पूरा गर्न मरिमेट्छ । घामपानी तथा अनेकौं अप्ठेरासंग जुध्दै पसिना बगाएर आमा बाबुका चाहना,श्रीमतीका आकांक्षा, सन्ततिका आवस्यकता पूरा गर्नका लागि जोती रहन्छ । सोझो ब्यवहार तथा सामान्य जागिरबाट यस किसिमको पारिवारिक डुंगा सञ्चालन गर्न निकै चलाखीका साथ चल्नु पर्ने हुदो रहेछ । मानिसका आवस्यकता अनगिन्ति हुने, त्यसबाट मानिस उम्कन नसक्ने परिस्थति भोग्न बिबस ब्यक्तिहरु अनेकौं त्रासदि पूर्ण दुखद तवरबाट जीवनलाई बिसर्जन गर्ने गरेको समाजमा देखिदै आएकोछ । श्रमसंग लड्दालड्दै अनेकौं अपजसहरु मात्र खेप्नुपर्ने, कामको ब्यस्थताले समय दिन नसक्दा अझैं श्रीमतीका चाहना र आवस्यकताहरु प्ूरा गर्न असमर्थ रहदा ब्यक्ति बिरक्तिको पोखरीमा डुबुल्की मार्न पुग्दछ । दिनहुको कचकच, असफलता र अपमान सहन नसकी नराम्रो लतमा फसेर दुर्दसापूर्ण कष्टदायी दिनहरु गुजार्न बिबस हुन्छ । त्यस किसिमको नराम्रो बानीबाट परिवार तथा समाजद्धारा तिरस्कीत एवं अपमानित हुनुपर्दा उसलाई जीवन ब्यर्थ र बोझिलो महसुस भई मानसिक रोगी बन्न पुग्छ । चारैतिरबाट अपमान र अपजस सहनुपर्दा उसले सहाराको खोजी गर्दछ । तर उसको समस्या बुझिदिनेकोही नभएपछि अन्तिम बिकल्पका रुपमा मृत्युलाई रोज्न पुग्छ । यसका निम्ति उसले बिभिन्न उपाए अपनाएर संसारबाट बिदा लिइछाड्छ । 

शरीरमा तागत, जोश एवं साहस हुदासम्म ब्यक्ति अनेक तरिकाबाट अति दुखका साथ कमाउने तर्फ लाग्छ । अनेकौं दुखकष्टलाई चिर्दै स्वदेश तथा विदेश चाहार्दै पारिवारिक सुखका निम्ति खटिरहन्छ । घर,घडेरी, धन,दौलतज ोर्ने र परिवारलाई सुखानुभूति दिलाउन निरन्तर जेधिरहन्छ । आफूले अड्कलेर खाइलाई गरी सन्तानको आवस्यकता पूरा गर्न ऊ रत्तिभर चुक्दैन । उसंग त्यतिबेला समाजले पनि केही आशा गरिरहेको हुन्छ । उसको ध्यान वा लगानी सक्दो रुपबाट समाजमा पनि भैरहेको हुन्छ । कमाइ राम्रो हुदा सर्वत्र उसको तारिफ हुन्छ । घरका मानिसहरु हरदम उसको पछि पछि लाग्दै आफ्ना आकांक्षाहरु प्ूारा गरिरहेका हुन्छन् । उसप्रति श्रीमतीको ईश्वरीय मर्यादा रहेको हुन्छ । आइस्यो, गइस्यो, खाइस्यो जस्ता शब्दहरु छ्याल्लब्याल्ल गुञ्जन्छन् । उसका अगाडि तल्लाघरे शेरेदेखि माथ्लारे खड्केसम्म , वल्लारे गान्धारीदेखि पल्लारे भण्डारीसम्म सबैले उसको तारिफ गररिहेका हुन्छन् । समाजमा उसको सभ्य एवं उच्च सम्मान हुन पुग्छ । सहयोग माग्नेहरु , छरछिमेक , इष्टमित्र सबै आफ्नै हुन्छन् उसका । सबैतिर उसले दृष्टि दिन सकेको हुदा आफू सर्वत्र पूज्यनीय कहलिन्छ । त्यो जीवन सबैका निम्ति लोभ लाग्दो नै देखिन्छ । तर सबैका लागि र सधैका लागि त्यस्तो अवस्था रहदो रहेनछ । 

