कर्मको फल
- भरतमणि भट्टराई
राम्रो र आकर्षक बस्तु
पिय र लाभप्रद बस्तु
दुर्लभ र महत्वपूर्ण जन्तु
अनि
दुःखको बेला साथ दिने असल मित्र
बेसहरा बनिरहेका बेलाकी पत्नी
बर्षाको बेला ओत लगाउने झुपडी
पाउनका निम्ति
निक्कै कठिन हुन्छ ।
मह कति मिठो हुन्छ तर घरबाट झिक्न कठिन हुन्छ ।
कमल राम्रो हुन्छ तर टिप्दा हिलो हुन्छ ।
सयौं रोगको अचुक औषधी टिमुर,
कांडा भित्र लुकेको हुन्छ ।
अमूल्य महत्वपूर्ण बिना ,
कस्तुरीमा नै लुकेको हुन्छ ।
विश्वलाई हांक्ने तागत,
मानिस भित्र नै छिपेको हुन्छ ।
देख्दा सारंगी केबल कतहरो मात्र
हेर्दा श्रीखण्ड केबल काठ कात्र
मानव सबै उस्तै छन् तर सुवास फरक
एउटा सधैको साधु छ तर अर्को नरक
सोचौं सबैले स्वच्छता कहा छ ?
अठोट गरौं सत्कर्म महान छ ।
मिलेर भोगौं सारा,गपभोग्य बस्तु
उदाउला सूर्य झुपडीको पास
कर्मका लुकेछ मिठासताको आस ।
भरतमणि भट्टराई
श्री रामकोट माद्यमिक विद्यालय
रुपा ७, कास्की ।
No comments:
Post a Comment