नयाँ नेपालको निर्माण गरौं (कविता) - bharatmani bhattarai

नयाँ सामग्री



नयाँ नेपालको निर्माण गरौं (कविता)


             नयाँ नेपालको निर्माण गरौं

                                                           - भरतमणि भट्टराई

शिक्षाको ज्योति फैलाई

                 जनताका आँखा खोल्न मन लाग्छ ।

सन्देशको प्रबाह फैलाई

                 समाजबादी राज्य निर्माण गर्न मन लाग्छ ।

देशका शोषित पीडित जनताहरुलाई

                दासतारुपि सांलो तोडौं भन्न मन लाग्छ ।

तर

तर पैसाले मानिसलाई आहत बनाएको छ ।

भन्सारको ग्याण्टे धनी भएको छ ।

यरपोर्टको पालेको महल ठडिएको छ ।

वन,मालपोत तथा आ एन नि ओ का कर्मचारीको त कुरै नगरौं

विदेशमा संपति,गी्रनकार्ड सहित बिलासीताको जीन्दगी बिताइरहेको छ ।

नेता जीका चर्चै नगरौं,

पुरुष सुत्केरी भएरै पनि पैसा हसुरेकै छ ।

श्रीमती,छोराछोरी र आफन्तहरु

 विदेशमा राज गरिरहेका छन् ।

लौसीबारी,गौंथलीको गँुड,चाक्सीबारी जे जे भने पनि

 ठूला महल र उद्योग उनैका छन् ।

रातो पासपोर्ट बेचेरै पनि 

छात्रबृत्ति तथा अन्य कोटामा कुगरेरै पनि

ग्ुण्डागर्दी एवं तस्करी गरेरै पनि

छोरालाई जापान छारीलाई बेलायत साथै 

फरियाका फेता गुत्नेहरुलाई अमेरिका पठाएकै छन् ।

देश यिनैले आइसके

जनतालाई पटक पटक नझुक्याऊ अब

सारा नेपालीले थाह पाइसके 

रायमाझी, मल्लिक अनि कुन्नि के के आयोग

नेपालीका आँखामा छारो हाल्ने काम धेरै भइसके ।

मल्खातमा च्याउ उम्रेझैं उम्रेका पार्टीहरु पनि

स्वार्थ सिद्धिमा लागी सके ।

२३८ वर्षे शाही तानाशाहीहरु 

कहिल्यै नफर्कने गरी पाखा लागी सके ।

विश्वमा कैयौं परिवर्तनहरु , तानाशाह खेद्न पनि

समाजबादी राज्य व्यवस्था स्थापित गर्न पनि

जनता सफल भइसके ।

ए नेपाली बीरहरु 

जागी उठौं, आ आफ्नो ठाउंबाट जुटौं ।

छदम्भेषी छेपारेहरुलाई खेदी

सुशासानरुपि समाजबादी जनतन्त्र स्थापित गराउन

संपूर्ण थोत्रा बिसंगति र बिकृतिलाई जरै उखेल्न

जस्तोसुकै मूल्य चुकाएरै भएपनि

देश द्रोही भ्रष्टचारीलाई कठघरामा थुनी

सारा नेपालीको कल्याण गर्ने 

राज्य व्यवस्था स्थापित गरौं

नयाँ नेपालको निर्माण गरौं

राष्ट्रियता,सार्वभौमिकता र स्वधिनताको

एकजुट भई संरक्षण र संबर्धन गरौं ।


                                     भरतमणि भट्टराई

                         श्री रामकोट माध्यमिक विद्यालय , रुपा.७, कास्की ।






No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here