बिस्तारै उमेरले डाडो काट्दै जादा उसमा कर्म गर्ने आँट र अबसर समेत गुम्दै जान्छ । चेहराको रगत सुकेर चाउरीले आँखी झ्यालबनाउदै जादा बल र तागतले बाटो तताइसकेको हुन्छ । इन्द्रियहरु पूर्णरुपमा सक्षम हुदैनन् । आफ्नो संपूर्ण अधिकार र दायित्व अनेत्र सरिसकेको हुन्छ । पहिले गरेका दुख , भोकोपन , सास्ति , असहजस्थिति , कष्टदायी क्षण , असैह्य चोटहरु घरिघरि बल्झन पुग्दा रोगहरुल स्थायी रुपमा डेरा जमाइसकेका हुन्छन् । पहिला नपुगेर खाएन , अहिले भएर पनि खान नपाउने स्थिति देखा पर्दछ । आँखाले नठह–याउने , कानले उल्टो सुन्ने , पेटले मागे पनि खान नहुने स्थिति आउछ । यस अवस्थामा आफ्नो भन्ने बस्तु केही हुदैन । छोराछोरीलाई आआफ्नै डम्फू बजाउदैमा फुर्सद हुदैन । समाजमा निरन्तर लगानी गर्न नसक्दा माया र ममता पाहुनासरी हुन पुग्छ । यस उमेरका महिला प्रायः बुहारी तथा छोरीहरुको नजिक रहन सक्ने प्रकृति प्रदत्त शक्ति भएकाले केही हदसम्म जीवन सुरक्षित रहन्छ । तर बिचरा लोग्ने मानिस त्यतिबेला अरुको त के कुरा श्रीमतीको पनि हेलत्वमा डुब्न पुगीरहेको हुन्छ । तर सबैमा भने पूर्णरुपमा यस किसिमको ब्यवहार लागू नहुन पनि सक्छ । अझै छोरा , बुहारी , नातिनातिना कसैको पनि सहारा नपाउदा बृद्धाश्रम कुर्नुपर्ने हुनसक्छ । हिजोको उसको स्वाभिमान , मानप्रतिष्ठा सबै सपना हुन् कि झै लाग्छन् । उसका आँखामा दुखका आशु बाहेक अरु केही हुदैन । साथमा रोधन र शोकले अड्डा जमाइ रहेका हुन्छन् । जग्गा , जमिन , धन , दौलतमा बिभिन्न जाल बुनी आफ्नो बनाइसकेपछि रित्तिएको अस्थिपञ्जर कुकुरले हाड छोड्दा झै छोडिन पुग्छ । बृद्धाहरुलाई जोगी रुप धारण गरी एक गास खानका लागि दिनहुँ कारुणिक स्वरमा याचन गर्नु उसको दैनिकी बनिरहेको हुन्छ । मान्छु आउदा जादा उसका आँखा केही पाउने आशामा तड्पी रहेका हुन्छन् । उपचारको त कुरै नगर्दा हुन्छ, केबल मृत्युलाई ढुकी रहन्छन् । तर तिनका सन्तति उसैको छालामा बंगला बनाई स्तरीय कारमा सयर गरी बिलासी जीन्दगी बिताई रहेका हुन्छन् । मोजमस्तिमा रमाइ खानदानीको परिचय सर्बत्र छरिरहेका हुन्छन् । कति स्वार्थी छ मान्छे ? आफूलाई पनि बुढो हुनु पर्छ भन्ने कसैले सोचेको पाइदैन । कति निर्दयी एवं दुष्ट हुने रहेछन् सन्ततिहरु । कस्तो आनन्द हो त्यो, जहाँ आफ्ना ईश्वरीय आत्मालाई रुवाई मज्जा लिने । अहिले बाबु आमालाई डोकोमा हाली फाल्न लानेलाई त्यसका सत्ततिले पनि डोको नखोज्लान् र ? 

