दौरान
"डडेको मुखलाई झिंनुवाको भात" सबै हाकिम अझै भनौं
महा हाकिम । खानलाई पिठोले हैन मिठोले ग्वाम्म पारेर गजढ्याम्म पर्दै जुँगा
मुसार्न पर्ने पानी आन्देलाई पनि । जो अपाङ्ग छ उसलाई सपाङ्को पगरीले तगारो
सिगार्नु पर्ने । हेर्ने चक्षु नभएर लेख्नै नसक्नेलाई नाट्य श्रृङ्खलाको निर्णायक
भई पदासिन हुनुपर्ने । "जो चोर छ उसैको ठूलो स्वर" फुत्लोभाँङ गिदी नभएको रात परेपछि
भित्तो समाउने रित्तोलाई घुम्ने मेचमा बिराज गराउने चलन यहीँका बडे महलका ओजिला पलङमा सहेल गर्ने
अहंकारीहरूले बसालेका हुन् । नक्कली बाणको लेघ्रा पसारी राँडीका तिघ्रा चिमोट्न
पल्केका कान्लामुनिका कनसुत्लाहरू न्याय दिने बडाधिश भई खडा हुन्छन् । बोलीमा गोली
लागेको बिचरो मुन्द्रे बडो लायक भनाउदो गायक बनेको छ । पढ्दै नपढेको बुङ्गो सडेको
लवेदारको पहिरनले सुवेदार बनेको छ । छन्दको गन्ध थाह नपाउने र साहित्यिक पहिचानबाट
बन्द भएको सुइखुट्उटे उत्कृष्ट छवि भएको महाकवि अनि सामान्य
अक्षर नजानी अहङ्कारको फेता गुतेको कालु असली नेताभध्येकै ठालु । भक्भकाएर लप्कपाउनेहरू
समाज सजगाउने शिक्षक, टाउकाको अप्रेशन नाइटोमा गर्न पछि नपर्ने सर्जनको फुइ गर्दै
धन कुम्ल्यार मन भर्ने डाक्टर, विवेक नभई निबेक गर्न नसकेका खाइपल्केका काइतेहरू कुलीन
मन्त्री । छोरा चोरको खन्ती छोरी छाडा बगानकी रानी भन्थी, श्रीमती मच्चाउथी रडाको, सधै बचन
आउथ्यो कडाको, हैरन खप्न नसकेका सक्कली पहिरनका सही आशन जमाउन नसकेका उनै प्रशासक । के के
हो के के बुझ्नलाई त बेलैमा सत्बुद्धदि घुस्न पर्ने रहेछ । त्यसैले आज लाटीले केरा
हेरेझैं हेर्न र नालुदेखिको बल तालुसम्म निकाली घमासानका साथ समाधानमा लाग्न नसकिएको
पो हो कि ?
"घरभरि कपडा बीरे छोरो नाङ्गो" भनेर उखानको जोखाना हेर्नेहरू नभएका पनि होइनन् तर पाखुराको पसिनाले असिना पञ्छाएर जमाइएको मसिनो जतन गर्न नजानेपछि दुःखको भुमरीमा रुमलिनु पर्नेरहेछ । हिजो देखेको सही हुन्थ्यो सुनेको उही हुन्थ्यो, सुवाक्य सबैलाई मान्य हुन्थ्यो, मियोको आधारमाभाइ मिली दाँइ हुन्थ्थो तब पो खलामा तला हल्लने गरी धान पस्थ्यो, परचक्री नरभग्क्षी भएर त्रासले कालीको बास बनाउन पाउँदैनथ्यो । मामका लागि कामको बाँडफाँड, सिकारुलाई ज्ञान, बडालाई मानसम्मान, शरीर शुध्दिलाई ध्यान जस्ता नैतिकताले पैत्रिकताको हस्तान्तरण भई कमानले लगाम कस्दथ्यो र पो घैटामा घाम लाग्थ्यो तर यथार्थ साँचो भएन, औँला बङ्ग्यार भए पनि खाँचो कहिल्यै भएन, कमाउने रमाउने र जमाउनेहरुका मगजमा समता र समानताको पञ्चमृत पर्न गएन । तब कसरी हट्छ कालो, आकाशमा फैलिएको दुषित तुवालो । बाह्र वर्षपछि खोला पनि ठेगान लाग्छ तर दिन कहिले बदलिन्छ र पुनः आउँछ कालीका अँध्यारोमा बाँचेकाहरु माली बन्ने सक्ने दिन । मनमा धमिलिएको कान्तिलाई सङ्ल्याउन सक्ला खै शान्तिले कि सपार्ला खै क्रान्तिले । परिवर्तनको ल्याउछ भन्न रुचाउछन् मान्छहरु क्रान्तिले । कहिले पाउलान रमाउन अनि अस्तित्वलाई जगाउन, प्रकृतिको उपहारलाई उपभोग गर्दै बाँच्न र पेटभरि हाँस्न पाइनेहोला शान्तिले । खोजेर नपाइने, देखेर सुनेको सत्य नहुने, सिप र ज्ञान भएर पनि नजानेको बन्दिनुपर्ने, दुखेर पनि सहनै पर्ने, सत्मार्गमा रहदा अपमानित हुनुपर्ने कति अँध्यारो भएको होला । हर्केका छोराहरु रमाउदै जमाउन फर्के, अनि मुनाका छोरीहरु चेतनाका नमुना भएर निस्के भनेर चमेली, पुतली माने र साने साँझको माझमा खुशी भैरहेका देख्दा आश गर्दा बगरको बास नहोला कि झै लागेर आयो । सिलो खोजेर बिलो पाए सरह आहातमा राहतको अनुभूतिको पर्खाइमा जमेर रम्ने आशा पलाएको हो कि झैं लाग्यो । बादलले ल्याएको अँध्यारो घामका किरणले उघारो भनेर पहार तापेर आहार ग्रहण गर्न सबै आतुर किन नहुन र ? आश गर्नु भर नपर्नु भन्छन् खडेरीमा भ्याकुता कराएको सुन्न र बदल नलागी पानी परेको हेर्न नसके जस्तै पो हुने हो कि ? जेहोस् फाटेको फरिया काटेर भए पनि आमाले च्याण्टेको नाङगो प्याण्टो छोप्न अवश्य पाउँछिन् । त्यस कुरामा छुरा उद्याइ कुरा बङ्ग्याइरहनु पर्ला जस्तो लाग्दैन ।
०७ फाल्गुण २०८२
मिलनटोल पोखरा ।

No comments:
Post a Comment