जनैपूर्णिमा (लेख / निबन्ध) - bharatmani bhattarai

नयाँ सामग्री



जनैपूर्णिमा (लेख / निबन्ध)

 

जनैपूर्णिमा

भरतमणि भट्टराई

हिन्दु परम्परा अनुसार श्रावणशुक्ल पूर्णिमाका दिन मनाइने चाडलाई जनैपूर्निमा भनिन्छ । यस दिन ब्रह्मणहरुले मन्त्रोच्चारण गरी पवित्र यज्ञपवित धारण गर्दछन् । काँचो धागोद्धारा बनाइएको दुई शिखाको जनै धारणबाट ब्राह्मण ¸ क्षत्रीय पुरुषहरुले  शारीरिक मानसिक तथा आध्यात्मिक चित्त शुद्धि प्राप्त गर्ने जन विश्र्वाश रहिआएको छ । पवित्र जलाशय वा मठ मन्दिरमा ब्राह्मणहरु शुद्ध भएर मन्त्र वाचन गरी गायत्री मन्त्रले पवित्र बनाइएको धागोलाई नारी तथा पुरुषहरुले ज्वाइ तथा भान्जाको हातबाट सा वा नौ डोरा धागो लगाउने वैदिक परम्परा रहेको छ । भान्जा तथा ज्वाइ नभएमा गुरु पुरोहित तथा मन्दिरका पुजारीसंग तागो बाध्ने गरिन्छ । कसैकसैले गुरु पुरोहितको हातबाट लगाइने  यस दिन चन्द्रमा अति चहकिलो हुने भएकोले मानवमा असिम कृपा प्राप्त हुने विश्र्वश गरिने हुदा तागाधारीहरु विशेषतः शिव र विष्णुको आरधनासमेत गर्ने गर्दछन् । हिन्दुहरुको चाडहरुको शुभारम्भ नागपञ्चमीलाई मानेता पनि जनैपूर्णमाबाट नै मूलरुपबाट चाडको प्रारम्भ हुने गर्दछ । रोपाइँ लगायतका कामहरु सकेर बिश्रान्ति लिने र मानिसहरु सुरक्षित रहनका लागि रक्षाबन्धन धारण गरेर मिष्टान्न परिकार खाने यो चाड समग्र चाडहरुको सुरुवातीको पावन अवसर नै मान्ने गरिन्छ ।


कपासबाट कातिएको चोखो धागोबाट बाटिएका जनैमा २ वटा शिखाहरु रहेका हुन्छन् । एउटा शिखामा ३ वटा डोरा हुन्छन् जसले ब्रह्मा विष्णु र महेश्र्वर तथा अर्को शिखामा रहेका ३ डोराले कर्मउपासना र ज्ञान योगलाई प्रतिविम्वित गर्ने विश्रवाश गरिदै आइएको शास्त्रका जानकारहरु बताउदछन् । यस पवित्र यज्ञोपवित धारण गर्ने मानिसले सत्कर्म गरेर नैतिक आचरणमा बस्नुपर्ने र यसबा आफ्ना नित्य कर्मलाई निरन्तरता दिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सहयोग पुग्छ भन्ने विश्रवाश गरिन्छ । हन्दु संकार अनुसार ब्राम्हण वा ज्वाइभान्जाले तागो बाध्दा उच्चारण गरिने यस किसिमको मन्त्रले रक्षा गर्ने मान्यता रहेको छ ।

                 यन बद्धो वलीराजा दानवन्द्रो महा बलम् ।

                   तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ॥

रक्षा बन्धन बाध्ने बेलामा आशिषस्वरुप भनिने मन्त्रको शाब्दिक अर्थ ´दानवका राजा वलीलाई बाधिएको रक्षा बन्धनले तपाइँलाई पनि बाधिएको छ‚ त्यसले तपाइँलाई सधैं रक्षा गरोस् ।΄ अध्यात्मिक मान्यता अनुसार मानवलाईबिभिन्न किसिमका बाधाअड्चनबाट जोगाउनका निम्ति रक्षा गर्न ऋषिस्वरुप ब्राह्मणहरुद्धारा मन्त्रद्धारा तर्पण गरी शुद्ध पारिएका तागो वा जनैले रक्षकको काम गर्दछ । यो पवित्र धागो जो कोहीले पनि लगाउदा स्वस्थ्य र शान्ति प्राप्ति हुन्छ भन्न् विश्रवाश शास्त्रानुसार पाउन सकिन्छ ।

जनैपूर्णिमालाई ऋषि तर्पणि पनि भनिन्छ । ऋषिहरुद्धारा तर्पण दिएर धागोलाई पवित्र बन्धन बनाउने दिन जनै पूर्णिमा भएकाले यसलाई ऋषि तर्पणि भनिएको हो । यस दिन लगाइएको धागोलाई लक्ष्मी पूजाका दिन गाईको गलामा माला बनाएर लगाइदिनाले वा गाईको पुच्छरमा बाँधिदिनाले पुन्य मिल्ने हिन्दु संकारको मान्यता रहेको छ । यतिबेला बाँधिएको धागाको डोरालाई अरु बेला चुडाल्न वा फ्याक्न नहुने यदि चुडिन गएमा त्यसलाई तुलसीको मठमा बिसर्जन गर्नुपर्ने प्रचलनसमेत रहेको देखिन्छ । यसको मूल कारण तुलसीको मठमा विष्णुको बास हुने भएकाले समय अगाबै अञ्जानमा चुडिन गएको बन्धनको माफी विष्णुले दिन्छन् भन्ने सांकारिक मान्यता समाजमा रहेको देखिन्छ ।

