पापिनी स्वास्नी लघुकथा - bharatmani bhattarai

नयाँ सामग्री



पापिनी स्वास्नी लघुकथा

 

  लघुकथा    

पापिनी स्वास्नी

                                                                                                                  भरतमणि भट्टराई

रोहन आफ्नी श्रीमती पबित्रासहित कोठा लिएर शहरमा बस्थे । उनी बिस्कुट फंयाक्ट्रीमा काम गर्दथे । मध्यमस्तरको कमाइ भएपनि श्रीमतीको लबाइखुवाइ र चाल चलनले गर्दा महिना धान्न मुस्किल पर्दथ्यो । गहना र फेशनमा रमाएर गाउँको घरबारी बेच्न बाध्य गराएकी थिई पिबत्राले । गाउँका सम्रान्त परिबारमा हुर्केको रमन पापिनी स्वास्नीका कारण एउटा छोरालाई पनि उचित माया दिन सकेको थिएन । रोहन काममा गएपछि पिबत्राले कोठामा नाठो ल्याएर उपद्रो मच्चाउछे । रमण काममा गएपछि छोरोलाई स्कूल छाडेर उसका रमाइला क्षणहरु सुरु हुने गर्दथे । नाठोलाई मासुका परिकार बनाएर बियर र यौनात्क कार्यमा मस्त रहने पबित्राले रमनलाई जोगी त बनाई नै यसको अलावा सन्तोषसंग बाच्न पनि दिदैनथी । छोराको पनि बिजोग भएको थियो ।

कामबाट हैरान परेर आउदा खाजा त के कुरा खाना पकाएकै थिएन । नत छोरालाई ख्वाएको थियो ।। ऊ सञ्चो नभएको बहानामा सुतेकी थिई । राम्रा बोलीले केही सोध्दा झर्कने थर्काउने भएपछि खाना बनाउन खोज्यो तर चामल र तरकारी नभएपछि घरभेटीसंग सापटी मागेर काम चलायो । छोरालाई गुन्द्रुकको झोलसंग ख्वाएर पबित्रालाई खान बोलाउदा हकारेपछि आफू खान खायो । भोलिपल्ट खानाख्वाएर छोरालाई स्कूल छोड्न जाँदा अबेर भएर खान नखाइ काममा गयो रमण । त्यसपछि सधैं झैं उसको लिला सुरु भयो ।

आफ्नो काम गर्ने दराजको चापी बिस्तारामा छाडिएकाले साथीको सहयोगमा मोटरबाइकबाट कोठामा पुग्दा दुबै नाङ्गै चर्तिकला देखाएको पायो । लाज पचेकी पबित्रालाई हेर्न नसकेर चापी लिएर काममा आयो रमण । त्यसदिन स्कूलमा विशेष कार्यक्रम भएकाले तल्लो कक्षाकालाई छाडीदिएपछि छोरो कोडामा आयो । दुष्ट पापीनी पबित्राले नावालकलाई बिष ख्वाएर कोठामा छाडी भएभरका सामान र गरगहना लिएर हिडी ।

रमण मनमा अनेक कुरा खेलाउदै अलि छिट्टै कोठामा आउदा छोरा मरिसकेको थियो । ऊ आत्तिएर रुनकराउन लाग्यो । छिमेकीहरु सबै आए । बिस्तारामा राखिएको चिठीमा रमनले छोरालाई मारेर मलाई पनि मार्न खोजेकाले ज्यान जोगाउन हिडेको लेखिएको रहेछ । प्रहरीकोमा पहिले नै उजुरी दिइएकाले खान तलासी गर्‍यो र रमनलाई दोषि डहर्‍याएर जेल चलान गर्‍यो ।

वास्तबिकता पुष्टि भएपछि रमन जेलमुक्त्त भयो । जेलमुक्त भएको थाह पाएर पबित्राले मारने सडयन्त्र गरी र गोली हान्नका लागि तयारी गरी । बाटोमा आउदै गरेको रमणसामु उभिएर संकेत दिइचिनाउदा गोली उसैलाई लागेर मरी । पापले आफैलाई खाने कुरा पापीनी स्वास्नीको षडयन्त्रले आफ्नै नास गरेको यथार्थता सबैले बुझे ।

 

पोखरा१० मिलनटोल कास्की ।                  

 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here