बिजोग
भरतमणि भट्टराई
पोखरा हस्पिटलको पछाडि एउटा टिनको कोठामा उजेली र मोहन डेरा गरी बस्दथे । उनीहरुका दुई छोराहरु थिए । उजेली हस्पिटलमा सरसफाइको काम गर्दथिन् भने मोहन डकर्मी काम गरेर छोराहरुको पालनपोषण गरेका थिए । कति राम्रो परिवार थियो उजेलीको । उनका साथीहरु सबैले उजेलीलाई भाग्यमानी संझेर आफ्नो पनि त्यस्तै भैदिओस् ठान्थे । केही रकमसमेत जम्मा गरेका थिए उनीहरुले । केटाकेटी पढाउन र लाउनखान कुनै दुःख थिएन । घरभेटीले समेत केही सघाएवापत भाडा लिदैनथे ।
बजारमा घर बनाउन जाने क्रममा एकदिन मोहन अकस्मात छतबाट लड्न जान्छ । सिकिस्त मोहनलाई हस्पिटल लैजादा बाटोमा नै मृत्यु हुन्छ । यस घटनाबाट उजेली पागल जस्तै हुिन्छन् । आखिर दैवको खेल , मनलाई समेलिन् उजेलीले । उनलाई पतिको यिबोगपछिका दिनहरु साह्रै कहाली लाग्दा भए । छोराहरुलाई पढाउनु, आफ्नो उपचार, समय अनुसारको लगाउन र खान दिनु एउटा सानो जागिरले मुस्किल भएपछि बिहानबेलुका भाँडा माज्ने काम गरिन् उनले । जीवन ज्यादै दयनीय बन्यो उनको ।
बल्लबल्ल छोराहरुले बाह्र पास गरे । दुबैलाई हस्पिटलको निर्देशकले निशुल्क इञ्जीनीयर पढ्न क्यानडा पढाइदिए । बल्ल उजेलीका दिनहरु साच्चैका उज्याला हुनेहुन कि जस्तो देखियो । छोराहरु उहीं जागिरे बने , घर लिएका छन् रे ? बिहे गरेर मोज गरेको कुरा उजेली फोनबाट थाह पाउछिन् । तर के गर्नु ? संझेर मात्र हुदो रहेनछ । दुख नगर आमा त भन्छन् तर सहयोग भने पटक्क हुदैन । सानोले त कहिलेकाही केही समान पठाउछ तर ठूलोले त फोनसम्म पनि गर्दैन ।
उनी रोगी भएकाले कुनै काम पनि गर्न असमर्थ भइन । घरभेटीले माया कति मानुन् ? खान दिइरहन्छन् । छोराहरुलाई खबर गर्दा आउन नमिल्ने, बरु पैसा पठाइदिने कुरा गर्छन् तर पठाइएको थेरै पैसाले औषधीका लागि मात्र ठिक्क हुन्छ । संपूर्ण उनको भार जति घरभेटीलाई पर्छ । एकदिन घरभेटीले उजेलीलाई कसरी जा भन्ने ? बेलामा सक्दा सहयोग गरेकी नै हो बिचरा ! छोरा पनि काम लाग्ने रहेनछन् । हेर्ने भएनन् जस्ता कुरा गरिरहेको सुनिन् उजेलीले । उसलाई यसले ज्यदै चिन्तित गरायो । उनले घरभेटीले ल्याइदिएको खाना खाइनन् त्यसदिन । उनका मनमा धेरै कुरा खेलिरहे । अब म आजदेखि यो घर छोड्नुपर्छ । राति नै उठेर उनले सकिनसकी पानीको अँखोराबाट तुलसीलाई पानी चढाउदै पतिलाई संझेर रोहिन् । घरभेटीको पिढीलाइ ढोगेर उजेली त्यस घरबाट कहिल्यै नफर्कने गरी हिडिन ।
पोखरा –१०, मिलनटोल, कास्की । २०७८।०२।०७
No comments:
Post a Comment