नदीमा दाहसंकार
सकेर फर्कने क्रममा पत्ता लाग्यो असहायहरूका निम्ति बनाइएको पाटी । आफूसक्के दान
गरेपछि भवनमा बसेर जुठो उम्काउन सकिने । यस कुराले उसलाई ठूलो राहत दियो र त्यही
भवनमा गई क्रिया बसे आमाछोरा । कमजोर स्थिति भएकाले क्रियाविधि गर्ने ब्राम्हण
पाउन मुस्किल भयो । कति स्वार्थी छ संसार, केवल पैसामा
अडिएको । मन्दिरका पुजारीलाई चित्त बुझाउने सर्तमा काम गर्न लगाइयो । विधिमुताविक
कर्म सकियो उसको बाबाको उम्कने दिन पनि आयो ।
खिजेलाई १३औं
दिन कसरी अम्काउने होला ? भन्ने चिन्ताले केहीदिनदेखि निन्द्रा परेको थिएन । तरै
पनि सबै मलामी र चिनेजानेका आफन्तहरूलाई आमन्त्रण गरिएको थियो गहुत खान । बिहान
बेलुका छाक टार्न पनि मुस्किल हुनेका निम्ति खजना बनाउने समान हुने कुरै भएन ।
डुरामा केही थिएन । सबै भेला भए त्यहा । सबै पल्याकपुलुक गरिरहेका थिए तर खाना कतै
बनेकै थिएन । उसको मन डराइरहेको थियो । चिटचिट पसिना आइरहेको थियो । त्यसै बेला
एकजना साधु त्यहाँ आएर भने सबै जनाले गहुत खाने र सक्दो भेटी चढाउने प्रचलन भएकाले
सबैले सोही अनुसार गर्नुहोला । उनले केही नोट आफूले ल्याएको दानपेटिकामा राखे र
क्रमशः अरूलाई पनि राख्न अनुरोध गरे । नहुनेहरूलाई गहुत ग्रहण गरेर जान सल्लाह दिए
। यस कुराले सबैको मन छोयो र सबैले दान गरेर गहुत खाए । अरू सहयोगी मन भएकाहरुले
पनि उसलाई सहयोग गरे । जम्मा भएको रकम
उसैलाई दिइयो । यसले उसका दिनहरू फेरिन पुगे । ‘सोझोको दैव सहारा’ उखान साधुबाट अनुभूति गर्न
पाएको खिजेले भन्यो, “धन्य रहेछौ ईश्वर तिमी ।‘’
No comments:
Post a Comment