नेपाली समाजमा रहेको बृद्ध आमाबाबु प्रतिको छोराछोरीले देखाउने नमिठो प्रबृति आजकल प्राय देखिने गरेको छ । कति ठूलो त्याग र लगानीबाट छोराछोरी पढालेखा बनाई संबृद्धजीवन यापन गर्न सक्ने बनाउदब बृद्धहरुमा हर्षको सीमा नै हुदैन । तर सन्तति ब्यक्तिगत स्वार्थमा डुबुल्की मारी मातृ तथा पितृ देवता प्रति आफ्नो दायित्व पूरा गरेको देखिदैन । बृद्धहरु आश्रममा बिलौना गरी दिनहरु बिताइरहेका हुन्छन् । आश्रम वा घरमा हेलत्व खपिरहदा समेत आफ्नै सन्ततिको मायाको सागरमा डुबी रहेका हुन्छन् ती सर्जकहरु । संरक्षणरुपी न्यानो मायाको अभाबमा पल्सिनु पर्ने, रोगहरुले आक्रान्त पारी आपत खेप्नु पर्ने, पोषणको कमि आदिका कारण दिग्दारीमा हुन्छन् उनीहरु । राज्यले दिइएको बृद्ध भत्ताले जीवन लरङ्तरङ चलाई रहेछन् बिचरा । नहुनेका त संरक्षित भएनन् भएकाहरु व आफूलाई समाजको लब्धप्रतिष्टित भलाद्मी भन्नेहरुले पनि सही हेरचाह गर्ने गरेको पाइदैन । 

आफ्ना छोराछोरीलाई उच्चशिक्षा दिलाएर बिकसित देशउठाउनेहरुको ब्यथा बिचित्रको छ । जेठो छोरा क्यानडा, कान्छो अष्ट्रेलिया, छोरीहरु जपान र बेलायत उतै घरजम गरी बसेका छन् । सबैको हेर्दा अति राम्रो ब्यवस्था मिलेको छ । तर त्यस ठाउँमा पुराउने बिधाताहरु प्ुरानो ढल्न लागेको घरको पिँढी कुरी रहेका छन् । छरछिमेक, इष्टमित्र, आउनेजाने सबै सन्ततिका बारेमा केरा सुनाउदा इष्र्याले भुतुक्कै हुन्छन् । भन्ने गर्छन् तपाइको पो जीवन क्या बात् । हाम्रो त बेहाल छ । अरु यस्तै यस्तै गन्थनका कुराहरु आकलिन्छन् । तर तिनीहरुको वास्तविक पीडा कस्ले बुझिदिने ? अक्कल झुक्कल फोन पनि आउछ , आमाबा दुंःख नगर्नुहोस् भन्नेमीठा बचन पनि नआएका होइनन् । तर रोगले च्यापेर थलापरेका बिचरा बृद्धलाई स्याहार, संहार तथा उपचारको ठूलो खाँचो छ । त्यस किसिमको आवस्यकता कस्ले पु–याइदिने होला खै ? ल अझै भनौ पैसा पनि पठाए रे । पैसाले मात्र न्यानो माया दिलाउन सक्ला र ? अतः मातृ दवोः भवः , पितृ देवोः भवः भजन गरी ब्यबहारिक रुपबाट जगदिश्वरको सम्मान गर्न सिकौं र असल नागरिकको परिचय दिऊँ । यसैमा सबैको कल्याण हुनेछ । अस्तु । 






No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here