मान्छे यतिसम्म उन्मात्त हुन्छ भनेर कसरी भन्ने
? देखाउने र लुकाउँने अनुहार फरक हुदोरहेछ । आफूलाई सर्वहाराको नेता भन्नेहरू अकुत
सम्मपति थुपारेर बाहिर केही नभएको नाटक मञ्चन गर्दारहेछ । कहासम्मको नक्कली पन अनि
कतिसम्म ढाँट्न र छल्नसकेको होला । समाजवादको खोल ओडेर कुबेरको भण्डार बनाउन कसरी
भ्याएको होला । त्यस्ताको पछि लागेर हिढ्नेहरू पनि किन लगौटीभित्र छिर्न परेको
होला । पैसा तथा बहुमूल्य रत्नहरू राख्नका लागि सुरक्षित बैंक तथा बित्तीय
सैस्थाहरू पनि त थिए जति पनि । खान र लाउन नपाउनेहरुका ब्वाँसारुपी नेताहरूको मन किन
त्यति साह्रो पत्थर बन्न सकेको होला । कतिसम्म लोभले ढाक्दो रहेछ बेला आएपछि पो
थाह लाग्ने रहेछ । मर्न पर्छ सबैलाई थाह छ तापनि किन थुपारेको अर्काको रगत र
पसिनाबाट चुसिएको धन ? जनतालाई आँखा नदेख्ने र कान नसुन्ने बनाएर आफ्नै
आशेपासेहरूलाई वरिपरि राखेर केही भजन मण्डलीहरूको आडमा यस किसिमको रजाइँ के का
लागि ? बुझि नसक्नु नै हुदो रहेछ ।
कसैले नदेखे पनि भगवानले देख्छन गल्ति र असभ्य
ब्यवहार देखाउन हुदैन भन्ने उखान त्यसै भनिएको रहेनछ । समाजका मानिसहरू केही न
केही थाह पाउन सक्ने रहेछन् भन्ने किसिमको हेक्का साहेद पछि मात्र याद भयोहोला ।
बेला बितिसकेपछिको समाधानले कुनै अर्थ राख्दैन । सधैं बादल लाग्दैन र सधैं रात पनि
पर्दैन । रात सकिएपछि दिन आउने कुरा निश्चित नै छ तर मान्छेले त्यो कुरा अपराध
गर्ने बेलामा सोच्न सकेन । आपराधिक मानसिकतामा बाचेको मान्छेलाई सत्यता र मानवताको
कसरी हेक्का हुनु । त्यसैको परिणाम नै हो ०८२ भाद्र २३ र २४ को । ससाना युवा तथा
वालकहरूको उर्लदो आवाजले ताना शाहहरू पाखा लागे र भागाभाग म्याराथुन नै चल्यो ।
उत्तेजित भिडमा अतिरञ्जनकारीहरू पसी धेरै धनजनको नाश भयो । कुबेरको ढुकुटी
बनाउनेहरू पनि रोडमा आउँन बाध्य भए । हिजो आफूलाई संभ्रान्त र उच्च पदाशिन अलौकिक
मानवका रुपमा परिचित महामहिमहरु पनि आज बेपत्ता हुनु परिरहेको छ । बोलेर नै
नथाक्ने अर्कालाई भुसुनो सरह राखी अपराधमा सम्लग्न भैं पशुपतिको साँढे झैं डुक्रने
हनुमानहरू कुन दुलोमा पसेका छन् पत्तो नै छैन । उनीहरूका आवास तथा महलहरू खरानीमा
परिणत भएका छन् । हुँदा खानेहरू खरानीमा खोज गरिरहेछन् केही पाउनका लागि । केही
बहुमूल्य सुन तथन नगदका बिटहरू खोजिरहेछन् । लुकाएर राखिएका बिटका बिटा नगदहरू
अधिकांश डडेको अबस्थामा भेटिए । कतै शेफ नै पहिलियो भने कतै सुनका लाप्सहरू पनि
थाह लाग्यो । खरानी चाल्नेहरू हप्ता दिनसम्म पनि निरन्तर खटिरहेछन् सायद केही पाएर
नै त होला ।
इतिहाशमा कतै नभएको नेपालमा भयो । पहिले सुन्दा
सपना हो कि झैं भान हुने यस किसिमको घटनाले राज्यलाई समेत ठुलै असर पारिदियो तर
ताना शाहहरूको भने होहश हवाशै उडाइदियो । चुपचाप रहे सबै । बरू ढुङ्गा बोल्ला तर
ताना शाहहरूको गन्ध समेत पाउन सकिएन । छातीमाथि राखिएको ढुङ्गा निकाल्नका लागि
गरिएको ससानो आवाजले त्यो तमाशा मच्चाइदियो जसले अन्यायीहरू कुलेलम नै ठोक्न पुगे
। सत्ता नै फेरियो र केही गर्नमा आतुर जनताका नजिक भनिएहरू पदमा आशिन भए । केही
नभए पनि परिवर्तनको झिनो आशमा बाच्नका लागि यस परिवेशले सहज बनायो । भवश्यमा के हुन्छ
र के पाएएला भन्ने कुरा त पछिका दिनहरूले देखाइदेला तर आशाको त्यान्दो त सानो भए
पनि मुना पलाए जस्तो देखियो । हिटलरहरूले पर्दा भित्रबाट मात्र चिहाउन सक्ने भए ।
जे अदृश्य थियो जसलाई कसैले नभेट्ने गरी दम्पच बनाइएको थियो र गुमरामा राखिएको
थियो त्यो सबै देखियो पर्दाभित्रको लुकेको यथार्थता । हिजो बलजफ्ति पुजिएकाहरू आज
कालोमुसो दलेर दयनीय बाँदर झैं पुलुपुलु हेर्न विवश छन् । सबैले अनुहारमा थुक्ने र
अपमानजनक ब्यवहार देखाउँदासमेत कुनै प्तिकार गर्न सकिरहेका छेनन् ।
मिलनटोल पोखारा १०
४ आश्विन २०८२

No comments:
Post a Comment