यसै दिन दिदीबहिनीले दाजुभाइलाई दाहिने हातमा रङ्गीन फूल जडित धागोले राखी बाधिदिने प्रचलन रहेको छ । राखी बाँध्दा दिदीबहिनीले सुस्वास्थ्य एवम् दीर्घ जीवनको कामना गर्दैआशिष दिन्छन् भने दाजुभाइले आफू सक्य दान र कपडा दिने चलन छ । यस किसिमको प्रचलन प्रायः नेपालको तराइ क्षेत्र केही शहरी इलाका तथा अन्य मुलुक भारत बङ्गलादेशलगाएतका स्थानहरुमा रहेको देखिन्छ ।

 जनैपूर्णमाका दिन विशेष परिकार गेडागुडीद्धारा तयार गरी खाइने हुनाले यस दिनलाई क्‍वाति खाने दिनका रुपमा पनि लिने गरेको पाइन्छ । विशेषतः नेवार जातिमा यो चलन पहिलेदेखि नै प्रचलनमा थियो । हाल आएर सबै जातिका मानिसहरुले क्‍वाति खाने गर्दछन् । क्‍वाः को अर्थ तातो परिकार र ति को अर्थ झोलिलो वा रसादि लाई बोध गर्दछ । यसको शाब्दक अर्थ गेडागुडी पकाएर तयार पारिएको तातो झोलिलो परिकारलाई बुझाउदछ । क्‍वातिलाई आजकल क्‍वाटी पनि भनिने गरेको पाइन्छ । क्‍वाटी बनाउदा ९ प्रकारका गेडागुडीहरु जस्तो मुंग मासभटमास सानोकेराउमस्याङ् चनासिमीबोडी र बकुल्लालाई उपगोग गरिन्छ । यसरी उमारेर पकाएको झोलिलो मिठो परिकार नै क्‍वाटी हो । मानिसहरु वर्खाभरि काम गरेर तागत सकिएपछि शरीर तन्दुरुस्त र मझभूत बनाउनका निम्ति यस किसिमको परिकार खाएको हुनुपर्छ । आजभोलि मानिसहरु प्रोटिन भिटामिन खनिज तथा आवश्यकीय तत्वहरु प्राप्त गर्नका लागि नियमित यस किसिमका परिकारहरु बनाएर खाने गर्दछन् । यस किसिमको परिकारबाट शरीरले शक्ति प्राप्त गर्दछ र यसले शरीर स्वस्थ्य रहन सघाउछ ।

हाम्रो संकारमा रहेका हरेक प्रचलनमा बैज्ञानिकता रहेको देखिन्छ । आखिर धागोले किन रक्षा गर्दथ्यो र तर मानिसलाई नैतिकताको डोरीले बाँधेर बिक्रृति बिसङ्गति तथा अमानवीय ब्यबहारलाई परित्याग गर्दै आफ्नो जीवनलाई सही मार्गमा डोर्‍याउनका निम्ति बाचाका रुपमा ल्याइएको प्रचलन हो भनेर जान्दा हुन्छ सबैले । आज मान्छे मान्छेको रुपमा नरहनाको एउटा कारण नैतिकतालाई ख्याल नगर्नु नै हो । हिन्दु  संकारमा रहेका हाम्रा चलनहरुमा मनोवैज्ञानिकता रहेको छ । त्यसको अन्वेषण गरी सकारात्मक सोचका साथ कर्तब्य पूरा गर्ने गरेमा मात्र मानव सही बाटोमा हिड्न सक्छ र समाज सुधार हुन गई समग्र देशको परिस्थिति सुध्रेर जान्छ । सबैले जन्मने र मर्नेको ख्याल गरी कर्तब्य र नैतिकतालाई आत्मसाथ गरेर जीवन मार्गमा अवतरित हुन सके मात्र सबैको उन्ति प्रगति र विकास भई समतामूलक समाजको सिर्जना हुन जान्छ । स्वच्छ र सुन्दर समाजको निर्माणमा आजकै दिनदेखि लाग्न यस ऋषि तर्पणिले सबै मानव जातिहरुमा सद्बुद्धि प्रदान गरोस् समम्पूर्ण जनमानसहरुमा रक्षाबन्धनको शुभकामना ।

 

पोखरा१० मिलनटोल कास्की ।

सम्मोहन साहित्यिक पत्रिकाबाट

1 comment:

  1. Best eCOGRA Sportsbook Review & Welcome Bonus 2021 - CA
    Looking for an eCOGRA Sportsbook Bonus? filmfileeurope.com At this eCOGRA Sportsbook review, we're talking about wooricasinos.info a variety deccasino of ECCOGRA www.jtmhub.com sportsbook promotions. ford escape titanium

    ReplyDelete

Post Top Ad

Responsive Ads Here