सपना
भरतमणि भट्टराई
सम्झन्छु आमासंग खेलेको
अनि आज राति अचम्मको सपना देखें
दिदीले डो¥याएर लगिरहेकी
रङ्गीबिरङ्गी सिंगारिएको मञ्च
त्यसमाथि राखिएका सोफामा बिराजमान गराई
म अतिथिसंगै कुरा गरिरहेको रहेछु ।
महाशय भन्दै थिए आमालाई सिंगार्नु छ, हसाँउनु छ
अरु आमाहरु भन्दा हाम्री आमा कोमल ह्रृदयकी छन् ।
सबैमा सद्भाब, ममता अनि संरक्षण बाँड्छिन्
कुसंकार, कुरीति र कलोषित दुषारापातलाई निरुत्साहित गर्नका लागि
आफ्नै सन्ततिको उपयोग गरी कुचो लगाउन लगाउँछिन् ।
अर्को महामहिम कहदै जानुभएथ्यो
आमाको चोली फेरि दिनु परेको छ
आमाका प्रत्यक अंगहरु म्जभूत पार्नमा सबैको उतिकै दायित्व रहन्छ ।
लौ यी अञ्जुलीका सेता फूलहरु चढाऊ ।
सबै फूल चढाउछन्
म पनि पाउमा शीर राखी अञ्जली फूल सहित ढोगिदिन्छु ।
म्ुास्कान दिइरहेकी ममतामयी आमा
सबैलाई आशिर्वाद दिदै भनिरहेकी थिइन् ,
ठूलेदेखि कान्छो, अनि नानीदेखि कान्छीसम्म
सबै परिश्रममा विश्श्राश गर
ढाँट्ने छल्ने र इमान्दारिता गुमाउने काम कहिल्यै नगर
सेवात्मक भावनालाई सबैतिर छर
स्वच्छ निष्कलङ्क बनाऊ हाम्रो घर
त्यसपछि न्यायले स्थान पाउले छ
असतिहरुको अन्त्य हुनेछ
म सबल र सक्षम हुनेछु ।
बैरीहरु मदेखि काप्ने छन्
सीमानामा राता झण्डाहरु फहराउने छन् ।
सबैतिर झलमल्ल घाम लाग्ने छ ।
संपूर्ण सन्ततिको कल्याण हुनेछ ।
सानो,ठूलो,उचनिच नभै सबै समान हुनेछन्
सर्वमान्य सिद्धान्तको थालनी भई
समतामूलक समाजको सृजना हुनेछ
यति भनेर आमा मेरो निधार सुम्सुम्याएर मुसुक्क हाँस्दा
म झल्यास्स ब्युँझे
हेर्दा मेरी आमा त छैनन् त्यहाँ ।
म्ौले के सपना देखे
के यो सपना मैले त्यसै देखेको त होइन
आज जे जस्तो भए पनि भोलि अबस्य
मेरो सपनाले पूर्णता पाउनेछ
अनावस्यक फोहर कसिंगर हटेर
सत्यताको थालनी हुनेछ
सर्वत्र शान्ति स्थापित भई
बिजयको बिगुल फुकिनेछ ।
भरतमणि भट्टराई
पोखरा १०, मिलनटोल
No comments:
Post a Comment